२०७६ मङ्सिर ७ शनिबार १२:१३:०० | काठमाडाैं
दूधधारा तिलौरी गाईको, तेलधारा बत्तीको
न्याउली बास्दा रुन्चेऊ जिजेई(आमा), देश गर्दा कत्तिको !
चुच्चीमाथि चारो ल्यायो, चरीको चल्लाले
हीँ बसौँ कि देश गइजाऊँ, संगीका सल्लाले ।
यी गीत गेडा कुनै जमानामा रोल्पा÷रुकुमका गाउँघर र वनपाखामा गुन्जने ठारी भाकाका हुन् । ‘देश जाने’ धागोले उनेका यी गीतले भिरपाटे भेनाको कम्दमा सिरुरु फलेका घिउ सिमीमा अल्झिएका आँखासम्म तानेर लगे । तिनले तान्दै–तान्दै रपापातालमा पुर्याए । कारण थियो, कुनै वेला जेई, सान्जी, नाना र काकुहरूले सिमीवाल कम्दसँगै जोडिएको रपापाताल नै गाएर गुन्जाउँथे । सिम्रुतुमा मास्टररत रुकुमे लेखक मनलाल ओलीले तिनै गीतलाई गला दिएर मेसेन्जरमा पठाएपछि रोल्पा/रुकुमका उनै वनपाखामै पुगेँ ।