Tuesday, March 31, 2009

६ गते चुनाव भएको त्रिभुवन विश्वविद्यालयको चुनावी परिणाम १८ गते मात्र आयो । क्रान्तिकारी जित्ने पक्कापक्की भएकाले होला चुनावस्थलमा क्रान्तिकारीका समर्थक मात्र थिए । उनीहरुले नेवारी बाजासहित नाचगान थालिरहेका थिए । एबीसी टेलिभिजनले लाइभ गरेको थियो ।
मतगणनास्थल शिक्षा विभागको अगाडि दिउँसो नै हिमाल शर्माकी पत्नी फूलमाला लिएर गएकी थिइन् । उनका साथमा अस्कलमा आइएस्सी दोस्रो वर्षमा पढ्ने सरल शिवपुरी उच्चमावि महाराजगंजमा १० कक्षामा पढ्ने सपना र सोही स्कुलमा सात ७ कक्षामा पढ्ने जटिल पनि माला लिएर पुगेका थिए ।
घोषणा गर्न ढिलो भएपछि सरल सपना र जटिललाई अबिर लगाइदिएका थिए ।
घोषणा सुन्न गएका विद्यार्थीमाझ सूर्खेतकी माया घर्तीमगरको विशेष चर्चा थियो । राम्री भएर भोट दिएको तन्नेरीहरु बताइरहेका थिए । नेविसंघबाट विजयी हुने एक मात्र सदस्य हुन् । यसैगरी सहसचिवमा विजयी हुने पि्रतम गुरुङलाई पनि फरासिलो भएकाले भोट दिएको बताउँदैथिए । दुवैजना जनजातिको भोट पाएर जितेको टिप्पणी थियो । घोषणा नभए पनि माया र पि्रतम नेविसंघबाट जित्ने गाइर्ंगुईं विद्यार्थीमाझ चलिरहेको थियो । क्रान्तिकारीका हार्ने सहसचिव मनोज यादव र सदस्य रामपुकार साह दुवै मधेसी मूलका थिए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय एमाले अखिल शून्य भएको छ ।
सभापति हिमालले २७६९ र नेविसंघका अन्जान लामाले २२८७ र एमाले अखिलका विदुर सुब्बाले २०७८ मत लिए । सबैभन्दा मतान्तर सचिवमा मानुषी यमी भट्टराईको छ । उनका बाबा डा।बाबुराम भट्टराई सबैभन्दा बढ्ता मतान्तरमा जित्ने सभासद् हुन् । यमीले ३०६६ मत लिइन् भने उनका निकटतम प्रचितद्वन्दी नेविसंघका जीवलाल खरेलले २०८६ मात्र लिए ।
उपसभापति क्रान्तिकारीका रमेशकुमार दर्जी २४२७ सहसचि नेविसंघका पि्रतम गुरुङ २४०८ कोषाध्यक्ष क्रान्तिकारीकी दुर्गादेवी धामी २५३८ छन् । यसैगरी सदस्यमा क्रान्तिकारीका अनिल प्रसाई्र २३१० वसन्तकुमार मिश्र २३५१ ठाकुर गुरुङ २३९८ सुष्मा अधिकारी २३३१ मेनुका सुब्बा २६०४ सन्दीप अधिकारी २३८४ रत्नबहादुर बुढा २४३५ यमनाथ गिरी २३५० र इन्द्रबहादुर भण्डारी २३९२ छन् । नेविसंघबाट जित्ने माया घर्तीमगरले २३६८ मत लिएकी छन् ।
घोषणा हुँदा सात बज्न लागिसकेको थियो । पानी परिरहेको थियो । विजय जुलुस रातसँगै कीर्तिपुरको नयाँबजार उकालिदैथियो ।


गाउँदै नाच्दै क्रान्तिकारीकी नेतृ बिना मगरसरस्वती क्याम्पस सभापतिकी उम्मेदवार र माओवादी प्रवक्ता दिनानाथ शर्माकी छोरी







हिमाल शर्मापत्नी


हिमाल शर्माका छोरा सरल जटिल र छोरी सपना


जनसेनाका कमाण्डर पासाङपुत्र दीपेश पुन जो अस्कल क्याम्पसका निर्वाचित सदस्य हुन् र हिमाल शर्मा पुत्र सरल

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरकी सचिव मानुषी यमी भट्टराई। उनी मन्त्रीद्वय डा।बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन्।




त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका सभापति हिमाल शर्मा। उनी क्रान्तिकारीका महासचिव पनि हुन्।

