भोजराज भाटभोजराज भाट
"उकाली-ओराली गरौँ भने खुट्टा सद्दे छैनन्। युद्धकालको चिनो अर्थात् घँुडाको गोली अझै ननिस्किँदा सामान्य हिँडडुलबाहेक केही गर्न सक्दिनँ। हातपाखुराले केही गरौँ भने पनि दुवै हात अपांग छन्। दायाँ हात पूरै काटिएको छ भने बायाँ हातले कुटोकोदालो समाउन मिल्दैन। राम्रोसँग जुँगादारी काट्यो भने गालाभर िछर्राका दाग अझै देखिन्छन्," डँुडो हात उठाउँदै उनी भन्छन्, "छाम्नूस् त सर, यो छर्रा बारम्बार चसक्क बिझिरहन्छ। यसलाई कसरी निकाल्ने होला ?" घुँडा र आँखामा अप्रेसन गरेर निकालौँ भने सबैले भन्छन्, तपाइर्ंलाई एचआईभी/एड्स लागेको छ, अप्रेसन गरेपछि त घाउ निको हुँदैन। झन् पीडादायी भएर मर्नुहुन्छ।"
डोटी, दिपायलका वीरबहादुर दासको अनुहार हेर्दा लाग्छ, उनले ५० को नेटो काटिसकेका छन्। तर, उनको उमेर ३३ पनि नाघेको छैन। घरपरविार, समाज र आफ्नै पार्टीका सहयोद्धाबाट गरनिे व्यवहारले उनलाई दिनप्रतिदिन निरास बनाएको छ। "सबैको व्यवहारले झन् बढी चिन्ता थपिने गर्छ," निन्याउरो मुद्रामा उनी भन्छन्, "एचआईभी/एड्स लागेको मान्छेलाई माया गर्नुपर्छ, हौसला दिनुपर्छ भन्थे तर मैले कसैबाट पनि त्यस्तो व्यवहार पाइनँ।" वीरबहादुर एक सातायता कैलाली, तालबन्दस्थित सातौँ डिभिजन मुख्यालयभित्र बस्ने गरेका छन्। सेना समायोजन विशेष समितिसमक्ष आफ्नो पुनःवर्गीकरण गर्न उनी यहाँ आइपुगेका हुन्। तर, माओवादीको जनमुक्ति सेनासँग हिजोआज कुनै साइनो जोडिएको छैन। उनलाई डेढ वर्षअघि सातौँ डिभिजनले औपचारकि रूपमै निष्कासन गरसिकेको छ। राज्यबाट पाउने स्वैच्छिक अवकाश रकमको लोभमा उनी ३ मंसिरदेखि पुनः मुख्य शिविरमा बस्न थालेका हुन्।दलित परविारमा जन्मेका वीरबहादुर सानैदेखि खच्चड व्यवसायमा लागे। दिपायलबाट कहिले अछाम, कहिले डोटी त कहिले बझाङका दुर्गम गाउँसम्म रासनपानी पुर्याउँथे। द्वन्द्व चर्किने क्रममा उनले ठाउँठाउँमा माओवादी कार्यकर्ता भेटे। उनीहरूका कुरा सुन्दा वीरबहादुर प्रभवित हुन थाले। "माओवादी कताकता आफ्नै जातिको हितमा लडेजस्तो लाग्थ्यो," उनी ती दिन र परविेश सम्भिmन्छन्, "कार्यकर्तासँग कुरा हुँदै गर्दा आफ्नो वर्गको हितका निम्ति आफ्नो ज्यान जान्छ भने पनि ठीकै छ भनेर म माओवादीमा प्रवेश गरँे।" डोटीको लामिखालबाट उनी माओवादीले चलाएको अभियानमा जोडिन पुगे। केही सोध्दै नसोधी नेताले रातो टीका लगाइदिँदा वीरबहादुरलाई अचम्म पनि लाग्यो। उनी सीधै छापामार दस्तामा सहभागी भए। खुकुरीको