THURSDAY, 10 MAY 2012 23:04
(conversation with Kishor Nepal, Editor-in-chief of Shukrabar Weekly)
मनिषा, तिमीलाई देखेपछि अचानक मेरो मनमा एउटा प्रश्न उठ्यो। तिमी फिल्ममा नभएको भए कुन पेसामा हुन्थ्यौ होला अहिले?
थाहा छैन। फिल्मबाहेक अरू पेसाका बारेमा मैले कहिल्यै सोचिनँ। एकैपटक म फिल्ममा लागेकी हुँ।
तिमी राजनीति गर्थ्यौ होला। हजुरबुबाको प्रभाव छ नि तिमीमा?
पोसिबल हुन सक्थ्यो। हजुरबुबा त मेरो आदर्श हो।
प्रकाश दाइले कहिल्यै राजनीतिमा घचेड्न खोजेनन् तिमीलाई?
ड्याडी डेफिनेट्ली उड लाइक इट। तर मैले आफैँ डिसाइड गर्ने कुरा हो त्यो।
अहिले हैन पहिलाको कुरा गरेको।
त्यही त। पहिला नै मनिषाले राजनीति गरोस् भन्ने चाहना थियो ड्याडीको। उहाँलाई म अभिनय क्षेत्रमा छिरेको मन परेको थिएन। अझ आमाको ठूलो अब्जेक्सन थियो, मैले फिल्म लाइन ज्वाइन गर्ने कुरामा।
फिल्ममा लाग्नुपर्छ भन्ने कसरी सोच्यौ त तिमीले? कतै सुशीला आमाको प्रभाव त होइन? उहा" आफैँ कलाकार-नृत्यकार। उहा"ले हौस्याउनुभयो होला, होइन?
सुशीला आमासँग धेरै बसेको म। उहा"ले नै हुर्काउनुभएको। उहाँको आर्टिस्टिक फ्रेम अफ माइन्ड। केटाकेटीदेखि नै हामी आइतवार-आइतवार सिनेमा हेर्न जान्थ्यौँ, पूरै परिवार र साथीहरू। फिल्ममा मेरो पहिलो रुचि त्यतिमात्रै हो। त्यतिबेला सोचेकी पनि थिइनँ, फिल्ममा अभिनय गर्छु भनेर। यो मेरो प्यासन थिएन। सोच्दै नसोचेको अवसर आइपुग्यो मेरो हातमा। मैले मेगा उलको एड गरेँ। त्यसपछि नेपाली फिल्ममा अभिनयको अफर आयो। ‘फेरि भेटौँला' मेरो पहिलो फिल्म थियो। त्यो फिल्म खासै चलेन। तर, त्यसले अभिनयप्रतिको मेरो सुषुप्त रुचि जगाइदियो। त्यसपछि मैले अभिनय नै गर्छु भनेर डिसाइड गरेँ।
तिमीलाई त्यतिखेरै म हिन्दुस्तानमा हिट हुन्छु भन्ने लागेको थियो कि के?
मलाई त्यस्तो केही लागेको थिएन। मलाई केही थाहा पनि थिएन। बम्बै गएर एकपटक प्रयास अवश्य गर्छु भन्ने मनमा थियो। साँच्ची नै त्यतिबेला मेरो मनले जे भन्यो मैले त्यही गरेँ। आमालाई इमोसनल ब्ल्याकमेल गर्नुपर्यो। आमासँग एकपटक फिल्ममा खेल्न दिने प्रमिस लिएँ। आमा पनि म फिल्ममा काम नगरोस् भन्ने चाहनुहुन्थ्यो। वास्तवमा मेरो परिवारमा कसैले पनि म फिल्ममा जाओस् भन्ने चाहेको थिएन। त्यतिखेर फिल्ममा काम गर्नु हिन्दुस्तानमै पनि राम्रो मानिँदैन थियो। अहिले त राम्रा-राम्रा घरका केटीहरू पनि फिल्म लाइनमा लागेका छन्। त्यो बेलामा फिल्म लाइनलाई हेयकै दृष्टिले हेरिन्थ्यो।
मेरो बर्थडेको दिन आमाले मलाई के गिफ्ट चाहिन्छ भनेर सोध्नुभयो। मैले भनेँ, ‘म एक हप्ताको लागिमात्र भए पनि बम्बै जान चाहन्छु।' पहिला त आमाले ‘हुन्न, म यस्तो गिफ्ट दिन्नँ, अरू केही माग' भन्नुभयो। ‘त्यसो भए जे मन लाग्छ त्यही दिनुस्' भनेँ मैले। मेरो अनुहारको उदासी देखेर आमाको मन पग्लिएछ। त्यसपछि बम्बै जाने अनुमति मिल्यो।
सुशीला आमाले मान्नुभएको थियो त?
