
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग्ने क्रम बढ्दो छ। आज (९ कात्तिक) मा प्रधानन्यायाधीशलाई उनको च्याम्बरमा भेटेर सर्वोच्च अदालतका १४ न्यायाधीशले राजीनामा मागे। तर प्रधानन्यायाधीश राणाले ‘सडकमा माग्दैमा राजीनामा दिए न्यायपालिका बच्न नसक्ने’ तर्क गर्दै राजीनामा नदिने अड्डी कसे।







