एकटक हेरिरहेकी थिइन्। उनका आँखा ठीक दक्षिण-पूर्वमा उभिएको हिमालमाथि अडिएका थिए। जो सेतै फुलेको एउटा बूढो मान्छे िठंग उभिएजस्तो देखिन्थ्यो।
Monday, December 21, 2009
हुम्लाकी जानकी
एकटक हेरिरहेकी थिइन्। उनका आँखा ठीक दक्षिण-पूर्वमा उभिएको हिमालमाथि अडिएका थिए। जो सेतै फुलेको एउटा बूढो मान्छे िठंग उभिएजस्तो देखिन्थ्यो।
Sunday, December 20, 2009
आन्दोलनकारीलाई फोहरा
Monday, December 7, 2009
भ्यागुताको धार्नी
Sunday, December 6, 2009
११ नम्बर गाडी
जापानी हुन् या कोरियाली महिला पर्यटक सर्वोच्च अदालतअगाडिको बाटोमा मस्तराम िहंड्दै
अव्यवस्थित सडक। सडकको क्षमताभन्दा बढी गाडी। प्रदुषण। यी सब देख्दा हप्तामा एकपालि 'बन्द' भए हुँदो होजस्तो लाग्थ्यो। बन्दमा कमसेकम सडकमा आफूखुसी िहंड्न त सकिन्छ।
नेपाल बन्द, आज। कैलाली, डुडेझारीमा प्रहरीले सुकुम्बासी मारेको विरोधमा माओवादीद्वारा बन्द।
एघार नम्बर गाडीमा नयाँ बानेश्वरबाट कारखाना(अफिस) आउँदा मज्जा लाग्यो। आज खोला तर्न बाह्र बजेको छैन। नत्र त खोला तर्न यति गाह्रो कि! न ट्राफिक न बटुवाले जेब्रा क्रसिङबाट नै तर्छन्। तीनपानेको तालमा चलाउने डाइभरको के भर?
Saturday, December 5, 2009
हरियो डाँडामाथि …
भन्छन् -चट्कनको तालमा बच्चालाई पढाउन हुन्न । सधैं 'पढ्' भनेर कर गर्न हुन्न। यसले उनीहरुको बालमनोविज्ञानमा असर पर्छ। पढाइप्रति मोहभंग हुन्छ।
के यो आदर्श सबैले पालना गरेका छन्? रामजाने।
'अर्काका उदाहरण दिएर उनीहरुलाई किन दुखी बनाउने? आफ्नै उदाहरणबाट दिन्छु.' घोराही क्याम्पसका अंग्रेजी सर नारायणिसंह गुरुङ आफ्नै उदाहरणबाट पढाउन मेसो थाल्थे। कसोकसो उनको सिको गर्न मन लाग्यो।
Saturday, November 28, 2009
एक बेखवर साथीको यादमा
Wednesday, November 18, 2009
करिमा तर्क
प्रधानमन्त्री कार्यालयबाट निस्केपछि पत्रकारसित आफ्नो गल्ती ढाक्ने तर्कशास्त्र सुनाउँदै कृषि राज्यमन्त्री करिमा
बुधबार तीन दलको बैठक थियो, प्रधानमन्त्री कार्यालयमा। चार बजे मन्त्रिपरिषद्को बैठक तय भएको थियो। तीन बजेपछि नै मन्त्रीहरुको घुइँचो लाग्दैथियो।
पत्रकारहरुबीच कुराकानी चल्दैथियो, 'राखौं, मन्त्री चिनां, प्रतियोगिता। कसले धेरै चिन्दोरहेछ।'
झण्डा हल्लाउँदै गाडी आउँथे। र, दुलोबाट मुसो निस्केजसरी फुट्ट निस्कन्थे। तर, को मन्त्री ? चिनिए पो। एकअर्कामा सोधासोध गर्दैथियौं। तर, चिने पो?
आफ्नै देशका मन्त्री पत्रकारले चिन्न नसकेर बक्क पथ्यौ।
चार/पाँच किस्तामा विस्तार भएको छ, मन्त्रिमण्डल। देउवा मन्त्रिमण्डलपछि नेपालको यो नै दोस्रो ठूलो मन्त्रिमण्डल हो। देउवाकालमा ४८ मन्त्री थिए भने अहिले माकुनेकालमा ४५।
प्रधानमन्त्री नै चुनाव हारेका परेपछि मन्त्रीहरु त पर्नु स्वाभाविकै हो। तर, मन्त्रीका अनुहारसमेत अपरिचित हुनु अर्को विडम्बना छ।
गफ चलिरहेको बेला नयाँ र चिल्लो गाडी आयो। झण्डावाल। को रहेछ?