ओहो.....उहाँ त साह्रै खुशी हुनुभएको थियो। मेरो सुटिङ हेर्न सेटमै पुग्नुहुन्थ्यो। उहाँ एकदमै लिबरल। भन्ने गर्नुहुन्थ्यो, ‘तिमीलाई जे व्यवसाय गर्दा आनन्द लाग्छ, त्यही गर। तिमीलाई घाँसी बन्नुछ भने त्यही बन। भरिया बने पनि हुन्छ। जे गर्छा, त्यसमा दक्ष होऊ। मानिसले आफनो काममा सधँै विजेता बन्नुपर्छ। सबैभन्दा अब्बल हुनुपर्छ। पर्फेक्सन इज मस्ट।'
हिन्दुस्तानमा तिम्रो पहिलो फिल्म नै हिट भयो हगि, ‘सौदागर'?
अँ, हजुर।
तिमीलाई कस्तो फिल भयो त्यसपछि? नेपाली केटीले पनि यति गर्न सक्दा रहेछन् जस्तो लाग्यो होला नि, हैन?
त्यस्तो लाग्नु त स्वाभाविक हुन्थ्यो। तर म त्यतिखेर बच्चै थिएँ। मैले त्यो सफलता भनेको के भनेर बुझेकै
थिइनँ। म आफैँमा ओभरज्वइड थिए"। ‘सौदागर' लगत्तै म एकदमै बिजी हुन थालेँ। एक पछि अर्को फिल्म। त्यसैले पनि आफ्नो पहिलो सफलताको भरपूर आनन्द लिने फुर्सद भएन। मैले त्यो सक्सेसलाई आफ्नो श्वास-प्रश्वासमा भर्नै पाइनँ। म सुपर बिजी थिएँ। कसरी दिन हुन्थ्यो र कसरी रात जान्थ्यो नै मलाई थाहा हुन छाडिसकेको थियो।
‘सौदागर'को सफलतापछि आमाबुबा दुवैले सपोर्ट गर्नुभयो, हैन?
उहाँहरूलाई मैले फिल्ममा काम नगरोस् भन्ने थियो। मलाई आमाले बम्बै लिएर जाँदा नै एक हप्ताभन्दा बढी बस्न पाइँदैन भन्नुभएको थियो। त्यो समयमा मैले ऋृषि कपुरलाई भेटेँ, बोनी कपुरलाई भेटेँ, शेखर कपुरलाई भेटेँ। बम्बैका टप-टप डाइरेक्टर प्रायः सबैलाई भेटेँ। मलाई कसैले पनि ‘काम गर्न सक्दिनस्, हुँदैन' भनेनन्। त्यतिबेला लाग्यो म राइट पाथमै छु। अरूले जस्तो मैले खासै स्ट्रगल गर्नुपरेन। त्यसपछि मेरो आमा पनि कन्भिन्स्ड हुनुभयो, ‘म यसैका लागि जन्मेको हुँ' भनेर। मैले एकपटक डिसाइड गरिसकेपछि उहाँहरूले केही भन्नुभएन।
यो बलिउडबाट बाहिर, हलिउड जान मन लागेन तिमीलाई?
बीचमा थियो, किशोर दा। मलाई एकपटक त्यस्तो लाग्यो र म एकपटक लसएन्जेल्स पनि गएँ। मैले त्यहाँका टप-टप सेलिब्रेटीलाई ह्यान्डल गर्ने एजेन्सीहरूसँग कुरा गरेँ। तर पछि मलाई फलोअप नै गर्न मन लागेन।
म धेरै समयसम्म बम्बैमा एक्लै बसेँ। फेरि हलिउडमा काम गर्न गएर म अरू एक्लिन चाहन्नथेँ। हलिउडमा स्थापित हुनु मेरा लागि कठिन थिएन। तर किन किन, मलाई मनै लागेन। मलाई एक्लिएर बस्ने चाहना नै भएन। कति एक्टिङ, एक्टिङ। अब स्ट्रगल गर्ने बेला हैन। बिस्तारै रमाइलो गर्दै काम गर्ने हो। त्यसैले पनि नेपाल नै फर्कन मन लाग्यो।
कतिवटा फिल्म खेल्यौ अहिलेसम्म?
त्यस्तै ७०/८० वटा।
तीमध्ये तिमी आफूलाई मन परेको फिल्म कुन हो त?
