२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भयो । शान्ति सम्झौताले ६ महिनाभित्रै सेना समायोजन गर्ने निर्णय पनि गर्यो । त्यही आशा लिएर हामी क्यान्टोन्मेन्टमा शरण लियौं ।
शुरु शुरुमा हाम्रा दिनहरु कष्टकर रुपमा विते । झाडी फाँडेर स्याउलाको छानोभित्र शीतलहर छल्यौं । हाम्रा जिन्दगीहरुमा चट्याङ परे, असिना परे । आँधी, हूरी र वतासहरुले हामीलाई झण्डै झण्डै उडायो । कति साथीहरुलाई डिउटी वसेकै ठाउँमा रुखले किचेर मार्यो । केही साथीहरु त हृदयघातको शिकार पनि भए । युद्धवाट एक मूठी सास मात्रै रहेका हाम्रा धूमिल जिन्दगीहरुमा ठूला ठूला विपदहरु आइपरे । शीतलहरको बीचमा कतिपय महिला योद्धाहरुले त वंकरभित्रै क्रान्तिका उत्तराधिकारीहरु जन्माए । एक वर्षसम्म त तत्कालिन सरकारले हामीलाई रासन पनि दिएन । कहिले हूरी वतास त कहिले असिना अनि घामपानी । यस्तै थियो जनमुक्ति सेनाको जिन्दगानी । आखिर जीवन भनेको जुन प्राणीको लागि पनि कर्कलाको पानी । हामीले मुक्ति र समानताको लागि वन्दुक उठाएका थियौं । खै ! मुक्ति आयो कि आएन ? ठम्याउन गाह्रो भयो । तर हामीले उठाएका वन्दुकका दवासहरुमा यू.एन.ओ.को छाप लाग्यो । हामी यू.एन.ओ.कै कर्मचारीहरुको रखवरीमा रहृयौं । दिनहरु विते, महिनाहरु विते, वर्षहरु विते हाम्रा सपनाहरु जस्ताको तस्तै रहे ।
संविधान सभाको चुनाव भयो । एमाओवादी पार्टीकै नेतृत्वमा सरकार वन्यो । अव त केही हुन्छ भन्ने आशा जाग्यो । तर सेना समायोजनको केही पनि काम शुरु नहाुदै रुक्मांगत कटवाल काण्डबाट सरकार ढल्यो । अनि फेरि हाम्रा भविष्यहरु अन्धकारको सम्राज्यतिर धकेलिन पुग्यो । देशी, विदेशी चलखेल शुरु भयो । एमालेको नेतृत्वमा सरकार वन्यो । यस बीचमा माओवादीले पनि ठूला ठूला जनप्रदर्शनहरु गर्यो । ६ दिने आम हडताल गर्यो तर हात लाग्यो शुन्य । अनमिनको वहिर्गमन भयो । माधवकुमार नेपाल कामचलाउ प्रधानमन्त्री हुँदा २०६७ साल माघ ८ गते विशेष समारोहका बीच जनमुक्ति सेना विशेष समितिको मातहतमा आएको या सरकारको माताहतमा आएको औपचारिक घोषणा भयो शक्तिखोरमा । कन्टेनरको सुरक्षार्थ पनि चारै सुरक्षा अंग -नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र जनमुक्ति सेना) का प्रतिनिधिहरु पौष ३० गते देखि नै नेपाल सरकारले खटायो । यो पनि शान्ति प्रक्रियाको एउटा सकारात्मक पाटो थियो ।
अनमिनलाई विदाई गरेको करिव एक वर्षपछि २०६८ मंसिर ३ गतेदेखि जनमुक्ति सेनाको पुनः वर्गिकरण प्रक्रिया शुरु भयो । किनकी जनमुक्ति सेनाको सम्मानजनक समायोजनको लागि र शान्ति प्रक्रिया र संविधान निर्माणका बाँकी कामहरुलाई पूरा गर्नको लागि । वर्गिकरण प्रक्रिया सकिएको दुई महिनापछि यही माघ २० गतेदेखि स्वैच्छिक अवकाशमा जाने जनमुक्ति सेनाहरुको विदाई प्रक्रिया शुरु भयो ।
