Wednesday, November 5, 2008

सानो सिरक

नयनराज पाण्डेको उलार उपन्यास यतिखेर आँखामा बल्झिएको छ । शान्तिशमशेरले चुनाव जितेपछि टाँगावालको टाँगा उलार भएको थियो । त्यसको मूल्य चुनाव जितेर काठमाडौं पुगेपछि पाएन । सायद जीवनभर कहिल्यै पाएन । मलाई थाहा छैन उलार र मेरो कथाबीच के साइनो लाग्छ तर सानो जागिरे जीवनका केही मोडमा असन्तुलन गुमेपछि कस्तो हुन्छ फेरि सन्तुलन मिलाउन मलाई थाहा छैन । ती टाँगावाल त पुगे काठमाडौं तर म कहाँ पुग्ने हो त्यो थाहा छैन । मलाई थाहा छ मेरो कहानी र उलारबीच गोरु बेचेको सम्म साइनो होला अरु छैन । दसैको मुखमै मैले मोबाइल हराएँ शान्तिनगरमा । कतारबाट पहिलोपटक घर आउँदा प्रकाशले ल्याइदिएको थियो । त्यसबेला नेपाली २१ ह्जार पर्ने त्यो मोबाइल लामो समयसम्म मैले चलाइन । कारण मसँग सिमकार्ड नै थिएन । कुनै बेला पोष्टपेड खुल्यो तर त्यो चलाउने हैसियत मसँग थिए । कहिले पि्रपेड खुल्यो त्यहाँ पुग्ने पहुँच पनि पुगेन । गीत सुन्न भिडियो हेर्न कतारतिरकै बासी सिमकार्ड हालेर चलाएँ । मेरो रुमपार्टनर सुवर्ण चन्द साथी गंगा बीसी र एमपी खरेलहरुले मोबाइलको मानहानी गरेको तर्क गरे । दुई पैसाको दाँत देखाएर ङिच्च हाँस्नुबाहेक अर्को बिकल्प पनि थिएन । एकपालि मेरो मोबाइलले तमास गर् यो -दुई सयको टिकट लिने टुँडीखेलमा ट्यापे गीत सुन्ने । के काम मलाई त्यो गीतको सम्झिएँ मेरो भतिजो विमल राजु लामाको फ्यान थियो । गंगा बीसी र मेरो लागि दुईवटा टिकट लिएँ र विमललाई ती दुईवटा टिकट दिएँ । एकजना को साथीलाई लिएर गयो कुन्नि जेहोस् उसले हेर् यो होला । मेरो मोबाइल चलाएँ केही समय छ । कुरा हो ०६३ को थालनीतिरको । केही समयपछि फेरि गंगा बीसी र मैले नमस्तेकै पि्रपेडको सिमकार्ड हाल्यौं । त्यही चलाउँदै थिएँ । भन्दैथिएँ भाइ प्रकाशले दिएको मोबाइल हराएँ । केही समय कलेज पढाएँ त्यसपछि मैले लामो समयसम्म जागिर खाएको भनेको नै नयाँ पत्रिका हो । भन्थे मान्छेहरुले -सानो जागिर भनेको सानो सिरक हो । टाउको ढाक्दा गोडा नांगो गोडा ढाक्दा टाउको नांगै । मोबाइल हराएपछि किन्नैपर् यो । यसले जीवनशैली नै फेरिदिएको छ । त्यसैले मोबाइल त आधारभूत आवश्यकता जस्तै नै भइसक्यो । किनें । किन्नै पथ्र्यो किनें । दशैताका पैसा थिएन २४ सय मात्र दिएको थिएँ । ६ सय र बिजुलीको ४ सय गरी एक हजार रुपैया पुगेका थिएन । नपुगेर पनि के गर्नु लागियो घर । मोबाइल थिएन मस्तराम भएर लागियो घर । घोराहीमा भाउजूले स्काइ लान भन्दै हुनुहुन्थ्यो तर मैले लगिनँ । कारण कहिलेकाहीँ सारा चिजबाट छुटेर बिन्दास हुन मन लाग्छ । कस्तो हुँदोरहेछ सूचनाका सारा साधनबाट कटेका क्षण अँ तिहारताका किनें । तलबजति त्यसैमा गयो । अब गर्ने के घरभाडा अघिल्लो महिनाकै बाँकी थियो एक हजार । यसपालिको थपिएपछि पुग्यो ५ । गर्ने के हलाक भइयो । दुईचार हजारको जागिरेका लागि अलिकति सन्तुलन बिग्रनेबित्तिकै सबथोक बिग्रने रहेछ । थाहा छैन उलार भएको मेरो जीवनशैलीको यो भाग कहाँ गएर सही ट्रयाकमा आउने हो राम जाने ।

No comments:

Post a Comment