(हाँस्दै) धेरै जसो नराम्रो छ। ‘बम्बे' मलाई मन पर्छ। त्यो आर्टिस्टिक पनि छ र त्यसको मेसेज पनि राम्रो छ।
तिमीलाई एउटा कुरा थाहा छ? गाउ"घरका नेपालीले पनि तिमीलाई एक्ट्रेस मनिषा कोइरालाभन्दा वीपीको नातिनी भनेर चिन्छन् नि? तिम्रो कलाकार व्यक्तित्वलाई हजुरबुबाको व्यक्तित्वले थिचेको जस्तो लाग्दैन?
उहाँ त महामानव हो। म उहाँको कम्पेरिजनमा कहीँ पनि आउँदिन। आफूलाई धेरै भाग्यमानी सम्झन्छु कि मेरो यो परिवारमा जन्म भयो।
कुन फिल्ममा काम गर्दा तिमीलाई सबैभन्दा बढी गाह्रो भयो?
गाह्रो त हुन्छ, हेर्नुस्। धेरै ठाउ"मा गाह्रो हुन्छ। कुनै भूमिका गर्न तपाईँको मनले मानेको हुँदैन। तर तपाईँले गर्छु भनेर कमिट गरिसकेको हुन्छ, अनि गाह्रो हुन्छ।
जब डाइरेक्टर, स्टारकास्ट सबै राम्रो हुन्छ, ट्युनिङ मिल्ने हुन्छ, तब हार्डवर्क इज नट रियल्ली अ हार्ड वर्क। त्यो बेलामा तपाईँ १८ घण्टा पनि सुटिङ गर्न सक्नुहुन्छ। तर हार्ड वर्क त्यसबेला बढी हार्ड हुन्छ, जब तपाईँलाई थाहा हुन्छ कि यो प्रोडक्ट राम्रो हुँदैन।
‘मन'मा चाहिँ तिमीले धेरै इमोसनल रोल प्ले गरेकी छ्यौ हगि। आमिरसँग खेल्ने त्यस्तो आइडिया कहाँबाट आयो?
डाइरेक्टर। इन्दरकुमार भन्ने डाइरेक्टर हुनुहुन्छ। उहाँकै आइडिया हो त्यो।
तिमीलाई कस्तो एक्टरसँग खेल्दा कम्फर्टेबल फिल हुन्छ?
मलाई कम्पिटिटिभ एक्टरहरू एकदमै मन पर्छ। धेरैजसो राम्रा एक्टर एकदम कम्पिटिटिभ छन्। अनिल कपुर सुपर कम्पिटिटिभ हुनुहुन्छ। आमिर त्यस्तै छ। कम्पिटिसन हुनु राम्रो हो। तपाईँ सधैँ राम्रो गर्न उद्यत भइरहनुहुन्छ।
अमिताभसँग काम गरिनौ तिमीले?
गरेँ, ‘धनवान्' भन्ने फिल्ममा। उहाँ धेरै सिनियर। उहाँको पर्सनालिटी नै त्यस्तो छ। लार्जर द्यान लाइफ। रिलमा मात्र हैन, रियल लाइफमा पनि उहाँको व्यक्तित्व विशाल छ। त्यसैले म जहिले लो फिल गर्थेँ, उहा"का अगाडि। कम्फर्टेबल हुन सकिनँ।
अनि अरू आर्टिस्ट चाहिँ?
मैले प्रायः सबै नाम चलेकासँग काम गरेँ। सबै राम्रा थिए।
तैपनि कोही एकदुई जनाको नाम लिनु पर्यो भने, सिनियर एक्टर?
मलाई दिलिप कुमार, राजकुमारजीले निकै मन पराउनुहुन्थ्यो, माया गर्नुहुन्थ्यो। एकपटक सौदागरकै सुटिङमा आमालाई बोलाएर दिलिप सापले भन्नुभएछ, ‘म्याडम, इसका नजर उतार दिजिएगा। बहुत प्यारी बच्ची है। किसीका नजर लग जाएगा।' (उनी खुलेर हाँस्छिन्।) म टाइम-टाइममा गएर भेटिरहन्थेँ। उहाँहरूले मलाई सधैँ माया गर्नुभयो।
कपुर खानदानका मान्छेसँग पनि खेल्यौ तिमीले?
अँ। ऋषि कपुरसँग खेलेँ। उहाँ निकै असल मान्छे हुनुहुन्छ। उहा"की श्रीमती नितुजी पनि निकै राम्रो हुनुहुन्छ।
तिम्रा कन्टेम्पोररी एक्टरहरूसँग?
