२०७६ पौष २६ शनिबार ०८:५०:००
कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व रगतबाट सिंहासित जंगबहादुर राणा बेलायत पुग्छन् । एकछत्र राजवाला जंगबहादुरलाई संसारै राज गर्ने अंग्रेजी आफ्ना शाखासन्तानलाई पढाउने तिर्खा लाग्छ । कुइरे मास्टर साथ लिई जंगबहादुर फर्कन्छन् । ‘सिओडब्लु काउ’ पढाउँछन् । तर, ‘काउ’ माने ‘गाई’ भन्ने बेलायती मास्टरलाई ‘थाहा मरु’ । जंगबहादुर राणा रन्थनिन्छन् ।
काउ माने गाई जानेको मास्टरखोजी सुरु हुन्छ । सात सरदार वनारस पुग्छन् । भेट्छन्, रणध्वजपुत्र गरुडध्वजलाई । राणा आदेश झर्छ, ‘जसरी भए पनि काठमाडौं ल्याऊ ।’ तर, रानाले प्रस्ताव अस्विकार्छन्, ‘मेरो बाबालाई मारेको ठाउँ फर्कन्नँ ।’सात सरदार सकसिन्छन् । लाख प्रयासपछि अन्तमा, गरुडले तीन ‘सर्त’ राख्छन्ः एक– हरेको सम्पूर्ण सम्पत्ति फिर्ता, दुई– मारिएका पिताको कप्तान पद मलाई, तीन– काठमाडौं पुग्दा सिन्दुर जात्रा ।
सर्त मन्जुर भएपछि राना फर्कन्छन् । लाल दरबारमा पढाउँछन् । चार कक्षापछि कहाँ पढाउने ? पाँच कक्षा पढाउन स्कुल खुल्छ, दरबार हाइस्कुल । ‘२०४२ सम्म त मलाई मगर हुँ भन्ने थाहा थिएन । लाङ्घाली गठन भएपछि बाबा (शान्तध्वज) मकवानपुर अध्यक्ष हुनुभयो । म पनि अभियानमा जोडिएँँ,’ कोतपर्वमा मारिने रणध्वज चेली एवं ललितपुर मगर महिला अध्यक्ष चाँदनी थापा भन्छिन् । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गर्दा लड्ने सात काजीमध्ये एक हुन्, रणध्वज पुर्खा । ‘काठमाडौं कब्जा गरी फर्कन थाल्दा पृथ्वीनारायणले भनेछन्, ‘ह्याँ मेरो को छ र ? यतै बस,’ चाँदनीले आफ्ना पुर्खा काठमाडौंमा कसरी बसे भन्ने कहानी सुनाउँछिन्, ‘वसन्तपुर दमकलपछाडिको घर दिइएछ ।’
१
सेनापुत्र कृष्णकुमार राना जंगी जागिरमा नजोडिई कीर्तिपुर केन्द्रीय पुस्तकालयमा जागिरिन्छन् । साठी वर्षीय रानाका चार छोराछोरीमध्ये एक अमेरिका छन्, दुईले मास्टरी गर्छन् भने एक छोरी बैंकमा अधिकृत । ‘हाम्रा पुर्खा गोर्खाबाट नुवाकोट हुँदै वनस्थली बसेछन् । पुख्र्याैली घर गोर्खा त हो, तर कुन गाउँ ? थाहा छैन,’ राना भन्छन्, ‘पृथ्वीनारायणले बसालेको भन्छन् ।’

२