हामीबीच चलेको हल्लाकै बीचमा गाडीबाट निस्किइन्, करिमा बेगम। अघिल्लो साता मात्र पसा्रका सिडीओ दुर्गाप्रसाद भण्डारीलाई चड्कन हानेकी थिइन्। करिमा चर्चा तातै छ।
क्याबिनेट मन्त्री त आउँछन् नै, यी माइजू किन आइन्? यी त राज्यमन्त्री हुन्। सबै मुखामुख गरे। पक्राउ गरिएको छैन। माधव नेपालले माफी मगाउने हल्ला चलेको थियो। माफी मगाउन हो कि भन्ने लाग्यो। सरकार ढल्ने डरले प्रधानमन्त्रीले त्यसो भन्लान् भन्ने पनि ठेगान भएन।
करिब आधा घण्टापछि निस्किइन्, करिमा। घेरे पत्रकारले।
'कहिले हो राजिनामा दिने, मन्त्रीज्यू?'
'मैले किन दिने, राजिनामा? मैले के गरेछु?'
'सिडीओलाई कुटेकाले'
'मैले कहाँ सिडीओलाई कुटेछु? दुर्गाको अहंकारलाई कुटेछ।'
'किन आउनुभयो त?'
'प्रधानमन्त्री विरामी भएको सुनेँ। उहाँलाई भेट्न।'
आफूले कुनै पनि गल्ती नगरेको उनको तर्क कायम नै थियो। गाडीमा चढिन्। झ्याल खोलिन्। र, हात हल्लाउँदै लागिन्।
पसा्रबाट जित्नेबित्तिकै नयाँ पत्रिकाको शनिबारे 'झन् नयाँ'मा कभर स्टोरी गरेको थिएँ, 'करिमाको करिष्मा' भनेर। धेरैले मन पराएको स्टोरी थियो, त्यो।
सात कक्षा मात्र पढेकी एक मुश्लिम महिलाको तर्क सुनेर प्रभावित भएको थिएँ। ध्र्मभीरु मुश्लिम समाजबाट एउटी चेली यसरी वीरगाजजस्तो ठाउँबाट जित्नु चानचुने थिएन। फोरमको हावा लागेको बेला पात पितंगरले जिते भन्नु अर्कै कुरा थियो।
फोरम फुट्यो। उनी लागिन् विजय गच्छेदारतिर। दोस्रो/तेस्रो पटकको विस्तारमा पनि मन्त्री नबनाएपछि उनले गच्छेदारलाई भनिन्, 'तेरो अर्को आँखा पनि फुटाइदिन्छु।' विराटनगरमा एउटा आँखा अखिलले फुटाइदिएका थिए।
त्यसपछि? अर्कोपालिको विस्तारमा करिमा परिन्। भइन् कृषि राज्यमन्त्री। केही साताअघि मात्र खेलकुद सहायकमन्त्री चन्दा चौधरीले थोत्रो गाडी दिएको भन्दै शिसा फुटाएकी थिइन्।
करिमाले सिडीओ कुटेपछि उनका बारेमा थुप्रै कुरा थपिए। सचारमाध्यममा नकारात्मक चर्चा चुलियो। उनले कुट्दा भएको गल्ती भन्दा पनि चरित्रसित जोडेर बढ्ता हल्ला चल्यो।
एक मुश्लिम महिला र मधेसका मान्छेलाई हेर्ने भण्डारीका आँखामा खोट थिएन होला भन्न सकिदैन। पहाडीया र बाहुन आँखाले उनलाई हेप्न खोजेन भन्न सकिन्न।
हात हाल्नु करिमाको गल्ती हो। करिमाको गल्ती अक्षम्य छ। क्षमा मागेर मात्र हुन्न। कारबाही नै गर्नुपर्छ। तर त्यसको पछाडिको कारण पनि खोज्न जरुरी छ।
गल्ती गरेपछि त्यसलाई ढाक्न उनले जे तर्क गरिरहेकी छन् ती तर्क बेजोड छन्। तर्कशास्त्रका विद्यार्थीले उनीबाट सिक्न जरुरी छ। मुश्लिम समुदायबाट आएकी एउटी महिला यति तर्कशील हुनु के चानचुने
Subscribe to:
Posts (Atom)