Saturday, November 7, 2020

त्यसपछि कमरेडले राजाको घर किने

कमरेडले किनेको ‘राजदरबार’ आहान बीच्चबीच्चमा पुग्दा (वैशाख पहिलो साता, २०७६) भने छक्कालै काँडा–साकिमधुरीबाट बाटो लागेको सूर्य खामेमा पुगेर ‘बाफीकोट, बाई’ भन्दै छ । 


कमरेड भने टिनछाने गेरु–रङे राजदरबारको भुइँतलामा ‘दरबार आहान’ हालिरहेछन् । जुन ठाउँमा यसअघि तीनतले दरबार उभिएको हुन्छ । जसलाई माओवादीले ‘सामन्तको दरबार’ भन्दै आगो झोेस्छ । दरबार जले पनि दरबारपछिल्तिर भने गोलाकारे सेतो अनुहारको ठूलो ढुंगा भने जस्ताको तस्तै छ, जुन ढुंगामा बसी राजाले ‘नाइमुन नाइमुन’ (नुहाउने) गरेका हुन् ।  भुइँतला भित्तामा लेखिएको छ, ‘प्रकाश व्यापार सेवा एन्ड सप्लायर्स ।’ पहिलो तलाका दुई कोठामा खुला ढोकामा पर्दा छ । भुइँतलाको दुई ढोकामध्ये एउटा बन्द छ ।

काकाकुल कोइलाबास

बुटवलदेखि पश्चिम र नेपालगन्जदेखि पूर्वको मूल नाका कोइलाबास गुमनाम भएको छ । काकाकुल भएको छ । ‘कोमा–नाका’ भएको छ । के यहाँको क्रन्दन सिंहदबार नपुगरै कोइलाबास ‘उठीबास’ भएको हो ?

नवीन विभास

लोककथन छ, ‘सुन नभए नि हुन्छ, मानिसलाई नुन नभई हुन्न ।’
सञ्जोग ! नहुँदा पनि हुने ‘सुन’ यतिबेला जुगकै सर्वाधिक महँगो छ ।

Wednesday, August 5, 2020

वर्मन बुढा : जो कछाड र चप्पलमै सिंहदरबार गइरहे

नवीन विभास
२०७७ श्रावण १० शनिबार ०७:५९:००

टेम्पोमा टुकुटुकु

 

कम्मरदेखि घुँडासम्म सेतो खाडीको काँची । आँखामा चस्मा । कालो टोपी । दायाँ हातमा लौरो । टेम्पोको डन्डीमा बायाँ हात । लगनखेलबाट रत्नपार्क गुडेको नीलो टेम्पोमा गहुँगोरो वृद्ध टेम्पो टुकटुकमा टुक्का टँसाउँदै ‘निलई’ भाकामा रुकुमकोटतिर बग्ने थबाङ बग्छन् । उनै वृद्धले खनेको जगमा त नेपाल १० वर्षसम्म हल्लिएको हो । उनकै थबाङ टेकेर पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरू बालुवाटार र सिंहदरबार फन्को मार्दासमेत ती वृद्ध भने टेम्पोरत छन् । 


टेम्पोमै उनले आफूसँग ०४८ मा संसद् पसेका ‘किर्सन’लाई सम्झन्छन् ।  खस–नेपालीभाषीका ‘कृष्ण’लाई रोल्पाका असली मगर ‘किर्सन’ वा ‘किरस्न’ भन्छन् । हो, यिनै बुढाले रोल्पामा भाषण गर्दा कृष्णबहादुर महरालाई ‘बाँकी कुरा किरस्नेले भन्ने छ’ भने भन्ने किस्सा छ । सिंहदरबारमा सभामुखरत उनै कृष्णकिस्सा सम्झँदै वृद्ध टेम्पो चढेर अस्पताल जाँदै छन् । रत्नपार्कमा टेम्पोबाट ओर्लेर लौरो टेक्दै वीर अस्पताल जान्छन् ।

 

