Friday, January 7, 2022

माओवादी उभिएको धर्ती भत्किसक्यो, अब कहाँ उभिने ?


माओवादी उभिएको धर्ती भत्किसक्यो, अब कहाँ उभिने ?

जग हालेको जमिन

“हिजो परिवारमा पनि सल्लाह गरेँ, अब गाउँतिर जाने तयारी गरौँ भन्ने भएको छ। म आफैँले पनि सोच्ने गरेको छु, एक महिना गएर रोल्पामा बिताएँ भने के होला ? मलाई त्यो अनुभव लिन मन छ।”

११ पुसदेखि काठमाडौंमा जारी नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने।

महाधिवेशन प्रतिनिधिको प्रश्न : भारतबारे प्रचण्ड किन मौन ?

महाधिवेशन प्रतिनिधिको प्रश्न : भारतबारे प्रचण्ड किन मौन ?
फाइल तस्वीर।

काठमाडौं। जनयुद्धको उत्तराद्र्धतिर भारतविरुद्धविरुद्ध ‘सुरुङ युद्ध’को घोषणा गर्ने माओवादी अहिले आफ्नो प्रतिवेदनमा भारतबारे मौन छ। नेतृत्वको यो मौनताबारे महाधिवेशन प्रतिनिधिहरूले प्रश्न उठाएका छन्।

माओवादी महाधिवेशन प्रतिनिधि किन एमसीसीको विपक्षमा?


माओवादी महाधिवेशन प्रतिनिधि किन एमसीसीको विपक्षमा?

काठमाडौं। आफ्नै महाधिवेशनको उद्घाटन समारोहमा ‘राष्ट्रघाती होइन’ भन्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट पारित गर्न आग्रह गरेको अमेरिकी अनुदान परियोजना ‘एमसीसी’ कुनै पनि हालतमा पारित नगर्न माओवादीका महाधिवेशन प्रतिनिधिहरूले सुझाव दिएका छन्।

प्रचण्डमा ‘लिन प्याओ’ फोबिया : किन कोही छैन उत्तराधिकारी ?

प्रचण्डमा ‘लिन प्याओ’ फोबिया : किन कोही छैन उत्तराधिकारी ?

“लिन प्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो। उत्तराधिकारी भनिफाष्टो हुँदोरहेछ। त्यो त काल रहेछ नि। म किन भन्ने, म भन्दिनँ” यो भनाइ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हो। उनले केही समयअघिमात्र आफ्नो विद्यार्थी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका थिए।

‘दलाल पुँजीपतिको शरणमा परेपछि फुकीढल हुनेगरी माओवादी दुब्लायो’


‘दलाल पुँजीपतिको शरणमा परेपछि फुकीढल हुनेगरी माओवादी दुब्लायो’

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि राजधानी काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आफ्नो आठौं महाधिवेशन गर्दैछ।

जतिपालि माओवादी सरकारमा पुग्यो उति नै माओवादी नेता मोटाउने र पार्टी दुब्लायो। यसरी दिनानुदिन दुब्लाइरहेको माओवादी पार्टी आठौं महाधिवेशनले केके काम गरेपछि माओवादी पहिलेकै अवस्थामा फर्केला? कस्ता नीति तथा कार्यक्रम ल्याएपछि माओवादीको दुब्लाएको ज्यान भरिएला? कस्ता बुटी खाएपछि माओवादीको ज्यान लाग्ला?

‘सरल र बौद्धिक’ नेताको आगमनले बूढो कांग्रेसमा पालुवा लाग्ला ?

829Shares
facebook sharing button
twitter sharing button
messenger sharing button
‘सरल र बौद्धिक’ नेताको आगमनले बूढो कांग्रेसमा पालुवा लाग्ला ?

काठमाडौं । चार कक्षामा पढ्ने स्कुले विद्यार्थीलाई धुलाबारी पुलिसचौकीले पक्राउ गर्‍यो। कुन अभियोगमा? स्कुले झोलामा किताबसँगै कांग्रेसको पर्चा पनि बोकेकाले। पक्राउ घटना झापा वरपर फैलियो।

सत्ता राजनीतिका उम्दा खेलाडी

1.6kShares
facebook sharing button
twitter sharing button
messenger sharing button
सत्ता राजनीतिका उम्दा खेलाडी

काठमाडौं। इन्जिनियर बनाउन काठमाडौं पढ्न पठाएको फलानोको छोरो त ‘अराष्ट्रिय’ भएर घर फर्केछ। इज्जत फाल्यो। अब के गरी गाउँमा नाक देखाउला?