तब्बु मेरो एकदमै मिल्ने साथी हो। उर्मिला मातोंडकरसँग त्यस्तै राम्रो सम्बन्ध छ।
माधुरी, रेखासँग नि?
म उनीहरूसँग खासै क्लोज छैन।
फिल्म पनि खेलेकी छैनौ?
खेलेको छु। ‘लज्जा' भन्ने फिल्म। माधुरी, रेखा दुवै हुनुहुन्थ्यो।
एडजस्टमेन्टको प्रोब्लम भएन?
भएन। सबै आ-आफ्ना काममा बिजी हुन्छन्। त्यहाँ कम्पिटिसन भइरहेको हुन्छ, कसले राम्रो गर्ने भनेर। आई लाइक हेल्दी कम्पिटिसन। कम्पिटिसन भएन भने मान्छे आफ्नो कामबाट सन्तुष्ट हुनथाल्छ। यो राम्रो होइन।
यता, तिमी धेरै समयसम्म इनएक्टिभ भयौ नि?
अँ। बट् आई एम इन्ज्वोइङ इट।
किन इनएक्टिभ भएको?
होइन, होइन। मैले फेरि काम गर्न थालिसकेँ। भर्खरै रामगोपाल बर्माको एउटा फिल्म सकाए"। एउटा मलयालम फिल्म लिएकी छु। आई एम वर्किङ।
तर पहिलेको जस्तो हरेक महिना सुटिङ भने गर्दिनँ। टाइम लिएर, बिस्तारै काम गर्ने हो। एकपछि अर्को काम गर्ने बेला गइसक्यो अब। एउटा फिल्म गर्ने, अनि ब्रेक लिने। केही दिन सुस्ताउने, अनि अर्को गर्ने।
थाकेको त होइन?
थाकेको पनि हो, अलि-अलि। त्योभन्दा पनि आफूले आफूलाई टाइम दिइरहेको हो।
तिमीलाई अहिले के गर्न मन लागेको छ त? कस्तो किसिमको सिनेमा गर्न मन लागेको छ?
मलाई केही दिन पहिलेमात्र रामु (रामगोपाल बर्मा) ले पनि यही प्रश्न गरेका थिए। मलाई अहिले त्यस्तो फिल्ममात्र गर्न मन छ, जसले मलाई पूर्ण सन्तुष्टि दिन सकोस्। र, टिम पनि कुरा मिल्नेहरूको मात्र होस् भन्ने मेरो सोच छ। हिजोआज म खुशी रहन मात्र चाहन्छु।
तिम्रो आफ्नो प्रोजेक्ट चाहिँ के-के छ?
थुप्रो छ, त्यसका बारेमा अहिले कुरा नगरौँ। पहिला काम नै गरौँ। नत्र, मनिषाले गफ दिई भन्छन्। छन् मेरो दिमागमा प्रोजेक्टहरू।
तिमीले पृथ्वीनारायण शाहमाथि फिल्म बनाउने तयारी गरेकी थियौ, हैन र ?
हैन, लेखी राखेको मात्र हो। डिटेल कलेक्ट गरी राखेको मात्र हो। अहिले रिसर्चकै फेजमा छ यो प्रोजेक्ट।
यो आइडिया कहाँबाट आयो?
म भारतमै पढेको। त्यसैले मलाई नेपालको इतिहासको बारेमा, नेपाल कसरी बन्यो भनेर जान्न मन लाग्यो। यहीँ पढेँलेखेकालाई सोधेँ। उनीहरूलाई पनि खासै थाहा थिएन। त्यसैले यो बनाउँ न त भन्ने लाग्यो। मानिसलाई आफ्नो इतिहास त थाहा हुनुपर्यो।
मलाई कहिले पनि लागेको थिएन, ‘मनीषा इज ग्रोइङ एन्ड ग्रेइङ।' मनिषाको टाउकोमा सेतो कपाल-
म चालिसमा छु। मलाई थाहा छ। मेरा केश फुल्न थालेको छन्। तर किन हो महिलाहरू आफू बुढी भएको लुकाउन चाहन्छन्। मलाई चाहिँ किन लुकाउनुजस्तो लाग्छ।
यो एक्टिङ भनेको कति प्रतिशत इनर्जी (शारीरिक शक्ति) हो, कति प्रतिशत इन्टेलेक्ट हो र कति प्रतिशत आर्ट हो?