Saturday, March 28, 2009








आज प्रधानमन्त्री प्रचण्ड गए, नर्वे र फिनल्याण्ड । थाई एअरको ३१९ को विमानबाट अपरान्ह पाँच बजे उनी उडे । उनलाई विदा गर्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमदेखि नवनियुक्त महिला बालबालिका तथा समाजकल्याणमन्त्री रामचरण चौधरी पनि विमानस्थल पुगेका थिए। प्रधान सेनापति रुक्मांगद् कटवाल आधा घण्टाअघि नै विमानस्थल पुगेका थिए । विमास्थलमा प्रचण्डलाई विदा गर्न राजदूतहरु सरकारका सचिवहरु लगायत भर्खरै सर्वोच्चको आदेशले काममा फर्किएका आठ जर्नेल पनि पुगेका थिए।

Monday, March 16, 2009

भोट माग्दै अर्थमन्त्री डा.भट्टराईकी छोरी मानुषी , मानुषी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सचिवकी उम्मेदवार हुन्

माफ गर्नुस्

नयाँ पत्रिका छाडेदेखि ब्लग अपडेट गर्न सकेको छैन । कता कता के नपुगेजस्तो न कस्तो कस्तो लागिरहेको छ । न मैले कथा लेखेको छु न त निबन्ध नै । यसबीचमा साथीहरुका किताबचािहं हेरेँ । तर, ज्यान लगाएर हेर्न भ्याइएन ।
नियमीत गर्ने सोंचमा छु । तर, नियमीत गर्नलाई साधनको पनि त आवश्यक पर्दोरहेछ । साधन किन्नका लागि जोहो गर्न थालेको पनि जुग बित्यो । मोबाइल सेट किन्न रिन लिएको साथीलाई पैसा फिर्ता गर्न सकेको छैन । अनिता ! नआत्तिनु ल ।
पैसासँगै समय व्यवस्थापन ठूलो रहेछ । फुस्रद नहुने त कहाँ हो र ? त्यसलाई व्यवस्थापन गर्न सकेको छैन ।
सम्झन्छु, नयाँ पत्रिकामा छँदा राति समाचार लेखे पुग्थ्यो । दिनभर डुल्न पुग्थ्यो । अहिले ? दैनिकी डटकमको अनलाइनमा त्यो अवसर छैन ।
पत्रिका निस्केपछि अलि हल्का होला । यसै सोचेको छु ।
समय भएन भनेर गुनासो गर्नु भन्दा पनि आफूले समय व्यवस्थापन गर्न नसकेको आफैलाई थाहा छ ।
दैनिकीमा आएपछि पनि जनमुक्ति सेनाको क्याम्प पुगें । नवलपरासीस्थित हात्तीखोर पुगेँ । तनहुँस्थित छिम्केश्वरी महोत्सवमा गएँ । शिविर र तनहुँका अनुभूतिलाई लिपिबद्ध गर्नु छ । बाँकी नै छ ।
केही सम्झना बाँकी छन् । तिनलाई उन्नु छ ।
आदरणीय पाठक ! मलाई माफ गर्नुस् ।

Wednesday, December 31, 2008

थ्यांक क्यू अनवर

पोहोर ६० को हाराहारीमा डकुमेन्ट्री हेरेको थिएँ । मौका पर्दा यसो हेरे पनि यसरी माया नै मारेर हेरेको पहिलोपालि थियो । त्यसले ममा डकुमेन्ट्रीको भूत चढाएछ क्यार ।

हिउँमा बस्ने स्कीमो जातिको बारेमा बनेको ुफाष्ट रनरु हेरेपछि डकुमेन्ट्रीप्रतिको मायाजाल नजानिदोगरी गहिरियो । बृत्तचित्रको इतिहासमा पहिलो बृत्तचित्र नै स्कीमो जातिको बारेमा बनेको थियो ।

तर यसपालि न पर्वतीय चलचित्र महोत्सव हेर्न पाइयो न त आदिवासी फिल्म नै । पर्वतीय फिल्म हेर्ने बेला रोल्पा गएको थिएँ । सारा छुटे । आफन्तसँग छुटेजस्तो 'थक्थक्' लागिरह्यो ।

