सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन्
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
अधिकारसम्पन्न जनता
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन्
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
प्रस्तुत पद्यांश मजदुर दिवसको बिहान साढे दुई बजे मुलुकको कार्यकारी निवास बालुवाटारमा फुरेको कविताको हो । उनै कविवर एवं मुलुकको कार्यकारी प्रमुख केपी ओलीको गणतन्त्र दिवसमा जारी प्रेस विज्ञप्तिसँगै शासक खलक सामाजिक सञ्जालमा सञ्जालिँदा जाजरकोट रानागाउँमा भेरी सुसाइ सुर्ताउने गरी रुवावासी चलिरहेको हुन्छ । घरघरमा दियो बाल्न सरकारी आदेश झर्दा कपिलवस्तु देवदहस्थित पासी, सप्तरी रामपुरको सदा परिवारमा ‘रुदाली भेरी’ बगिरहेको हुन्छ ।


भन्छन्, विश्वको आधा जनसंख्या लकडाउनमा छ । खस नेपालीमा बन्दाबन्दीभन्दा कोरानावास पो सही हुन्छ कि ! कोरोनावास अर्थात् काराबास । फरक यत्ति हो, यो कोरोनावासमा बन्दुक बोकेका पुलिसको बदला कोरोना छ । 

फागुन पहिलो साता । घोराहीको सामान्य सिलाइ पसल । कुनै याममा फाटेको मान्छे मन सिलाउन ‘जनयुद्ध–आँधी’मा बत्तिएकी एउटी युवती कलमा कुर्ता सिलाइरहेकी छिन् । पाँच फिट अग्ली गहुँगोरी युवती ससाना छोरी संयोजना र दीपशिखासाथ कलको सियोमा घरि तिनका स्कुले कापीकलम नाठी हाल्छिन्, त घरि अरब उडेका अरब पतिको याद । 