हुन त हाम्रो डिभिजनमा अधिकांश साथीहरुले समायोजन रोजे । स्वैच्छिक अवकाश त ११३७ जना साथीहरुले मात्र रोजेका थिए । माघ २० गते म बिहानै उठें । १९ गते नै विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्मा, उपसचिव मधुविलास पण्डित लगायतका कर्मचारीहरु टाँडी गंगोत्री होटलमा आएर बसेको जानकारी थियो । अब चाहिँ सालघारीको बासबाट छुटकारा पाएर सुन्दर भविष्य सजाउने मसिना आशाहरु पानीका फोका झैं हृदयभरि उठे । आफ्नो जिन्दगीलाई हत्केलामा राखेर, मुक्ति या मृत्युको शपथ खाँदै हिँडेका योद्धाहरुले फेरि चुच्चे ढुंगो उही टुंगो भने झैं घर फर्किन शुरु हुने दिन थियो । विहान हाम्रो डिभिजन स्टाफको विस्तारित वैठक बस्यो । कमाण्डरले हामील्ााई स्वेच्छिक अवकाशमा जाने साथीहरुको नयाँ हैसियतको मान्यता हुने । शिक्षा पनि पूरानो नभई नयाँ शिक्षाको मान्यता हुने । घाइते, अपांग र सुत्केरीहरुको व्यवस्थापन सरकारले नै गर्ने आदि जानकारीहरु गराए । माइनरहरुको व्यवस्थापनको जिम्मा पनि सरकारले नै लिने जानकारी गराए ।
हाम्रो वैठक सकिएपछि फेरि बालानन्द शर्माको उपस्थितिमा बैठक बस्दा पो छाँगाबाट खसे जस्तै भइयो । सबै कुरा सात वुँदे सहमति अनुसार नै हुने भनेपछि । हाम्रा नेता र कमाण्डरहरुलाई यो सूचना प्रविधिको दुनियाँमा केले विर्साइदियो हामीलाई जानकारी गराउनलाई ? यो विधिको विडम्वना थियो । हाम्रा आशाहरु फेरि निराशामा परिणत भए । हामी नीच मार्दै आलस्य शरिर लिएर वैठकबाट उठ्यौं । हामीले मात्रै यो दुनियाँमा कति त्याग गर्नु पर्ने जस्तो कुरा पनि मनमा खेल्यो । विगतका दिनहरुमा पनि हामीलाई नेताहरुले क्यान्टोन्मेन्टमा शान्ति र संविधानको लागि तपस्या गर्नुपर्छ भनेका थिए । एकलव्यले त तपस्या गर्दा धनुविद्या पाए तर हामीले पायौं केवल आश्वासनका असर्फीहरु, राज्यसत्ताका श्रृंखलावद्ध प्रताडनाहरु तर पनि केही तीता अनुभूतिसँगै काम शुरु गर्नु पर्ने थियो ।
अनुगमन टोलीको कार्यालयको प्राङगणमै अस्थायी कार्यालय खडा भयो । एउटा पालको । जहाँ विशेष समिति सचिवालय लेखिएका टोपी र जकेट लगाएका कर्मचारीहरु आ-आफ्नो टेवलमा खडा भए । घाइते योद्धाहरुले शुरुमै क.भोलाको कमाण्डमा गेटमा धर्ना दिए । जसमा सहभागी थिए टाउकामा गोली लागेर अझै पनि गिदीमा छर्रा बोकिरहेका देब्रे हात गोडा दुवै नचल्ने हृवील चियरमा मात्र हिँड्न सक्ने क.निरन्तर, क.राम, क.