Saturday, June 20, 2020

ती ‘अभागी’ जसले आफ्नो आँगन टेक्न पाएनन्

‘कोरोना लकडाउन’ नामक मैनेगाँठोले भुइँमान्छेका घाँटी यसरी कस्छ कि, ऐया पनि भन्न नपाई ठाउँको ठाउँ ठहरै छन् । ती ‘कोरोना भाइरस’ले भन्दा पनि ‘भोक’ले थला परेका छन् । ज्यानमारा मैनेगाँठो तिनका घाँटीबाट कसले फुकाइदिनु ! शासक खलकीय भ्रष्ट तथा तस्करहरू भने मैनेगाँठोलाई पनि ‘कमाउधन्दा’ बनाएर ‘मस्तराम’ छन् । 

नेपालमा जारी लामो कोरोना ‘लकडाउन’लाई ‘लक’ गरी दुई विपरीत घटना (सामाजिक सञ्जाल समाजमा अचेल खुबै चल्तीवाल भाषामा भन्ने हो भने) ‘भाइरल’ छन् । 

Friday, June 5, 2020

नवराज : सांस्कृतिक र हतियार दुवै हिंसाले मारिए

सामाजिक न्याय र समानता 
अधिकारसम्पन्न जनता 
...फाटोका खेती कुहिन्छन्,
स्वार्थी हिंसा तुहिन्छन् 
जनतन्त्र हो यो जनतन्त्र 
अब आँसु खसाउनु पर्दैन 
रगत बगाउनु पर्दैन । 

प्रस्तुत पद्यांश मजदुर दिवसको बिहान साढे दुई बजे मुलुकको कार्यकारी निवास बालुवाटारमा फुरेको कविताको हो । उनै कविवर एवं मुलुकको कार्यकारी प्रमुख केपी ओलीको गणतन्त्र दिवसमा जारी प्रेस विज्ञप्तिसँगै शासक खलक सामाजिक सञ्जालमा सञ्जालिँदा जाजरकोट रानागाउँमा भेरी सुसाइ सुर्ताउने गरी रुवावासी चलिरहेको हुन्छ । घरघरमा दियो बाल्न सरकारी आदेश झर्दा कपिलवस्तु देवदहस्थित पासी, सप्तरी रामपुरको सदा परिवारमा ‘रुदाली भेरी’ बगिरहेको हुन्छ । 

Wednesday, May 6, 2020

कोरोना लकडाउनमा ‘लक्ड’ मजदुर

नवीन विभास 
२०७७ बैशाख २० शनिबार ०८:५७:००
छुट्टीमा घर फर्केका अरबेले छिमेकीलाई एउटा गुन्यु वा कमिज दिन्छन् । जुन उपहारको नाउँ दिइएको छ, अरबे पाहुर । दुई–चार दिनमै अरबे घरमा आउँछ, आमा समूह । डेकमा घन्कन्छ, बजारिया दोहोरी गीत । अरबे युवा ५० डिग्री चर्को खाडीमा रगत, पसिना, रहर र खुसी बग्दा निक्लने सुुुस्केरा भुल्न प्रयत्न गर्छन् ।

कालापार तनक्क तन्केर पुगेको हो, खाडी र मलेसिया । भारतको हिमाचल प्रदेशका काला पहाडमा कमाइकाज गर्न जानुलाई ‘कालापार’ भन्दाभन्दै भारतमा मजदुरी गर्न जानु ‘कालापार’ र जाने नेपाली ‘कालापारे’ भएका छन् । 

कोरोनाः कसैलाई कोसेली, कसैलाई कहर

नवीन विभास 
२०७६ चैत २९ शनिबार ०९:५६:००

भन्छन्, विश्वको आधा जनसंख्या लकडाउनमा छ । खस नेपालीमा बन्दाबन्दीभन्दा कोरानावास पो सही हुन्छ कि ! कोरोनावास अर्थात् काराबास । फरक यत्ति हो, यो कोरोनावासमा बन्दुक बोकेका पुलिसको बदला कोरोना छ । 
कोरोनावास निहुँमा पारेर देशको सत्ता ‘करप्सन’लीन छ भने निम्न आयवाल मजदुर, गरिब, सुकुमबासी बस्तीका ‘सक्कली सुकुमबासी’ कोरोना कहरमा । विपन्न वर्ग एकसाथ दुई लडाइँरत छ–
एक, कोरोनासँग ।
दुई, भोकसँग । 
कोरोनाविरुद्ध लडाइँ जित्छन् या हार्छन् ? भन्न सकिन्न । तर, विपन्नका लागि कुनै राहत प्याकेजविनै थपिने कोरोनावासमा भोकविरुद्ध लडाइँ ?