एक हुल तन्नेरी हुलसँग हुस्सुमा हात फुक्दै एउटी गोरी केटी बसभित्र छिरी । सिट खाली थिएन । ढोकानेरै उभिई । गोरी केटीजसरी उभिए -हुल युवायुवती ।
'खेलाडी आइपुगे ?' हात्तीखोरस्थित परिवर्तन स्मृति बि्रगेड सहकमाण्डर रणदीप उर्फ पोष्टबहादुर बुढा मगरले सोधे ।
थाहा भयो, रहेछन् पीएलए स्पोट्स्र क्लबका ।
गत पुस २३ मा सिन्धुलीको दुधौलीस्थित दोस्रो डिभिजनबाट बाहिरिएकी भलिबल स्पाइकर नारायणी गुरुङले भनॆको सम्झिएँ, 'खेलाडीलाई छानीछानी अयोग्य भनेको छ ।'
बस थियो थियो-७ गते अर्थात् भोलिपल्ट अनमिनले अयोग्य ठहर् याएका जनमुक्ति सेनालाई बाहिर पठाउन तय भएको औपचारिक विदाइका लागि डिभिजन कार्यालय नवलपरासीस्थित झ्याल्टुङडाँडा जाने । बिहान पाँच बजे हुस्सुमा गुड्न थालेको थियो -नवलपरासीकै हात्तीखोरस्थित परिवर्तन स्मृति बि्रगेडबाट ।
हुस्सुमा थोत्रो बस गुड्न थालेपछि कोही केही बोलेजस्तो गर्थे भने कोही चुपचाप । बेलाबेलामा कोही बसेका कोही उभिएका उनीहरु एकापसमा 'फोन गर्न नबिस्रन' भन्दैथिए ।
आफू कार्यरत बटालियनबाट एकाविहानै विदावारी गरिएका कसैका निधारमा राता टीका थिए कसैका गलामा माला । एकाविहानै उनीहरु फेरि कहिल्यै नफर्कनेगरी जाँदैथिए । परिवर्तन स्मृति बि्रगेडबाट मात्रै बाहिरिने जनसेना संख्या ५२ थियो । तर बसमा बाहिरिने मात्र थिएनन् मजस्तै फाल्तु पनि थिए होला । कारण- निधारमा विदाइका टीका र माला नलगाएका अनुहार पनि कम थिएनन् ।
नमूना बहिनीले बुनिदिएको बाक्लो गलबन्दीले छोपे पनि चिसोले खक्रक्क परेको थिएँ । तर उनीहरु पीएलए लेखेको सामान्य खाले ट्रयाकसुटमा थिए । जाडो त लाग्यो होला तर व्यक्त गरेका थिएनन् । कोही त चप्पलमा थिए । ससाना नानी च्यापेका आमा र नानीsf के कुरा ।
गोरी केटी घरी यता गर्थी घरी उता । सपनाका साथ ऊ आफै नै यतै छुटेजसरी हतास न कस्तो कस्तो मुद्रामा थिई ।
'को होला?' एक मनले सोध्यो ।
'अयोग्य भनेको होला नि ।' अर्को मनले जबाफ फर्कायो ।
उसको अनुहार स्कुले मेरो साथीको अनुहारजस्तै थियो । सायद यसैले लागेको हुन सक्छ उसलाई कहाँ न कहाँ देखेजस्तो । मैले धेरैपछि मात्र स्कुले साथीलाई सम्झिएँ ।
झ्याल्टुङडाँडास्थित डिभिजन कार्यालय पुग्दा उज्यालो भइसकेको थियो । तर हुस्सुले होइन कि जस्तो लाग्दैथियो । गोरी केटी खेलाडीकै समूहमा मिसिएर चेलीहरुलाई बस्ने व्यवस्था गरिएको हामीलाई बस्ने भनिएकै बटालियनको अर्को कम्पनीमा गए ।
सायद १० बज्यो । बहिर्गमन हुने जनसेनाका अनमिनले दिएको पुरानो परिचय पत्र बदलेर नयाँ दिने उनीहरुलाई बाख्रा पाल्ने प्याकेजबारे बि्रफ गर्ने र संयुक्त राष्ट्र संघका एजेन्सीले दिने १० हजारको चेक दिने कार्यक्रम सुरु भयो ।
कार्यक्रममा जान ओरालिदैथियो रोल्पा जंकोटका बटालियन कमाण्डर ज्वालासँग । ओरालोमै भेट भयो उही गोरी केटीसित । ज्वाला पीएलएको भलिबल खेलाडी ले कुरा थाले ।
