Saturday, June 20, 2020

ती ‘अभागी’ जसले आफ्नो आँगन टेक्न पाएनन्

‘कोरोना लकडाउन’ नामक मैनेगाँठोले भुइँमान्छेका घाँटी यसरी कस्छ कि, ऐया पनि भन्न नपाई ठाउँको ठाउँ ठहरै छन् । ती ‘कोरोना भाइरस’ले भन्दा पनि ‘भोक’ले थला परेका छन् । ज्यानमारा मैनेगाँठो तिनका घाँटीबाट कसले फुकाइदिनु ! शासक खलकीय भ्रष्ट तथा तस्करहरू भने मैनेगाँठोलाई पनि ‘कमाउधन्दा’ बनाएर ‘मस्तराम’ छन् । 

नेपालमा जारी लामो कोरोना ‘लकडाउन’लाई ‘लक’ गरी दुई विपरीत घटना (सामाजिक सञ्जाल समाजमा अचेल खुबै चल्तीवाल भाषामा भन्ने हो भने) ‘भाइरल’ छन् । 

Friday, June 5, 2020

नवराज : सांस्कृतिक र हतियार दुवै हिंसाले मारिए

सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता 
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन् 
जनतन्त्र हो यो जनतन्त्र 
अब आँसु खसाउनु पर्दैन 
रगत बगाउनु पर्दैन । 

प्रस्तुत पद्यांश मजदुर दिवसको बिहान साढे दुई बजे मुलुकको कार्यकारी निवास बालुवाटारमा फुरेको कविताको हो । उनै कविवर एवं मुलुकको कार्यकारी प्रमुख केपी ओलीको गणतन्त्र दिवसमा जारी प्रेस विज्ञप्तिसँगै शासक खलक सामाजिक सञ्जालमा सञ्जालिँदा जाजरकोट रानागाउँमा भेरी सुसाइ सुर्ताउने गरी रुवावासी चलिरहेको हुन्छ । घरघरमा दियो बाल्न सरकारी आदेश झर्दा कपिलवस्तु देवदहस्थित पासी, सप्तरी रामपुरको सदा परिवारमा ‘रुदाली भेरी’ बगिरहेको हुन्छ ।