यो कलाकारमा डिपेन्ड गर्ने कुरा हो। मैले काम गरेका धेरैमा फिल्ममा यसको प्रयोग भिन्दाभिन्दै भएको छ। शाहरूख खानमा धेरै इनर्जी छ। उनी आफूसँग काम गर्ने जो कोहीलाई आफ्नो इनर्जीले नै काम गर्न सजिलो बनाइदिन्छन्। उनी इन्टेलिजेन्ट पनि छन्। उनको एक्टिङमा केही खोट होला पनि, तर उनको इनर्जीले नै उनलाई यति धेरै सक्सेस दिएको हो। इनर्जी भएन भने जीवन भर कलाकारहरू राम्रा अभिनयका लागि चिनिन्छन्। तर सफल हुँदैनन्। यो सबै मान्छेमा भर पर्छ। अरू पनि छन् यस्ता उदाहरण।
तिम्रो आफ्नै बारेमा चाहिँ के हो?
अहिले म काममा फर्कदैँ छु। म लिजर टाइममा केही पनि गर्दिनँ। तर, जब काम गर्छु, काममा म दुई सय प्रतिशत केन्द्रित भएर काम गर्छु। र, सबै कुरामा ध्यान दिन्छु, म कस्ती देखिन्छु, कस्तो काम गरिरहेकी छु। अहिले त म हरेक फिल्मपछि एक महिनाको ब्रेक लिन चाहन्छु।
तिमी अहिले काठमाडौँ रेस्ट गर्न आएको कि के?
हैन, केही काम गर्न आएको। मलाई काठमाडौँमा घर बनाउन मन लागेको छ। त्यसैको सिलसिलामा आएको।
घरको जग हाल्यौ?
छैन, नक्सा हेर्दै छु। वर्षापछि काम सुरु गर्छु होला।
तिमीहरू बेला-बेलामा यति धेरै कन्ट्रोभर्सीमा पर्छौ। यो वास्तवमा के हो भन त-
म त यसले गर्दा एकदमै हतोत्साहित भइसकेँ। के भन्ने? मैले मेरा घरमा पत्रपत्रिका, म्यागजिन, न्युज च्यानल सबै बन्द गरेकी छु। यसले अनावश्यक टेन्सन दिन्छ। मैले यो धेरै भोगिसकेँ। यद्यपि मेरा केही पत्रकारसँग राम्रो मित्रता छ, २०-२५ वर्षदेखिको मित्रता। तर धेरै अनावश्यक कुरा हुन्छन् त्यसमा।
हो, केही घटना सत्य पनि होलान्। तर धेरैजसो मनगढन्ते हुन्छन्। तर मान्छेहरूले पर्सनल इस्युलाई रियल इस्युभन्दा बढाइचढाइ प्रस्तुत गर्छन्। यसो गर्नु प्रोफेसनल होइन। तीसको उमेरमा त यी सब कुराहरू सजिलै पचाउन सक्थेँ। तर अब सक्दिनँ।
फिल्ममा सक्रिय हुँदाहुँदै यी कुराहरूबाट अलग त कसरी हुन सकिन्छ र? यो केही हदसम्म आवश्यक पनि त हुन्छ।
हो, हामी पब्लिक फिगर हौँ। तर म अब यो सब पचाउन सक्दिनँ। म त साथीहरूलाई भन्छु, ‘तिमीहरू मेरोबारेमा राम्रो-नराम्रो जे लेखे पनि मलाई चाहिँ नभन।'
काममा यसले कत्तिको टेन्सन दिन्छ?
दिन्छ नि। धेरै नै दिन्छ। वाहियात कन्ट्रोभर्सीले कलाकारलाई भित्रैबाट हल्लाइदिन्छ।
एक्टरहरू जति-जति उम्दा हुँदै जान्छन्, स्टारडम हासिल गर्दै जान्छन्, कन्ट्रोभर्सी पनि बढ्दै जान्छ, हैन?
तर, लिमिट चाहिँ क्रस गर्नुहुँदैन। अमितजीलाई नै हेर्नुस् न। २५ वर्षसम्म ‘बोफोर्स काण्ड'ले गर्दा उहा"ले अपमान सहनुपर्यो। अहिले आएर उहाँ निर्दोष साबित हुनुभयो।
तिमीलाई आफूलाई ‘यो चाहिँ मैले साँच्चीकै राम्रो गरेँ' भन्ने लागेको सिनेमा कुन हो?
