Wednesday, April 17, 2019

माओवादीमा एउटी यौनकर्मीको उजुरीपछि...

आठ बर्षपछि प्रचण्ड बालुवाटार फर्कन संसदमा चुनावी भाषण गर्दैथिए। आफ्ना सुप्रिम कमाण्डर देशको सबैभन्दा शक्तिशाली कुर्सीमा आसिन हुँदै गर्दा उनी भने देश छोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्ने जहाज कुर्दैथिए। न्याय दिलाउँदै रोल्पाली वादी युवतीलाई जिल्ला निकाला गरेको १७ बर्षपछि कमरेड आफैँ नेपाल निकाला भएर जापान उड्दैथिए।
–––
ठीक त्यसैबेला मैले उनको फेसबुक रिफ्रेस गरेँ। फेसबुक वालमा लेखिएको थियो–
भत्किएको सपनाको खण्डहरमा टेकेर तुच्छ ठानिएको तर जिन्दगीले नयाँ स्विकारेको बाटो बढ्नेक्रममा सदा सहयोग गर्ने सहृदयी साढुदाइ नन्दबहादुर घर्तीमगर, दिदीसासू विश्व, प्यारो भतिज सागर र भतिजी शर्मिलाप्रति म साह्रै ऋणी छु। हृदयदेखि नै आभार प्रकट गर्छु।

'पुरानो नाम बोकेर, कता जाने विप्लव दाइ?'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादी संसदीय खलकका माओवादीलाई समेट्दै नेकपा (माओवादी केन्द्र) गठन गरेको तीन महिनापछि सशस्त्र संघर्षको नारा दिइरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले पुरानै माओवादी ब्युँझाएका छन्।
विप्लव नेतृत्वको माओवादीको नाउँ ‘नेकपा माओवादी’बाट नेपालमा १० बर्ष लामो जनयुद्ध लडेको ‘लिगेसी’ बोकेको ‘नेकपा (माओवादी)’ भएको छ।

भूकम्पमा गोडा गए, त्यसपछि श्रीमती

१८ लागेका रमेश खत्री कक्षा आठमा भर्ना भएर दोस्रोपालि स्कुले जीवनमा फर्केका छन्। चाहेर पनि उनकै दैलेखको बासी गाउँको स्कुलमा पढ्ने र पहिलेजस्तै उकालीओराली गर्ने दिन उनीबाट नफर्कनेगरी अस्ताइसकेका छन्।
गाउँमा हुँदा त उनी मेलापात जान्थे। गाईभैसी चराउँथे। बाआमालाई सघाउँथे। खोलाका रहमा अघाउञ्जेल पौडन्थे। र, स्कुलमा मोजाभित्र थाङ्ना कोचेर बनाएको भकुण्डो वा भलिबल खेल्थे।

बिना मगरसँग नाम मिल्दा शाही खोरमा

एक बिहान बिनाको ल्यान्डलाइन फोन बज्यो। उताबाट ‘हलो’ भन्ने आवाज महिलाको थियो। तर, कहिल्यै नसुने-नजानेको ‘अनचिनार’। तिनले भूमिका नबाँधी भनिन्, ‘मेरो कारणले तपाईंलाई दुःख भयो है दिदी!’
ठेलाटुप्पो ठम्याउन नसकेपछि बिनाले ‘किन’ र ‘को’ भनी सोधिन्।
उताबाट बोल्नेले पनि आफ्नै नाउँ ‘बिना’ भनेपछि भने झँल्यास्स भइन्।

स्थानीय निकाय पुनर्संरचना कि पुरानैलाई वैधता?

कसैलाई काखा र कसैलाई पाखा गर्ने विभेदकारी राज्यसत्ताको विकल्प परिकल्पना गर्दै माओवादी विद्रोह भयो। नेपालकै अनुहार फेर्ने सपनामा रोल्पाले सबैभन्दा बढी र पहिले जनधन चढायो।बलिदानअनुसार रोल्पा र सिंगो मुलुकको अनुहार कति फेरियो भन्ने बहस हुँदै जाला तर माओवादी नेतृत्वको अनुहार फेरिएको साँचो हो। बालुवाटारमा ‘माओवादी ह्याट्रिक’ सँगै पहिलो संविधानसभामा रोल्पाबाट नै सिंहदरबार पुगेका माओवादी सुप्रिमो प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बनेका छन्।

