Monday, December 8, 2008

रोल्पाको साइत

रोल्पा जाँदैछु, पसर्ि । राप्तीका लेखकहरुको कार्यक्रम छ । केही पत्रकार साथी र केही लेखक लिएर जानु छ । आफ्नो जिल्लामा हुने कार्यक्रममा आफ्नो पनि इज्जत गाँसिएको छ । तर साथीहरुले कार्यक्रमका लागि काठमाडौंबाट लानलाई खगेन्द संग्रौला राजेन्द्र सुवेदीलगायतका सरहरुका लागि तय भइसकेको बताएका थिए । त्यसो भनिसकेपछि मैले सम्पर्क गरिनँ । जाने दिन नजिकिएपछि एकपालि स्मरण गराउनु पर् यो भनेको त 'खवर नै नपाएको' बताउनुभयो । म त एकछांगे भीरबाट खसें । ल, साथीहरुले त जगाउनु जगाएछन् यार ।
नाम चलेका 'पाका'लाई नलिएर के जानु ? चंकी श्रेष्ठलगायतका साथीको प्रतिकि्रया थियो, 'हामी ठिटाहरु मात्र जानु यार' . समयमा खबर नगर्दा खगेन्द्र दाइले वीरगंजको कार्यक्रमलाई समय दिइसक्नुभएछ । आयोजक रोल्पाली साथीहरुले राम्ररी पहल नगरेपछि मेरो टाउको दुख्नु दुखेको छ । अब के गर्ने यार आफैलाई पनि थाहा छैन । संग्रौला र सुवेदीका 'हाइटु'का लेखक लानु कसरी ? बक्क परेको छु यार ? ।
आज विनोद सेनजीकहाँ हीरामणि दुखीसँग भेट भयो । उहाँले आफूहरुलाई रोल्पाको आफ्नै लेखक संघले कुनै जानकारी नदिएको दुखेसो पोख्नुभयो । कार्यक्रमलाई कसरी लानेबारे जानकारी नै नदिएको भन्दै संचारमन्त्री ज्वाइ पुरन क्षेत्री करेन्टको स्पष्टीकरण माग्न लगाएको बताउनुभयो । भन्दैहुनुहुन्थ्यो, 'म त इन्चार्ज हो त ।' आफूसित अनुमति नै नलिई कार्यक्रम आयोजनामा सहभागिता जनाएकोमा ठूलो गुनासो रहेछ उहाँसित ।
अब कसलाई लाने ? कसरी लाने ? मिडियाका साथीहरु र तन्नेरी लेखकहरुलाई लिएर जाँदैछु ।
के न्यूज लिएर आउने आज बैठकमा छलफल भएको थियो । आजको बैठकमा हेड सर र नारायण अमृत पनि बस्नुभएको थियो । समाचारको योजना बनाइए ।
थाहा छैन रोल्पाबाट समाचार बोकेर आइन्छ या नाई ?