नढाँटी भन्नुपर्दा, मलाई जति पनि कामहरू आए म गर्दै गएँ। कुन राम्रो, कुन नराम्रो, मैले कहिल्यै वास्ता गरिनँ। सुनिलदत्तको प्राइभेट हलमा ‘बम्बे'को स्त्रि्कनिङ भएपछि दत्त साबले मेरो प्रशंसा गर्नुभयो। त्यसबेलामात्र मलाई लाग्यो, मैले राम्रो काम गरेकी रहेछु।
‘१९४२ ए लभ स्टोरी'को स्त्रि्कन टेस्ट दिन जाँदा विधुविनोद चोपराले मलाई भनेका थिए, ‘मनिषा के गरेको? वाहियात छ तिम्रो एक्टिङ।' त्यसपछि मलाई लागेको थियो, ‘म त झुर अभिनेत्री रहेछु।' मैले त्यसपछि विनोदसँग सोधेँ, ‘के मिलेन मेरो अभिनयमा?' उनले भने, ‘फिल नै छैन।' त्यसदिन राती मैले न खाना खाएँ, न सुतेँ। केबल प्राक्टिस गरँे। एक्टिङ मेरो प्रोफेसन थियो र मलाई आफ्नो प्रोफेसनमा राम्रो हुनुपर्छ भनेर सिकाइएको थियो। त्यसले मेरो इगो हर्ट भयो। भोलिपल्ट फेरि स्त्रि्कन टेस्ट दिएँ। त्यसपछि उहाँले भन्नुभयो, ‘मलाई हरेक सिनमा तिम्रो यस्तै एक्टिङ चाहिन्छ।' त्यसपछि मैले धेरै मेहनत गरेर त्यो फिल्म सकाएँ। त्यतिबेला राम्रो, नराम्रो भनेर जाँच गर्ने मेरो क्षमता नै थिएन। काम नै ठूलो हुन्थ्यो। केही समयपहिला मैले एउटा मलयालम फिल्म गरेँ। त्यो फिल्म मैले आफैँ बसेर नहेरुन्जेलसम्म मलाई डर लागेको थियो। क्रिटिक्सले मनिषाले बुढेसकालमा के गरेकी यो भन्लान् भनेर। तर, पछि राम्रो भयो।
तिमीलाई बुढेसकाल लागिसके जस्तो लाग्छ?
अँ, मलाई त त्यस्तै लाग्न थालेको छ।
यस्तो फिल किन भएको मनिषा तिमीलाई?
यो त राम्रै हो नि। हैन र? आफ्नो उमेरको ज्ञान हुनु।
तिमीलाई बुढी हुन, बुढी देखिन मन लाग्छ? बट यु ह्याभ चार्मिङ पर्सनालिटी अहिले पनि।
त्यस्तो त हैन। म राम्री त सधैँ हुन्छु होला...
तिमी यो बलिउडको मेनस्ट्रिम छोडेर किन मलयालम, तमिल फिल्मतिर लागेकी? पैसाको लागि?
पैसाको पनि केही रोल त अवश्य नै हुन्छ। त्यो भन्दा पनि क्रियटिभ स्याटिस्फ्याक्सनका लागि।
कि बलिउड धेरै कम्पिटिटिभ भयो?
हैन, हैन। मैले हिन्दी फिल्म पनि गरिरहेकी छु नि। भर्खर रामुको एउटा सकेँ। अर्को जुनमा गर्दै छु। गरिरा'की छु। अर्को सेप्टेम्बरमा पनि गर्दै छु। मलाई मलयालम र बंगाली फिल्म गर्न मन पर्छ।
बंगाली फिल्म तिमीलाई सुहाउँछ पनि होला? शान्ति निकेतन कल्चरले गर्दा?
म शान्ति निकेतनको ठूलो फ्यान हो। मलाई निकै मन पर्छ। मैले बंगाली फिल्म गरेकी छु। बंगाली कल्चर निकै आर्टिस्टिक छ।
तिमी फिल्म कत्तिको हेर्छ्यौ?
म आफ्नै फिल्म त निकै कम हेर्छु। म बलिउड-हलिउडका भन्दा पनि इन्टरनेसनल फिल्म बढी हेर्छु। स्पानिस, इरानियन, कोरियन फिल्म हेर्छु। इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा केही पटक जुरी बनेर गएकी छु। त्यहाँ देखाइने फिल्म मलाई निकै नै राम्रा लाग्न थाले। तपाईँले फिल्मको पनि क्रिम हेर्न पाउनुहुन्छ त्यहाँ।
नेपाली फिल्ममा तिमी जम्न सकेनौ?
हो, सकिनँ।
नेपाली फिल्मको विकास हुन्छ? के देखेकी छ्यौ?
