Thursday, June 4, 2009

भारतीय दूतावासमा माओवादी

सीमा क्षेत्रमा भारतीय अतिक्रमणको विरोध गर्दै माओवादीका जातीय मोर्चा र जनवर्गीय संगठनले आज लैनचौरस्थित भारतीय दूताबासमा विरोधपत्र बुझाए। ुमाधव केपी गिरिजा भारततिर छिरिजाु ुराकेश सूद गो ब्याकु जस्ता चर्का नारा लगाउँदै हजारौंको संख्यामा रहेका उनीहरु दूताबास पुगेका थिए। बेलायती दूताबासभन्दा पनि धेरै वरसम्म प्रहरीले छेके। सशस्त्र प्रहरीको कडा सुरक्षा थियो।
माओवादी केन्द्रीय सल्लाहकार एवं सभासद् सुरेश आलेमगरको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो।
विरोधपत्र गेटमै बुझेका थिए काउ_िन्सलर मक्खन िसंहले। राकेश सुद नआएपछि आक्रोशित आलेमगरले र् यालीलाई सम्बोधन गर्दै जनसागर देखेर सूदले छुलुक्कै मुतेको आरोप लगाए। िसंह हिन्दीमा बोल्न खोजे पनि उनी अंग्रेजीमै कड्किदै भारतीय विस्तारवादको मज्जाले विरोध गरे। र नेपाली जनता र भारतीय जनताबीच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै भारतीय शासकहरुको खोइरो खने।




वाइसीएल अध्यक्ष गणेशमान पुन र सभासद् अमृता थापा


सभासद् सुरेश आलेमगरबायाँ र सभासद् तिलक परियार












सभासद् सीता बौडेल


सभासद् नीरु दर्लामी मगर


सभासद् जुब्बा सोरेन




दूताबास अगाडि नारा लगाउँदै माओवादीको केन्द्रीय कलाकार टोली सामना परिवारकी कलाकार उषा


भारतीय दूताबासका काउ_िन्सलर मक्खन िसंह







सभासद् नरबहादुर विष्ट


Wednesday, June 3, 2009

पत्रकारको जनवादी बिहे

माओवादीले राष्ट्रपति रामवरण यादवको 'कु'विरुद्ध सडक आन्दोलन थालेको दिन। १० देखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर फर्केका माओवादीका छोटे नेता। पत्रकारद्वय प्रज्वल श्रेष्ठ र सिर्जना तिमि_िल्सनको बिहेको जन्ती भएर आएका माओवादी छोटे नेता र पत्रकारले टनाटन भरिएको छ जनसंचार अभियानको हल।

Monday, June 1, 2009

नेवार बन्द

१८ जेठ नेपालका आदिवासी जनजातिका कालो दिन। जुनमा सर्वोच्च अदालतले काठमाडौं महानगरमा नेवारी र राजविराज नगरपालिकामा मैथिली भाषालाई कामकाजी भाषा खारेज गरेको थियो। त्यसयता कालो दिवसको रुपमा मनाउँदैआएका थिए आदिवासीले। तर आज भने नेवा स्वायत्त मंका संघर्ष समितिले उपत्यका बन्द गर् यो। समितिमा माओवादी निकट नेवा मुक्तिमोर्चा एमाले निकट नेपाः लोकतान्त्रिक संघ नेपा राष्ट्रिय पार्टी नेपाली कांग्रेससँग सम्बद्ध नेवार कार्यकर्तासहित विशुद्ध जातीय संस्था ज्यापू महागुठी ज्यापू समाज नेवा जागरण माच नेवा दे दगुः नेवा दे गुठीलयायत ९ वटा संगठन छन्। रैथाने नेवारको बन्द भएर होला ठप्प भयो उपत्यका।
सधैं मान्छेको हुलले ठेलमठेल हुने न्यूरोड खाली थियो। असनका साढेजसरी िहंडेका थिए कुइरे मामा माइजूहरु। नेपाली पनि बन्दको मज्जा लुट्न घुमिरहेका थिए।



