ध्रुवराज अधिकारी
सहरमा ‘उमा’को चर्चा थियो । हामीभन्दा अगाडिपट्टिको लहरमा उनै उमा रहिछन् । चलचित्रको आधाआधी पुगेपछि मात्रै उनलाई देखेँ । ‘ए, हिरोइन पनि यहीँ रहिछन्’ मुखबाट अनायसै फुस्कियो ।
कथानक वियोगान्त रहेछ । हामी बाँचेको गोधुली वियोगान्त हुन्छ कि सुखान्त त्यो हेर्न बाँकी नै छ । संवाद कति जीवन्त ? हरेक वाक्य डायरीमा टिपुँ टिुपँु लाग्ने । हातमा डायरी र कलम थिएन । कथासँगै रोमाञ्चित हुन र रुन छाडेर टिप्न लागेको भए शायद यो मनलाई खल्लो हुन्थ्यो । आफ्नै प्रहरी अधिकारी दाजुको पिस्तोलबाट निस्किएको गोली लागेर उमा ढलिन् । असल हुन कति गाह्रो ? यसअघि महाभारतमा अर्जुन, कर्ण, युधिष्ठिर, पितामह सबैको दुविधा पढेको हुँ । गुरुचरण दासले ती दुविधालाई निकै मर्मस्पर्सी वर्णन गरेका छन्—‘डिफिकल्टी अफ बिइङ गुड’मा । बाबुराम प्रधानमन्त्री भएपछि प्रधानसेनापति गौरव शमशेरले उनलाई दासको यो पुस्तक उपहार दिएका थिए भन्ने सुनेको हुँ । उमा बसेकै लहरमा बाबुराम पनि छन् । गोली चलाउँ आफ्नै बहिनी । सानुदेखि सँगै हाँसेको, खेलेको सम्झना फिल्मको रिलझैं टाउकोभित्र फनफनी भइरहेछ । नचलाउँ आफूभन्दा माथिको अधिकारी ‘सुट हर’, ‘सुट हर’ भनेर चिच्याइरहेको छ । हरेक प्रहरी वा सिपाहीका लागि आदेश र कर्तव्यको पालना सर्वोपरि हुन्छ । उसले ट्रिगरमा औंला दबायो । एकछिन टोलायो । ऊ त सुर पाउन छोडेजस्तो भयो । अनि एक्कासी भक्कानिएर मरणासन्न बहिनीलाई छाँद हाल्न पुग्यो । उसले ‘कान्छो’ भनेर पुकाथ्र्यो, उमालाई सानुमा । अनि ठूली भइन्जेल पनि । सुगरले ग्रस्त भएकी आमा बाबु तैंले के गरिस् भन्दै आइपुगिन् । जनयुद्धमै लागेपछि पनि उमा दाजुलाई विहेको बधाई दिन घर पुगेकी थिई । ऊ फेरि चिच्यायो– कान्छो ! उसकी बहिनी उसैले नुनको सोझो गरिरहेको राज्यको नजरमा माओवादी आतङ्कारी थिई ।
आँखामा आँसुको इनार टलपल भयो । उठेँ, दुई लहर
तल बसेकी सुनितालाई हेरेँ । उमाभन्दा पनि सानो उमेरमा उनी छापामार भएकी
हुन् । सुनिताको काखमा छोरी निदाएकी रहिछे । उमाको पेटको बच्चा उमासितै
मारियो । मलाई सुनितासित अँगालो हालेर रुन मन लाग्यो । उमाले जस्तै उनले
पनि आफ्नो पहिलो प्रेम गुमाएकी छिन् । अस्ति ‘चक्रब्यूह’ हेरिसकेपछि
रातैभरि निद्रा लागेन । बिहानै अनिदो आँखा लिएर भर्खरै हातलागेको सानोतिनो
जागिरतर्फ कुदेँ । पर्सि पत्रिका निस्कन्छ । बिहानै उठेर जानु छ भोलि ।
बाह्र बजीसक्यो, सुतेको छैन । केही लेख्न खोजिरहेको छु, उमाको सम्झनामा ।
छोरीलाई काखमा च्यापेर बाहिर निस्केँ । मेरी
छोरीले साढे तीनवर्षे जीवनमा हलमा आएर हेरेको यो पहिलो फिल्म हो । सुनिताको
बारेमा उसलाई अलिकति थाहा छ । हाम्रो वसन्त बासित पनि बन्दूक छ है भन्छे ।
एचएमजी लिएर खडा भएको बसन्तको फोटो भित्तामा झुण्डिरहेको छ । आइएस्सी
दोस्रो वर्षको परीक्षा सक्याएर घर गएको त्यतैबाट कमरेड बनेर हुर्रिएपछि हल
आएर हेरेको यो पहिलो फिल्म हो मेरो पनि । अस्कलकै एलुम्नस बाबुराम बाहिर
टिभी च्यानलका क्यामरा अगाडि बोल्दै रहेछन् । मलाई आफू भाग्यशाली भएझैं
लाग्यो । कम्तीमा म त कथाकै लयमा, आफ्नै धुनमा हुँडलिँदै, एकतमासको मन लिएर
बाहिर निस्कन पाएँ । कम्तीमा एउटा दुःखान्तपछि कसैसित केही नबोली चुपचाप
घरतिर सोझिन पाएँ । तर, पूर्वप्रधानमन्त्री बाबुरामले पाएनन् । यी टिभीका
क्यामरा कति निर्दयी ? सार्वजनिक पद धारण गरेकाहरुलाई पनि मनमा कुरा
खेलाउँदै आफ्नै सुरमा नितान्त निजी लहडमा बत्तिन मन हुँदैन होला र ?