सामान्य ज्ञान मात्र भएका उनी पहिलो लडाइँ खड्यौलीमा लडे। त्यसपछि उनी सुर्खेत गए, त्यहाँबाट फकिर्ंदा पन्डौनको भिडन्तमा परे। लगत्तैको वनखेत भिडन्त होस् या कोहलपुरको टावर आक्रमण गर्न उनी अग्रपंक्तिमै खटिएका थिए। धनगढी कारागार आक्रमण गर्न जाँदा खाना पुर्याउने जिम्मेवारी दिइएको थियो उनलाई। रुकुमको खारा आक्रमणमा पनि सहभागी भए। त्यहाँबाट फकिर्ंदा सुदूरपश्चिमकै अन्तिम भिडन्तका रूपमा चिनिएको कैलाली-शंकरपुर आक्रमणमा सहभागी हुँदै गर्दा नेपाली सेनासँग भिडन्त भयो। हुन त उनीसँग ४२ वटा राइफलका बुलेट थिए, ती हानेर सिद्धाए, १७ वटा डिस्चार्ज कप पनि सिद्धिए। उनीसँग रहेका दुईवटा गि्रनेट फ्याँक्नका लागि एक हातले पिन थुतेर यसो के बसेका थिए, ठीक त्यही बेला दाहिने कुहिनामा गोलीको छर्रा लाग्यो। गि्रनेट चार्ज भइहाल्यो। र, त्यही विस्फोट हुनपुग्यो। "म त त्यहीँ ढलिहालेँ तर अरू साथीलाई क्षति हुन्छ भनेर म ऐय्यासमेत नभनी त्यत्तिकै भुइँमा लडिरहेँ। मलाई शंका लागिरहेको थियो, मेरो हात गयो कि भनेर, नभन्दै हो रहेछ।" उनी घाइते हुँदाखेरीको क्षण स्मरण गर्छन्, "भुइँमा तातोपानी बगेको आभास भयो, कतै मेरै रगत हो कि भन्ने शंका गरेँ। दायाँ हातको हत्केलाबाट पानीको छहरा बगेझैँ गरी रगत बगिरहेको थियो। यसो यताउति हेरेँ, निकैबेरसम्म कोही आएनन्। आफैँले सकीनसकी स्क्रुलिङ् गर्दै अलि परसम्म घिसि्रने प्रयास गरेँ तर त्यहीँ ढलिहालेँ।" लगत्तै कालीकोटका किरणले उनलाई घिसारेर अलिपरसम्म पुर्याए। त्यसपछि तत्कालीन बटालियन कमिसार प्रेम आएर उनको घाइते अवस्था हेरे।
वीरबहादुर घाइते हुँदा खल्तीमा पानीको बोतल थियो, मुम्बई जाँदा सिकेको ड्राइभिङ् लाइसेन्स पनि त्यहीँनजिकै झरेको थियो। उनलाई केही दिन पार्टीभित्रै उपचार गर्ने प्रयास गरयिो। नसकेपछि भारततिर लैजाने भन्दै बोर्डरनजिक पुर्याइयो। सुरक्षाका कारण केही दिन बोर्डर आसपासमा बस्नुपर्यो। जसोतसो रातारात भारतको लखिमपुर लगियो। त्यहाँ पनि राम्रोसँग उपचार हुनसकेन। भारतीय डाक्टरको सिफारसिमा पन्जाबको जालन्धर पुगे उनी। जालन्धरमा रगत चेक हुँदा उनलाई एचआईभी/एड्स लागेको पत्ता लाग्ोपछि रक्ताम्य भएका वीरबहादुरको उपचार गर्न अस्पतालले मानेन। डिस्चार्ज गरििदयो। तर, उनलाई त्यसबारे केही भनिएको थिएन। लुकीलुकी हिँड्नुपर्ने अवस्था थियो। गौरी भन्ने साथीको सवारी सहयोगले उनी फेर िलखिमपुरतिर फर्किने भए। मेनरोडबाट हिँड्दा चेकअप हुने खतरा थियो, त्यसैले उनीहरूको