Saturday, February 6, 2021

बिलाएको भोटेताल्चा

नवीन विभास

भोटेताल्चा मारेर छातीमा,
राखेँ तिम्लाई कलेजी माझैमा
(गीत– सरुभक्त, स्वर– तिलक बम मल्ल, परिवेश ब्यान्ड)

ठूला घरको ठूलै छानो, ठूलै भोटेताला (ताल्चा),

केइ बुझ्या मै मरीजाम्, बाली साइँका चाला 

(लोकगीत, शशिराम ओली)

चौबाटोमा एक्लो घर, केई लाग्दैन डर,

मूल देला (ढोका) मा भोटेताला, त्यसकै लाग्छ भर ।

(लोकगीत, मनलाल ओली)

Friday, January 15, 2021

काठमाडौं पसेको मगर माघे सकराति

२०७७ माघ ३ शनिबार ०८:०६:००

पानीफोटो– १

‘पाइयो, पाइयो ।’
केटाकेटीका हुल गाउँका ससाना कदे घरको मैरामा उभिएर लय हाल्छन्, ‘पाइयो, पाइयो ।’ कतिका कलिला पिठ्युँमा थैला छन् त कतिका पिठ्युँमा स्कुले झोला । आफ्ना बा कालापारबाट कमाएर फर्किने संयोग जुर्नेका आङमा भने नयाँ भोटी छ । 

सिँगान तान्न स्वाँक्कस्वाँक्क गर्दै लय हाल्ने चिचिले अनुहारबाट खुसीको पाछाबाङखोला बगेको छ । चाडपर्वले खुसी ल्याउने नै बालबच्चालाई न हो । मायपातको पटरी (दुना–टपरीभन्दा ठूला आकारको हुन्छ, जो भान्नेतरुल, केरेतरुल, पिँडालु, झाने रोटी, थोरै पिठो वा चामलले भरिएको छ) हात पार्दै घरपति भन्छन्, ‘पाइयो पाइयो ।’ 

छड्कधुरीबाट त्यस बिहान बाटो लागेको सूर्यलाई राक्माधुरी ढिलो गरी पुग्न आग्रह गर्दै पाइयो खेलिरहेका केटाकेटीहरू अर्को घरमा पुग्छन् । त्यसपछि गाउँ नै गुञ्जने गरी बगाले आवाज लय भएर निक्लन्छ, ‘पाइयो पाइयो ।’

Tuesday, December 29, 2020

सुनसान नुनमार्ग

नवीन विभास

काठमाडौँ — नेपाली भान्साबाट भोटे नुन बिलाएकै जुग बिते पनि जनजिब्रोबाट बिलाउन बाँकी छ । भोटे नुनसँगै भोटे ताल्चा र भोटे कुकुर लोक ‘सम्झना सल्लाघारी’ मा भुर्रभुर्र उड्छन् । ती कहिले ‘आहानमेन’ भएर उड्छन् त कहिले ‘गीत’ भएर । कहिले ‘आसिक’ त कहिले ‘मन्त्र’ भएर ।



Saturday, November 7, 2020

त्यसपछि कमरेडले राजाको घर किने

कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ । 


कमरेड भने टिनछाने गेरु–रङे राजदरबारको भुइँतलामा ‘दरबार आहान’ हालिरहेछन् । जुन ठाउँमा यसअघि तीनतले दरबार उभिएको हुन्छ । जसलाई माओवादीले ‘सामन्तको दरबार’ भन्दै आगो झोेस्छ । दरबार जले पनि दरबारपछिल्तिर भने गोलाकारे सेतो अनुहारको ठूलो ढुंगा भने जस्ताको तस्तै छ, जुन ढुंगामा बसी राजाले ‘नाइमुन नाइमुन’ (नुहाउने) गरेका हुन् ।  भुइँतला भित्तामा लेखिएको छ, ‘प्रकाश व्यापार सेवा एन्ड सप्लायर्स ।’ पहिलो तलाका दुई कोठामा खुला ढोकामा पर्दा छ । भुइँतलाको दुई ढोकामध्ये एउटा बन्द छ ।

काकाकुल कोइलाबास

बुटवलदेखि पश्चिम र नेपालगन्जदेखि पूर्वको मूल नाका कोइलाबास गुमनाम भएको छ । काकाकुल भएको छ । ‘कोमा–नाका’ भएको छ । के यहाँको क्रन्दन सिंहदबार नपुगरै कोइलाबास ‘उठीबास’ भएको हो ?

नवीन विभास

लोककथन छ, ‘सुन नभए नि हुन्छ, मानिसलाई नुन नभई हुन्न ।’
सञ्जोग ! नहुँदा पनि हुने ‘सुन’ यतिबेला जुगकै सर्वाधिक महँगो छ ।

Wednesday, August 5, 2020

वर्मन बुढा : जो कछाड र चप्पलमै सिंहदरबार गइरहे

नवीन विभास
२०७७ श्रावण १० शनिबार ०७:५९:००

टेम्पोमा टुकुटुकु

 

कम्मरदेखि घुँडासम्म सेतो खाडीको काँची । आँखामा चस्मा । कालो टोपी । दायाँ हातमा लौरो । टेम्पोको डन्डीमा बायाँ हात । लगनखेलबाट रत्नपार्क गुडेको नीलो टेम्पोमा गहुँगोरो वृद्ध टेम्पो टुकटुकमा टुक्का टँसाउँदै ‘निलई’ भाकामा रुकुमकोटतिर बग्ने थबाङ बग्छन् । उनै वृद्धले खनेको जगमा त नेपाल १० वर्षसम्म हल्लिएको हो । उनकै थबाङ टेकेर पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरू बालुवाटार र सिंहदरबार फन्को मार्दासमेत ती वृद्ध भने टेम्पोरत छन् । 


टेम्पोमै उनले आफूसँग ०४८ मा संसद् पसेका ‘किर्सन’लाई सम्झन्छन् ।  खस–नेपालीभाषीका ‘कृष्ण’लाई रोल्पाका असली मगर ‘किर्सन’ वा ‘किरस्न’ भन्छन् । हो, यिनै बुढाले रोल्पामा भाषण गर्दा कृष्णबहादुर महरालाई ‘बाँकी कुरा किरस्नेले भन्ने छ’ भने भन्ने किस्सा छ । सिंहदरबारमा सभामुखरत उनै कृष्णकिस्सा सम्झँदै वृद्ध टेम्पो चढेर अस्पताल जाँदै छन् । रत्नपार्कमा टेम्पोबाट ओर्लेर लौरो टेक्दै वीर अस्पताल जान्छन् ।

 

Saturday, June 20, 2020

ती ‘अभागी’ जसले आफ्नो आँगन टेक्न पाएनन्

‘कोरोना लकडाउन’ नामक मैनेगाँठोले भुइँमान्छेका घाँटी यसरी कस्छ कि, ऐया पनि भन्न नपाई ठाउँको ठाउँ ठहरै छन् । ती ‘कोरोना भाइरस’ले भन्दा पनि ‘भोक’ले थला परेका छन् । ज्यानमारा मैनेगाँठो तिनका घाँटीबाट कसले फुकाइदिनु ! शासक खलकीय भ्रष्ट तथा तस्करहरू भने मैनेगाँठोलाई पनि ‘कमाउधन्दा’ बनाएर ‘मस्तराम’ छन् । 

नेपालमा जारी लामो कोरोना ‘लकडाउन’लाई ‘लक’ गरी दुई विपरीत घटना (सामाजिक सञ्जाल समाजमा अचेल खुबै चल्तीवाल भाषामा भन्ने हो भने) ‘भाइरल’ छन् ।