काठमाडौं पढ्न गएको एउटा ठिटो जेलमुक्त भई डढेलधुराको सुदूर गाउँ रुवाखोला फर्कंदा चैते डढेलोजसरी ‘अराष्ट्रिय’ हावा फैलिएको थियो।

सुशील कोइराला जो छाया बनेरै नेतृत्वमा उदाए


सुशील कोइराला जो छाया बनेरै नेतृत्वमा उदाए

‘प्रवासको अभावग्रस्त समयमा बनारस जान लागेका बीपी कोइरालालाई कुमुदिनीले आफूसँग भएको एक तोला सुन लुकाएर दिएकी थिइन्। त्यो सुन दिव्याले कसरी आफ्नो कछाडमा सिलाइदिइन् र बनारसमा कसरी बेचियो भन्ने कुराको वर्णन बीपीको आत्मवृत्तान्तको सुरुवाती पृष्ठमा छ। कालान्तरमा उनको बिहे कोइराला परिवारकै बोधप्रसादँग भयो। सुशील जन्मनुअघि नै बीपीलाई कुमुदिनीले ठूलो गुन लगाएकी थिइन्। यसरी सहजै आकलन गर्न सकिन्छ कि, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई यत्तिकै पार्टी उत्तराधिकार सुम्पेका थिएनन्’ (शंकर तिवारी, सरलतामा दृढता सुशील कोइराला, पृष्ठ ४९)।

गिरिजा : पहिले ‘खलनायक’ पछि ‘महानायक’

कांग्रेस सभापति-६

 

नवीन विभास

गिरिजा : पहिले ‘खलनायक’ पछि ‘महानायक’

पिताजीले सोध्नुभयो, ‘तँ नौटंकी हेर्न गएको थिइस्?’ म धर्मसंकटमा परेँ। पिताजीले थाहा पाइसक्नुभएको थियो। झुटो बोले पनि साँचो बोले पनि मार खाइने पक्का भइसकेको थियो। मलाई अब पिताजीले दुई थप्पड हान्नुहुन्छजस्तो लाग्यो। चुपचाप बसेँ। पिताजीले फेरि सोध्नुभयो, “तँ गएको थिइस्, होइन त?” म बोलिनँ।

सन्त नेताको कांग्रेस बहिर्गमन


सन्त नेताको कांग्रेस बहिर्गमन

हँसिलो मुुहार, ठट्यौलो पारा, पानको शौखीन र हँसिमजाक गर्ने एउटा बूढो मानिस! जोसँग कहिल्यै छुटेन, एक थान छाता र सुराही। त्यो बूढो मानिस २००७ सालको क्रान्तिमा होमियो। २०४७ को संविधान बनायो। पहिलो सभामुख ऊ दुईपालि प्रधानमन्त्री बन्यो। तर, छाता र सुराही बोकेर बालुवाटारबाट डेरा फर्क्यो।

कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्


कांग्रेसका संस्थापक, जो जीवनको अन्त्यमा पार्टीमै रहेनन्

“यस्तो बेला नेपाल जानु भनेको फाँसीको फन्दामा जानु हो। त्यसरी मर्नु भनेको आत्महत्या गरेसरह हुन्छ। त्यसैले यो निर्णय फिर्ता लिनोस्। त्यसरी जानुपर्ने हो भने म चाहिँ जान्नँ। आजसम्म तपाईंका हरेक निर्णय मान्दैआएको छु। यो चाहिँ मान्दिनँ।”

“इण्डियामा बस्यो भने स्लो डेथ भयो, नेपाल गयो भने आत्महत्या। आत्महत्या र स्लो डेथमा हामीले कुनै त रोज्नै पर्‍यो नि। तपाईंलाई स्लो डेथ मनपर्ला। मलाई चाहिँ आत्महत्या मनपर्ला। आखिरमा दुवैमा त मर्नुपर्ने छँदै छ। मन्द विष खाएर मर्नुभन्दा त आफ्नै देशमा फाँसीमा झुण्डिनु बेस। यो विदेशी भूमिमा एकछिन पनि टिक्न सक्दिनँ।” (राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग ५, पेज ११)।