गायक रवि थापामगर स्टुडियोमा अन्जु पन्तलाई भन्दै छन्, ‘...मेरा सबै खुसीहरू बाटोभरि ओछ्याइदिन्छु ।’ पुर्खाको जंगी जागिरमा नजोडिई मगरगाउँले रवि गायन क्षेत्रमा छन् । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गरेपछि रवि पुर्खालाई भैंसेपाटीस्थित मगरगाउँमा बसालेका हुन् । पुर्खा गोर्खा कुन ठाउँबाट आएका हुन् ? सेनाको कुन पदका हुन् ? लिखत छैन । मगरगाउँ नाउँका उपत्यकामा दुई गाउँ छन्, सानोठिमी र भैंसेपाटीमा । यी दुई गाउँका नाउँमा पुरानो बसपार्कबाट बस गुड्छन् । दुईमध्ये रवि भैंसेपाटीवाला मगरगाउँका हुन् । नाउँ नै मगरगाउँ नै नलेखिए पनि रैथाने मगरगाउँ भने उपत्यकामा दर्जन हाराहारी छन् ।

विद्रोह गर्न सक्ने कीर्तिपुर घेर्न मगरबस्ती
मगर सेनाका रगत, पसिना र रहर साटेर गोर्खा राज्य बिस्तार काठमाडौं उपत्यकामा पनि विस्तार हुन्छ । काठमाडौंलाई राजधानी बनाउँछ । कब्जा गर्दै मगर सेना पूर्व पुग्छन् । सत्ताकब्जापछि पृथ्वीनारायणले काठमाडौं बचाउन पनि मगर सेना नै प्रयोग गर्छन् । त्यसका लागि उपत्यकाका सामरिक महत्वका ठाउँमा मगरबस्ती बसाल्छन् ।

गोर्खाली सेनाले कीर्तिपुरमा चर्को ज्यादती गर्छ । नाक काटेका क्रूर कुरा छन् । रोल्पा÷रुकुमतिर क्रूर नरसंहार सम्झाउन अहिले पनि ‘गोर्खा प-यो’ भन्छन् भने कीर्तिपुरमा के भयो होला ? कीर्तिपुरले विद्रोह गर्ने डरले होला, मगर सेनालाई पृथ्वीनारायणले कीर्तिपुरवरपर बसालेको देखिन्छ । ‘कीर्तिपुर वरिपरि मगर र क्षेत्री बस्ती छन् । चम्पादेवीदेखि लिएर वानस्थली, नैकाप झन्डै चारैतिर,’ कीर्तिपुरवासी लेखक राजेन्द्र महर्जन भन्छन् ।
टौदह, धोबीघाट, बल्खु, वानस्थली, मच्छेगाउँ, चोभार, मगरगाउँ, टौदह, नैकापका मगर रैथाने बस्तीले कीर्तिपुर झन्डै फन्को मारेका छन् । ‘हुन सक्ने कीर्तिपुर विद्रोह रोक्नलाई राखिएको हुनुपर्छ,’ बल्खुस्थित मगरगाउँले एवं अनुसन्धाता सनचन्द्र थापामगर भन्छन् । बल्खुमा बसालिएका मगर सेना गोर्खाबाट लडाइँ गर्दै पूर्व गएर फर्केका हुन् । ‘पूर्वबाट आएको भन्छन् । राजाले लालमोहर दिएर बसालेको हो,’ थापा भन्छन् । बल्खुमा अहिले तीस मगर घरधुरीसहित पृथ्वीनारायणले बसालेका बस्नेत, हमाल, सन्यासी, नगरकोटी र केही घर बाहुन पनि छन् । काठमाडौं र कीर्तिपुर जोड्ने मुख्य भाग बल्खु हो । त्यसैले पनि बल्खुमा मगरबस्ती बसालेको देखिन्छ ।
मगर कमान्डर र सेनाको साथले काठमाडौं सिंहासनमा पृथ्वीनारायण शाहलाई राज गराएको हो । ‘गोर्खा विस्तार’मा मगरबस्ती उजाडिएका छन् । उजाडिने क्रम दोहोरिन्छ, पहिलो र दोस्रो विश्वयुद्धमा पनि ।