भ्यान छड्के बाटो हरद्विार हुँदै फर्कियो। वीरबहादुरको भाग्य पनि कस्तो, बाटोबाट आउँदै गर्दा राती नै उनको भ्यान ट्रयाक्टरसँग जुध्योे। उसै त घाइते थिए, त्यसैमा थप थलिए उनी। उनको उपचारका लागि खटिएका दुई जना पनि सिकिस्तै भए। प्रहरीलाई बोलाऊँ आफँै फसिएला भन्ने डर, नबोलाऊँ ट्रयाक्टरले भ्यानसमेत किचिदिँदा आफ्नो ड्राइभरसमेत घाइते भएको अवस्था। वीरबहादुरको हड्डीको एकछेउमा छर्रा देखिइरहेको थियो। त्यसलाई रुमालले बाँधेर लुकाइयो। त्यत्तिकैमा गाउँलेहरू जम्मा भए। उनीहरूले प्रहरी बोलाए। भारतीय प्रहरीले उल्टै घाइते किन भयो भनेर छानबिन गर्न थाले। वीरबहादुरको हात र खुट्टा आरा मिलमा किचिएको बहानामा बल्लतल्ल कुरा मिलाइयो। प्रहरीकै भ्यानमा उनीहरू हरद्विार पुगे। त्यहाँबाट लखिमपुर पुगे। लखिमपुरमा उनको दायाँ हात चटक्कै काटियो। र, नेपाल पठाइयो। त्यतिबेलासम्म साथीभाइले उनलाई एचआईभी/एड्स लागेको सुइँकोसमेत दिएका थिएनन्। कैलालीको उत्तरी जंगलतिर आइपुग्दासम्म आफ्नै साथीभाइले बेवास्ता गरेको महसुस हुन थाल्यो, उनलाई। बाटोमा हिँड्दै गर्दा उनी दुई दिन लगातार भिज्न पुगे। घाउ पाक्न थाल्यो तर उपचारतिर आफ्नै सहयोद्धाले त्यति ध्यान दिएनन्। हातमा कीरा पर्न थाल्यो। त्यतिखेर प्राथमिक उपचारको सामान्य ज्ञानसमेत नरहेका कञ्चनपुरका उज्ज्वल चौधरीले उनको घाउ सफा गर्ने काममा निकै सघाए। उनले सकिनसकी ड्रेसिङ् गरििदन्थे। त्यसपछि डोटीका प्रताप पुन मगर उपचारमा खटिए। त्यसको केही दिनमै एटम, सिंहराज -अहिले साताँै डिभिजन भाइस कमान्डर छन्) आए। उनले गुनासो पोख्न थाले, "मैले यो जनयुद्ध आफ्नो वर्गका लागि यस्तो घाइते हुन पुगे, म भीरबाट खसेको होइन। मेरो आफ्नै कारण भएको होइन, प्रत्यक्ष लडाइँमा घाइते भएको हुँ। ठीक छ, पार्टीलाई अप्ठ्यारो छ भने मलाई गोली हानी सहिद बनाइदिनूस्, होइन भने मैले त्यस्तो के अन्याय गरेको छु। जबकि, भातरोटी मैले सपनामा देख्ने अवस्था आइपर्यो।" उनको कुरा सुनेपछि जिल्लास्तरीय नेताहरूले लखनउबाट औषधी मगाए। एचआईभी/एड्सबारे उनले गाइँगुइँ हल्ला सुन्न थाले। "हल्ला सुनेँ तर कसलाई हो, के हो भन्ने यकिन भएन। त्यसैले मैले वास्ता गरनिँ," पुराना दिन उनको आखाँवरपिर िनाँच्छन्, "मलाई एचआईभी/एड्स छ भनेर भन्ने कुुरा पनि भएन तर त्यतिबेला थाहा भइदिएको भए म जसोतसो गरी आत्महत्या गथेर्ं।"