Saturday, December 6, 2008

दुखेसा सिर्फ दुखेसा

ब्लग अपडेट नगरेको पनि जुग बितेछ । अघिल्लो महिना पोखराबाट फर्किएपछि छोएकै रहेनछु । फेसबुक पनि ब्लक थियो । के कुरामा 'र् याङ्थ्याङ' मिलेन कुन्नि ब्लक नै गरिदियो । धेरै साथी गुमाएको पीर थाम्न सकिनँ । पुराना साथी पनि कोही भेटिइ पो हाल्छ कि भनेर अर्को आइडीबाट फेरि थालें । त्यसैले यतिखेर मसँग छैनन् झण्डै चार सय पुगेका मेरा 'फेसबुके' साथीहरु । थाहा छैन फेरि ती साथीहरुलाई भेट्छु या नाई ? नियमीत सम्पर्कमा रहेका सीमा र एउटी चाइनीज मूलकी साथीको धेरै सम्झना आउँछ । लेखन र पत्रकारिताका 'उधारो कुरा' हुन्थे ती साथीहरुसित । चाइनीज मूलकी साथीसँग भने अंग्रेजी भाषा नजान्नुका दुखेसो पनि थपिएका थिए । ऊ पनि मजस्तै अंग्रेजीमा 'आलु' नै रहिछ । थाहा छैन कहाँ छे ऊ । फेसबुकमा फेरि भेट हुन्छ हुँदैन रामजाने ।
के लेख्ने मलाई थाहा पनि छैन । आफूलाई पोख्ने शव्द नपाएजस्तो न कस्तो कस्तो पो लाग्न थालेको छ । नलेख्दा लेख्ने कुरा पनि टाढिदै पो जान्छन् कि क्या हो वास्तवमा लेख्ने बानी परम्ला भनेर पनि ब्लग थालेको थिएँ । ब्लगमा के नै लेखौला भनेर त होइन । सिर्फ दुईचार कुरा लेखम्ला भन्ने मनमा साँचेकॊ थिए । त्यसमा एउटा त थियो -समाचारमा लेख्न नपाएका गुनासो यसैमा खन्याउने । मैल त्यै सोचेको थिएँ मेरा नितान्त निजी अनुभूति यसैमा खन्याउँछु ।
तर थाहै नपाई एक महिना त नखन्याएरै पो गएछ । यसबीचमा न निबन्ध लेखेको छु न त कथा नै । दिनका दिन आएर 'रोटी'बाहेक के लेखेको छु र ? अरे यार रॊटी त जसले पनि लेख्छ नि । खै त अरु लेखेको आफैलाई सोध्छु । आफै खिसि्रक्क पर्छु ।
दिनचर्या उही छ -राति अबेर मात्र डेरामा पुग्नु । विमलले समयमै पकाएको तर असमयमा पुग्दा िसंग पुच्छर उमारेको भात खानु । कहिले त बक्क पर्छु, होइन यार यस्तो चल्छ कहिलेसम्म ?
तपाईलाई लाग्ला कति दुखेसो मात्र पोख्छ यार यसले ? यसको दुखेसेले पनि वाक्कै लायो । भन्नुहोला, कहिले त गर्नु नि खुसीका, रोमान्सका कुरा पनि ।
मलाई पनि त लाग्दो हो नि खुशीकै कुरा लेखूँ । उमंगकै कुरा पोखूँ । तर के हामीले सोचेजस्तै छ र जीवन ?
मान्छेको जातले खुशी अरुसित बाँड्दैन रे । बाँड्नलाई ऊसँग दुख मात्र हुन्छ रे । सायद यही दुख बाँडिरहेछु मैले पनि । सिर्फ दुख । यसरी बाँड्दाबाँड्दा दुख नै सकिए के होला ? साँच्ची दुख नै सकिएपछि के बाँडूँला हँ मैले ? कल्पना पनि गर्न सक्तिनँ यार । सायद मसँग पोख्नलाई यी गुनासा र दुखेसा मात्र छन् ।
सुख त मान्छेले कहाँ बाँड्छ र होइन ? त्यसैले होला अहिलेसम्म मैले तपाईंसामु बाँड्नलाई खुशी भेटेका छैन । भेटे भने त्यो खुशी अवश्य बाँड्ने छु, दुखेसा बाँडेजस्तै । त्यसबेला कस्तो होला हँ यो दुनियाँ एकपालि तपाई पनि कल्पना गर्नुस् है ।

Wednesday, November 19, 2008

दोबाटोमा

दाङबाट टीकाराम उदासीले फोन गर्नुभएको थियो । रेडियो मध्यपश्चिमको स्टेशन म्यानेजर छाड्नेबारे राय माग्नुभयो । कलेजमा पढाउँदै सिर्जनामा कि्रयाशील एउटा स्रष्टाको लागि स्टेशन म्यानेजर घाँडो नै थियो । मलाई यस्तै लाग्यो । त्यसैले उहाँको छाड्ने निर्णयलाई स्वाभाविक प्रतिकि्रया दिएँ । धेरै भयो केही लेख्न सकेको छैन । समाचारको पछि लाग्दालाग्दै दिन बितेका छन् । जीवनका अनुभूतिलाई सुरक्षित गर्ने कतै पनि पदचाप सुरक्षित छैनन् । भातको पछि लाग्दालाग्दै अनाम काठमाडौंमा आफैसँग अनचिनार भएजस्तो लाग्न थालेको छ । कुनै याममा सोचेको थिएँ लेखनमै आफ्नो पहिचान बनाउँछु । तर भातको पछि लागेर त्यो बाटो कताकता भुलेजस्तो लाग्न थालेको छ । केही दिनअघि पोखरामा धेरै लेखकहरु भेटिए । आफ्नो परिचय बनाएकै त्यै लेखन थियो मेरो । मलाई जतिले चिनेका थिए लेखनबाटै थियो । सबै लेखकहरुको एउटै प्रश्न थियो -खै लेखेको जबाफमा चार पैसाको दाँत देखाएर फिस्स हाँस्नुबाहेक अर्को उत्तर थिए मसँग । भातको पछि दगुर्दादगुर्दै रोजेको त्यो बाटो नै कहाँ छाडेछु कहाँ । टीकाजीको फोनपछि भात र आफूले रोजेको बाटोको दोबाटोमा मन पनि दोबाटोमै उभिएको छ- मैले भात रोजूँ कि मैले रोजेको बाटो कन्फ्युजमा छु -कुन बाटो हो मेरो भात हो या

