Tuesday, April 9, 2019

चिहानभित्र चलिरह्यो घडी

चिहानभित्र चलिरह्यो घडी
author-image
नवीन विभास
फुर्सद
 ०२ भदौ २०७५ १६:५५:००
  • change font
  • change font
  • change font

कुइनेटो

पुलिसचौकीमा तारिख थाम्न गएर पूर्वी रुकुमका एक युवा घर फर्केनन्। माओवादी ‘जनयुद्ध’ उकालिन थालेको त्यो याममा उनको ‘जिउँदो’ वा ‘मरु’ खबर पाउन नै परिवारले ९ महिना कुर्नप¥यो। गलिसकेको हाप्पेन्ट र चलिरहेको घडी उनलाई चिनाउने साक्षी बचेका थिए।

कथाको कहानी, मनु ब्राजाकी

कथाको कहानी, मनु ब्राजाकी
author-image
नवीन विभास
फुर्सद
 १९ साउन २०७५ १२:१३:००
  • change font
  • change font
  • change font

कुइनेटो

सन्दर्भ : मनु ब्राजाकीको ७६ औं जयन्ती

ब्राजाकी थोरै कमाइवाला मजदुरले पिउने काठमाडौंका अँध्यारा र साना गल्लीका भट्टीहरूमा दारु पिउँथे। तिनै भट्टीमा हप्तौं बिताउँथे। र, मजदुर, गरिब, तल्लो तहका सरकारी कर्मचारी, पुलिस, सेनाका जीवनका विभिन्न आयामका कथा–खजना बोकी निक्लन्थे।
नवीन विभास
प्रिय कथाकार मनु बाज्राकीलाई मैले कहिल्यै भेटिनँ।
‘गल्ती त गरिनँ ? ’

राडीजिउले रातो कामी

राडीजिउले रातो कामी
author-image
नवीन विभास
फुर्सद
 ०५ साउन २०७५ ०७:२८:००
  • change font
  • change font
  • change font

कुइनेटो

‘यखो खाप्चो (मुख) नि पाटिन्न ? एकसोरे बोल्या बोल्यै,’ खरछाने दुब्लो घरको पेटीमा बसेर कल्साउरी (साठी नजिककी) आमैले ‘माइक आवाज’प्रति फेरि प्रतिक्रिया जनाइन्।

Monday, April 8, 2019

हिरे सार्की उर्फ हीरालाल नेपाली


हिरे सार्की उर्फ हीरालाल नेपाली
हिरे सार्की, खहरे गाउँ। फोटो : नवीन विभास
author-image
नवीन विभास
फुर्सद
 १६ असार २०७५ ११:२६:००
  • change font
  • change font
  • change font

समाज

परम्परागत गुन्यु–गाडा पहिरेकी र अनुहारमा थोरै पाउडर घसेकी गाउँले युवतीजस्तै देखिन्थे, गेरुले पोतिएका घर। तिनै युवती अनुहारका घर तलमाथि र वरपर उभिँदा गाउँ बनेको थियो। सानो तर गज्जब।

न्याय छैन जुरेलीलाई



न्याय छैन जुरेलीलाई
बाटोमुन्तिर सिस्ने हिमाल हुँदै बगेको खोला हतारहतार भेरी भेट्न हान्निँदै थियो। त्यै खोलालाई साक्षी राखेर वारिपारि पहाड ठिंग उभिएका थिए। पारिपट्टि पहाड पहरामय थियो। पहरामा घरिघरि झारल, घोरल, नाउर तलमाथि गर्थे। वारिपट्टि फाटेको लुगा लगाएर ठिंग उभिएको मानिसजस्तै पातला जंगल र त्यसको छेउछाउमा दुब्लाएका गाउँ थिए। तिनै जंगल, भीर र गाउँ हुँदै जति हिँड्यो उति दुब्लाएको बाटो कान्छो जिल्ला पूर्वी रुकुमको अन्तिम गाउँ सिस्ने जाँदै थियो।

author-image
- नवीन विभास
फुर्सद
 १० चैत २०७४ १०:००:१७
  • change font
  • change font
  • change font

बाटोमुन्तिर सिस्ने हिमाल हुँदै बगेको खोला हतारहतार भेरी भेट्न हान्निँदै थियो। त्यै खोलालाई साक्षी राखेर वारिपारि पहाड ठिंग उभिएका थिए। पारिपट्टि पहाड पहरामय थियो। पहरामा घरिघरि झारल, घोरल, नाउर तलमाथि गर्थे। वारिपट्टि फाटेको लुगा लगाएर ठिंग उभिएको मानिसजस्तै पातला जंगल र त्यसको छेउछाउमा दुब्लाएका गाउँ थिए। तिनै जंगल, भीर र गाउँ हुँदै जति हिँड्यो उति दुब्लाएको बाटो कान्छो जिल्ला पूर्वी रुकुमको अन्तिम गाउँ सिस्ने जाँदै थियो।

Monday, June 19, 2017

माओवादी केन्द्र महाधिवेशन आयोजक समिति २४८३


भारतीय (अ)लोकतन्त्रको कोलाज

अरुन्धती रोय
उज्ज्वल प्रसाईं 
एक हाथ में पेप्सी कोला 
दुजे में कंडोम 
तीजे में रामपुरिया चाकु
चौथे में हरिओम 
कितना ललित ललाम यार है
भारत घोडे पे सवार है
–अष्टभुजा शुक्ल
यो समीक्षा होइन। उपन्यासका तत्त्व र विषय, पात्रहरूका स्वाभाविकता र विकास, कथ्यको खुकुलोपना वा खँदिलोपना, द्वन्द्वको उठान र बैठान, संवादको संगति र असंगति, मानवीय संवेगको स्थुलता वा सुक्ष्मता। यी सबै उधिन्ने प्रयास होइन यो। त्यसो त उपन्यासको गुणवत्ताको ठाडो छ्यानविचार पनि होइन। बरू, उपन्याससँग संवाद गर्ने अति सामान्य प्रयत्न मात्र हो।