त्यसैगरी, कीर्तिपुर र पाटन जोड्ने धोबीघाटमा मगरबस्ती छ । थानकोट भएर सीधै व्यापारी कीर्तिपुर पस्ने नाकावरपर वानस्थली, माटीखेल, नैकापजस्ता भागमा मगरबस्ती बसालिएको छ । ‘पृथ्वीनारायण शाहले यहाँदेखि त्यहाँसम्म भनेर जग्गा दिएर बसालेको रे,’ मगरगाउँले गायक रवि थापा मगर भन्छन् । मगरगाउँको पश्चिममा कुँवर छन्, पूर्वमा खड्का र बीच भागमा खत्री । अलि पर छ, नेवारबस्ती, सानो खोकना । झन्डै पचास घर मगर भएको वानस्थली बस्तीसँगै छन्, खड्का र कार्की पनि ।
३
राजधानी सुरक्षार्थ उपत्यका पस्ने मुख्य नाका थानकोटवरपरका वानस्थली, नैकाप, माटीखेलमा मगर सेनाको बस्ती बसालेको देखिन्छ । त्यसैगरी उपत्यका भित्री भाग धोबीघाट, बल्खु, धापासी तिलिंगाटार, मगरगाउँ आदि भागमा मगरबस्ती छन् । २५१ वर्षअघि भादगाउँ कब्जा गर्ने मगर सेनाका कतिपयलाई सानोठिमीमा बसाल्छन् । बस्ती नाम रहन्छ, मगरगाउँ । मगरगाउँबाहेक चाँगुनारायण, सिपाडोलमा पनि मगरबस्ती छन् । तिब्बतसँग हुने व्यापारमा व्यापारिक थलोको रूपमा परिचित साँगामा मगरबस्ती छ ।

सानोठिमीवाला मगरगाउँ, सूर्यविनायक, सिपाडोल, चाँगुनारायण, साँगा, गुन्डु, कौशलटार, भैंसेपाटीवाला मगरगाउँ, टीकाथली, लुभु, बाग्डोल, नखीपोट, धोबीघाट, चोभार, टौदह, मच्छेगाउँ, वानस्थली, माटीखेल, दहचोक, धापासी तिलिंगाटार रैथाने मगरबस्ती हुन् । उपत्यकामा बसालिएका रैथाने मगरबस्तीमा मुख्यतः थापा, राना र आले छन् । तिनैभित्रका इस्माली, गुर्माछान, बरई, मस्रांगी, फेवाली, भुसाल, सिंजाली, किङरिङ छन् । राजधानी मात्र होइन, भारतीयसँग जोडिएको सीमामा पनि मगरबस्ती बसालिएको छ । कञ्चनपुर चाँदनी दोधारामा बसालिएको पूर्वसैनिक चेली हुन्, खानेपानीमन्त्री विना मगर । त्रिवेणी र सुस्ताजस्ता सीमामा पनि मगर भूपू सेना बस्ती छ ।
४
भक्तपुर मगरगाउँमा करिब पैंतालीस घर थापा, आठ घर राना र पाँच घर आले छन् । ‘तीन सय पचास मत छ । जुन मत वडामा जिताउन र हराउन काफी छ,’ मगरगाउँका वासुदेव थापामगर भन्छन्, ‘अहिले कांग्रेसबाट राम थापामगर वडाध्यक्ष छन् ।’ मगरगाउँकी हुन्, नेमकिपा पूर्वसांसद अनुराधा थापामगर । थानकोट डाँडामुनि माटीखेलकी हुन्, प्रदेश सांसद रमा आले । पंैतालीस घरधुरी भएको अर्को मगरगाउँ अर्थात् भैंसेपाटी मगरगाउँसहित अन्य मगरबस्तीका मगर पनि राजनीतिमा संलग्न छन् ।

५
