चाँदनी हमाल, चौकीडाँडा, (चितवन), फागुन २३ - काठमाडौंबाट चिल्लो गाडी चढेर बाजेबज्यै भेट्न चोकमान प्रजा मंगलबार चितवन कविलासको उकालो चौकीडाँडा आइपुगे जहाँ विषालु च्याउ खाँदा नौ महिनाअघि उनले आमा सोमती, बुबा बुद्धिबहादुरसहित तीन दाजु गुमाएका थिए।
पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ र उनकी पत्नी कमलाको काखमा खेल्दै घर फिरेका चोकमान नौ महिनामा निकै फेरिएछन्। सेनाले झैँ छाती तन्काएर, पाइन्टको गोजीमा दुवै हात पसाएर गाडीबाट उनी उत्रिंदा ८० वर्ष काटेका हजुरबुबा कता छ नाति भनेर हेर्दै थिए। बिहानदेखि नाति आउँछ भनेर स्कुलको चौरमा आएका हजुरबुबा मइत चेपाङ नाति नजिकै देखेपछि उहीतिर हान्निए। 'बाबु चिनिस् मलाई? म तेरो बाजे,' मइतले यसो भन्दा चोकमानले एकछिन घोरिएर हेरे, अनि मुसुक्क हाँसे।
हजुरबाले फूलको माला लगाइदिएर नातिको स्वागत गरे। छातीमा टाँस्न मन लागे पनि सुकिला चोकमानलाई छुन उनले अप्ठेरो माने।
त्यत्तिकैमा हजुरआमा सन्चरी कोशेली बोकेर आइपुगिन्। निकै पहिलेदेखि नाति भेट्न मन गरेकी उनी देख्नासाथ धर्धरी रोइन्। 'बाबु मलाई चिनिस् त?,' उनले हर्षले भक्कानिँदै भनिन्, 'म तेरी बज्यै।' बज्यैको हालत देखेर चोकमानले पनि रुन्चे मुख बनाए।
बज्यैले चोकमानलाई तानेर काखमा लिइन्। गत असारमा छोराबुहारी र तीन नाति गुमेको पीडाले सन्चरीको आँखा ओभाइसकेका छैनन्।
हजुरआमासँग एकछिन बसेर चोकमान फेरि छत्रमानकै हात समात्न पुगे। हजुरआमाको नाति हेर्ने मन नभरिएकाले उनले बोकेरै एकान्त लगिन्। कोशेलीस्वरूप उसिनेको अन्डा चोकमानलाई दिइन्। चोकमान कपाकप खान थाले।
'कस्तो गोरो भएछ नाति,' उनले भनिन्, 'यसैलाई भनेर कुखुरा बेचेर अन्डा किनेर ल्याइदिएकी।' साथमा एउटा भुइँकटर पनि बोकेकी थिइन्।
विद्यार्थी र गाउँले सबै चोकमानको फेरिएको रुप देखेर दंग थिए। 'कति कालो र धुस्रेफुस्रे चोकमान अहिले कस्तो भयो,' भिडमा खासखुस चल्दै थियो। चोकमानले गाउँले साथीभाइ र आफ्नै एकवर्षे भाइलाई भेटे। भाइ देख्दा अचम्म मानेर हेरेका उनले अरुले भाइ हो भनेपछि मात्र पत्याए।
तीन वर्षका चोकमानको नाममा गुरुङ दम्पतीले प्रभाष थपिदिएका छन्। अंग्रेजी स्कुलमा नर्सरीमा भर्ना भएका उनी पहिले भन्दा चलाख भएका छन्। गाउँमा छँदा मानिस देखे डराउने उनी अहिले अंग्रेजी वर्णमाला हाँक्ने भइसके। उनी काँटा चम्चा चलाउँछन्। फोहरमा खेल्ने र हिँड्ने बानी हटिसक्यो।
'बाजे भेट्न जाने भनेर उधुम गर्योा', कमलाले भनिन्, 'घरमा पनि सात दिनअघिदेखि दिन गनेर बसेको थियो।' गाउँघर र परिवारबारे उसलाई बेलाबेला जानकारी गराउने गरेको गुरुङले बताइन्।
'अब चोकमानले आफ्नो भविष्यसँगै यो गाउँको भविष्य पनि फेर्नेछ,' गाविस सचिव प्रद्युम्न खतिवडाले भने, यो गाउँको पीडा र सास्तीलाई विकासको उज्यालोले हटाउनेछ।'
कसैलाई पीडा, कसैलाई खुसी हुने संसारको रीतजस्तै गुरुङ परिवारमा पनि सानो चोकमानले ठूलै खुसी छरेको पूर्व सेनापति गुरुङले बताए। 'मेरा पनि दुई छोरा छन्, उनीहरुलाई जसरी पाले त्यसैगरी चोकमानलाई पनि पालेको छु।'
हरेक मानिसका आफ्नै व्यक्तित्व हुने भन्दै उनले चोकमानकै परिश्रमले यहाँको परिवारको पीडा बिर्साउने बताए। 'म पनि सामान्य गुरुङ परिवारको मानिस, प्रधान सेनापतिको बागडोर सम्हालेँ, चोकमान पनि उसको विवेकले केही न केही बन्छ।'
चोकमानकै कारण गाउँसँग जोडिएको नाता बलियो बनाउन गाउँलेले खेपिरहेको पानी अभाव पूर्ति गर्ने प्रयास सफल हुन लागेको जानकारी उनले दिए। गाउँमा खानेपानीका लागि ५० लाख सहयोग आउने पक्कापक्की भएको गुरुङले जनाए।

from Nagarik
No comments:
Post a Comment