२३ वैशाख, काठमाडौं । राजधानीमा यतिखेर सिरिसको फूलको चर्चा व्यापक
बनेको छ । एकातिर साहित्यकार पारिजातको चर्चित उपन्यास ‘सिरिसको फूल’मा
निर्मित चलचित्रको प्रशर्दनी सुरु भएको छ भने अर्कोतर्फ चलचित्रको
प्रदर्शनीकै बेला पारेर राजधानीका सडक छेऊमा ढकमक्क सिरिस फुलेर भूइँमा
झरिरहेको छ । विशेषगरी नारायणहिटी वरपरको दृश्य मनमोहक बनेको छ ।
पारिजातले किन आफ्नो उपन्यासको नाम ‘सिरिसको फूल’ राखिन् ? के उनले
काठमाडौंमा यस्तै ढकमक्क फुलेको देखेर यसको वर्णन गरेकी थिइन् ? होइन,
पारिजातको मिथकमा सिरिस त्यस्तो फूल हो, जो भँवराको एकै चुम्बनमा भूइँमा
र्झछ । तर, यतिबेला काठमाण्डौंको व्यस्त सडक छेऊमा फूलेका सिसिरका रुखहरु
हेर्दा यस्तो लाग्छ, यी फूलहरु यति धेरै छन् कि जसलाई चुम्न भँवराहरुले
भ्याएका छैनन् ।
हेर्नुहोस् दरबारमार्ग वरिपरि फुलेको सिरिसः
No comments:
Post a Comment