नेपालीहरूले गुरुकुललाई जुन प्रकारले माया गरेको देखेँ, त्यो देख्दा मलाई के लाग्छ भने नेपालीहरूलाई क्वालिटी प्रोडक्ट दिने हो भने उनीहरूले त्यसको सराहना गर्छन्। फिल्म मेकरहरूले क्वालिटीमा ध्यान दिनुपर्छ। युवाहरू यसमा आउनुपर्यो। इन्डियाको मेनस्ट्रिम फिल्ममा पनि अहिले आएर रुखको वरिपरि नाच्न छोडिएको छ। क्रिएटिभनेसलाई बढी महŒव दिन थालिएको छ। यहाँ पनि त्यही गर्नुपर्छ। नेपालको युवा कलाकारमा मैले थुप्रै सम्भावना देखेकी छु। ती सम्भावनालाई निर्देशकहरूले क्याच गरेर फिल्म बनाए नेपाली फिल्म अवश्य नै चल्छ।
तिमीले कतिवटा नेपाली फिल्म हेरेकी छ्यौ?
माइतीघर, ब्याच नम्बर १६,...। अरू के हेरेकी थिएँ! सम्भि्कनै सकिनँ। ‘कागबेनी'को बारेमा पनि सुनेकी थिएँ। त्यो हेर्न पाइनँ।
मैले तिम्रो चारपाँचवटा फिल्म हेरेको छु। ‘मन' मलाई मन परेको छ-
मैले ‘मन'मा ओभर एक्टिङ गरेकी छु नि।
तिमी जतिसुकै इन्टरनेसनल एक्टर भए पनि, नेपाली पाराको रुन्चे अनुहार देखाउन चाहिँ तिमी माहिर छ्यौ-
किशोरदा, मलाई धेरैले भनेका छन्, ‘तिमी फिल्ममा साह्रै राम्रोसँग रुन्छ्यौ।'
यो एक्टरसँग खेल्न पाए हुन्थ्यो भनेको, तर खेल्न नपाएको कोही एक्टर होला नि?
मलाई एक्टरमा नसिरुद्दिन शाहसँग खेल्न मन छ। अब त जोडी पनि मिल्छ, म पनि बुढी भएँ। मलाई उनको काम निकै मन पर्छ। अर्को शबाना आजमीसँग पनि खेल्न मन छ। तब्बुसँग पनि।
फिल्ममा त तिमी चुजी नै छ्यौ नि?
अँ। यो मामिलामा चाहिँ म भाग्यमानी छु। मलाई कुन राम्रो, कुन नराम्रो भन्ने ज्ञान नहु"दा पनि मैले राम्रा-राम्रा डाइरेक्टरसँग काम गरेँ। विधु, मणिरत्नम, रामु, सञ्जय भन्साली।
सलमान खानसँग पनि खेल्यौ?
खेलेँ, तीनचारवटा।
एक्टरहरू कोसँग खेल्दा कम्फर्टेबल हुन्छ? सलमान, शाहरु, आमिरलाई कम्पेयर गर्दा।
सलमानसँग ठीकै हुन्छ। शाहरूखसँग काम गर्न धेरै नै सजिलो हुन्छ। उनले त्यो वातावरण बनाइदिन्छन्। आमिर क्रियटिभ छन्। सिरियस छन्। उनी सुपर सिरियस भएर काम गर्छन्। यी सबैसँग काम गर्न रमाइलो हुन्छ।
तिमी स्त्रकप्ट पढ्छ्यौ?
अहिले त पढ्छु। यो टे्रन्ड आएको भर्खर छसात वर्ष भयो। पहिला स्त्रि्कप्ट माग्ने भनेको त आमिरले मात्र हो। अरूले माग्दैन थिए। अहिले त मकहाँ नै स्त्रि्कप्टको पाइल हुन्छ घरमा। दुईतीनपटक पढ्छु स्त्रि्कप्ट। अनि डाइरेक्टरसँग बसेर रोलको बारेमा, उसको प्रिजेन्टेसनको बारेमा डिस्कस गरेरमात्र साइन गर्छु।
तिमीलाई कस्तो खालको स्त्रि्कप्ट मन पर्छ?
त्यो भन्न सकिन्न। कथा कस्तो हुन्छ, त्यसमा भर पर्छ। ड्रामा, हरर, रोम्यान्टिक, आर्टिस्टिक हेरेर हुन्छ। कथा राम्रो हुनुपर्छ।
आफूले पढेको कुनै कथामा फिल्म बनाऊँ जस्तो लागेको छैन?
छैन। म अचेल धेरैजसो आध्यात्मिक किताब पढ्छु।
हलिउडको कुनै यो डाइरेक्टरसँग काम गर्न पाए हुन्थ्यो भन्ने लागेको छैन?