०६२ सालको सुरुतिर रम्भापुर लडाइँ भयो। घाइते भएकालाई गुटुमा उपचार गर्ने व्यवस्था पार्टीले गर्यो। साउनको महिना, कैलालीको सोल्टाबाट उनलाई काठको डुंगाबाट गुटु पुर्याइयो। गुटुमा उपचार भइरहेको थियो। एक दिन वीरबहादुरकै हेल्परलाई अर्कोले भनेको कुरा उनको कानमा गुन्जियो, "अहिले सहयोग त गर्छन् तर तँलाई पनि एड्स लाग्छ अनि थाहा पाउलास्।" वीरबहादुर छाँगाबाट खसेजस्तै भए। उनको मनोदशा शून्यमा झर्यो। निस्तेज र निष्प्रभावी। तर, जीवन हो कहीँ न कहीँ जिजीविषा हुन्छ। "संगठनको मान्यता राख्नका लागि बच्नुपर्छ भन्ने लाग्थ्यो," उनी भन्छन्, "तर, औषधी उपचारमा लापरबाही गरेको देख्दा आत्मनिराशा छाउन थाल्यो। जीवनमा केही पनि बाँकी रहेन भन्न लाग्न थाल्यो अनि लुकीछुपी मदिरा सेवन गर्न थालेँ।"
त्यसपछि उनी घर फर्किने जिद्धि गर्न थाले। पार्टीले साजन नाम गरेका व्यक्तिसँग संकटकालकै अवस्थामा उनलाई डोटी फर्कायो। घर फर्किएपछि सबैले राम्रो खानपिन दिन थाले। उनको शरीर भरएिर आयो। खालि हड्डीको मात्र उपचार बाँकी थियो, त्यो पनि टाँका लगाएपछि पुरयिो। हिँडडुल गर्नसक्ने भए। सबै ठीकै भइरहेको थियो, एक दिन डोटी जोराइलका एक जना पार्टी कार्यकर्ताले उनलाई मुखमुखै सोधे, "तपाईंलाई त एड्स लाग्यो भन्छन् नि ! के हो ?" मनमा चसक्क हुँदाहँुदै पनि उनले जवाफ फर्काए, "खै कसैले अहिलेसम्म मलाई भनेको छैन, थाहा पनि पाइनँ।" गाउँभर िएचआईभी लागेको हल्ला चल्यो। उनको आत्मा दुख्न थाल्यो। यो जिन्दगी के जिन्दगीजस्तो लाग्न थाल्यो। त्यही बेला माओवादी पार्टी शान्ति प्रक्रियामा आयो। उनी फेर िलडाकूको घाइते दस्तासँग जोडिन पुगे। सातौँ डिभिजनबाट उनी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन -अनमिन)बाट दुईपटक प्रमाणीकरणमा परे। दुवै हात नभएको मान्छे, त्यसमाथि एचआईभी/एड्स लागेको, आफ्नै साथीभाइबाट खानपिन, बसउठ गर्दा फरक व्यवहार गर्न थालेपछि उनी झन् निराश हुन थाले। उनको मदिरासेवन पनि दिनानुदिन बढ्न थाल्यो। साथीभाइ, जो आफूलाई पानी बाराबारको व्यवहार देखाउँछन्, उनीहरूलाई वीरबहादुरले अश्लील गालीगलौज गर्न थाले। ब्यारेकभित्रका साथीहरूले खाएको थाल पनि अलग्गै राख्ने, गिलास पनि नछोऊ भन्ने। बसउठ र सुत्दासमेत अछूतको व्यवहार गर्न थालेपछि आफ्नै कमान्डरसँग झगडा पर्न थाल्यो उनको। उनी स्वीकार्छन्, "मदिरा मेरो कमजोरी नै हो तर कसैले मेरो पीर नबुझिदिएकाले त्यस्तो हुन गयो।"
