२०७८ असार १९ शनिबार ११:२१:००
आफ्ना आँगनका अर्गानिक औषधि बेवास्ता गर्दै कृत्रिम रसायन सेवनले जनस्वास्थ्य नाजुकिँदै छ

कोरोनालाई कोर्रा कसले लाउला ? कोरोनाकालीन जारी मन्थनमा तीतेपाती पनि सहभागी छ । भलै तीतेपाती मन्थन सायदै सुनिएको किन नहोस् । तीतेपाती गन्थन गर्न‘अघि भने एकैघरी २०४६ तिर फर्कनु छ । यसको कारण मेरो बालापनको सम्झनासँग सम्बन्धित छ । तीतेपाती सिउरिँदै घर(रोल्पाको जैपा)बाट घोराही र घोराहीबाट घर पुगेको सम्झना । घोराहीबाट फर्कंदा हटारु, कालापारे र लाहुरे हुलसँग खच्चर र घोडाका लस्कर पछ्याउँदै हिँडेको याद ।