Monday, November 10, 2008

के गर्लान् महराले मैना

पुतलीजस्ती केटी । कविता लेख्छे । गीत लेख्छे । गाउँघर र स्कुलको पि्रय छे । पढाइमा पनि तेज छे । एउटी दलित केटी । कुनै फिल्मको पात्राजस्तै पोख्त छे । दोलालघाट आँखाशिविरमा आमाका आँखा जँचाउन माइत जान थालेकी आफ्नी आमालाई- आमा छिटै आउनू है । मेरो जाँच पनि आइसक्यो । भाइहरुले पढ्न दिदैनन् । तर उसकी आमा माइत पुगेकै साँझपख पाँचखालका सेनाले लान्छन् । त्यसपछि कहिल्यै फिर्दैन । उसकी आमा छोरीको खोजमा सारा ठाउँ धाउँछे । आखिरमा मारिएको स्वीकार्छन् । ५ फागुन २०६० मा काभ्रेको पाँचखालस्थित तात्कालीन शाही नेपाली सेनाद्वारा मारिएकी मैना सुनारको कथामा उनेको फिल्म हो ुमैनाु । यसको पि्रमियर शोमा थिए -संचारमन्त्री कृष्णबहादुर महरा । संकटकालका भयावह दिन फर्केका थिए पर्दामा । यता थिए मन्त्री महरा । नेपालको सबैभन्दा जटिल याममा फरक्क फर्काउने याम पर्दाम्ा आएपछि कहाँ पुगे होलान् महरा सल्यानमा झण्डै परेका थिए महरा । मुश्किलले बाँचेका थिए । कार्यकतालाई जस्तो ऐया ऐया त परेन होला तर कम्ति जोखिम त उनले पनि किन नमोल्नु । आइरहेको थियो -सेनाका ज्यादती । सर्वसाधारणको बेपत्ता र हत्या । तर तिनै शाही सेनाका हाकिम र जवानहरु छाती फुलाएर कुरा गर्दैथिए । मैनाकी आमालाई थर्काउँदैथिए ।दुनियाँ बदल्न नयाँ नेपालको सुन्दर सपना उनेर लागेका थिए लाखौं युवा माओवादीम्ाा । जीवनका सबैभन्दा उर्वर याम युद्धको भुमरीमा होमे । सिक्ने उमेरमा सपना फलाउने खेतमा हाम फाले । सयौं मैना सुनारहरु मारिए । बेपत्ता पारिए । नेपालमा लोकतन्त्र पनि आयो । जसले लाखौं युवाहरुलाई सपनाको सहर देखाउँदै लगाए युद्धमा तिनै नेतामध्येका एक महराले हेरिरहेका थिए पर्दामा । उतिखेर उनी जटिल मोडमा थिए । नयाँ नेपाल बनाउने सपना बाँड्दै िहंेडेका थिए । तर उनै यतिखेर देशको मुहार फेर्ने कुसर्ीमा थिए । र यतिखेर हेदैथिए पर्दामा भयाबह चित्र । दारुण कथा । सेना र प्रशासनका ज्यादती लापर्बाही फिल्मभरि पोखिएका थिए । लोकतन्त्र आयो फिल्ममा पनि । जसरी आएको छ बाहिर । तर महराको छेउमा िठंग उभिएका थिए उनै पुरानो शाही सेनाको जवान । मैनाकी आमा उस्तै थिइन् फिल्ममा र यथार्थमा पनि । तर महरा मन्त्री थिए । सेनाका ती पातकी अधिकारीहरु सुनापानीले छर्केजस्ता कुरा गर्दैछन् अहिले पनि । मैना मारिइन् । तर उनले न्याय अझै पाएकी छैनन् । सपनाको पछि लागेर महरासँगै लागेका कति मैनाहरु होलान् के सम्झे होलान् उनले पर्दामा हेरिरहँदा मेरो मन घरी पर्दामा हेरिरहेका महराका अनुहारमा गयो घरी पर्दामा । लोकतन्त्र आए पनि कटुवाल उस्त गर्जिरहेको छ । कुनै बेलाका बहुचर्चित बादल रक्षामन्त्री बने । तर भैरवनाथ गणका बेपत्ताका समेत िझंगा मार्न सकेनन् । कुनै पहल गरेको देखिदैन । यी मैनाहरुले कहिले पाउने हुन् न्याय के महराले यसको जबाफ देलान् फिल्म सकिए पनि अनुत्तरित प्रश्न सकिएको थिएन । त्यही अनुत्तरित प्रश्न बोकेर बाहिरिदा आज असाइन भएको राष्टिय सभागृहको प्रचण्डको कार्यक्रम छुटिसकेको थियो । ुला अब के गर्ने होला ु यत्रैसिति भन्ने लागेर अफिस आएँ । साना सर रिसाए -त्यो हेडसरको असाइन हो । अब के गर्ने थाहा छैन अब के गर्ने