सुखीलाई हेरी भएन, दुःखीलाई हेरी मन बुझाउँछु

भृकुटीमण्डपस्थित शारीरिक पुनस्र्थापना केन्द्रमा घरी यता घरी उता गर्दै धनमाया नक्कली गोडाले हिँड्न अभ्यासरत थिइन्। बेलाबेलामा ‘कहाँनेर दुख्यो’, ‘सजिलो भो कि अप्ठेरो’ भनी सोध्दै अवलोकन गर्दैथिए, उनको गोडा बनाउने रमिला गोले र साइँला कैटीसहित फिजियोथेपारिष्ट मनिष गुप्ताले। काटेर बचेको बायाँ गोडा सुक्न थालेपछि नयाँ खुट्टा जोडेको भाग खुकुलो भयो। त्यसपछि सिन्धुपाल्चोक बाँसखर्कबाट धनमाया काठमाडौं फर्केकी थिइन्।

‘म त दिनदिनै आमा भएको अनुभूत गर्छु’

भृकुटीमण्डपस्थित शारीरिक पुनस्थापना केन्द्रमा नक्कली गोडा बनाउदै गरेकी २६ बर्षीया रमिला गोले एक क्षण रोकिइन्। एक झमट उनका आँखा दराज र र्याकमा राखिएका नक्कली गोडामा नाँचे। र, फेरि बोल्न सुरु गरिन् उनी। ‘मैले बनाएको गोडाले कुनै अपाङगता भएको व्यक्ति हिँडेको देख्दा जहिल्यै मेरी छोरीले नै पहिलो पाइला चाले जस्तो लाग्छ।’
लोअर लिम्ब प्रोस्थेटिक्स टक्नोलिष्टको रुपमा पाँच बर्षदेखि कार्यरत छोरीकी आमा गोलेले अहिलेसम्म धेरैको गोडामा आफ्नै छोरीको पहिलो पाइला देखेकी छिन्। उनले बनाएको गोडाले पहिलो पाइला नाप्दै कति त खुशीले रोएका पनि छन्, उनकै अगाडि। ‘उनीहरुको धन्यवाद र आशिर्वाद मेरा लागि लाखौं लाख हो’ उनले भनिन्, ‘कुनै कुनै काम अलग हुन्छन् तर सन्तुष्टि दिन्छन्।’

कतै बाडुली लाग्यो, कतै कोक्यायो ओलीको नौ महिने बोली

बाडुली लगाउने गरी काम गर्ने बाचा बाँधेर ९ महिनाअघि देशको सबैभन्दा शक्तिशाली कुर्सीमा पुगेका एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राजीनामासँगै ओली सरकारको कामको लेखाजोखा पनि सुरु भएको छ।
संसदमा तेस्रो ठूलो दल माओवादीको समर्थनमा गत असोज २४ गते ओली नेपालको ३८औँ प्रधानमन्त्री चुनिएका थिए। सत्तासाझेदार प्रमुख दल माओवादीले नै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्ताव सामना गर्ने भने पनि उनले अन्तमा राजीनामा दिएका थिए।

मन्त्री छान्न प्रचण्डलाई सकस, मालदार मन्त्रालयका लागि आफ्नै कोटरीभित्र हानथाप

नेपाली सेनाका तात्कालीन प्रधानसेनापति रुक्मांगद् कटवाल हटाउन एमालेले खुट्टा कमाएपछि बालुवाटार छाडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठ बर्षपछि बुधबार पुनरागमन साइत गर्दैछन्। कांग्रेसको लिफ्ट चढेर देशको सबैभन्दा शक्तिशाली कुर्सीमा आसन जमाउन आँटेका प्रचण्डलाई सत्ता साझेदर दललाई मनाउन भन्दा पनि चर्को सकसको एम्बुसमा छन्, आफ्नै कोटरीभित्रका कमरेडका चित्त बुझाएर मन्त्री छान्नलाई।
आफ्नालाई पनि लानु छ। भाषणमा समाबेसी पुराण लगाउँदै आएकाले लोकलाज पनि राख्नु छ। आफूले आश्वासन दिएकालाई कहीँ कहीँ लानु छ। तर, आफूले उधारो आश्वासन बाँडेका कमरेडहरुका संख्या भन्दा ज्यादै न्यून छ, मन्त्रालय संख्या। फेरि यसपालि मन्त्री नदिउन् त बाँगिएर बाटो लाग्ने जगजगी छ।