वीरबहादुरको जीवनमा अर्को मोड आयो, प्रेम प्रकरण। पुख्र्यौली घर डोटी भएकी तर कैलालीमा दोस्रो विवाह गरेर बसिरहेकी एक महिला। ती महिलाका दुई बच्चा थिए। श्रीमान्ले धेरै पिट्न थालेपछि उनी आजित भएर सम्बन्धविच्छेद गरेर मसुरयिाछेउ माइतीमै बसिरहेकी थिइन्। गर्भवती अवस्थामा श्रीमान्ले धेरै पिटेपछि आफू या बच्चा बच्ने अवस्था आइपर्यो। महिलाले बच्चा नहुने अप्रेसन गरेर आफूलाई रोज्न पुगिन्। वादी थरकी तिनै महिला घुमाउरो नाता जोड्दा वीरबहादुरकी साली पर्ने रहिछिन्। ०६४ सालको दसैँको बेला थियो, ती महिला बढैपुर मेलामा आएकी थिइन्। उनले आफ्नो पीडाको बेलिविस्तार सुनाइन्। "उहाँ -ती महिला)को पीडा सुनेपछि दया लाग्यो, मैले विवाहको प्रस्ताव राखँे, उहाँले बच्चा पाउन नसक्ने यथार्थ कुरा सुनाउनुभयो। मैले आफू पनि एचआईभी/एड्स भएको र तपाइर्ंजस्तै दुःख पाएको व्यक्तिबाट सहारा खोजेको सुनाएँ। मेरो प्रस्तावप्रति उहाँ राजी हुनुभयो," वीरबहादुर भन्छन्, "मान्छेको जीवनमा कतिबेला के हुन्छ, थाहा नहुने रहेछ।"
घाइतेहरूको बसोबास पहलमानपुरमा थियो। उनी ती महिलालाई लिएर सोही स्थानमा गए। उनको प्रेम विवाहलाई कालीकोट घर भएका कमान्डर विनरले स्वीकृति दिएनन्। त्यसपछि उनलाई समातेर तालबन्द लगियो। उनी ती महिलाप्रति यति नजिक भइसकेका थिए कि अनेक बहाना निकालेर रातारात झन्डै दुई घन्टाको बाटो पर्ने मसुरयिामा भेटेर फेर ितालबन्द मुख्य शिविरमा फर्किन्थे। एक रात ती महिलासँग बसिरहेको अवस्थामा समातेर उनलाई मसुरयिाबाट झन्डै दुई घन्टा बसयात्रामा पुगिने सहजपुर क्याम्पमा पठाइयो। ती महिलाले ब्यारेकमा फोन गर्न थालिन्, कमान्डरले हप्काएर पठाइदिए। उनलाई सकभर माइतीमा बस्न वा त्यहाँ पनि नसके काम गरेर खान सल्लाह दिइयो। "एक दिन मेरो उनीसँग फोनवार्ता भयो, रुवाबासी चल्यो, आखिर मैले त्यति ठूलो अपराध त गरेको थिइनँ नि, ठगेर ल्याएको होइन," वीरबहादुर भावुक हुँदै भन्छन्, "यदि मेरो जीवनमा उहाँले स्वीकार गर्नुहुन्छ भने अरूलाई किन आपत्ति ? मैले कमान्डरसँग प्रतिप्रश्न गरेँ, त्यतिबेला। समाजकै हिसाबले कुरा गर्नुहुन्छ भने विछोड भइसकेको व्यक्तिसँग विवाह गर्न पाइन्छ कि पाइँदैन ? माओवादी भइसकेपछि जनताकी छोरीसँग विवाह गर्न पाइने कि नपाइने ?" चित्तबुझ्दो जवाफ पाएनन् उनले। आक्रोशित हुँदै उनी प्रतिवाद गर्दै गए रे! भन्छन्, "मैले संगठनको प्रक्रिया पुर्याउन सकिनँ होला, त्यसको कारबाही भोग्न तयार छु। मेरो बदला ढुंगा उसले बोक्छ, बरु म यस्ता डँुडा हातले भाँडा माझ्न तयार छु। तर, कारबाहीका नाममा मान्छे मारििदनु त भएन नि ! भोकै राख्नु भनेको मार्नु त हो!"