लिफ्ट मागेर घर आएँ । कारभित्र पनि एउटा कथा रहेछ । सुनिताले कोठामा
आएपछि सुनाइन् । जीन पल सात्रले शायद ठीकै भनेका छन्, ‘ह्युमन कण्डिसन इज
एब्सर्ड ।’ निद्रा लागेको छैन । दुई खिली चुरोट उडिसक्यो । कथाको एउटा गीत
कानमा बजिरहेको छ– ‘हामीलाई समयले उडायो ।’
छोरी
सुतिसकी । सुनिता पनि निदाइन् । हुनसक्छ उनलाई थकाइ लागेको छ । सपना
देख्दैछिन्, शायद । सपना शब्दले यो मनभित्र कस्तरी कोतर्छ । उमाको नर्स
बन्ने सपना रहेछ । कतिको डाक्टर बन्ने सपना थियो होला । यो सपना र हुरीको
के साइनो छ कुन्नि ? हुरी, समयको हुरी सपनालाई लखेट्दै आइपुग्छ ।
मलाई लाग्छ, उमा सहिद भइन् । सुकरातलाई जस्तै
मर्नुअघि उनलाई कस्तो आनन्द आइरहेको थियो । त्यो उनले आडैमा रोइरहेको
पुलिस दाजुलाई भनिन् । कतिपय महान् मान्छेहरु त अझै ऐच्छिक मृत्युवरण
गर्छन् । उमा जस्ता हजारौंको रगतले पोलेर २ सय ५० वर्ष बूढो राजशाही खरानी
भयो । आज गणतन्त्र दिवस पनि हो नि । यो सम्झेपछि भने जीवनमा केही जितिएछ
जस्तो लाग्यो । वीभत्स निराशा भोगेको छु जस्तो लागेन । सुन न सुनिता ! म
तिमीलाई एउटा कविता सुनाउँछु । ‘बिसे नगर्चीको बयान’ छ मसित, हिजो भर्खरै
किनेर ल्याएको । नभए संगीतस्रोताको ‘म कठमाडौं आइपुगें’ पनि छ । अझ गोपाल
प्रसाद रिमालको आमाको सपनामा रहेको यो ‘आँसु’ कविता सुन न—
नरुझिइ आँसुले पाए
ताप्न जसले सुन्दर घाम
यी देउता हुन् या ढुङ्गा हुन्
तर—
म, मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण ।
धत्, तिमी त निदाइसक्यौ । तिम्रो खुट्टाको हाड, रगत र मासु कुकुरलाई खुवाएको त होइन नि । सहिद उमा र जिउँदा सुनिताहरुको रगतले धर्तीलाई सिंचेर नै त हामी गणतन्त्र नेपालका नागरिक भएका छौं । स्कूले जीवनको सपना थिए नि के के पो बन्ने, मगज खुस्किएर त्यो सपनाको खामबन्दी खोल्दै नखोली जलाएको पनि होइन हामीले ।
‘हुनुपर्ने’ र ‘भइनँ’ बीचको गोधुली । उमाको पनि त्यस्तै परिबन्ध । के फरक पार्छ र यसले ? उमा नमरेको भए हुन्थ्यो । ‘चक्रब्यूह’मा कविर र उनकी प्रियसी नमरेको भए हुन्थ्यो । यी कथाकार, स्क्रिप्टलेखक हामीलाई यसरी किन घरी–घरी रुवाउँछन् ? अरुलाई नरुवाए यिनको चुल्हो बल्दैन ? शायद उनीहरु पनि समयका निमित्त पात्र हुन् । उमा समयले जन्माएकी एउटा नायिका हुन् । उनलाई समयले उडायो । अनि उनले पनि त समयलाई उडाइन्, हुरीले पत्करलाई जस्तै । उमाहरु गोलीले उडाइन तयार भएरकोले नै त निरंकुशतन्त्र उड्यो र आज दिउँसो टुँडीखेलमा गणतन्त्रको खुसीयालीमा ध्वजापतका लहराए । अब विस्तारातर्फ लागेँ । उमासितको बसाइमा मलाई धीत मरेको छैन । उनलाई सपनाभरि भेट्न पाऊँ ।