त्यो पहलु जसले प्रचण्डलाई हल्लाइरहने छ

त्यो बेला। प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहाहदुर बस्नेतले प्रधान सेनापति रुक्मांगद् कटवाललाई बोलाए। कटवाल गाडीमा सेनाको दलबलसहित पुगे। प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मालाई कटवालले सोधे, ‘मलाई किन बोलाइयो?’
बिहान ८ बजे बालुवाटार पुगेका कुलबहादुर खड्कालाई सरकारले कायममुकायम प्रधानसेनापति बनायो। खड्का चिठी लिएर बालुवाटारबाट निक्लिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री रामबहादुर थापा बादल र जनार्दन शर्मा मन्त्रिपरिषद् बैठकलगत्तै बाहिरिए। ‘सरकारले तपाईंलाई अवकास दिएको छ’ भन्दै कटवाललाई मन्त्री थापाले पत्र थमाए। तर, ‘पत्र मेरो कार्यालयमा बुझ्छु’ भन्दै कटवाल चिठी नलिई निक्लिए।

खुकुरीको दापमा छ, बाको धमिलो तस्बि

उनले काकाको अनुहारमा बाबुको सम्झना भेट्छिन्। त्यसैले यादको तिर्खा मेट्न बिभिन्न पर्वका बहाना बनाएर काकाकहाँ पुग्छिन्। काकाको अनुहार काटीकुटी बाबासँग नमिल्दो हो त कहाँ जान्थिन् होला हँ?
उनका काका पनि दाजुको तिर्खा मेट्न पार्टी कामको बहानामा सदरमुकाम लिबाङस्थित उनको डेरामा पुग्छन्। उनका आफन्त र गाउँलेले उनको अनुहार पनि ‘बाबाबाट आएको’ भन्छन्।

२३ वर्षपछि होलेरी


कुइनेटो

२०७५ चैत २३ शनिबार ०९:३४:०० | काठमाडौं
घोरै(घोराही)भन्दा होलेरी वरै हो
तिम्ले माया लाएको पोरै(पोहोर) हो
होलेरी र घोराहीसित भेट नहुँदै सुनेका गीतका गेडा थिए, यी । दोस्रो लहराको ‘पोरै’ले ‘बलै लोकाचार नपार’ भनी व्यंग्य हानेको धेरैपछि थाहा पाएँ । 
वेला–वेला गीतमा झुल्कने होलेरी ‘हटारु’ र ‘कालापारे’(रोजीरोटीका लागि भारत जाने मान्छे) किस्सा आए कि फुट्ट टुप्लुकिन्थ्यो । माओवादीले पहिलोपालि होलेरी पुलिसचौकी हानेर ‘जनयुद्ध’ थालेपछि र दोस्रो(०५८ असार २७)आक्रमणमा ७१ पुलिस(त्यसवेलासम्मको सबैभन्दा बढी सुरक्षाकर्मी कब्जा)लाई आफूसित लिएर हिँडेपछि नेपाली ‘राजनीति किस्सा’मा पनि होलेरी सामेलियो । 

कसरी हराए गाउँका गीत ?


तपाईंको वनपाखामा पनि गीत फुल्न छाडे कि सही–सलामत छन् हँ ?

फागुन पहिलो साता एक बेलुकी पहरा नै पगाल्लाजसरी एउटा सुदूर गीत काठमाडौंमा झरिरहेको थियो । त्यो अर्गानिक आवाजको बाटो भएर हिँडेको गीत पछ्याउँदै थिए– मादल र मुरलीसहित थप दुईचार बाजाले । त्यो आवाज थियो, सुदूरपश्चिमकी डिक्रा गाइनेको । र, उनको गला गाँस्दै थिए, उनकै पति कित्थ्याले ।सुदूरपश्चिमे घामपानीले बुनेको स्वर बोकेर लामो अन्तरालपछि मात्र डिक्रालाई राजधानी साइत जुरेको थियो । त्यस साँझ उनीसँगै थिए, गायिका झुमा लिम्बू र कवि हेमन्त विवश पनि । 

छापामार–पुुलिसकी आमा


छापामार–पुुलिसकी आमा
author-image
नवीन विभास
फुर्सद
 ०४ फागुन २०७५ १२:०५:००
  • change font
  • change font
  • change font