केही महिनाअघि प्रुान्सेली फिल्म महोत्सवमा फिल्म हेर्न अग्निशिखा दाइसँग सट्टीपट्ट गरेर ठीक्क परेका थियौं । जाम्ला नभनेर ठीक्क परेको बेला अग्नि दाइ त आफै फिल्म भएर अर्को लोक जानुभयो । उहाँले सिफारिस गरेका 'अच्छा अच्छा' फिल्मुमध्ये गुडबाई लेनिन पनि एक थियो । दाइ नै नभएपछि के जानु भन्ने लाग्यो । गइएन । बिनू रिजाल, प्रमिला देवकोटा पनि जानुभएन । अहिले पनि फिल्म महोत्सव भन्नेबित्तिकै अग्नि दाइको याद बल्झेर आउँछ ।


प्रसंग फेरौं जस्तो लाग्यो । भन्नु होला कति लेख्छ यार, यल्ले अर्थ न बर्थका ग्वाले कुरा । तर त्यै ग्वाले कुरा गरें ल माफ गर्नुस् ।

जिन्दगीमा कहिलेकाहीँ 'नजाने जोशु' पनि चल्दोरहेछ के । सपनामा नउनेका कुरा पनि भइदिने ! गफैगफमा माओवादी आन्दोलन बारेमा रोल्पाकेन्द्रीत विषयवस्तुलाई उन्ने उधारो कुरा गरेको थिएँ, साथीभाइमाझ । त्यो पनि उही बृत्तचित्रको भूत चढेको याममा । संयोग ! साथीभाइमाझ गरेको त्यो उधारो कुरा ख्यालख्यालमै नगदमा अनुवाद भइदियो ।

भयो के भने साथीहरुले पैसाको मेसो मिलाए । क्यामेराम्यान बाबुराम नेपालीसित एक महिने रोल्पाको सुटिङ तय भयो । लागियो रोल्पा । जनयुद्धमा परिवारका सदस्य गुमाएका झण्डै एक दर्जनका आँसुले लछप्पै भिजायो । तिनका आँसुका अनुत्तरीत प्रश्नले ठहरै भएर झण्डै बीचमै फर्किए म त । कारण -तिनका घाउ कोट्याएर रुवाउनुको के अर्थ थियो ? मसँग जबाफ थिएन । उनीहरुका आँसु बेचेर डलर कमाउनु पनि थिएन मलाई । कतिखेर भने तिनका आँसु लगेर शासककहाँ पुर् याउँ ? केही प्रेसर त गर्ला । यस्तो पनि लाग्यो । अनि मन थामियो । भागेर आउन एक मनले दिदै दिएन ।

जे होस् अप्ठेराबीच एक महिनासम्म सुटिङ गरियो ।

तर देखाउने ?

साथीहरुले एकछाङ्गे भीरमा पो जाँकीदिए । यस्तो कि न तल झर्न भन्छन न माथि नै उक्लन । क्यामेराम्यानलाई तिर्ने बाँकी पैसा नदिएर बिजोग पारे । झण्डै तीस हजारको हाराहारीमा रिन बोकियो । कमाइधमाइबिनाको नवीन जोगी भयो ।

'कहिले आउँछ भाइ अनुहार ?' कहिले थबाङबाट फोन आउँछ कहिले जेलबाङबाट कहिले इरिबाङबाट । उनीहरुका प्रश्नले म यता ठहरै भएको छु । के जबाफ दिने क्यामेराम्यानलाई तिरेको खाल्डो त पुरेको छैन भने कसरी सम्पादन गरेर देखाउने बनाउनु ?

'हुँदैछ अर्को दशैमा आउँछु' यसै भनेर टार्दैआएको छु । मलाई थाहा छैन ती दशै कता छन् ।
'उचाल्छौ र सर्गे सुली, बसाल्छौ र भुइँती' भनेजस्तो साथीहरुले त जाँकिदिए, भन्भनेको तालमा ।
मसँग झण्डै पचासवटा डिभी थन्किएको छ । अझै त्यसले संसार हेर्ने अवसर पाएको छैन । मलाई माफ गर, जनयुद्धमा परिवारका सदस्य गुमाउने मेरा आफन्त ! मलाई माफ गर ।