'चिन्नु भएन उहाँ त हाम्रै रोल्पा छेउ प्युठान बाग्दुलाकी' ज्वालाले भने ।
नाउँ रहेछ रश्मी । तेकाण्डो ५९-६३ किलो तौलकी पीएलए खेलाडी । २० वर्षीया रश्मीलाई १८ वर्षमुनिको भनेर अयोग्य भनेछ । एक दाजु र दुई भाइकी एक मात्र चेली रश्मी सात पढ्ादपढ्दै २०६२ मा जनयुद्धमा लागिछन् ।
घरमा आउँदैछु भनेर आमालाई जानकारी गराएको बताइन् । यस्तो भन्न अप्ठेरो लागे पनि उनीसँग त्यसको विकल्प पनि त थिएन । के भनिन् होला उनकी आमाले
'आफ्ना सन्तान चोर भए पनि, अंगभंग भए पनि नआइज भन्ने आमाले त कहाँ हुन्छ र?' उनले भनिन्, 'आइज भन्नु भएको छ ।'
२०६५ मा राष्टिय खेल खेलेकी रश्मीले खेलमै आफ्नो करिअर देखेकी छन् । तर आफ्नो मन भएर मात्र नपुग्ने उनको विचार छ । त्यसैले अब घर गएर के गर्ने उनले कुनै योजना बुनेकी छैनन् । भनिन् 'घर गएर के गर्ने ? सोच्नुपर्छ ।'
दिउँसो पख रश्मी बसेको कम्पनी कार्यालय छेवैमा दुईटी चेली गफमा मस्त थिए । घरी उता गर्थे घरी यता । घरी माथि गर्थे घरी तल । भोलिदेखि फेरि भेट कहिले हुने हो थाहा थिएन । यसैले पनि उनीहरु यसरी बचेखुचेका मनका कुरा पनि पोख्दै होलान् ।
सँगसँगै परिचयपत्र फेर्ने ठाउँमा गए । उनीहरुमध्ये एकजना अयोग्य रहिछन् जो भोलि जाँदैथिइन् । एकजना भने शिविरमै रहने छिन् । उनीहरु सबैभन्दा मिल्ने साथी हुन् भन्ने कुराको भेउ पाउन अप्ठेरो थिएन ।
'सुरुदेखि नै एउटै फर्मेसनमा भएको साथी जाँदा सबैभन्दा मिल्ने साथी जाँदा नराम्रो त लागिहाल्छ नि' योग्य ठहरिएकी कास्की लेखनाथकी जुना केसी उषाले भनिन् । अयोग्य ठहरिएर जाने साथी पुनम पनि कास्कीकै नै रहिछन् । आफ्नी त्यति मिल्ने साथीको वास्तविक नाउँ उनले अहिलेसम्म पनि सोधेकी रहिनछन् । उनलाई सोध्न जरुरी पनि लागेन रे ।
'वास्तविक नाउँले साथी हुने होइन' उनले भनिन् 'मेरो मिल्ने साथी दलित हुन् ।' झ्याल्टुङडाँडास्थित सलिम स्मृति बि्रगेडमा रहेका दुवै जना सँगसँगै भूमिगत भएका रहेछन् ।
'२०६१ मा सँगसँगै िहंडेका थियौं' आफ्नी साथी पुनमको बारेमा उनले भनिन् 'सेक्सन कमाण्डर मेरी साथीलाई माइनर भनेर फाल्यो ।'
सरुवा भएर अर्को बि्रगेडमा गएकी पुनम डिभिजन कार्यालयमा आएदेखि उनीहरु एकछिन पनि नछुटेको बताइन् । उनीहरु बिगतका उकालीओराली निफन्नमै दिन बिताए । संकटका घडी सँगसँगै पार गरेका ती दिनका सम्झना गरे । उनीहरु धेरै रात भोकभोकै सँगसँगै काटेका थिए । धेरै झरीमा सँगसँगै भिजेका थिए ।
'ती दुखका दिन जुन बेला महासंकट पार गरेका थियौं' उषाले भनिन् 'पहिले िहंडेका बिताएका सुखदुखका दिनका सम्झना भए ।'
यति भनिरहँदा पुनम चुपचाप उभिएकी थिइन् । उनी नबोले पनि उनको अनुहार बोलिरहेको थियो । उषासँगको कुराकानीपछि मैले उनलाई केही पनि सोध्न सकिनँ ।
उनीहरुसँग समय बिल्कुल कम थियो बिगतका सम्झना उधिन्नलाई । त्यसैले उनीहरुसँग थप कुरा गर्नु उनीहरुप्रति अन्याय हुन्थ्यो । त्यसैले उनीहरुबाट छुट्टिएँ ।
