Friday, September 14, 2012

अस्ताए चे ग्वेभारालाई भेटेका एक्ला नेपाली

पीडीएफ मुद्रण इमेल
लटपुलटमय राजनीतिक इतिहासका साक्षी बनेका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको बुधबार निधन भयो । केही महिनाअघि मात्रै गणतन्त्र संस्थागत भएको देख्ने धोको भएको आशय व्यत्तल गरेका सिंहले अब त्यो देख्न पाएनन् । जुन चाहना राखेका थिए ।
गणतन्त्रवादी नेता भनेर चिनिने सिंहको विषयमा कमैलाई जानकारी भएको अर्को पहिचान के हो भने विश्व कम्युनिस्ट आन्दोलनका अगुवा चे ग्वेभारासँग उनले भेटेका थिए । वर्मास्थित एक गोप्य स्थानमा जम्मा पाँच मिनेटको संवादको अनुभव उनीसँग थियो ।
चे ग्वेभारालाई भेट्ने एक मात्र नेपाली थिए, रामराजाप्रसाद सिंह । बर्माको एक गोप्य स्थानमा चे ग्वेभारासित भएको भेटपछि आफूमा गणतन्त्रप्रति थप ऊर्जा थपिएको नेता सिंहले नै खुलासा गरेका थिए ।
गणतन्त्र स्थापनाको आन्दोलनमा नौ वर्षकै कलिलो उमेरमा नेता सिंह आफ्नो भाइ लक्ष्मणप्रसाद सिंह र बुबा जयमंगल सिंहसँगै जेल परेका थिए । जेलजीवनपश्चात्को भारत बसाइ, भारतका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन, भारतकै बसाइका क्रममा इन्दिरा गान्धीसँगको भेट, क्रान्तिकारी क्लाराको सहयोगमा चे ग्वेभारासँगको भेट अविस्मरणीय रहेको नेता सिंहले बताएका थिए ।

डेटिङका ती दिन

शर्मिला मल्ल, अभिनेत्री

सानैदेखि चुलबुले थिएँ । सायद म ११ वर्षमै तरुनी भएँ कि के हो ? एघार वर्षकै उमेरमा बिहेका लागि मलाई माग्न आउनेको ताँती नै लाग्थ्यो घरमा । बुबा त भन्नुहुन्थ्यो, 'तँ धेरै राम्री भएइकीले तँलाई
माग्न आएका ।'
म पद्मकन्या स्कुलमा पढ्थेँ । मलाई हेर्नैका लागि कति केटा आउँथे । गेटबाट चियाएर मात्रै भए पनि फर्किन्थे । म त्यसवेला १२ वर्षकी हुँदी हुँ । एउटा केटा थियो, नाम त बिर्सिएँ, जो मलाई खुब पछ्याउँथ्यो । 'सुन न...' भनेरै हैरान पाथ्र्यो । म भने वास्ता गर्दिनथेँ । एकदिन त उसले मेरो सलमा एउटा चिठी राखिदियो । त्यो 'लभ लेटर' थियो । मैले एक झापड हानिदिएँ । त्यसपछि उसले मलाई कहिल्यै पिछा गरेन ।
त्यसवेला रेडियो नेपालमा एउटा रूपक बज्थ्यो 'अँध्यारो उज्यालो' । त्यस कार्यक्रमका सञ्चालक कृष्ण मल्ल थिए । म उनकी प्रशंसक नै थिएँ । त्यो आवाजबाटै उनलाई मन पराउन थालेँ । मनमा तस्बिर सजिन्थ्यो, 'कस्ता होलान् ती ?'

ऋषि धमलासँग रमाइलो संवाद

Risi Dhamala

पत्रकारहरूबीच निकै ठूलो विवाद छ । कतिले भन्छन्- ऋषि धमला तीन कक्षामा फेल भएर काठमाडौं आएको हो, कतिले भन्छन्- होइन, आठ कक्षा त पढेको छ । पत्रकारको यो लामो विवाद मिलाउन तपाईं के भन्न सक्नुहुन्छ ?

