सर्वहारावर्गको मुक्तिका लागि भनेर सानै उमेरदेखि जनयुद्धमा लागियो । जनयुद्धका क्रममा थुप्रै आँधीबेहेरीहरू सहन गर्नुपर्यो । परिवेशहरू निरश-निरश पनि बने । उत्साहमयी पनि । जिन्दगीका यी सवालहरूमा कतै पीडादायी क्षणहरू त कतै भावमय क्षणहरू पनि पैदा भए ।
सोह्र वर्षसम्म अहोरात्र खटिंदा जिन्दगीहरूमा चट्याङ परे, असिना परे,
तुफानहरू आइलागे । तर, हामी आँधीबेहेरीको रूपमा अगाडि बढ्यौं । हाम्रो जीवन
नै आँधीबेहेरीको कथा जस्तो भयो । कहिले सफलताको शिखर चढ्यौं त कहिले
असफलताको खाडलतिर झर्यौं । देश, समाज र संस्कृति द्वन्द्वग्रस्त बन्यो,
वर्ग-वर्गका बीचमा, राज्यसत्ता र हाम्रो बीचमा । तर, समय बित्दै जाँदा,
जनयुद्धले उचाइ चुम्दै जाँदा देशमा जनआन्दोलनको अर्को झोक्का चल्यो ।
जनयुद्ध र जनआन्दोलनको बलमा राजतन्त्र ढल्यो र देशमा गणतन्त्र आयो ।
ऐतिहासिक संविधानसभाको निर्वाचन भयो र शान्ति सम्झौतासँगै हामी २०६३ साल
मंसिर ५ गतेबाट क्यान्टोन्मेन्टमा बस्दै आयौं ।
क्यान्टोन्मेन्टमा बस्दा पनि सहज वातावरण बनेन । वातावरण युद्धकालीन
अवस्थाजस्तै पेचिलो बन्यो, पीडादायी बन्यो । क्यान्टोन्मेन्टमा हामीले
शान्ति र संविधानका लागि कुनै योगीले कुटीमा बसेर ध्यान गरेजस्तै तपस्या
गर्यौं । यसबीचमा राजनीतिक चलखेलहरू पनि ठूलै भए । वसन्तमा पालुवा
फेरिएजस्तै सरकारहरू फेरिए । जीवनका पूर्वाद्ध र उतरार्द्धमा खासै प्रगति
चाहिं केही भएजस्तो लागेन । तर, घिसेपिटे शैलीमा केही परिवर्तनका रेखाहरू
देखिंदै गए । माओवादी नेतृत्वको सरकारले प्रधानमन्त्रीको संयोजकत्वमा विशेष
समिति बनायो । सेना समायोजन सम्बन्धी काम कारबाहीहरू समितिले गर्दै आयो ।
तर, सेना समायोजनको केही परिवर्तित र प्रगतिशील काम चाहिं अनमिनको
बहिर्गमनपछि भएको हो ।
अनमिनको बहिर्गमनपछि २०६८ साल माघ ८ गते एक विशेष समारोहबीच जनमुक्ति सेना
सरकारको मातहत आयो । ०६८ साल मंसिर ३० गतेदेखि पुनः जनमुक्ति सेनाको
वर्गीकरण सुरु भयो । अधिकांश साथीहरूले समायोजन नै रोजे । बाँकी साथीहरू
स्वेच्छिक अवकाश रोजेर क्यान्टोन्मेन्टवाट बिदाइ भए । सेना समायोजनको सवाल
अगाडि बढ्ने क्रममा राजनीतिक दलहरूबीचको भीषण छलफल र बहसपश्चात् चैत २६
गतेदेखि स्वेच्छिक अवकाशमा जाने साथीहरूको पुनः बिदाइ सुरु हुने भनिए तापनि
केही राजनीतिक र प्राविधिक कारणले सो कार्य ३० गतेदेखि मात्रै हुन सक्यो ।
चैत्र २९ गते नै कन्टेनरको सुरक्षार्थ खटिएका अनुगमन टोलीलाई सेना समायोजन
विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले विशेष धन्यवादसहित
प्रमाणपत्र दिएर बिदाइ गरे । म पनि त्यही टोलीमा थिएँ । त्यही दिन शिविर र
कन्टेनरको सुरक्षार्थ राखिएका हतियार र भिआइपी सेक्युरिटीका लागि राखिएका
हतियार नेपाली सेनाका सेनानी विजय श्रेष्ठलाई बुझाइयो । हस्ताक्षरसहित
हतियार बुझाउँदा साह्रै नरमाइलो लाग्यो ।
शरीरका विभिन्न ठाउँमा गोलीले छेडेका प्वालहरू टालेर, मृत्युपत्रमा हस्ताक्षर गरेर ल्याइएका हतियारहरू बुझाउँदा आँसु नै झर्यो । यसलाई शान्ति र संविधानका लागि त्याग गरिएको अर्थमा बुझें मैले । चैत २९ गतेदेखि नेपाली सेनाको टोलीले शिविर र कन्टेनरको सुरक्षार्थ ड्युटी लियो । हामी त अघोषित कैदी-बन्दीजस्तै थियौं । फेरि बन्दी त भइएन ? मनमा एकचोटि झल्यास्स लाग्यो । कस्तो-कस्तो महसुस भयो । दुई दिनपछाडि हुने कुरा दुई दिनअगाडि भयो । तर, यसले तलका साथीहरूसम्म एउटा अन्यौलको स्थिति सृजना गर्यो । एउटा हलचल क्यान्टोन्मेन्टमा ल्याइदियो । केही अविश्वास, केही आशंकाहरू देखिए । तर जे हुनु थियो त्यो भयो ।
शरीरका विभिन्न ठाउँमा गोलीले छेडेका प्वालहरू टालेर, मृत्युपत्रमा हस्ताक्षर गरेर ल्याइएका हतियारहरू बुझाउँदा आँसु नै झर्यो । यसलाई शान्ति र संविधानका लागि त्याग गरिएको अर्थमा बुझें मैले । चैत २९ गतेदेखि नेपाली सेनाको टोलीले शिविर र कन्टेनरको सुरक्षार्थ ड्युटी लियो । हामी त अघोषित कैदी-बन्दीजस्तै थियौं । फेरि बन्दी त भइएन ? मनमा एकचोटि झल्यास्स लाग्यो । कस्तो-कस्तो महसुस भयो । दुई दिनपछाडि हुने कुरा दुई दिनअगाडि भयो । तर, यसले तलका साथीहरूसम्म एउटा अन्यौलको स्थिति सृजना गर्यो । एउटा हलचल क्यान्टोन्मेन्टमा ल्याइदियो । केही अविश्वास, केही आशंकाहरू देखिए । तर जे हुनु थियो त्यो भयो ।
नेपाली सेनाले ड्युटी लिएपछि आचारसंहिता पनि लागू भयो । आ-आफ्ना मूल्य र
मान्यतामा आँच आउने हर्कत कसैले पनि नगर्ने निर्देशन थियो । हामी
त्यहीअनुरूप चल्यौं । एकप्रकारको समायोजनको अनुभूति पनि भइरहेको थियो । एक
रात त नेपाली सेनाको पहराको बीचमा यो जीवन मृदुल ढंगले मुस्कुरायो,
सुस्तायो । समायोजन भएर ब्यारेकमै सुतेको अनुभूति भयो । हिजोका दिनमा
एक-अर्कालाई दुस्मन ठानेर लडाइँ गर्ने शक्ति आज एकै ठाउँमा भयौं । तर, यो
लडाइ केवल व्यक्तिगत स्वार्थका लागि थिएन । वर्गीय मुक्तिका लागि थियो ।
सिंगो राज्यसत्ता प्राप्तिका लागि थियो । दाजुभाइ दाजुभाइ मिलेर बस्दा खुब
आनन्दको अनुभूति पनि भइरहेको थियो । गरे के नहुँदो रहेछ र !
