Friday, December 6, 2019

कमरेड ‘मष्ट’राम

२०७६ मङ्सिर २१ शनिबार १२:५६:०० | काठमाडाैं
वैशाख प्रथम सप्ताह । बिहानी प्रहर । प्लाटुनका प्लाटुन पर्यटक पक्षी । सिङारु तालमा स्यार्पु दहको कुन अंगमा नृत्यमस्त छन् ! कुन्नि । मेलोमेसो छैन । तर, वारिपारि ठिंगिएका पहाडी हृदयबाट गुन्जने न्याउलीको ‘न्याहु न्याहु’ले पत्थरिलो जलतरंग फैलँदै स्यार्पुचरण स्पर्श गर्न पुग्छन् । 

Monday, December 2, 2019

‘चौपारीको ठकान थियो, बिर्स्यौ कि मायाले’

dainikonline

 
नवीन विभास | मंसिर १५, २०७६ आइतबार | 0
  •  
  •  
  •  
धान बालो पियालो भैगो पिपलु छाँयाले 
चौपारीको ठगान थियो बिस्र्यौ कि मायाले 
ठकान राखम्, महिनाको १५ गते । ठकान बसेर मन मन्थन गरम्ला । मायाले मन माझम्ला । 
समय मिले, नबिर्सी आउनुस् है ! 
...

Wednesday, November 27, 2019

कहाँ जाने ? देश जाने


२०७६ मङ्सिर ७ शनिबार १२:१३:०० | काठमाडाैं
दूधधारा तिलौरी गाईको, तेलधारा बत्तीको 
न्याउली बास्दा रुन्चेऊ जिजेई(आमा), देश गर्दा कत्तिको ! 
चुच्चीमाथि चारो ल्यायो, चरीको चल्लाले 
हीँ बसौँ कि देश गइजाऊँ, संगीका सल्लाले । 
यी गीत गेडा कुनै जमानामा रोल्पा÷रुकुमका गाउँघर र वनपाखामा गुन्जने ठारी भाकाका हुन् । ‘देश जाने’ धागोले उनेका यी गीतले भिरपाटे भेनाको कम्दमा सिरुरु फलेका घिउ सिमीमा अल्झिएका आँखासम्म तानेर लगे । तिनले तान्दै–तान्दै रपापातालमा पुर्‍याए । कारण थियो, कुनै वेला जेई, सान्जी, नाना र काकुहरूले सिमीवाल कम्दसँगै जोडिएको रपापाताल नै गाएर गुन्जाउँथे । सिम्रुतुमा मास्टररत रुकुमे लेखक मनलाल ओलीले तिनै गीतलाई गला दिएर मेसेन्जरमा पठाएपछि रोल्पा/रुकुमका उनै वनपाखामै पुगेँ ।

Saturday, November 9, 2019

नयाँ घर पढेपछि सपना देख्न सिकें



नयाँ घर पढेपछि सपना देख्न सिकें
 नवीन विभासको मूल परिचय कथाकार हो । यसबाहेक अखबारी लेखन र पत्रकारिता उनको दोस्रो परिचय हो । ‘रोल्पा सुइना’ उनको पछिल्लो कथासंग्रह हो । अंग्रेजी साहित्य र पत्रकारितामा स्नात्तकोत्तर गरेका विभास समाजविज्ञान र द्वन्द्वको अध्ययनमा दख्खल राख्छन् । यसबाहेक साहित्य पढ्नु पनि उनको रुचिको विषय हो । उनै कथाकार विभासले आफूलाई जीवनका विभिन्न चरणमा मन परेका पाँच आख्यान/गैराख्यानबारे शिलापत्रसँग कुरा गरेका छन् ।
१. नयाँ घर
हाम्रो घर (रोल्पा, राङ्कोट, जैपा) माओवादी ‘सेल्टर’ थियो ।
पाहाबाङे भुरे माष्टर, नरजीत दमाई, थमे सुनार, हर्कबहादुर रोका मगर (कमरेड आकर्षण, ब्रिगेड कमाण्डर), पोष्टबहादुर बुढामगर (रणदीप, ब्रिगेड सहकमाण्डर), ओयाल झाँक्री (कमरेड लखन्ते, जो जनयुद्धकालमा मारिए) र पाछाबाङे भेना (नन्दबहादुर बुढामगर, कमरेड बेहोसी, अहिले विप्लव माओवादी नेता), भागमल पुन (कमरेड रक्तिम) का रासोबासो नै थियो । पाहुनाजसरी कहिलेकाहीँ पुग्थे रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन, जयपुरी घर्तीमगर, सन्तोष बुढामगरहरू पनि ।

सकिएको भिउरा फुलाउने सोता कि थारू ?

आफ्ना सहेली र छिमेकीसाथ कट्वाखोलामा माछा मारेर भौनी चौधरी फर्के नि उनका आँखा भने घर फर्केनन् । उनका उदास आँखा घरी घरछेउमा ताल्लिएको कटहीमा पुगे त घरी गाउँसिरानको सिस्वागन्जीमा । दुई सोताबीच अवस्थित कटही गाउँ त दुई तालको बीचमा थियो । ताल बन्नुअघि ती सोता थिए, सिस्वागन्जी सोता र कटही सोता । 

Saturday, October 26, 2019

‘भोटेकुकुर भुकीभुकी कहिल्यै थकाउँदैन’


कुइनेटो

नवीन विभास


२०७६ कार्तिक ९ शनिबार ०७:१८:००


अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ 
(होचि मिन्हलाई चिठी, भूपि शेरचन)

बर्कोले बारेको नाटकघरमा ‘पर्सन’


कुइनेटो


२०७६ असोज ११ शनिबार ०९:१६:००

तीन वर्षयता टिचिङ अस्पतालरत अजित मिजार(१७) जुरुक्क उठेर उभिए । त्यसपछि उनी सरासर अनामनगरस्थित मण्डला नाटकघर पुगे । र, मन्नु भण्डारीकृत् ‘महाभोज’मा सामेल भए ।  उनलाई पर्खिरहेका बिसुको गलामा गला गाँसे, ‘शव यसरी न्याय खोज्दै हिँड्दासमेत सास फेरिरहेका यी मान्छेलाई यसरी सुत्न लाज लाग्दैन ?’ विश्वेश्वर उर्फ बिसु विश्वको ‘सबभन्दा ठूलो लोकतान्त्रिक देश’ भारतको सरोहा गाउँका दलित युवा थिए भने अजित लोकतान्त्रिक गणतन्त्र नेपालको काभ्रे, पाँँचखालका ।