Wednesday, September 29, 2021

नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस


नेपाली राजनीतिमा वृद्धतन्त्रको बहस
राजनीतिमा नेतृत्वको उमेर मानक हो कि योग्यता ? पार्टी नेता कार्यकारी पद दुई अवधि नै काफी हो कि सास फेरुञ्जेल? राजनीतिमा पार्टी नेतृत्व उमेर महत्त्वपूर्ण हो कि उसको विचार, नीति र काम ?

अनुशासित गराउन कि लोकाचारका लागि ?

पार्टीका अनुशासन आयोग

 

नवीन विभास


अनुशासित गराउन कि लोकाचारका लागि ?
काठमाडौं। पार्टी नेता र कार्यकर्तालाई विधिको बाटोमा लान नेपालका मूलधारे राजनीतिक दलमा अनुशासनसम्बन्धी अलग्गै निकाय छन्।

नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) मा त झन शक्तिशाली र स्वायत्त भनिएका ‘अनुशासन आयोग’ नै छन् भने नेपाली कांग्रेसको ‘अनुशासन समिति’।

आयोग होऊन् या समिति, दलहरू भने संगठनात्मक होस् या नैतिक बेथितिको दलदलमा फसेका छन्। दलका शीर्ष नेता होऊन् या मझौला नेता, आर्थिक, सामाजिक र नैतिक आँखाले हेर्दा ‘बदनाम’ छन्।

नेपालमा मन्त्री बन्ने मापदण्ड के हो ?


नेपालमा मन्त्री बन्ने मापदण्ड के हो ?
प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो किस्तामा डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाए। तर गठन भएको दुई महीना पुग्दा पनि मन्त्रिपरिषद् पूर्ण भइसकेको छैन। सत्तारुढ दलले मन्त्री छान्न सकिरहेको छैन। आफ्नो दलका सबैजसो नेता मन्त्री बन्न लालयित देखिएपछि सत्ता गठबन्धनको एक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले त सार्वजनिक कार्यक्रममै पटक–पटक हैरानी पोखेका छन्।

Tuesday, September 28, 2021

राजधानीमै विप्लवको ‘कम्युन’


राजधानीमै विप्लवको ‘कम्युन’
दिनानुदिन दुषित हुँदैगएको कर्मनासा धिमे बाजाको लयमा गाउँदै बागमती भेट्न दौडिरहेछ। त्यही कर्मनासाकिनार ललितपुर हरिसिद्धिमा टिनछाने घर फलाम गोडाले उभिँदैछन्। चा–चार कोठे दुईवटा घर। त्यो घर कमरेड निवास हो भने कम्युनिष्ट पार्टी कार्यालय पनि। सिंहदरबारबाट करिब नौ किलोमिटर दक्षिणमा उभिने ती घरभन्दा अलि पर भने आकाश नै छेड्लाजसरी इँटाभट्टा उभिएको छ।

Tuesday, September 21, 2021

के प्रचण्डबिना माओवादी चल्दैन?

माओवादीमा नेतृत्व संकट

 

नवीन विभास 

  २०७८ असोज ५ गते १३:०७
के प्रचण्डबिना माओवादी चल्दैन?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा प्रश्न उठ्न थालेको छ-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्लान् ? यसैपालि नगरे पनि उत्तराधिकारको विधिसम्म त बनाउलान् कि ?

Saturday, September 18, 2021

माधव नेपालको पार्टीले गरिखाला?

 

नवीन विभास 

२०७८ असोज १ गते १७:२८
माधव नेपालको पार्टीले गरिखाला?
फाइल तस्वीर
माधव नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी)को पार्टी मुख्यालय राजधानीस्थित मीनभवनमा खुल्यो।
अध्यक्ष नेपालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय उद्घाटन गर्दै आफ्नो दल नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ ताराका रुपमा उदाएको दाबी गरे। भने, ‘नयाँ आशा र विश्वास जनमानसमा सृष्टि गर्नेछ। सबै पार्टी उस्तै हुन्, सबै नेता उस्तै हुन् भन्ने मान्यतालाई चिर्नेछ।’ आफ्नो दलले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसात् गर्ने तर्क पनि गरे।
नेता नेपालले दाबी गरेजस्तै साँच्चै नयाँ दल ताराजस्तै चम्केला त ?

किन एमसीसीको विरोधमा छ वाम–वृत्त?

 

नवीन विभास 

२०७८ भदौ ३० गते १६:५५

किन एमसीसीको विरोधमा छ वाम–वृत्त?

नेपालको चार दिने भ्रमणबाट एमसीसी उपाध्यक्ष फतेमा सुमार फर्किएको अर्को दिन २८ भदौमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले राजधानीमा अमेरिकी सहयोग एमसीसीविरुद्ध सभा गर्‍यो। उक्त सभाबाट संसद्‌मा सामेल नभएका नेपालका वामपन्थी दलका नेताले पनि एमसीसीको  विरोध गरे।