१. नयाँ घर
हाम्रो घर (रोल्पा, राङ्कोट, जैपा) माओवादी ‘सेल्टर’ थियो ।
पाहाबाङे भुरे माष्टर, नरजीत दमाई, थमे सुनार, हर्कबहादुर रोका मगर (कमरेड आकर्षण, ब्रिगेड कमाण्डर), पोष्टबहादुर बुढामगर (रणदीप, ब्रिगेड सहकमाण्डर), ओयाल झाँक्री (कमरेड लखन्ते, जो जनयुद्धकालमा मारिए) र पाछाबाङे भेना (नन्दबहादुर बुढामगर, कमरेड बेहोसी, अहिले विप्लव माओवादी नेता), भागमल पुन (कमरेड रक्तिम) का रासोबासो नै थियो । पाहुनाजसरी कहिलेकाहीँ पुग्थे रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन, जयपुरी घर्तीमगर, सन्तोष बुढामगरहरू पनि ।



तीन वर्षयता टिचिङ अस्पतालरत अजित मिजार(१७) जुरुक्क उठेर उभिए । त्यसपछि उनी सरासर अनामनगरस्थित मण्डला नाटकघर पुगे । र, मन्नु भण्डारीकृत् ‘महाभोज’मा सामेल भए । उनलाई पर्खिरहेका बिसुको गलामा गला गाँसे, ‘शव यसरी न्याय खोज्दै हिँड्दासमेत सास फेरिरहेका यी मान्छेलाई यसरी सुत्न लाज लाग्दैन ?’ विश्वेश्वर उर्फ बिसु विश्वको ‘सबभन्दा ठूलो लोकतान्त्रिक देश’ भारतको सरोहा गाउँका दलित युवा थिए भने अजित लोकतान्त्रिक गणतन्त्र नेपालको काभ्रे, पाँँचखालका ।