२०७० जेठ १५
नरुझिइ आँसुले पाए
ताप्न जसले सुन्दर घाम
यी देउता हुन् या ढुङ्गा हुन्
तर—
म, मानव हुँ, म जिउँदो छु
आँसु मेरो प्राण ।
धत्, तिमी त निदाइसक्यौ । तिम्रो खुट्टाको हाड, रगत र मासु कुकुरलाई खुवाएको त होइन नि । सहिद उमा र जिउँदा सुनिताहरुको रगतले धर्तीलाई सिंचेर नै त हामी गणतन्त्र नेपालका नागरिक भएका छौं । स्कूले जीवनको सपना थिए नि के के पो बन्ने, मगज खुस्किएर त्यो सपनाको खामबन्दी खोल्दै नखोली जलाएको पनि होइन हामीले ।
‘हुनुपर्ने’ र ‘भइनँ’ बीचको गोधुली । उमाको पनि त्यस्तै परिबन्ध । के फरक पार्छ र यसले ? उमा नमरेको भए हुन्थ्यो । ‘चक्रब्यूह’मा कविर र उनकी प्रियसी नमरेको भए हुन्थ्यो । यी कथाकार, स्क्रिप्टलेखक हामीलाई यसरी किन घरी–घरी रुवाउँछन् ? अरुलाई नरुवाए यिनको चुल्हो बल्दैन ? शायद उनीहरु पनि समयका निमित्त पात्र हुन् । उमा समयले जन्माएकी एउटा नायिका हुन् । उनलाई समयले उडायो । अनि उनले पनि त समयलाई उडाइन्, हुरीले पत्करलाई जस्तै । उमाहरु गोलीले उडाइन तयार भएरकोले नै त निरंकुशतन्त्र उड्यो र आज दिउँसो टुँडीखेलमा गणतन्त्रको खुसीयालीमा ध्वजापतका लहराए । अब विस्तारातर्फ लागेँ । उमासितको बसाइमा मलाई धीत मरेको छैन । उनलाई सपनाभरि भेट्न पाऊँ ।
२०७० जेठ १५
from onlinegreatway
वाह!शव्दहरु मार्मिक लाग्यो त्यसो त प्रचारमा आएदेखि हेर्ने रहर नजागेको होइन
ReplyDeleteपहिलो- हलमा जाने वानी परेको छैन फेरी फिल्म कल्पनिक हो भने हाम्रो यथार्थ,भोगाई सिद्दान्त अनि व्यावहारिक अन्विज्ञाताको विचवाट गरिएको अभिनया कस्तो न होला
भनेर पनि गएन अव भने खुल्दुली लाग्यो म पनि भोली नै समय छुट्याउछु अनि नजिकवाट नियल्ने कोशीस गर्छु ।
चेतन बुढा मगर रुकुम
DeleteIndu Adhikari: Vai kasto man chhune lekh rahechha. Ek patak Uma herne man chha. Keep on writing. Really good one .
ReplyDeleteUttam Pachya: Nepali well dhruba, it's great write up. i can feel the emotion a real emotion that u have gone through in ur life...i can guess timile yestai yestai jivan najik bata dherai anubhav gareka houla...hope to seeyour such write up in future as well
ReplyDeleteDPak Pariyar: Yekdamai mann chhoyo dai. "Uma" sanga jodera aafnai ra aafujasta hajarauko katha sametnubhayeko rahechha.
ReplyDelete