
ललितपुर गोदावरीमा हिजोदेखि (१५ असोज) नेकपा (एमाले)को विधान महाधिवेशन शुरु भएको छ। विधान बनाउने मुली छन्, रामबहादुर थापा ‘बादल’।



नेकपा (एमाले), माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) मा त झन शक्तिशाली र स्वायत्त भनिएका ‘अनुशासन आयोग’ नै छन् भने नेपाली कांग्रेसको ‘अनुशासन समिति’।
आयोग होऊन् या समिति, दलहरू भने संगठनात्मक होस् या नैतिक बेथितिको दलदलमा फसेका छन्। दलका शीर्ष नेता होऊन् या मझौला नेता, आर्थिक, सामाजिक र नैतिक आँखाले हेर्दा ‘बदनाम’ छन्।



काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले ११–१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने तय गरेको छ। महाधिवेशन नजिकिँदै गर्दा प्रश्न उठ्न थालेको छ-अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्लान् ? यसैपालि नगरे पनि उत्तराधिकारको विधिसम्म त बनाउलान् कि ?
