Saturday, August 31, 2019

पति हिँडे सुर्ताले, पत्नी हिँड्छिन् सुर्तैले

नवीन विभास, काठमाडाैं

२०७६ भदौ १४ शनिबार १०:१८:००
कुइनेटो
शोरवयमा पाइला राख्न हतारिएको हल्हलाउँदो एक किशोर सरासर भर्‍याङनेर पुगे । र, उभिएर एकटक बाहिर हेरिरहेकी महिलालाई अँगालो हाले । किशोर बोली झर्‍यो, ‘चित्त नदुखाऊ है आमा । म केही भए, नरुनू ।’ 
नुहाउन, लुगा धुन र निदाउन अबेर भए पनि मुहारमा भने कतै पनि ‘थकान’ थिएन । ‘लाल मुहार’मा अचम्मको चमक थियो ।

Tuesday, August 20, 2019

गाँजाख्यान


नवीन विभास


२०७६ श्रावण ३२ शनिबार ०८:०१:०० | काठमाडाैं


जेईको दायाँ हातको बूढी, चोर र साहिँली औंलाको तालमा एउटा जिनिस फननन फन्कन्थ्यो । धागोको आकार दिन घान हाल्ने बायाँ हातको बूढी र चोर औँलालाई अघिल्ला दाँतले रेसा चिरेर सहजीकरण गथ्र्यो । त्यो जिनिस कुनै वेला ‘स्यानीमाय’ तालमा फननन फन्कन्थ्यो त कुनै वेला ‘बरै’ मसिनो तालमा । जेई मनमा चलेको आँधीअनुसार रफ्तारिने जिनिसको नाउँ थियो, टाकु । धागो थपिँदै जाँदा टाकुको सरा मोटाउँथ्यो भने काखीमा च्यापिएर गादाभित्र पसेको रेसाको मुठा दुब्लाउँथ्यो । 

Monday, July 29, 2019

जोख, चमार, कुल, लिला र मदन

नवीन विभास 
रोल्पा सदरमुकाम लिबाङको बालकल्याण माध्यमिक विद्यालयका चार सहपाठी(चमारसिङ घर्तीमगर, कुलबहादुर डाँगी, लिला आचार्य र मदनमणि आचार्य) र तिनका चार ब्याचपछिका जोखबहादुर विश्वकर्माका संचोबेसंचो हो यो ।
लिबाङबाट १५ किलोमिटर पश्चिम कोटगाउँका गरिब परिवारका (कक्षा प्रथम) हुन्, जोख–चमार । 

Saturday, July 13, 2019

अब ‘हवा’ चल्छ, अब ‘हवा’ चल्दैन

कुइनेटो

नवीन विभास

२०७६ असार २८ शनिबार ०७:४१:०० | काठमाडाैं
अब ‘हवा’ चल्छ । धैर्य गरी बाटो हेर्नुहोला, अब हवा चल्छ । हो त, हवा नचली कसरी बाँच्छ मान्छे ? हवाविना आस र सास कुन मनडोरीमा अल्झिएर कुनजीवले जिन्दगी जिउला ?
०००

Sunday, June 30, 2019

छोरी छाडी छापामार

२०७६ असार १४ शनिबार ०६:५९:००
यो एउटी ‘अभागी’ आमा–आलाप हो,  जो मातृत्व खन्याउँदै छोरीसँग लुकामारी खेल्नेयाममा अरूको काखमा छोरी (तीसमहिने छोरी) छोडी ‘वर्ग दुस्मन’सँग लुकामारी खेलिन् । १० वर्ष लामो ‘जनयुद्ध’मा छापामाररत दम्पतीमध्ये पति घाइते पनि भए । रगतको नाता नलाग्ने एउटी गृहिणीलाई जिम्मा छोडेकी छोरीले पछि आमा नस्विकारेपछि काखमा छोरी फर्काउन अर्को ‘जनयुद्ध’ पनि लडिन् । लोकतन्त्र र गणतन्त्र तिनै सयौँ पुष्पाहरूका त्याग–जगमा त उभिएको छ । भलै, तिनीहरू अचेल कि खाडीमा छन् कि कालापार (भारत), कि गाउँ/सहरमा हातमुख भेटको मेसो मिलाउन संघर्षरत ।

Thursday, June 20, 2019

नाम झिम

२०७६ जेठ ३२ शनिबार १०:५५:०० | काठमाडाैं


प्रिय स्वयंवर हाङ, माओवादी मक्का थवाङ पस्ने मूल ढोकामा तिम्रा ‘कलर–कुरुस’ले कुँदेका पाँचटाउके (माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओ) बड्डाहरूले स्वागत गरे । र, गाउँभित्र पस्नेबित्तिकै कमरेड चे ग्वेभाराले । आश्चर्य ! पुँजीवादी मौसममा पनि ती सबका अनुहारमा चमक थाँती थियो । बिस्मतकी बातजस्तो के थियो भने खरानी रङे कागतको खाली पाना फिँजेजस्तो लाग्ने थवाङ (हरियो–नीलो जस्तापाताका छाना र कंक्रिट घर थपिएपछि) डन्डीफोरले बिगारेको अनुहार हो कि उही थवाङ हो ? ठम्याउन नसकी अलमलमा परेँ । भन त हाङ, सरकारी समृद्धि किरिम अनुहारमा नदली के थवाङ पनि समृद्ध (?!) र सभ्य (?!) नहुने नै भयो हो ? अलमलले टुसाएको कलमल मेट्न तिमीलाई ‘इ–पत्राचार’ गर्दै छु । इ–हुलाकबाट पत्र प्राप्त हुनासाथ फौरन ‘निजो सनिस इ–डाँक’ गरे है, बड्डा !

Sunday, June 2, 2019

तुलू बितालु कि भुल ?

नवीन विभास

२०७६ जेठ १८ शनिबार ०८:४४:०० | काठमाडौं
गोतामकोटस्थित ‘कोत’छेउछाउका बारीमा झुलेका गहुँ÷जौ कति घरको आँगनमा पुगेका थिए भने कति पुग्नलाई बारीमा हतार देखिन्थे । कोत उत्तरपूर्व भित्तामा भित्ते सुर्के बारीको ठीक माथि एक्लै उभिएको थियो, बार्दलीविनाको एउटा सानो खरछाने घर । त्यसको छेवैमा मुस्किलले उभिएको थियो, त्योभन्दा पनि सानो घर । त्यहाँबाट जंगलैजंगल उकालिएको बाटो उकालिए चित्रेपाटन पुगिन्थ्यो ।