समितिले स्वायत्तताका लागि काठमाडौं उपत्यकाभित्र ३ जिल्लासहित आसपासका नुवाकोट धादिङ काभ्रे दोलखा रामेछाप सिन्धुलीलगायत ९ जिल्लाका इलाका छन् । बन्द सरकारले ल्याउन थालेको एकीकृत सहरी विकास योजना विरुद्ध पनि थियो। काठमाडौं वरपर वस्ती विस्तार गर्ने योजना एकीकृतको छ। विस्तार गरेपछि काठमाडौका आदिवासी नेवार जाति अल्पमतमा पर्ने मात्र नभई सरकारले चाहेको बेला जग्गा अधिकरण गर्न सक्ने र त्यसविरुद्ध कानुनी उपचार नपाइने भएकाले त्यसको विरोध गरेको समितिको दाबी छ।


बन्दमा मज्जाले साइकल कुँदाउँदै


बन्दपछि नेवा राज्य समिति इन्चार्ज एवं माओवादी पोलिटब्युरो सदस्य हितमान शाक्यले नेवार जातिको आन्दोलन क्षेत्री बाहुनविरुद्ध नभई राज्यले लादेको एक भाषा एक संस्कृतिविरुद्ध नेवार जातीय स्वाधीनता रक्षा लागि भएको दाबी गरेका छन् । नेपालमा शाह वंशीय राजतन्त्र थालिदा काठमाडौंका नेवारका नाक कान काटिएको प्रसंग उल्लेख गर्दै नेवार जातिमाथिको उत्पीडनविरुद्ध मात्र भएको भनी बुझ्न आग्रह गरे ।



बन्दको मौका उठाएर िसंहदरवारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकको फोटो खिच्दै एक फोटो पत्रकार


नेवा
स्वायत्त राज्य हुँदा अन्य जातिलाई थिचोमिचो नहुने दाबी गर्दै उनले दुई सय चालीस वर्षसम्मको उत्पीडनको क्षतिपूर्तिका लागि मात्र ुअग्राधिकारु खोजेको बताए । असमान अवसरका बीच समान प्रतिष्पर्धा हुन नहुने तर्क गर्दै स्वायत्त संघीय राज्य आफूहरुको माग रहेको उनको तर्क थियो । आफूहरु पछिल्तिर फर्क नचाहेको बताउँदै देशलाई टुक्राएर बाइसे चौबीसे राज्य बनाउन नखोजेको बताए ।


बन्दमा मस्तराम वसन्तपुर घुम्दै कुइरी माइजू

सधैंका लागि भने आफूहरुले जातीय स्वायत्तता नखोजेको समेत तर्क गरे । भाषा र जातिमा विविधिता भएकाले भाषा र जातिकै आधारमा संघीयता हुनुपर्ने दाबी गरे । तर यो सधैंका लागि नभई सबै मानव समान बनाउनतिर लक्ष्यित भएको दाबी गरे ।

बन्दपछि भाषण सुन्दै वसन्तपुरकी रोजी महर्जन

बन्द र् यालीको नेतृत्व गर्दै पूर्वमन्त्री हिसिला यमी र मानव अधिकारकर्मी मल्ल के सुन्दर



बन्द गराउँदै िहंडेका नेवार युवायुवती


बन्दको चटारो वसन्तपुरमा



बन्द कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठ



बन्द गराउन आएका एक नेवार किशोर

वसन्तपुरमा आयोजित जनसभामा पूर्वमन्त्री एवं माओवादी पोलिट्ब्युरो सदस्य हिसिला यमी मानवअधिकारवादी मल्ल के सुन्दर नेपा पार्टीका नरेशवीर शाक्य कवि दुर्गालाल श्रेष्ठले पनि नेवार जातिको स्वायत्तता नहुँदासम्म संघर्ष जारी राख्ने जिकीर गरे । कार्यक्रमस्थलमा सहभागी भए पनि सत्तारुढ एमालेका राजेन्द्र श्रेष्ठले भने बोलेनन् ।

Thursday, May 28, 2009

आदिवासी फिल्म मेला

आदिवासीका विषयसँग सम्बन्धित फिल्मको मेला सुरु भयो काठमाडौंमा आजदेखि। २८ नेपालीसहित विभिन्न देशका ६६ फिल्म तीन दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा देखाइने छ। फिल्म थालनी हुने दिन आआफ्ना परम्परागत पहिरनमा मज्जाले नाचे। मगर जाति मारुनी नाचे तामाङ नाचे र नाचे राई लिम्बु जातिका पनि।