द्वन्द्वकथा–३

प्युटार पुग्ने सरकारी फौजले धनमाई आमाको घरमा खसी ढाल्थे– ‘सरकारी भोज’ चल्थ्यो। माओवादी आउँथे। तिनले नि खसी ढाल्थे– धनमाई घरमा ‘विद्रोही भोज’ चल्थ्यो। लडाइँ नसकिएसम्म धनमाई–घर कहिले पुलिसको घर भयो त कहिले माओवादीको। गाउँले कोहीका लागि पुलिसकी आमा भइन् भने कोहीका लागि माओवादीकी आमा।

घरबाट बाहिर साइत गर्दा रोल्पाली गाउँघरमा छोराछोरीलाई यस्तो भन्ने चलन छ, ‘जस्तो गइस्, उस्तै फर्केस्।’ यसको अर्थ हो, ‘तन र मन तलमाथि नहोस्। ‘सग्लो’ फर्कनु भन्ने कामनासहितको आशीर्वाद।’

छाउगोठ छाडी छापामार


छाउगोठ छाडी छापामार
author-image
नवीन विभास
फुर्सद
 ०५ माघ २०७५ ११:१९:००
  • change font
  • change font
  • change font

कुइनेटो

 ‘महाभारत’का विभिन्न ‘भर्सन’हरूमा सुन्दरी र प्रतिभाशाली कुन्तीलाई ‘स्मार्ट’ र ‘क्याल्कुलेटिभ’ पनि भनिएको छ। डँडेलधुरे कुन्ती भने कमरेड रेखा भएर ‘जनयुद्ध’ नाउँको ‘महाभारत’मा कमान्डर भएर लडाइँ लडिन्।

त्यस रात डँडेलधुरे बाहिरी सइन जेठको गर्मीले असिनपसिन थियो। र, त्यस रात पनि सालघारीका साल आफ्नै तालमा सुसाउँदै थिए।
रातको १२ बज्न लागेपछि उनी घरबाट निक्लिइन्।
ख्वाक्क खोकेको आवाज आयो।

'खतरा फाइटर' का आत्मस्वीकृति


'खतरा फाइटर' का आत्मस्वीकृति
author-image
नवीन विभास
फुर्सद
 १४ पुष २०७५ ११:५०:००
  • change font
  • change font
  • change font

द्वन्द्वकथा १

हिजो त्याग गर्ने र गरिखाने वर्गप्रति इमानदार मान्छे हेर्दाहेर्दै निरीह भए। यस्तो देखेर ग्लानि हुन्छ। यसो भनेर हतोत्साही भएकी होइनँ। मनमा अझै आगो छ।

‘एट्टी–वन’ले फालेका ‘प्यारा–बम’ उनीहरुका ठीकमाथि आकाशमा पड्कन्थे। लगत्तै बम बिस्फोटपछि निक्लेको उज्यालो पछ्याउँदै गोली र बमगोला बर्षन्थे ।। कानका जाली फुटाउने आवाजसहित ओर्लेका ती बमगोलालाई चुनौती दिँदै रातमा एउटा युवा आवाज झरिरह्यो। आवाज सुनेर उनलाई लागिरह्यो, ‘ठीकठाक चल्दैछ।’

सिलुक सुर्ता बोकेर गाउँमा


सिलुक सुर्ता बोकेर गाउँमा
author-image
नवीन विभास
फुर्सद
 २९ मङि्सर २०७५ ११:३८:००
  • change font
  • change font
  • change font

कुइनेटो


सास फेर्नसमेत मुस्किल हुने गरी मैरा घोगाले छर्लक्क भरिएको थियो। आधा पुरिएको मैराभित्ताको खोपामा चेलपार्क मसी सकिएपछि खाली डिब्बालाई बनाएको टुकी जाँगर नलाई पिलपिल पिलपिल गरिरहेको थियो। पिलपिले उज्यालोमा घोगा अटेसमेटस गरी कतै बसेका त कतै लडेका देखिन्थे।

घरमायामा तालिवानी बम


घरमायामा तालिवानी बम
author-image
नवीन विभास
फुर्सद
 १५ मङि्सर २०७५ १४:५९:००
  • change font
  • change font
  • change font

कुइनेटो

ढुम्मम ककक आवाज आएसँगै झागड झाँक्री भयो। खुबै ‘थुम चलेको रोल्पाली झाँक्री’लाई ठाउँको ठाउँ टक्कर दियो। त्यसपछि बंकर कसरी हल्लियो भने ड्युटीरत एक सेक्सन सिपाही गल्र्यामगुर्लुम्म ढले। र, बंकर मुखका तीन सिपाही त सधैँका लागि।