Monday, October 11, 2021

“संसदीय राजनीतिका लागि एमाले नै ठीक”

एमाले बनेका पूर्वलडाकू भन्छन्
“संसदीय राजनीतिका लागि एमाले नै ठीक”

ललितपुर गोदावरी एमाले विधान महाधिवेशनमा देशभरका करिब ६ हजार एमाले अगुवा कार्यकर्ता र नेता सहभागी भए। तीमध्ये एकथरी पूर्वमाओवादी कार्यकर्ता थिए। माओवादी विद्रोहका क्रममा बन्दुक बोकेका पूर्वलडाकू पनि एमालेको विधान महाधिवेशनका प्रतिनिधि थिए। नवोदित एमालेको यो पंक्तिले विधान अधिवेशनमा के कुरा दर्ज गरे होलान् ? तिनले कसरी आफ्ना कार्यक्षेत्र फर्केर एमालेमा ज्यान भर्लान् ? महाधिवेशन थलोबाट फर्केका तिनका कुरा सुनौँ।

Saturday, October 2, 2021

ओलीको रोजाइमा प्रचण्डमित्र बादल


यसरी ओलीको रोजाइमा परे प्रचण्डमित्र बादल
ललितपुर गोदावरीमा हिजोदेखि (१५ असोज) नेकपा (एमाले)को विधान महाधिवेशन शुरु भएको छ। विधान बनाउने मुली छन्, रामबहादुर थापा ‘बादल’।

Wednesday, September 29, 2021

नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस


नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस
राजनीतिमा नेतृत्वको उमेर मानक हो कि योग्यता ? पार्टी नेता कार्यकारी पद दुई अवधि नै काफी हो कि सास फेरुञ्जेल? राजनीतिमा पार्टी नेतृत्व उमेर महत्त्वपूर्ण हो कि उसको विचार, नीति र काम ?

अनुशासित गराउन कि लोकाचारका लागि ?

पार्टीका अनुशासन आयोग

 

नवीन विभास


अनुशासित गराउन कि लोकाचारका लागि ?
काठमाडौं। पार्टी नेता र कार्यकर्तालाई विधिको बाटोमा लान नेपालका मूलधारे राजनीतिक दलमा अनुशासनसम्बन्धी अलग्गै निकाय छन्।

नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) मा त झन शक्तिशाली र स्वायत्त भनिएका ‘अनुशासन आयोग’ नै छन् भने नेपाली कांग्रेसको ‘अनुशासन समिति’।

आयोग होऊन् या समिति, दलहरू भने संगठनात्मक होस् या नैतिक बेथितिको दलदलमा फसेका छन्। दलका शीर्ष नेता होऊन् या मझौला नेता, आर्थिक, सामाजिक र नैतिक आँखाले हेर्दा ‘बदनाम’ छन्।

नेपालमा मन्त्री बन्ने मापदण्ड के हो ?


नेपालमा मन्त्री बन्ने मापदण्ड के हो ?
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो किस्तामा डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए। तर गठन भएको दुई महीना पुग्दा पनि मन्त्रिपरिषद् पूर्ण भइसकेको छैन। सत्तारुढ दलले मन्त्री छान्न सकिरहेको छैन। आफ्नो दलका सबैजसो नेता मन्त्री बन्न लालयित देखिएपछि सत्ता गठबन्धनको एक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले त सार्वजनिक कार्यक्रममै पटक–पटक हैरानी पोखेका छन्।

Tuesday, September 28, 2021

राजधानीमै विप्लवको ‘कम्युन’


राजधानीमै विप्लवको ‘कम्युन’
दिनानुदिन दुषित हुँदैगएको कर्मनासा धिमे बाजाको लयमा गाउँदै बागमती भेट्न दौडिरहेछ। त्यही कर्मनासाकिनार ललितपुर हरिसिद्धिमा टिनछाने घर फलाम गोडाले उभिँदैछन्। चा–चार कोठे दुईवटा घर। त्यो घर कमरेड निवास हो भने कम्युनिष्ट पार्टी कार्यालय पनि। सिंहदरबारबाट करिब नौ किलोमिटर दक्षिणमा उभिने ती घरभन्दा अलि पर भने आकाश नै छेड्लाजसरी इँटाभट्टा उभिएको छ।

Tuesday, September 21, 2021

के प्रचण्डबिना माओवादी चल्दैन?

माओवादीमा नेतृत्व संकट

 

नवीन विभास 

  २०७८ असोज ५ गते १३:०७
के प्रचण्डबिना माओवादी चल्दैन?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा प्रश्न उठ्न थालेको छ-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्लान् ? यसैपालि नगरे पनि उत्तराधिकारको विधिसम्म त बनाउलान् कि ?