Monday, November 3, 2008

अजयशक्ति

धेरै समयपछि जनमुक्ति सेनाको पाँचौं डिभिजनको सहायक शिविर उङाबाट अजयशक्तिले फोन गर्नुभयो बेलुकीपख । धेरै समयपछि आज हाम्रो बैठक बसेको थियो । बैठकमा नयाँ केही कुरा भएन । तलबका केही कुरा भए । समाचारका बारेमा पनि । बैठकमा भएकाले अजयको फोनमा गफ गर्न पाइनँ । कल ब्याक गर्छु भनेर राखें । केही समयपछि प्रयास गरें तर फोन लाग्दै लागेन । सायद किताबबारे कुरा गर्नलाई फोन गरेका थिए होला । रुकुमको हुकामका अजयशक्तिको किताब मैले हेरिरहेको छु । सोलुको कारबाहीमा घाइते भएपछि उनलाई उनका कमरेडहरुले जंगलमै छाडेर िहंडेका थिए । दयालु तामाङ बाबा र पछि गुम्बाका लामाले उनलाई दोस्रो जीवन दिएका थिए । उनी केही संचो भएर साथीहरुको सम्पर्कमा पुग्दा दुई महिना नाघिसकेको थियो भने उनी जनयुद्धका महान सहिदमा दरिएका थिए । कार्यक्रम भयो । कार्यक्रममा थिए त्यसबेलाका कमाण्डर रितबहादुर खड्का । उनले सहिदका लिष्टमा सजाइएको उनको नाम आफैलाई काट्न लगाएछन् । कस्तो अनुभूति गरे होलान् हँ सहिदको लिष्टबाट आफ्नो नाम हटाउँदा त्यसपछि उनी उपचारको लागि भारत जाँदै गर्दा हेटौंडामा पक्राउ परे । लामो समयसम्म बेपत्ता पारिए । त्यसपछि उनी जेलमा बसे २ बर्ष त्यसपछि उनी गए फेरि जनमुक्ति सेनामा । केही लडाइँमा पुनः सहभागी भए । अचेल उनी जनमुक्ति सेनाको अस्थायीशिविरमा बसिरहेका छन् । कुनै बेला मनमा उनेको थिएँ -माओवादी जनयुद्धबारे एउटा उपन्यास लेखूँ । १० वर्षको नेपाली जीवनशैली उतारियोस् । जनयुद्धका झरीले भिजेका नेपाली जीवनका केस्राकेस्रा आओस् । तर अजयको संस्मरण पढ्न थालेपछि उपन्यासको आधा तिर्खा त मरिसकेछ । उनको जीवनको कथा र उनले काटेका उकालीओराली कुनै उडन्ते उपन्यासभन्दा कम्ति छैन । पढ्दापढ्दै होइन कि होइन कि जस्तो लागिरहन्छ । तर उनले काटेको उनले भोगेको जीवनका उकालीओराली भने तिनै थिए । कुनै याममा मैले पढेका रुसी चीनिया र भियतनामी उपन्यासको पात्रमा के फरक छ अजयशक्ति अझै पनि सोचिरहेको त्यो अनुहार । के अजयले अरु पनि लेख्ला कामना गरौं -फेरि आउने छ । आउने छ । जारी रहनेछ अजयको यात्रा ।

No comments:

Post a Comment