माधव नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को पार्टी मुख्यालय राजधानीस्थित मीनभवनमा खुल्यो।
अध्यक्ष नेपालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै आफ्नो दल नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदाएको दाबी गरे। भने, ‘नयाँ आशा र विश्वास जनमानसमा सृष्टि गर्नेछ। सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ।’ आफ्नो दलले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्ने तर्क पनि गरे।
नेता नेपालले दाबी गरेजस्तै साँच्चै नयाँ दल ताराजस्तै चम्केला त ?
नेपालको चार दिने भ्रमणबाट एमसीसी उपाध्यक्ष फतेमा सुमार फर्किएको अर्को दिन २८ भदौमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राजधानीमा अमेरिकी सहयोग एमसीसीविरुद्ध सभा गर्यो। उक्त सभाबाट संसद्मा सामेल नभएका नेपालका वामपन्थी दलका नेताले पनि एमसीसीको विरोध गरे।
एकान्त काराबासरत कमरेड गोञ्जालोले शनिवार ‘गुडबाई’ गरे । रोल्पा/रुकुमजस्ता नेपालका दुर्गम गाउँ र बनपाखामा कुनै बेला गीत भएर उनै गोञ्जालो गुञ्जिए । मुख्य गीत थिए, रक्तिम परिवारका जीवन शर्माहरुले गाएको ’ओ याङ्की गो होम, डर्टी याङ्की गो होम, हाम्रो रातो झण्डा पेरूमा फर्फराउँदै छ’ र सामना परिवारका ध्रुव ज्ञवालीले गाएको ‘झुकेनन् ती टर्कीमा, झुकेनन् ती पेरुमा, न झुके ती सिस्ने हिमालमा…।’
गोरु गायब गरेर ठिंग उभिएको छ, च्याङ्फा । मान्छेकै ठाउँमा च्याङ्फा ठिंग उभिए के होला ?
नवीन विभास
२०७८ भदौ १९ शनिबार ११:००:००
खडेरी परेपछि देउखुरी उत्तरमजगाउँका बठिन्या (अविवाहित थारू महिला)सहित सजना गाउन माहिर महिला पुरुष–पहिरन पहिरिन्छन् । सजना गोडाले छिमेकी गाउँ (वनगाउँ वा घुम्ना वा भैसकुर्मा वा सिर्गाउँ वा टिक्लिगर) पुग्छन् । तिनले हलो चोर्छन् । त्यसपछि गोरु । गोरु लिन नपाए लोग्नेमानिस साथ लिई फर्किन्छन् ।त्यसपछि ? रातमा ककन्डार(थारू गाउँको मूली, जसलाई भलमन्सा, मटवाँ र बड्घर पनि भन्छन्)को आँगनमा ‘उल्टो हलो’ जोत्छन् । जोत्ने महिला नांगै हुन्छन् ।
इराकमा अपहरणमा परी १२ नेपाली युवा मारिएको १६ भदौमा १७ वर्ष पुगेको छ तर ती युवाका परिवार र आफन्तजनका आँखा अझै ओसिला छन्। सरकारले इराक जान प्रतिबन्ध लगाए पनि हत्केलामा ज्यान राखेर सुख खोज्दै जाने क्रम रोकिएको छैन बरु अन्य देश र महादेशसम्म पुग्ने लर्को बढ्दो छ।
खानी बन्द भएसँगै फौजको बन्दुक र साहुको भारी बोक्न लाहुरेको लर्को विदेशतिर लाग्यो, त्यही ताँती कालान्तरमा अरब मोडियो । नेपाललाई आत्मनिर्भर बनाउने खानी किन बन्द भए ? परनिर्भर बनाउने ढोका कसरी खुले ? यो आँखीझ्यालबाट जमानाको नेपाली खानी ‘ट्रयाजेडी’ देखिन्छ ।
नुनदेखि सुनसम्म नेपालमै छ । झन्डै सय वर्षपहिले नेपाल आफ्नै धातुजन्य खानी, नुन र पशुपालनले आत्मनिर्भर थियो । आज ? सबैथोकमा परनिर्भरता बढ्दै छ ।
घुरिन्भीरको घोङ्रेरूखमा घाम लागेपछि जैपा गाउन थाल्छ । रोल्पाको सुदूर गाउँ हो जैपा । अनि घोङ्रेरूख त्यहाँको घडी । भीरको टाउकोमा घुङ्रिएको रयाजको त्यो बूढो रूखमा घाम लाग्नु नै दिनको दोपहर हुनु हो ।
जैपाले भाका हाल्नुअघि एक वृद्ध पिठ्युँमा घुम बोक्छन् । कोलो र घाँट लिएर भकारामा पुग्छन् । कोले गाईको गलामा कोलो र घाँरे बाख्राको गलामा घाँट झुन्ड्याउँछन् । गाई/बाख्राका गति–संगीतमा तिनै कोलो र घाँट गीत बन्छन् । बीचबीचमा र्याप हानेजसरी गाई र बाख्राले गीतमा गला गाँस्छन् । पिठ्युँमा घुमवाल बूढो पाइलालाई गाई/बाख्राले पछ्याउँछन् भने तिनलाई एउटा फुच्चेले । यसरी प्रत्येक भकाराबाट वस्तुभाउ बाहिरिँदा रोल्पाको बरै, उत्रा, फाँक, ख्यालीजस्ता रैथाने गीत गुन्जन्छ ।