हलिउड त हैन, स्पानिस डाइरेक्टर पेद्रो अल्मोदोभारसँग खेल्ने मन छ। आजको दुनिया"मा उहाँ फिल्मको देवता नै हो भन्ठान्छु म।
तिमीले कमर्सियल फिल्म गर्न छोड्यौ, हगि?
हो। मलाई त्यस्तो फिल्ममा इन्ट्रेस्ट लाग्न छोडेको छ। मलाई यो चाहिँ छोड्नुहुन्न भन्ने खालकोे स्त्रि्कप्ट वा अफर पनि आएको छैन। अहिले मैले फिल्म खेलेको कमर्सियल सक्सेसका लागि भन्दा आत्मसन्तुष्टिका लागि हो।
ग्ल्यामरको दुनियाँ छोडेर लाइमलाइटमा बस्न गाह्रो होला नि?
त्यस्तो हुँदैन। ग्ल्यामरको दुनियाँले मलाई पछाडि धकेलेको होइन। म आफैँ पछाडि सरेको हो। त्यसैले त्यस्तो हुँदैन। कम फिल्म खेल्दैमा हराउने भन्ने पनि होइन। शवाना आजमीलाई हेर्नुस् न। उहाँले कम फिल्म खेले पनि उहाँको कामको लागि हामी सधँै सम्झन्छौँ। केही समयपहिले मलाई यो फिल्म क्षेत्रमा फर्किन मन नलागेकै हो। त्यतिबेला म खुब घुमेँ, रिल्याक्स गरेँ। अब बिस्तारै फर्कँदै छु।
तिमीलाई मन पर्ने खाना के हो?
म खन्चुवी हो। त्यसैले सबै खाना मन पर्छ। विशेष गरेर फ्रेन्च खाना मन पर्छ।
मनिषा, तिमी राजनीतिमा आउने सम्भावना छ कि छैन?
यस्तो बेहाल छ नेपालको राजनीति। त्यसमाथि यहाँको नेताहरूको के भन्ने। मैले एकपटक रजनीकान्तलाई सोधेको थिएँ, ‘तपाईँ राजनीतिमा किन जानुहुन्न?' उहाँले भन्नुभएको थियो, ‘मलाई थाहा छ म ठीक मान्छे हु"। तर मेरा वरिपरिका मान्छे ठीक नहुन पनि सक्छन् र त्यसको दोष पनि मैले लिनुपर्ने हुन्छ।' मेरो पनि त्यस्तै हो। म पनि कन्भिन्स्ड छैन, मेरो वरिपरि नराम्रा व्यक्तिहरू हु"दैनन् भन्नेमा। त्यसैले यसबाट टाढा बस्नु नै ठीक छ, अहिलेलाई।
तिमीलाई विदा मनाउन कहाँ मन पर्छ?
हेर्नुस् न, ४० मा लागेपछि मेरो त्यो इन्ट्रेस्टमा पनि परिवर्तन आएको छ। पहिला मलाई पार्टीमा जान मन पर्थ्यो। फिल्म फेस्टिभलहरूमा जान मन पर्थ्यो। हरेक वर्ष कान फिल्म फेस्टिभलमा जान्थेँ। तर अहिले त एक्लै शान्त ठाउँमा बस्न मन पर्छ। ध्यान गर्न मन पर्छ। किताबहरू पढ्न मन पर्छ।
पछि गएर जोगी बन्छ्यौ कि के हो?
बन्न पनि सक्छु। कता कता त म बनी पनि सकेकी छु। अलि अलि केही बाँकी छ। प्य्राक्टिकल लाइफ नछोडी विचारले जोगी हुने सोच छ।
तिमी लोनर हगि?
एस, आई एम ए लोनर।
किन त्यस्तो भएको मनिषा?
म पहिलादेखि नै यस्तै हो।
तिमीले किन लोन्ली फिल गरेकी?
मैले लोन्ली फिल गरेकी छैन। लोन्लिनेस चुज गरेको हो। आई इन्जोए इट। एक्लै बस्नु र एक्लो हुनुमा फरक छ। म एक्लै बसिरा' हो।
यो तिम्रो चाहना हो या बाध्यता?
चाहना। एकदमै चाहना हो।
तिमीलाई आफू कत्तिको सुरक्षित छु जस्तो लाग्छ?
कस्तो खालको सुरक्षा? भावनात्मक, आर्थिक, सामाजिक कुन हिसाबमा? म एकदमै सुरक्षित छु। सबै हिसाबमा। (उनी हाँस्छिन्।)
from Shukrabar Weekly
No comments:
Post a Comment