बस गुड्न थालेपछि आफूलाई सम्हाल्न झन् गाह्रो भएको उनीहरुका अनुहारले भन्थे । तीनवटा बस थिए पोखराका लागि गुड्न थाले । उनी कुनचािहंमा बसिन् थाहा भएन । भेटूँ कि जस्तो लाग्यो ।
लाग्यो उनीहरु छुट्टिएको हेर्न गाह्रो हुनेछ । त्यसैले कुन गाडीमा होलान् भनेर खोज्न पनि लागिनँ ।
बसमा झोला राखेँ । जुन बस रहेछ पोखराकै लागि गुड्न थालेको । कारण म नवलपरासीकै कोल्हुवास्थित लेढा गाउँमा जाँदैथिएँ अयोग्य भनिएका सर्जनको घर उनीसँगै ।
झोला राखेर यताउता हेरेँ । रश्मी डिक्कीमा बसेकी रहिछ । त्यसबेला मेरो क्यामेरामा ब्याट्री सकिइसकेको थियो । जुन क्यामेरा सहकर्मी तिलक पाठकबाट लिएर गएको थिएँ । मेरो भिडियो क्यामेराको एलसीडी बिग्रेर जात्रा भइसकेको थियो । हतपत ओर्लिएँ । पार्वती तीखत्रीलाई एकछिन क्यामेरा दिन भनेँ । दुई/चारचोटि बसमा बसेको सर्जन र रश्मीका अनुहार क्लिक्क गरेँ ।
'प्युठान जाने मान्छे कहाँ पोखराको बसमा ?'
'आज कावासोती दिदीकहाँ नै बस्छु ।' रश्मीले भनिन् ।
सर्जनले सुटकेस कावासोतीमै राख्ने भनेपछि डण्डामा नओर्लेर कावासोती पुग्यौं । रश्मीसँगैका ओर्लेका केही साथीहरुसँग पाल्पाली होटलमा तास खायौं । कसैले चाउमिन खाए ।
विदावारी गर्दा साँझ ढल्न लागिसकेको थियो । गाडी गुडिसकेका थिए ।
सर्जन र म डण्डा जाने बस चढ्दा रश्मी दिदी घरतिर जाँदैथिइन् ।
गाडी जति गुड्दै गयो उति नै पुनमले भनेको कुरा कानमा बजिरह्यो ुयो बाटो कहाँ जान्छ िहंड्दैजाँदा थाहा हुन्छ । अहिले त के भनौं र ु कहाँ जाने मेरो पनि गन्तव्य उस्तै थियो । जान त म पनि सर्जनकै घरमा जाँदैथिएँ । जुन घरमा सर्जनले आफू शिविरमा नफर्कने गरी आउँदैछु भनेर फोन पनि गरेको छैन ।
कस्तो होला सर्जनको घर ? कस्ता होलान् उसका बाआमा ? के भन्लान् उसलाई ?
पुनम रश्मी पनि त घर जाँदैथिए । पार्टी काममा लाग्ने भन्दैथिए । उनीहरुका लागि पार्टीले योजना पनि ल्याएको भन्दैथियो । तर कस्तो होला त्यो योजना ? त्यो पनि थाहा थिएन ।
उनीहरुले जनयुद्धमा लगानी गरेको जवानी त्याग र समर्पणले गणतन्त्र त आयो तर उनीहरुको भविष्य भने अनिश्चित नै रह्यो । जनताबाट तिरस्कृत माधव नेपालहरु नै सत्तामा आएपछि उनीहरुको भविष्य यस्तो हुनुमा कुनै आश्चर्य भने थिएन ।
कस्तो सपना उनेर लागेका थिए जनयुद्धमा ? के भयो अहिले ? रश्मी पुनम र सर्जनले उनेका संसार बदल्ने सपनाले गुनासो गरिरहे । न तिनको पार्टीले उनीहरुका सपनाको गुनासोप्रति चित्तबुझ्दो जबाफ दियो न त उनीहरुले आफैले । पार्टीले दिएको १२ हजार र अनमिनले दिएको दस हजारसहित एउटा रुक्स्याक झोला त्यसभित्र ट्राकसुटको माथिल्लो भाग एउटा जिन पाइन्ट एकजोर जुत्ता र दुईवटा प्यान्टीमा अधुरो सपना अल्झाएर बस चढे । २२ हजारमा अल्झिएर उनीहरुका सपना रोइरहेजस्तो लाग्यो । संसार बदल्ने सपना २२ हजार र एक जोर लुगामा किन्न सकिन्छ र ?