पृथ्वीनारायण शाहको फौज पुर्खावाल काठमाडौं रैथाने मगरबस्तीमा भर्ती घट्दो छ । बाहिरका मगर समाजमा जसरी बेलायती सेना र सिंगापुर पुलिस हुने चलन छैन । भारतीय सेनामा जाने चलन एकदमै कम देखिन्छ । यसैगरी, निजामती सेवामा जाने संख्या पनि एकदमै सानो छ । जग्गा बेच्दै घर बनाएर घरभाडा आम्दानी स्रोत बनाउने रैथाने मगर संख्या बढ्दो छ । अंशबन्डा हुँदै जाँदा जग्गा साँगुरिएका छन् । युवाहरू अष्ट्रेलिया, युके, अमेरिका, कोरियामा पुगेका छन् ।

जन्म, बिहे र मृत्युमा बाहुन बोलाउँछन् । राजधानीका रैथाने मगर पूरै हिन्दूकरण भएका छन् । हिन्दू शासक संस्कृति प्रभावले ‘मामाचेली बिहे’ चलन ठप्पप्रायः छ ।
उपत्यकाका रैथाने मगरका वंशावली छैन । बस्ती बसाल्दाका पुर्खा को र कुन पदका हुन् ? थाहा छैन । त्यसैले आफ्ना पुर्खा गोर्खाबाट आएको भन्ने थाहा भए पनि खोज्दै जाँदा कुन गाउँ हो ? पुग्न गाह्रो छ । अन्तर्जातीय बिहे थोरै देखिन्छ । धेरैजसो क्षेत्री र नेवारसँग भएको छ । रैथाने मगरबस्ती बसेका छन्, ठकुरी, क्षेत्री, बाहुनबस्तीसँग ।

मगर सिला बचेको छ, ‘छ्यामा’ र ‘छेवर’
काठमाडाैंका रैथाने मगरको ‘मगरनेस’ गुमाएका छन् । उनीहरूसँग न भाषा छ, न संस्कृति । मगर भाषा र संस्कृतिको ‘सिला’ खोजे भेटिने दुई चिज छन्, छ्यामा र छेवर । कसरी बचेका छन् ? अध्ययनको विषय छ । राज्यनीति नै एक भाषा र एक संस्कृति भएपछि मगरले आफ्नो संस्कृति र भाषा भुल्नु अस्वाभाविक होइन । सानीआमालाई छ्यामा भन्छन् । त्यसैगरी, तिनले छेवर गर्छन् । क्षेत्री–बाहुनको व्रतबन्धजस्तै हो, छेवर । कुलपूजाको रूपमा तिनले वराह मस्ट पुज्छन् । मगर थर क्षेत्री–बाहुन थरसँग जुधेर ‘पहिचान संकटमोचन’का लागि मगर अभियन्ताले आफ्नो थरको पछाडि ‘मगर’ लेख्ने अभियान चलाएका छन् । ‘थरपछि अनिवार्य मगर लेख्ने कुरा चलेको छ,’ भक्तपुर मगरगाउँका वासुदेव थापामगर भन्छन् । थापा, राना, घर्ती, बुढा, रेग्मी, भुसाल, बराल आदि थर बाहुनक्षेत्रीसित पनि मिल्छ ।

मगर इतिहास स्रोत नै लोककथन
मगर मूलथलो हिमाली भेग, उच्च पहाडी भेग र मध्यपहाडी भेग हो । जुन थलो क्रमशः काइके, अठार र बाह्र नाउँले चिनिन्छन् । क्षेत्रीबाहुनपछि नेपालमा फैलिएको मगर त छिमेकी भारतका सिक्किम र दार्जिलिङमा पनि छन् । आदिवासी मगर क्लस्टर राप्ती, लुम्बिनी, गण्डकी, धवलागिरितिर हो । मगरको भाषा छ । लिपि छैन । अन्य आदिवासीका जस्तै मगरको पनि लिखित इतिहास छैन । भन्छन्, ‘लिपिबद्ध नभएका जातिका किंवदन्ती र कथा मात्र हुन्छन्, ती नै आदिवासी इतिहास स्रोत हुन् ।