चैत ३० गतेको बिहान पूर्वी क्षितिजमा सूर्य जगमगाइसकेको थियो । सिन्दूरे
बिहानीको आभामा क्यान्टोन्मेन्ट एकतमासले मुस्कुराइरहेको थियो । मैले पनि
आफ्नो झिटीगुन्टा कसें र अनुगमन टोलीको कार्यालयबाट डिभिजन हेडक्वार्टरतिर
लम्किएँ । क्यान्टोन्मेन्टमा आ-आफ्ना व्यक्तिगत सामग्रीहरू लैजाने क्रम
जारी थियो । कसैका सामान गाडीमा लादिएका थिए, कसैका रिक्सामा लादिएका थिए ।
पाँच वर्षमै हाम्रा सामानहरू यति धेरै भएका रहेछन् । अचम्म पनि लाग्यो ।
दर्जाअनुसारका सामग्रीहरू थिए । सामानले पनि दर्जा छुट्याउँदो रहेछ ।
वर्षले पनि काँचुली फेरेको दिन । नव वसन्तले दैलो उघारेको दिन । नवपल्लव
डालीहरूमा कोइलीले कुहुकुहु गर्दै विरहको भाका उरालेको दिन । २०६९ चैत १
गतेको दिन । सबैतिरबाट नयाँ वर्षको शुभकामना भनेर मोबाइलमा पनि म्यासेजको
ओइरो लागिरहेको थियो । मन कता-कता उमंगित पनि थियो र अमिलो पनि । यही
परिवेशमा दिउँसो दुई बजेदेखि चेक वितरण सुरु भयो । हाम्रो डिभिजनमा सबभन्दा
पहिला चेक लिने डिभिजन सहकमान्डर कुवेर थिए । त्यसपछि चेक मैले लिएँ ।
लाहुरेहरूले पेन्सन थापेझैं १६ वर्षको कमाइ थापियो रु. ३,००,०००/- को चेक ।
यो तीन लाखको चेकले सहिद परिवारको सम्मान गर्छ कि गर्दैन π हाम्रा
समस्याहरू पूरा गर्छ कि गर्दैन π त्यो त हेर्न बाँकी नै छ । तर पनि मैले
चाहिं चेक लिएँ नै ।
मेरो पछाडि चेक थाप्ने साथीहरूको लाइन लामै थियो । मैले पनि मन अमिलो
बनाउँदै चेक लिएँ । सचिवालयका संयोजक बालानन्द शर्मा र डिभिजन कमान्डर
राजेशले बधाई दिए । त्यो रात क्यान्टोन्मेन्टमै फेरि सैनिक भाइहरूको
पहराभित्रै सुतें । सैनिक भाइहरूले अनुशासन पनि राम्रै देखाए । हाम्रा
साथीहरू पनि बंकरमा समायोजित भएर ड्युटी बसिरहेका थिए । हाम्रा साथीहरूले
पनि मलाई किन अवकाशमा निस्केको भनेर जिज्ञासा राखे । सबैले तपाईं नगए
समायोजनमा हामी पनि जाँदैनौं भनिरहेका थिए । मैले साथीहरूलाई सम्झाएर
समायोजनमा जाने सल्लाह दिएँ ।
बैशाख २ गतेको बिहानी । सदाझैं पूर्वको आकाश रातो भएर आयो । स्वेच्छिक
अवकाशमा जाने साथीहरू आ-आफ्नो झिटीगुन्टा बोकेर पाखा लाग्दै थिए । कहिले
युद्धकालीन जीवन त कहिले शान्तिकालिन जीवन । कहिले राजनीतिक जीवन त कहिले
फौजी जीवन । जीवन यसरी नै चल्दै आएको थियो । जीवनका गोरेटाहरू यसरी नै
डोरिंदै आइएको थियो । अब बाँकी जीवन कसरी अगाडि वढ्छ ? त्यो हेर्न अझै
बाँकी छ ।क्यान्टोन्मेन्टका टहराहरूमा प्रायः ढोकाहरू खुल्लै थिए । त्यही एउटा ढोका उघारेर छापामार जीवनबाट नागरिक जीवनमा प्रवेश गर्दै म क्यान्टोन्मेन्टलाई बाई बाई गर्दै बाटो लागें ………..।
from onlinekhabar
No comments:
Post a Comment