Friday, January 7, 2022

बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ


बीपी कोइरालाः जसको अनुहार देखाएर कांग्रेस बाँचिरहेछ

राणा जुगको कुनै एक दिनको कुरो हो।

ठेकेदारका आँखा ढाक्रे हुलमा अल्झियो। ती ढाक्रेका टोपीको घेरामात्र थिए। इष्टकोटको भित्री भागमात्र बचेका थिए। तिनका गोडा खाली थिए। ती दुब्लापातला मानिसको हुल काम र मामको खोजीमा भौतारिँदै थियो।

टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

टंकप्रसाद आचार्य: जो जेलमै दुई पार्टीका सभापति भए

ती दिनहरूमा हाम्रो दिनचर्या धेरैजसो जेलको यात्राबाट शुरु हुन्थे। बिहान उठेर कमला र म तरकारी, दूध र अन्य खाना पुर्‍याउन जेल जान्थ्यौं। भद्रगोल जेलको ढोका बलिया डन्डीले बनेका थिए। डन्डीबाट अलिअलि भित्र देखिन्थ्यो। तर हाम्रा बुवाहरूलाई राखेको गोलघरपट्टि त ढोका पनि मोटो टिनको थियो, बाहिरबाट केही देखिँदैन थियो। हामीलाई बुवासँग भेट्न त परै जाओस्, देख्न पनि दिइँदैन थियो। हामीले १० वर्षसम्म त्यही मोटा ढोकाको पल्लातिर हाम्रा पूज्य पिताजीहरू बस्नुहुन्छ भन्ने सुनेका मात्र थियौं (हामी कैदीका छोरीहरू, अस्मिता, २०५२, साउन)।

नेतृत्वमा महिला, उपस्थितिमै सीमित


नेतृत्वमा महिला, उपस्थितिमै सीमित

राप्रपा महाधिवेशनले कुन्ती शाहीलाई महामन्त्री चुन्यो। पार्टी विधानले नै महिला महामन्त्री अनिवार्य रहने प्रावधान बनाएको थियो। त्यसैले, महाधिवेशन प्रतिनिधिमात्रै नभएर विधायन समितिलाई पनि उनको जीतको जस जान्छ।

उदारवादी र अनुदारवादी ‘पञ्च’ एक भएकै हुन् ?

उदारवादी र अनुदारवादी ‘पञ्च’ एक भएकै हुन् ?

काठमाडौं। ३१ वर्षमा लागेको राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गएको बुधबारदेखि काठमाडौंमा एकता महाधिवेशन जारी छ। अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन भिड्दैछन्। गणतन्त्र र धर्म निरपेक्ष देशमा राप्रपा भने संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डासहित आफ्नो महाधिवेशन गर्दैछ। नेपालको राजनीतिमा राप्रपा अहिले कहाँ छ? पञ्चायतको विरासत बोक्ने पार्टी राप्रपा महाधिवेशनपछि कस्तो शक्तिको रूपमा उदाउला? मूलधारका राजनीतिक दलहरू दक्षिणपन्थतिर ढल्किरहेको बेला प्रश्न उठेका छन्।

अनि महासचिव जिते तान्त्रिक पुर्खाका सन्तति शंकरले

530Shares

अनि महासचिव जिते तान्त्रिक पुर्खाका सन्तति शंकरले

काठमाडौं। नेकपा (एमाले) को १०औं महाधिवेशनबाट महासचिव पदमा बाजी मारेका शंकर पोखरेल दाङ हाडिमेका हुन्। कुनै बेला उनका पुर्खा छिलिकोट र भित्रीकोटे राजाका सल्लाहकार थिए। तिनले  छिलिकोटे राजालाई प्रभावित पारेर मजगाउँ मौजा बिर्ता पाएका थिए। आलोचकहरूले भनेजस्तो शंकर ठूला ‘जिम्दार कमरेड’ भने होइनन्। दाङमा ‘मुक्खे’, ‘पटवारी’ बनेका ‘ए क्लास’का शंकर जिम्दार खलकीय होइनन्। शंकर मध्यम वर्गका जिम्दार हुन्। बरु शंकर तान्त्रिक सन्ततीचाहिँ हुन्। आफ्ना पुर्खाले मजगाउँ मौजा बिर्ता पाएजसरी अहिले उनले एमाले मौजा महासचिव हात पारेका छन्।

एमालेका प्रतिनिधिले पूर्वमाओवादीलाई भोट हाल्लान्?

एमालेका प्रतिनिधिले पूर्वमाओवादीलाई भोट हाल्लान्?

काठमाडौं। चितवनमा जारी एमाले दशौँ महाधिवेशनमा पूर्वमाओवादी पक्षका तीन जनालाई केपी शर्मा ओलीले पदाधिकारीमा प्रस्ताव गरे। ओलीले रामबहादुर थापा बादललाई उपाध्यक्ष तथा टोपबहादुर रायमाझी र लेखराज भट्टलाई सचिवमा प्रस्ताव गरे।

महाधिवेशन ‘कमाण्डर’ बादललाई ओलीले के कृपा गर्लान् ?


महाधिवेशन ‘कमाण्डर’ बादललाई ओलीले के कृपा गर्लान् ?

काठमाडौं। महाधिवेशन कमाण्डर रामबहादुर थापा ‘बादल’ अबको एमालेमा के बन्लान्? अब बन्ने अध्यक्ष केपी ओलीले उनलाई अहिलेकै हैसियतमा कायम राख्लान् कि त्योभन्दा माथिको पद देलान्?

गोदावारी विधान महाधिवेशन र चितवन राष्ट्रिय महाधिवेशनमा ‘कमाण्डर’ बनाएजसरी बादलमाथि ‘ओली कृपा’ जारी रहला? चितवनमा शुक्रबारदेखि जारी एमाले महाधिवेशनमा ओलीको ‘सर्वसम्मति’ नामक अधिकनायकत्वमै ओझेल परेको छ।