रश्मी, पुनमका अनुहारमा उनीहरुका अधुरा सपनाले गुनासो गरिरहे -माओवादीलाई । सरकारलाई । अनमिनलाई । उनीहरु न नाजबाफ थिए उनीहरुका भविष्यका बारेमा । उनीहरुका सपनाका बारेमा । उनीहरुले बिताएका झर्झराउँदो तन्नेरी यामको मूल्यबारे । उनीहरुले गरेका समर्पण र बलिदान बारेमा ।
बस गुडिरहेछ । छेवैमा बसेका छन् सर्जन । उनी एकोहोरो झ्यालबाट आँखा बाहिर फालेका छन् । उकुसमुकुसिएको छु म ।
कहिलेकाहीँ हुन्छ किन यस्तो हँ ? मलाई थाहा छैन ।
Suraj Pun
ReplyDeletehi
yo pic nikai ramro rahe6 ni ho bro
kaha ko pic honi ho
ramro chha
ReplyDeleteNikai ramri keti sanga maya basechha badhai chha. Lekhak jyu.
ReplyDeletedipen bivash magar नविन जि जनता र देशका लागि लडेका माओवादी लडाँकाहरुको आसहज बहिर्गमन्को वास्तवैक समाचार छप्नु भयको रहेछ ।जस्ले गर्दा हामी बिदेशमा बस्ने नेपालीले पनि वास्तवैक्ता बुझ्न पाइयो ।त्य्स्को लागि धन्यवाद ।
ReplyDeletePurna B. Pun
ReplyDeleteNabin sir yestai ho jindai "yo baato tyo baato, jindagi ho dobaato......"
Dipen Bivash Magar
ReplyDeletenabin ji kunai bshesh programme jasto chha ni .may i know about that programme?
Ghanashyam Ojha
ReplyDeletePhoto ramro chha hai sir...la la sir ko photo karita pani ramro raichha
Sharad Adhikari
ReplyDeleteहिजो आज राजनीतिलाई के के भा'छ
संविधान निर्माणमा कस्को ध्यान गा'छ
बनाउने भए नेपाल हामी सवै मिलौं
देशका दुश्मनलाई मिलेर नै चिलौं
Manikar Karki
ReplyDeleteजनमुक्ति सेनाका कठिनाइहरुलाई बाहिर ल्याइदिएर कुम्भकर्र्णो न्रि्रामा सुतेको समाज र सरकारलाई झकाइदिनुहोला है !
Manikar Karki
ReplyDeleteरश्मी, पुनमका अनुहारमा उनीहरुका अधुरा सपनाले गुनासो गरिरहे -माओवादीलाई । सरकारलाई । अनमिनलाई । उनीहरु न नाजबाफ थिए उनीहरुका भविष्यका बारेमा । उनीहरुका सपनाका बारेमा । उनीहरुले बिताएका झर्झराउँदो तन्नेरी यामको मूल्यबारे । उनीहरुले गरेका समर्पण र बलिदान बारेमा ..... उनीहरुले गणतन्त्रका लागि लगानी गरेको जवानी, त्याग र तपस्याको मूल्य आखिर २२ हजार नै हो त ?
Tikaram Udasi
ReplyDeleteTikaram Udasi
tapaiko sambedana ra chinta nikai gamvir chha tara sarokarwalale teslai kasari linchhan,tesma nai uniharuko vabisya nischit garne chha
Prabina Ghayal
ReplyDeleteराजनितिक आस्थाकै कारण रश्मि अनि पुनम जस्ता धेरै युवाहरुको भविष्यमाथी खेलवाड हुँदैछ विभिन्न माध्यमहरुवाट । उनीहरुको नैसर्गिक अधिकार हनन भए झै लाग्यो, तर सच्चा राष्ट्रपे्रमीहरुले हिम्मत हार्नु हुदैन । भावना न हो कहिले कँाही वषर्ादको वेल भन्दा उर्लिन्छ ।
Kshitij Magar
ReplyDeleteKshitij Magar
Nabin ji nepalma je jati paribartan aayo jansena haruko tholo yogdan chha. tara nepalka yethasthitibadi sochka kumanchheharuko gaitoma gham kahile pasne ho?jangar tare lauro birse ni.
Jn Sagar
ReplyDeleteJn Sagar
bato hidnakai lagi ho ra ta batuwa yam bokera hid6n hoina ra .....?
राम्रो छ लेखाइ । धन्यवाद
ReplyDeletekhali k t matra khoji hideko? tara sarai ramro story, keep it up!
ReplyDeletesahid ko samman, ghaiteko chitkar, deshbhaktiko marma sabai hawasanga misiya, udayapachi tesko astittow samma rahadaina.
ReplyDelete