होइन, मैले ५ कक्षासम्म गाउँकै शंखादेवी प्राविमा पढेको हुँ । त्यहीबीचमा मेरो काकाको छोरा राजेन्द्र र म घरबाट भाग्यौँ । मैले बुबाको कन्तुरबाट सय रुपैयाँ चोरेको थिएँ । त्यही पैसा लिएर ज्यामरुङबाट हामी धादिङबेसी झर्‍यौँ । धादिङबेसीबाट ट्रयाक्टरमा चढेर मलेखु आइयो । मलेखुबाट ट्रक चढेर काठमाडौं आइयो । काठमाडौं कहाँ जाने थाहा थिएन । धरहरा भन्ने थाहा थियो, त्यसैले ट्रक ड्राइभरलाई धरहरामुनि छाडिदेऊ भन्यौँ । यसरी काठमाडौंमा पाइला टेक्दा रातिको १ः०० बजेको थियो । हाम्रो मावलीतिरका नाता पर्ने प्रद्युम्नविक्रम सिंह भन्ने मान्छे परराष्ट्र मन्त्रालयमा अधिकृत थिए । खोज्दै अर्को दिन उनको घरमा पुगियो । ल बाहुनको छोरो आएछ भनेर खुसी भए । त्यसपछि उनको घरमा भात पकाउन थालियो, आफूले पनि खाइयो, उनलाई पनि खुवाइयो ।

Tuesday, September 11, 2012

With one officer candidate, ex-combatants in Rolpa feel betrayed

Phabindra Acharya a.k.a Kshitij (L) and Ras Bahadur Budha Magar a.k.a Akshaya Kumar

KIRAN PUN
DAHABAN (ROLPA), Sept 9: "It is only the sacrifice of my desires and dreams that I am going to join the Nepal Army to fulfill requests of my comrades and Rolpali people," said Phabindra Acharya a.k.a. Kshitiz, 31, standing in front of the Dahaban PLA cantonment.

Acharya, former PLA Battalion Vice commander of the Fifth Division, Rolpa, is the only former combatant who could join the Nepal Army (NA) at the officer level from Rolpa, the bastion of the Maoist "People´s War".

Money discourages integration

KIRAN PUN

DAHABAN (ROLPA), Sept 9: Early in the morning at the cantonment at Dahaban in Rolpa, former members of the People´s Liberation Army (PLA) scattered in small groups discuss the crucial turning point in their lives: Whether to take voluntary retirement and bag half a million rupees or join the Nepal Army and start a new career.

As time was running out, some struggled with their cell phones that disconnect time and again, to seek advice from comrades and seniors, while other carefully weigh the two options.

As the whisperings in frequently changing tones continue in and outside the tattered tents pitched six years ago to house the Maoist warriors, grim-faced former PLA company commander Nabin Lochan Magar of Pachhabang, Rolpa, who perceives the entire integration as the height of humiliation, slowly gets up and takes a deep breath to announce his decision.

Saturday, September 1, 2012

अभिनेत्री रेखा थापा प्रधानमन्त्री भट्टराईसँग डेटिङ जान इच्छुक

Prime Minister Dr Baburam Bhattarai
Rekha Thapa
प्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै बौद्धिक हुनुहुन्छ, उहाँसँग डेटिङ जाने मौका मिले को नजाला ? म उहाँसँग डेटिङ जान इच्छुक छु ।

चित्रबहादुर केसीका छानिएका कथा

गिरिजाप्रसाद र सेतो मोही

०४८ सालमा प्रधानमन्त्री भएलगत्तै भारत गएका गिरिजाप्रसाद कोइरालाले टनकपुरसन्धि गरेर आए । तर, उनले देशलाई भने, 'सन्धि होइन, सहमति भएको हो ।' गिरिजाप्रसादले टनकपुर बेचे भनेर एमालेलगायत हामी वाम दल आन्दोलनमा गयौँ । त्यहीवेला टनकपुर सन्धि हो कि सम्झौता हो भनेर प्रस्ट पार्न सर्वोच्चमा रिट पर्‍यो । सर्वोच्चले प्रस्ट भनिदियो, 'टनकपुरसन्धि हो, सहमति भनेर देशलाई ढाँट्न पाइदैँन ।'