
गत मंसिर १४ गते बिहान नयाँ बजारस्थित प्रचण्ड निवास पुग्दा हुस्सुले उज्यालो भएको छैन कि जस्तो थियो । कुराकानी गर्नुथियो, प्रचण्डकी कान्छी छोरी गंगा'सीमा'पुत्री स्मीता प्रधानसँग। ११ वर्षीया गायिका स्मीतासँग गर्नु थियो, सांगीतिक गफ।
प्रचण्ड निवास सुरक्षार्थ खटिएका जनमुक्ति सेनासँग अनुमति मागेको केही समयपछि आवाज झर् यो, 'स्मीता! तिमीसित कुरा मान्छे आइसके। ओर्ल।'
माथिबाट नारी आवाज झर्नेबित्तिकै एक महिला जनसेनाले बैठक कक्षमा पुर् याइन् ।
माओवादी सरकारमा छँदा दुई/चारचोटि पुगेको थिएँ, प्नयाँबजार। कारण थियो- मन्जिल दाइसँग भेट। बालुवाटारमा जनसेनालाई नलगेपछि उनीहरु प्रचण्ड निवासमै बसेका थिए। बेलाबेलामा मन्जील दाइलाई भेट्न मिर्मिरेका विनोद घिमिरे र म पुग्थ्यौं। तर प्रचण्ड नै नयाँबजार भएको बेला निवासमा कहिल्यै पुगेको थिइनँ।