मुस्कान लगायत कोही फोक्सो छिचोलिएका, कोही नलीहाड दफनिएका, कोही औंला छिनालिएका कोही आँखा गुमेका, कोही हात गुमेका, कोही ढाड टालिएका घाइते योद्धाहरु । अर्को प्रसंग पनि दर्जाको थियो । यी दुवै विषयवस्तुमा सरकारसँग औपचारिक छलफल हुने आश्वासन पाएपछि अवेला २ः३० वजे काम शुरु भयो सबभन्दा पहिला डिभिजन सहकमाण्डर उदय चलाउनेलाई संयोजन बालानन्द शर्माले चेक हस्तान्तरण गरे । उनले अब हामी जनमुक्ति सेनाबाट नागरिक जीवनमा फर्कियौं भन्ने प्रतिक्रिया दिए पत्रकारहरुमाझ । त्यसरी नै अरु साथीहरु पनि फर्मेशनमा लामवद्ध भए । सबैले पालैपालो चेक लिन लागे । मानौं यो वेला भू.पू.सैनिकहरुको पेन्सन वितरण गरिंदैछ । एकपछि अर्को योद्धाहरु लहरै आउँदै थिए । कसैका हँसिला अनुहार, कसैका चिन्तित थिए । एकाध बाहेक प्रायः सबै साथीहरुको अनुहारमा चमक आएको थिएन । कि संसार जितेर आउने कि त यही एउटा जिन्दगी क्रान्तिको वलीवेदीमा होम्ने कसम खाएका योद्धाहरुले केही रुपैयाँको चेक लिए । तर काठमाडौंको आलीशान महलमा राज गर्ने रामशरण महत र भीम रावलहरुलाई चाहिं मनमा शान्ति थिएन । मौका परे तिनीहरुले यही तीन लाखको चेकमा पनि क्यामिलियन शैली अपनाउँथे होला । क्रान्तिको सपना, मुक्तिको सपना, आफन्तहरुको रगत, नेपाली जनताको त्याग, १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन लगायत मुक्तिसंग्रामका झञ्झावात -वषर्ासहितको आँधी, पानी र बतास को संयोग)हरु खेपेका योद्धाहरु वन्धिम अवन्धिम परिवेशबाट बाहिरिदै थिए । केही युद्धको उपहार शरिरभर छर्रै छर्रा, गोलीका असंख्य दागहरु, वारुदले डढेका मुहारहरु लिएर हिंडिरहेका थिए । सहयोद्धाहरुको शवका चाङहरुबाट फर्की आएको, सहयोद्धाहरुको रगतको चिनो बोकी ल्याएका योद्धाहरुको मन वेचैन वेचैन हुन स्वभाविकै थियो । कोही जनयुद्धको उपहार, अमूल्य निधि नवयोद्धाहरुलाई काखी च्यापेका थिए ।
यसरी सिंगो संसार फेर्ने अठोटहरु, समाज परिवर्तन गर्ने उत्साहहरु, जोश जाँगरहरु एकाएक केही पैसामा सीमित भए । योद्धाहरु विस्मित भए या भएनन् यो त भविष्यले नै बताउनेछ । केही हजार बाटो खर्च र केही लाख रुपैयाँको चेक एउटा खामभित्र राखे । मानौं त्यो खामभित्र एउटा मरेर पनि बाँचेको जिउँदो मुटुको रगत सल्वलाइरहेछ । मृत्युञ्जयी योद्धाहरुको रगतको बदलामा साटिएको छ त्यो चेक । यसरी संसार परिवर्तन गर्ने सपनाहरु चेकसँगै साटिए । साटिने क्रम जारी नै रहृयो । अस्ताचलतिर सूर्य डुवेपछि, सन्ध्याको साम्राज्यले छोप्न छोप्न लाग्दा योद्धाहरु पाखा लाग्दै गए ।

(०८ फाल्गुण, २०६८ क्यान्टोन्मेन्ट चितवन ।)
from nepaleverestnews.com
No comments:
Post a Comment