साफ्माको फिल्म महोत्सवमा एकदिन अफिस विदा लिएरै हिजो हेरे । हिजो 'भाषण कम फिल्म बढी' भएकाले विदा लिएरै गएको थिएँ । हेरियो होला सातआठवटा । द्वन्द्व, शान्ति र संस्कृतिमा आधारित ती फिल्ममध्ये मलाई सबैभन्दा हेर्न मन थियो अफगानी फिल्म । त्यहाँको जीवनशैलीबारे जान्न मलाई इच्छा थियो । दुईवटा अफगानी बृत्तचित्र हेरियो । पहिलो अफगानी महिलाले बनाएको गुफामा बस्ने अफगानी जातिको कथा ज्यादै मर्मश्पर्शी थियो । श्रीमान् मरेपछि दुई ससाना छोराका साथ ती महिलाले गरेको जीवनोपार्जनका कथाले मन छोयो । त्यसैगरी इरानमा निर्वासित जीवन बिताएकी एक अफगानी चेलीको बारेमा बनाइएको फिल्म 'नर्मल' लाग्यो । कट्टर मुसलमान देशबाट दुईवटी महिला फिल्मकर्मीले बनाएका फिल्म आफैमा फिल्म थिए ।

अनवर जमालको 'डि्रम अफ डार्क नाइट' हेरेपछि मनलाई झकझकायो । फोहोर उठाउने कुचविहारको अनवर मियाको गाउँमा भिडियो चलाउने सपना कसरी पूरा भयो ? मज्जा लाग्यो त्यसको प्रस्तुति । बच्पनमा देखेको सपनाजस्तै कहाँ आकाशको जस्तो थियो । अन्तमा एकजना सहयोगीको सहयोगले भिडियो हल खोल्छ मियाले । फोहोरमा लटपटिएको हिरो हिरोनीको फोटो मियाले सम्हालेर राख्छ । र, भित्तामा टाँसिएका हिरो हिरोनीका पोष्टर हेर्छ ।


फिल्म सकिएपछि त्यसका निर्देशक अनवर जमाल उभिएर बोले । उनले आधा कहानी मियासँग आफ्नो पनि जोडिएको बताए ।

त्यो पिल्मले कान्तिपुर टेलिभिजनका क्यामेराम्यान दाइ श्याम श्रेष्ठको जीवनको एउटा भाग चॊरेको रहेछ । आफ्नो गाउँ चितवन मादीमा यसैगरी भिडियो चलाएका कहानी दोहोर् याउनुभयो ।

डेरा पुग्दासम्म पनि उसले फोहोर उठाएको भिडियो हल चलाएको उसको अनुहारले पछ्याइरह्यो । माचमा उभिएर बोलिरहेका जमाल उभिइरहे आँखामा ।

अनवर थ्यांक क्यू । सर्वसाधारणले उनेको सपना बनाउने अनवरलाई बधाई । आफूले बनाउने त यत्तिकै भयो, तिम्रै बृत्तचित्र हेरेर मन बुझाएँ ल, अनवर । धेरै धेरै धन्यवाद अनवर ।


Wednesday, December 17, 2008

दैनिकीमा पहिलो दिन

केही डरजस्तो न कस्तो कस्तो अनुभूति भएको थियो पहिलो दिन अफिस पुग्दा । तर मैले देखेका अनुहार नै थिए । त्यसैले त्यतिसारो अनौठो नै त लागेन । माओवादीले प्रस्ताव गरेको देशभक्त गणतन्त्रवादी मोर्चाबारे अन्य दलको धारणासहितको एउटा समाचार लेखें । यो नै मेरो दैनिकीको पहिलो समाचार थियो । त्यसैगरी आज नै नयाँ पत्रिकामा छापिएको तात्कालीन प्रधानन्यायाधीस केशवप्रसाद उपाध्यायमाथि भुलबस परेको एम्बुसबारेको समाचार नयाँ पत्रिकामा मेरो अन्तिम समाचार थियो । कुराकानी थियो, त्यसबेलाका स्क्वायट कमिसारसँगको । उनै कमिसार नरबहादुर विष्ट प्रेम भने अहिले सूर्खेत -३ माओवादीको तर्फबाट सभासद् चुनिएका छन् ।

दैनिकीको मेरो पहिलो दिनले त्यस्तो नयाँ अनुभूति बोकाएन । मात्रै, केही नयाँ केही पुरानोजस्तो ।

Tuesday, December 16, 2008

बाई, नयाँ पत्रिका

भोलिदेखि दैनिकी जोइन गर्दैछु । भन्छन् 'अवसर र चुनौतीको ढोका सधैं खुला हुन्छ । जहाँ हरपल हामीलाई पर्खिरहेको हुन्छ ।' यतिखेर भने म अस्पटमा छु दैनिकी मेरो चुनौती मात्र हो कि अवसर पनि ।
नयाँ पत्रिका बाई । बाई ।