Sunday, November 9, 2008

ओबामा बोकेर आएको नयाँ पत्रिका

अस्तिको दिन मेरो जीवनको लागि सुखद् रह्यो । बिहानै नयाँ पत्रिका लिएर भित्र पस्दा अनौठो अनूभूति गरेको थिएँ । कारण थियो -नेपाली पत्रकारिताको इतिहासमै सबैभन्दा पहिले नयाँ पत्रिकाले रिपोर्टरको फोटोसहित समाचार छापेको थियो ।
संयोग ! त्यो मेरो समाचार परेको थियो ।

ब्लग र फेसबुकसँगका साँझ

अचेल अबेर फर्कन्छु डेरा । विमल आएको छैन । डेरा पनि अव्यस्थित छ । आठ कक्षा पढ्न थालेदेखि डेरामा बसेको जिन्दगी डेरामै छ । थाहा छैन कहिलेसम्म हो । तर यति लामो डेरा बसाइबीच पनि डेरालाई कहिल्यै व्यवस्थित गर्न सकिनँ । मलाई थाहा छैन म नै अव्यवस्थित हँु या मेरो डेरा साथीहरु गाली गर्छन् । डेरामा छरिएका किताब देखेर हकार्छन् । अव्यवस्थित जिन्दगीका पानाहरु जता पल्टिए पनि उस्तै हुँदारहेछन् । लिबाङ आएँ । उस्तै । नुवागाउँ गए । उस्तै । चुनबाङ गएँ । उस्तै । दाङ झरें क्याम्पस पढ्न । त्यहाँको डेरा पनि उस्तै । र अचेल छु काठमाडौंमा । यहाँ पनि उस्तै । डेरामा मेरो कम्प्युटर कीराले सत्यानाश पारेको छ । अचेल त अन गर् यो कि झिमिझिमिक गर्छ । अस्ति स्कान गर्न खोजेको दुई हजारको हाराहारीमा कीरा भेटिए । अब के गर्ने कीरा मार्ने हालौं नेट छैन । के गर्ने के गर्ने भएको छ । हिजो पनि चाउचाउले रात काटियो । आज पनि अफिसमै चाउचाउ पकाउन लगाएँ । अनितालाई भनेको थिएँ -चाउचाउ नखाऊ है मेरी साथी । स्वास्थ्यको लागि हानिकारक छ । तर अचेल आफैले चाउचाउ खाइरहेको छु । थाहा छैन मैले चाउचाउ मैले खाइरहेछु या चाउचाउले मलाई । अँ भन्दैथिएँ मेरो साँझ अचेल खासगरी समाचार लेखिसकेपछि हुन्छु फेसबुकमा । नयाँ नयाँ साथीहरुसँग आफ्ना अनुभूति साट्न पाउँदा अर्कै अनुभूति हुन्छ । शनिबार मात्र फेसबुकसम्बन्धि स्टोरी झन नयाँमा सहकर्मी प्रमिलाजीले लेख्नुभएको थियो । सायद यसको चाप झन बढ्ला । अँ फेसबुमा धेरै नयाँ साथीहरुसँग कुराकानी गरें । सीमा दाहालसँग लामो कुराकानी भयो । विज्ञान संकायबाट स्नातकको फाइनल दिएर बसेकी रहिछन् । अनामनगरकी सीमालाई लेख्न रुची रहेछ । पत्रकारितातिर पनि उनको रुची रहेछ । केही लेखेको र छाप्न मन लागेको बताइन् । उनीसँगको कुराकानी रमाइलो भयो । दिउँसो