यामबहादुर पुन र झकेन्द्र घर्तीमगरले सम्पादन गरेको ‘मगर जाति’मा फटिकबहादुर थापा मगर लेख्छन्– पृथ्वीनारायण शाहले सन् १७६७ मा कीर्तिपुर, १७६८ मा काठमाडौं र एक वर्षपछि पाटन र भादगाउँ जितेका छन् । त्यसपछि गोर्खाबाट राजधानी काठमाडौं सार्छन् । पृथ्वीनारायण सेनामा मगर बाहुल्य भएकाले तिनलाई कीर्तिपुर, काठमाडौं, भादगाउँ र पाटन हान्दा मगर सेनाका परिवार काठमाडौंमा उपत्यकामा रहन थाल्छन् ।
पछिल्लो जनगणनाअनुसार ललितपुरको जनसंख्या ४ लाख ६८ हजार १३२ छ । त्यसमध्ये मगर जनसंख्या २१ हजार ९३४ (४.६८ प्रतिशत) छ । भक्तपुरमा ३ लाख ४ हजार ६५१ जनसंख्यामध्ये मगर ६ हजार ८३९ (२.२४प्रतिशत) छन् भने काठमाडौंमा १७ लाख ४४ हजार २४० जनसंख्यामध्ये मगर ७० हजार ८३ (४.०१ प्रतिशत) छन् । सरकारी तथ्यांक भन्छ– मगर जनसंख्या १८ लाख ८७ हजार ७३३ छ । यसको अर्थ हो, नेपालमा तेस्रो ठूलो जनसंख्या र आदिवासीमा पहिलो । जसमध्ये ४ लाख २५ हजार १३५ मगर मात्र आफ्नो मातृभाषा बोल्छन् ।
नेपालमा १२६ जातजाति र १२३ भाषामा ६ थपिएर भाषा संख्या १२९ पुगेको छ । मातृभाषी जनसंख्याका आधारमा मगर भाषा नेपालको सातौँ स्थानमा छ । ‘गोर्खा’ र ‘माओवादी’ विस्तारमा मगर रगत काठमाडौंमा मगर कहिलेदेखि बस्न थालेका हुन् ? मगर लेख्य इतिहास छैन । ‘शासक खलकीय इतिहास’ भरपर्दो छैन । तपाईंले भन्नुहोला, ताम्रपत्र र शिलापत्रमा लेखेको के हो ? त्यस्ता लेखोटमा भेटिने शासकस्तूति हो ।
रुकुम मैकोटका लजिम पुन सुनाउँछन्– रुकुम मैकोटका ‘र्हाङु पुन’ वंशावली रुकुमकोटे राजाले लान्छन् । पितापुर्खा जान्ने जिज्ञासा जागेर लजिमहरूले खोज्छन् । रुकुमकोटे राजा सन्तान लोकेन्द्रबहादुर शाहले आफ्ना पितालाई मागेर नरहरिनाथ योगीले लगेको बताउँछन् । लजिम वंशावली खोज्दै योगी आश्रम पुग्छन् । त्यसवेला योगी ‘माथि’ लागिसकेका हुन्छन् । सरकारले ‘सिल’ गरेको भन्छन् । हेर्न नपाएर फरक्क फर्कन्छन् । नरहरिनाथपछिका मुख्य योगी श्रीषनाथ भन्छन्, ‘बढीजसो कागतपत्र सिल गरेका वेला पानीले भिजेर खत्तम भयो । तपाईंले भनेको चिज छ कि छैन ? कुन्नि ?’ पहिलो, मगर लिखत नै नगण्य छ । भएका पनि ‘गुम’ छन् ।
गोर्खा कब्जाअघि कर्णालीको खस आक्रमण प्रतिकार गर्न क्षेत्री, मगर सेना ल्याउने चलन सुनाउँछन्, जानभानहरू । त्यसैले शाही सत्ताअघि पनि काठमाडौंमा मगर अस्तित्व सम्भावना देखिन्छ । गोर्खा विस्तारमा लडेका लडाकु सन्तान हुन्, काठमाडौंका रैथाने मगरबस्तीवाल । कब्जा गरेको भूगोल रक्षार्थ सामरिक महत्वका ठाउँमा मगरबस्ती बसालेको देखिन्छ ।