प्रेम प्रसंग महिलाको माइतीघरसम्म पुग्यो। एक जना लडाकूले उनलाई एचआईभी/एड्स लागेको सुनाइदिएपछि माइती पक्ष झन् वीरबहादुरप्रति नकारात्मक भए। विवाहको मञ्जुरी दिएनन्। हुँदाहुँदा वीरबहादुरसँग लागेकी भनेर महिलाका माइतीले समेत सँगै नबस्ने, एउटै भाँडोमा खाना नखाइदिने व्यवहार देखाउन थाले। माइतीसँगको विवाद छँदै थियो, कमान्डरसँग झन् चर्किन थाल्यो। एकदिन वीरबहादुरलाई कमान्डरले दुइटा विकल्प दिए या पार्टी छोड्नुपर्ने या श्रीमती। उनले दुवै नछोड्ने अड्डी लिए। कमान्डरले एउटा रोज्नैपर्ने दबाब दिएपछि उनले श्रीमती छोड्न सक्ने तर आफूलाई एक जना सहयोगी दिइनुपर्ने माग राखे। त्यो पनि कमान्डरले इन्कार गरििदए। उनले एकलौटी निर्णय लिँदै महिलालाई भगाएर विवाह गरे। त्यसपछि उनीमाथि चार कमजोरीको आरोप लगाइयो। पहिलो, सांगठनिक प्रक्रिया मिचेको, दोस्रो, मदिरासेवन गरी रातीराती भेटेको, तेस्रो, विवाहित महिलालाई भेटेको र चौथो, एचआईभी/एड्स पीडित भएको। यी आरोप लगाउँदै वीरबहादुरलाई २९ भदौ ०६५ मा पार्टी र 'जनमुक्ति सेना'बाट निष्कासन भएको र आइन्दा उनका बारेमा पार्टी जवाफदेही नभएको घोषणा गरयिो। बिदा हुने बेलामा कमान्डरले अपांग भएकै नाताले उनको हातमा ३० हजार रुपियाँ थमाइदिए। त्यहाँबाट उनी श्रीमती लिएर डोटी फर्किए। पहिला माओवादी भयो, अहिले यस्तो भयो भनेर उनलाई गाउँलेले गिज्याउन पनि थाले। अत्यन्तै विरक्त हुँदै उनी भन्छन्, "त्यति हँुदासम्म पनि मैले संगठनकै पक्ष लिन्थँे, घाइते अवस्था भयो, पार्टीले आराम गर्न पठाएको हो भन्थेँ।" ३० हजार रुपियाँ गोजीमा हुञ्जेलसम्म उनले खाएपिए तर त्यसपछि के ? फेर िबिचल्लीका दिन सुरु भए। उनी डोटी पार्टी कार्यालय गए। त्यहाँ पनि उनलाई कसैले भागेर आएको आरोप लगाए। "अति हुन थालेपछि फेर िमैले नशा सेवन गरेरै गाली गर्न थालँे, सालेहरू मेरो हात फिर्ता गरदिेऊ। दुई हात भएको भए केही गरेर खान सक्थँे नि ?" उनी कथा सुनाउँछन्। वीरबहादुर घरमा भइरहेका बेला बाबुराम भट्टराई डोटी गएका थिए। त्यसबेला पनि उनले मदिरा पिएरै चर्को स्वरमा आक्रोश पोखेका थिए। "ल ठीक छ, हामी बुझौँला भनेर भट्टराईले थमथमाउनुभएको थियो," उनी आक्रोशित हँुदै भन्छन्, "तर, अहिलेसम्म बुझ्याबुझ्यै मात्र भयो।"
निष्कासनका बेला वीरबहादुरले ३० हजार रुपियाँ पाएका थिए, त्यसपछि एक सुको नपाएको दाबी गर्छन् उनी। सातौँ डिभिजन कमान्डर वीरेन्द्र बुढा 'जीवन' आरोप सत्य नभएको जिकिर गर्छन्। भन्छन्, "दीर्घकालीन रोगी भएकाले आराम गर्नका लागि उनलाई घर पठाएको हो। अहिलेसम्म हरेक महिनाको एक हजार लेबीबाहेक चार हजार तलब र रासन भत्ता घरमै पुर्याइदिने गरेका छौँ।" घरमा बिचल्ली हुँदै गएपछि उनी फेर िपार्टीको सिफारसि लिएर तालबन्द फर्किए। त्यसबेला पनि कमान्डर मित्रमणिले निष्कासन भएको मान्छे फेर िबस्न नपाइने भन्दै धपाएको दुःखेसो पोख्छन्, वीरबहादुर। त्यसपछि माग्दै गुजारा चल्न थाल्यो। गएको असारमा घाइते तथा अपांग भनेर द्वन्द्वपीडित राहतस्वरूप एक लाख रुपियाँ पाए, जसबाट उनले कुखुरापालन पनि सञ्चालन गररिहेका छन्। पन्जाब अस्पतालले तीन महिनामै मर्छ भनेर घोषणा गरेका वीरबहादुर हिजोआज अझै पर्याप्त जीवन जिउने आशमा छन्। भन्छन्, "जीवनमा जस्तो भए पनि हार खान भने हुँदो रहेनछ।"
No comments:
Post a Comment