गुणराज लुइँटेल दाइसँग पनि कुराकानी भयो । रोल्पामा दैनिकीको लागि चाहिएको छ कि भनेर सोधें । अहिले मिलाइरहेको बताउनुभयो । हिजो कथा सम्पादन गर्दै थिएँ । तर जाँगर चलेन । के भो के भो । आज कभर स्टोरीका लागि एउटा समाचार बनाउँदैथिएँ तर अर्को गर्नुपर् यो । संयोग त्यो स्टोरी पनि मेरै थियो । सशस्त्र समूहहरु सरकारसँग वार्ताका लागि सम्पर्कमा आएको समाचार थियो । मुश्किलले शान्तिमन्त्री प्रभाकरको कोड लिएँ । सम्पर्कसूत्रलाई ५० हजार दिने समाचार सायद खगेन्द्र पन्तले लेख्नुभएको थियो त्यो समाचारले फायर भएका रहेछन् । त्यसले धेरै अप्ठेरो पारेको बताए । खासमा उनीहरुलाई दिने नभई सम्पर्कका लागि चाहिने खर्चपर्च रहेछ । सम्पर्क बारम्बार भइरहेको कुरा गरे । समाचार लेखेपछि केही दिनयताका साँझजस्तै फेसबुक र ब्लगमा लागें । मेरा पाठक ! साँच्ची तपाई्रका साँझ कसरी बितिरहेछन् हँ मेरा साँझ फलदायी हुने गरी बितिरहेछन् या नाई मलाई नै थाहा छैन ।

मैना हेर्न प्रचण्ड

भोलि बिहान ुमैनाु फिल्मको पि्रमियर शो छ । कस्तो बनेको छ मलाई हेर्न मन छ । मैनाकी आमालाई मैले ुसारी सोल्जरुमा देखेको थिएँ । अमेरिकन पत्रकार जुलीले बनाएको उक्त डकुमेन्ट्रीमा उनलाई देखेपछि लागेको थियो -मैनाकी आमाजस्तै धेरै आमा हुँदा हुन् त मैना सुनारहरु सेनाद्वारा बलात्कृत हुँदै मारिने थिएनन् कि अबोध बालिकाहरु यसरी मारिने थिएनन् होला । पाँचखालमा माओवादीको आरोपमा सेनाले लगेको मैना कहिल्यै फर्किएनन् । बरु उनलाई बलात्कार गरेर मारियो । जंगलमा गाडियो । मैनाकी आमाले साहस गरिन् । सारा ठाउँ चाहारिन् । आखिरमा मेनाको शव राखिएको ठाउँबाट उनको अवशेष निकालियो । थाहा छैन दोषीले सजाय पायो या पाएन तर मैनाकी आमाले देखाएको साहसलाई जसले पनि प्रशसा गर्छ । धेरै मैनाहरु सेनाबाट बलात्कृत भए । मारिए । कसको नाउँमा माओवादीको । कति होलान् मैनाहरु यो मुलुकमा कस्तो भएको छ कुन्नि मैना फिल्म जसको नाउँमा हजारौं नेपाली मारिए । जसको नाउँमा समाजका सबैभन्दा तल्ल्ााे तहका जनताले सपना उने । थाहा छैन यी सपना कहिले पूरा हुन्छन् तर भोलि प्रचण्ड मैना फिल्मको उदघाटनमा आउँदैछन् । के भन्लान् र के गर्लान् मैना हेरेर हेर्न बाँकी छ । के भन्लान् हँ प्रचण्डले