
काठमाडौं। घरहरू पुसमा हुम्लाको कुनै गाउँको ‘मौरीघार’जस्तै देखिन्थे।
जुन घरबाट बेलाबखत भने मानिसहरू भित्रबाहिर गर्थे। सडकमा गाडी पनि आक्कलझुक्कल मात्र गुड्दै थिए। घर अगाडिका पार्किङ पनि आधाउधी त खाली नै थिए।

काठमाडौं। घरहरू पुसमा हुम्लाको कुनै गाउँको ‘मौरीघार’जस्तै देखिन्थे।
जुन घरबाट बेलाबखत भने मानिसहरू भित्रबाहिर गर्थे। सडकमा गाडी पनि आक्कलझुक्कल मात्र गुड्दै थिए। घर अगाडिका पार्किङ पनि आधाउधी त खाली नै थिए।

एकान्त काराबासरत कमरेड गोञ्जालोले शनिवार ‘गुडबाई’ गरे ।
रोल्पा/रुकुमजस्ता नेपालका दुर्गम गाउँ र बनपाखामा कुनै बेला गीत भएर उनै गोञ्जालो गुञ्जिए । मुख्य गीत थिए, रक्तिम परिवारका जीवन शर्माहरुले गाएको ’ओ याङ्की गो होम, डर्टी याङ्की गो होम, हाम्रो रातो झण्डा पेरूमा फर्फराउँदै छ’ र सामना परिवारका ध्रुव ज्ञवालीले गाएको ‘झुकेनन् ती टर्कीमा, झुकेनन् ती पेरुमा, न झुके ती सिस्ने हिमालमा…।’

नवीन विभास
२०७८ भदौ १९ शनिबार ११:००:००
खडेरी परेपछि देउखुरी उत्तरमजगाउँका बठिन्या (अविवाहित थारू महिला)सहित सजना गाउन माहिर महिला पुरुष–पहिरन पहिरिन्छन् । सजना गोडाले छिमेकी गाउँ (वनगाउँ वा घुम्ना वा भैसकुर्मा वा सिर्गाउँ वा टिक्लिगर) पुग्छन् । तिनले हलो चोर्छन् । त्यसपछि गोरु । गोरु लिन नपाए लोग्नेमानिस साथ लिई फर्किन्छन् ।त्यसपछि ? रातमा ककन्डार(थारू गाउँको मूली, जसलाई भलमन्सा, मटवाँ र बड्घर पनि भन्छन्)को आँगनमा ‘उल्टो हलो’ जोत्छन् । जोत्ने महिला नांगै हुन्छन् ।
इराकमा अपहरणमा परी १२ नेपाली युवा मारिएको १६ भदौमा १७ वर्ष पुगेको छ तर ती युवाका परिवार र आफन्तजनका आँखा अझै ओसिला छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि हत्केलामा ज्यान राखेर सुख खोज्दै जाने क्रम रोकिएको छैन बरु अन्य देश र महादेशसम्म पुग्ने लर्को बढ्दो छ।

कालो अनुहारको अर्धकदे सालिक। सालिकका छिमेकी छन्- गणेश, शिव र सरस्वती मूर्ति बसेका सानो मन्दिर अनि अलि तल खोलाकिनारमा टीकाभैरव मन्दिर।
घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।

जैपाले भाका हाल्नुअघि एक वृद्ध पिठ्युँमा घुम बोक्छन् । कोलो र घाँट लिएर भकारामा पुग्छन् । कोले गाईको गलामा कोलो र घाँरे बाख्राको गलामा घाँट झुन्ड्याउँछन् । गाई/बाख्राका गति–संगीतमा तिनै कोलो र घाँट गीत बन्छन् । बीचबीचमा र्याप हानेजसरी गाई र बाख्राले गीतमा गला गाँस्छन् । पिठ्युँमा घुमवाल बूढो पाइलालाई गाई/बाख्राले पछ्याउँछन् भने तिनलाई एउटा फुच्चेले । यसरी प्रत्येक भकाराबाट वस्तुभाउ बाहिरिँदा रोल्पाको बरै, उत्रा, फाँक, ख्यालीजस्ता रैथाने गीत गुन्जन्छ ।

कोरोनालाई कोर्रा कसले लाउला ? कोरोनाकालीन जारी मन्थनमा तीतेपाती पनि सहभागी छ । भलै तीतेपाती मन्थन सायदै सुनिएको किन नहोस् । तीतेपाती गन्थन गर्न‘अघि भने एकैघरी २०४६ तिर फर्कनु छ । यसको कारण मेरो बालापनको सम्झनासँग सम्बन्धित छ । तीतेपाती सिउरिँदै घर(रोल्पाको जैपा)बाट घोराही र घोराहीबाट घर पुगेको सम्झना । घोराहीबाट फर्कंदा हटारु, कालापारे र लाहुरे हुलसँग खच्चर र घोडाका लस्कर पछ्याउँदै हिँडेको याद ।
उरिमको भुइँतला एक कुनामा टुक्रुक्क बसेको छ, ढुंगेओदान । त्यही ओदानमा फलामे खौना थचक्क बस्छ । त्यसपछि खौनाको आधा पेट पानीले भर्छ । आगो बलेको केही समयपछि पानी भकभकी उम्लन थाल्छ । चिरुंगाबाट हरियो अनुहारे झुसे साग टिम्टाको बाटो भएर भकभकी उम्लिरहेको पानीमा हाम्फाल्छ । खौनाभित्र पानीमा डाडु घरी सिङारु त घरी टप्पा नाच्न थाल्छ । हेर्दाहेर्दै झुसे साग फतक्क गल्न थाल्छ । त्यसपछि दुईचार मुठी मकै पीठो पनि मिसिन्छ । पन्युडान्स जारी रहन्छ । झुसेसाग र पीठोले पानीसँग पार्टी एकता गरेपछि गाढा हरियोमा हल्का सेतो अनुहारे सुप बन्छ ।
ढिँडो र सुप हातमालो गर्दै मुखभित्र पस्छन् । जुनवेला स्याल्याप्प–स्याल्याप्प संगीत सुनिन्छ । जस्तो सुनिन्छ, डल्लुगैरामा कोकलेले गाउँदा । खाइवरी भाँडाकुँडा माझ्छन् । घोप्टो पारी ओभाउँछन् । जस्तो परम्परागत विष्ट घरमा दलित समुदायले आफूले खाएको थाल माझेर थन्क्याउँछन् । घरभित्र पस्नुअघि तीतेपातीले हात र मुखमा दल्छन् ।
तपाईंलाई खसखस लागिसकेको होला, घरबाहिर खाएर हातमुखमा तीतेपाती दली चोख्याएर मात्र घरभित्र पस्नुपर्ने के बिटुलो खान्की हो त्यो ?