मगर कमान्डर र सेना साथले काठमाडौं सिंहासनमा पृथ्वीनारायण शाहलाई राज गराएको हो । ‘गोर्खा विस्तार’मा मगरबस्ती उजाडिएका छन् । उजाडिने क्रम दोहोरिन्छ, पहिलो र दोस्रो विश्वयुद्धमा पनि । सत्ता जोगाउन राणा सरकारले मगरलाई बेचेर बसालेको ‘लाहुरे संस्कृति’, मगर बेचबिखन अर्थात् लाहुरयात्रा ‘समाजवादी’ डबल ‘कम्युनिस्ट’ ओली सरकारसम्म जारी छ । कास्मिरमा भर्खरै गोर्खाका अर्जुन थापामगरले रगत बगाएका छन् ।
बेलायती साम्राज्य फैलाउन र जोगाउन पनि मगर रगत बगेको छ । पृथ्वीनारायणलाई काठमाडौं सिंहासन दिलाएको २३९ वर्षपछि मगरले नै पुष्पकमल दाहाललाई बालुवाटार सिंहासन दिलाउँछन् । सुप्रिम कमान्डर दाहालका चारमध्ये दुई डेपुटी कमान्डर अनन्त वर्षमान पुन र पासाङ नन्दबहादुर पुन हुन् । दुवैजना माओवादी आधारभूमि रोल्पाका हुन् । जुन भूमिमा ‘जनयुद्ध’ जग बसाल्ने रामबहादुर थापा बादल हुन् ।
गोर्खा विस्तारमा बाह्र मगरात मगर रगतको गण्डकी बगेको छ भने माओवादी विस्तारमा अठार मगरातको रापती । बलिदानअनुसार मगर समुदायले सत्ताको ‘बिलो’ पाउनुपर्ने हो । तर, एकाधलाई दिलाएको ‘चिब्लो’मै मगर बलिदान सुरापूरा गरिएको छ ।
टुंग्याउनीमा माओले सत्ता बन्दुकको नालबाट निक्लन्छ भनेजसरी नेपालमा सत्तापलट रगतको आहालबाट आएको छ । आहालमा मगर रगत पनि छ । तर, त्यो रगत अरूका सत्ता ल्याइदिन र जोगाइदिनमै सिमितिएको छ । मगर रगत, पसिना, भावना र जीवनका खुसी सत्ता खोस्न र टिकाउन प्रयोग गर्ने पृथ्वीनारायण ‘नजिर’ दोहोरिरहेको छ ।
पछिल्लो संस्करण हो, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जनयुद्ध । एकातिर, राज्यले नै जबर्जस्त मगरलाई माओवादी बनाउँछ भने अर्कोतिर प्रचण्डले ‘उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्र’लाई मुक्तिको ‘ललिपप’ देखाउँछन् । सबभन्दा बढी मगर नै ‘जनयुद्ध’मा सहभागी हुन्छन् । मारिन्छन्, बेपत्ता पारिन्छन् र अंगभंग बनाइन्छन् । तर, सहिद, घाइते, बेपत्ता र जिन्दगीका रहर जति बलिदान गर्ने भुइँतले मगरसपना सडकमै अलपत्रिन्छन् ।
पृथ्वीनारायण र पुष्पकमल सत्ता दिलाउने र टिकाउने लडाकुमै कहिलेसम्म मगर सिमितिने ? लाहुरे संस्कृतिमा कहिलेसम्म लाहुरिने ? कुमार थापाको संगीत र जगदीश समालको यो गीत कहिलेसम्म गाइरहने, ‘...बलिदानको बाली लाउँछौ उठाउने हुन्छ अर्कै ।’जवाफ खोज्ने वेला घर्किसकेको छ ।
from nayapatrika
No comments:
Post a Comment