Tuesday, April 9, 2019

रोएको सुनेरै छोरा वा छोरी

रोएको सुनेरै छोरा वा छोरी
author-image
नवीन विभास
फुर्सद
 १६ भदौ २०७५ १२:१९:००
  • change font
  • change font
  • change font

कुइनेटो

‘जन्मनेबित्तिकै छोरा कि छोरी भनेर था हुन्छ।’
‘(प्रजनन अंग) नहेरी !’
‘हो त।’
‘कसरी ? ’
‘रोएको सुनेर।’
‘रोएको सुनेर !’
‘हो। रोएको सुनेरै छोरा कि छोरी भन्ने था हुन्छ।’

भैरम दमैको घडी

भैरम दमैको घडी
author-image
नवीन विभास
फुर्सद
 ०२ भदौ २०७५ १७:०७:००
  • change font
  • change font
  • change font

कुइनेटो

ससानादेखि मझौला कदका घर पाखाभरि छरिएका थिए। तिनका अनुहारका क्रिम (कुनैका गेरुले पोतिएका थिए त कुनैका कमेराले)कतिका उडिसकेका थिए भने कतिका उड्ने क्रममा। कुनै ढुंगाका त कुनै खर-छाने घरलाई जोड्ने बाटा यति कुपोषित थिए कि, खोल्साखोल्सीमा पुगेपछि ती एकाएक भूमिगत हुन्थे।
यत्रतत्र छरिएका २३ घरधुरी थिए।

चिहानभित्र चलिरह्यो घडी

चिहानभित्र चलिरह्यो घडी
author-image
नवीन विभास
फुर्सद
 ०२ भदौ २०७५ १६:५५:००
  • change font
  • change font
  • change font

कुइनेटो

पुलिसचौकीमा तारिख थाम्न गएर पूर्वी रुकुमका एक युवा घर फर्केनन्। माओवादी ‘जनयुद्ध’ उकालिन थालेको त्यो याममा उनको ‘जिउँदो’ वा ‘मरु’ खबर पाउन नै परिवारले ९ महिना कुर्नप¥यो। गलिसकेको हाप्पेन्ट र चलिरहेको घडी उनलाई चिनाउने साक्षी बचेका थिए।

कथाको कहानी, मनु ब्राजाकी

कथाको कहानी, मनु ब्राजाकी
author-image
नवीन विभास
फुर्सद
 १९ साउन २०७५ १२:१३:००
  • change font
  • change font
  • change font

कुइनेटो

सन्दर्भ : मनु ब्राजाकीको ७६ औं जयन्ती

ब्राजाकी थोरै कमाइवाला मजदुरले पिउने काठमाडौंका अँध्यारा र साना गल्लीका भट्टीहरूमा दारु पिउँथे। तिनै भट्टीमा हप्तौं बिताउँथे। र, मजदुर, गरिब, तल्लो तहका सरकारी कर्मचारी, पुलिस, सेनाका जीवनका विभिन्न आयामका कथा–खजना बोकी निक्लन्थे।
नवीन विभास
प्रिय कथाकार मनु बाज्राकीलाई मैले कहिल्यै भेटिनँ।
‘गल्ती त गरिनँ ? ’

राडीजिउले रातो कामी

राडीजिउले रातो कामी
author-image
नवीन विभास
फुर्सद
 ०५ साउन २०७५ ०७:२८:००
  • change font
  • change font
  • change font

कुइनेटो

‘यखो खाप्चो (मुख) नि पाटिन्न ? एकसोरे बोल्या बोल्यै,’ खरछाने दुब्लो घरको पेटीमा बसेर कल्साउरी (साठी नजिककी) आमैले ‘माइक आवाज’प्रति फेरि प्रतिक्रिया जनाइन्।

Monday, April 8, 2019

हिरे सार्की उर्फ हीरालाल नेपाली


हिरे सार्की उर्फ हीरालाल नेपाली
हिरे सार्की, खहरे गाउँ। फोटो : नवीन विभास
author-image
नवीन विभास
फुर्सद
 १६ असार २०७५ ११:२६:००
  • change font
  • change font
  • change font

समाज

परम्परागत गुन्यु–गाडा पहिरेकी र अनुहारमा थोरै पाउडर घसेकी गाउँले युवतीजस्तै देखिन्थे, गेरुले पोतिएका घर। तिनै युवती अनुहारका घर तलमाथि र वरपर उभिँदा गाउँ बनेको थियो। सानो तर गज्जब।

न्याय छैन जुरेलीलाई



न्याय छैन जुरेलीलाई
बाटोमुन्तिर सिस्ने हिमाल हुँदै बगेको खोला हतारहतार भेरी भेट्न हान्निँदै थियो। त्यै खोलालाई साक्षी राखेर वारिपारि पहाड ठिंग उभिएका थिए। पारिपट्टि पहाड पहरामय थियो। पहरामा घरिघरि झारल, घोरल, नाउर तलमाथि गर्थे। वारिपट्टि फाटेको लुगा लगाएर ठिंग उभिएको मानिसजस्तै पातला जंगल र त्यसको छेउछाउमा दुब्लाएका गाउँ थिए। तिनै जंगल, भीर र गाउँ हुँदै जति हिँड्यो उति दुब्लाएको बाटो कान्छो जिल्ला पूर्वी रुकुमको अन्तिम गाउँ सिस्ने जाँदै थियो।

author-image
- नवीन विभास
फुर्सद
 १० चैत २०७४ १०:००:१७
  • change font
  • change font
  • change font

बाटोमुन्तिर सिस्ने हिमाल हुँदै बगेको खोला हतारहतार भेरी भेट्न हान्निँदै थियो। त्यै खोलालाई साक्षी राखेर वारिपारि पहाड ठिंग उभिएका थिए। पारिपट्टि पहाड पहरामय थियो। पहरामा घरिघरि झारल, घोरल, नाउर तलमाथि गर्थे। वारिपट्टि फाटेको लुगा लगाएर ठिंग उभिएको मानिसजस्तै पातला जंगल र त्यसको छेउछाउमा दुब्लाएका गाउँ थिए। तिनै जंगल, भीर र गाउँ हुँदै जति हिँड्यो उति दुब्लाएको बाटो कान्छो जिल्ला पूर्वी रुकुमको अन्तिम गाउँ सिस्ने जाँदै थियो।