बूढीकुलो पुलछेवैमा ढेब्ली थापेर गया बसेका छन् भने लोटन मंगलपुरस्थित आफ्नै घरमा संगिनीहरुसँग कलमा लुगा सिलाउँदै । गया आँखा न्याय पाउने बाटो हेर्दाहेर्दै पहेलिएका छन् भने लोटन लोचन बेपत्ता पति र न्याय पर्खेर । जागिर पकाएर अस्ताएका सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग नयाँ पदाधिकारीसहित गतसाता उदाएका छन् । शान्ति सम्झौता भएको ६ महिनामै गठन गर्ने भनिएको आयोग नौ वर्षपछि गठित आयोग न्याय नदिई सकिएको हो । गयासहित पीडितका सत्यनिरुपणमा साठी हजार उजुरी परेका छन् भने लोटनसहित पीडितका बेपत्ता आयोगमा तीन हजार । आयोगमा यसपालि पनि सत्तारुढ र विपक्षी दल ‘निकट’ छन् । पीडित ‘प्रतिनिधि’ छैनन् । सायद यसैले होला, आयोगप्रति पीडित ‘आश’ त छ तर ‘भर’ छैन ।
Tuesday, February 25, 2020
हरायो पति भित्र्याउने चलन
कुइनेटो
नवीन विभास
२०७६ माघ १८ शनिबार ०९:४५:००

रापती ‘हब’ मानिने घोराहीदेखि करिब पाँच किलोमिटर दक्षिणपूर्वमा अवस्थित थारू गाउँ । बर्गद्दी । जिम्दार खलिहानमा ११ ‘ठारू मनै’ धान दाउन मस्त छन् । एकजना खलिहानबाहिर पराल बाँध्न । घोराहीबाट गुडेको संकटकाले ‘सरकारी बन्दुक गाडी’ खलिहानमा घचक्क रुक्छ । अनि ? ‘गोर्खा’ पर्छ । दसैँमा थुनिकोट र राङ्कोटमा राँगा ढलेजसरी खलिहानमै थारू ढल्छन् । संयोगले पराल बाँध्ने ठगु थारू भाग्न सफल हुन्छन् ।
पृथ्वीनारायण शाहले थालेको ‘गोर्खा’ विस्तारताका गोर्खाली सेनाले गरेको ‘हत्या’सँग तुलना गर्दै पश्चिमतिर ठूलो रक्तपात भए ‘गोर्खा पर्यो’ भन्छन् । बन्दुकखाना लगेपछि थारू शवलाई थोत्रा बन्दुक भिराउँछन् । मिडिया बोलाउँछन् । तिनले फोटो खिच्छन् । फोटोसहित सञ्चारमाध्यमले समाचार प्रवाह गर्छन्, ‘आतंककारीसित भएको दोहोरो भिडन्तमा एघार आतंककारी ठाउँको ठाउँ ठहरै !’
गीत खाने, गीतै लाउने
‘कोक्करे को कोलोलो ऽऽऽ !’ भाले बासेपछि जेई उठ्छिन् । चिचिले सनाई बजाउँदै जेईलाई पछ्याउँछु । पिठ्युँमा बोक्छिन् । चाखी नार्छिन् । चाँखी संगीतमा पिठो होइन, गीत पिँध्छिन् । चाँखी धुन गाँसिएको जेई गीत लोरी सुनेजसरी निदाउँछु ।

चाखी पिसिसक्दा चुङचुङ्ङे फ्वाजु आउँछन्, ‘अँ काइँली फुबू ! जाने होइन पानी भर्न ?’ लगत्तै सेला धमिनी फुबू, भालकुटेनी नाना पनि गाग्रो पिँधमा बचेको पानी र खोलामा पानी भर्ने नाल्चे रित्तो गाग्रोसँग ठोकिँदाको धुनसहित पुग्छन् । बर्कोलाई जेई मादलको बर्ता बनाउँछिन् । मलाई मादल । बर्को बर्ता गलामा भिर्छिन् ।
Tuesday, January 14, 2020
कात्रो किन्न चन्दा, किरिया बस्न छिमेकी घर
नवीन विभास |
पुस १५, २०७६ मंगलबार |
प्रेमको प्राण पर्यो । प्रेमकी एकल भाउजू मीराका हातगोडा गले । उपचार गर्न नसकेपछि मरेका देवरलाई घाट त लानु प¥यो । तर, लाने कसरी ? देवर बिरामी भएपछि ज्यालादारी छुट्यो । ज्यालादारी छुटेपछि खानेकुरा र पैसा छुटे । पैसा छुटेपछि केले किन्नु कात्रो ?
बैतडी सदरमुकाम शाहीलेक बजारमा घाट लान ‘चन्दा’ उठ्यो । जम्मा भयो, दुईहजार पाँचसय २५ रुपैयाँ । चन्दाले कात्रो किने । प्रेमलाई महाकाली किनारनजिक शेरामा सेलाए । र, दुनियाँबाट प्रेम विदा भए । सदरमुकामको बाडीलेक हलिया बस्तीको हलिया परिवारका अविवाहित ३९ वर्षीय प्रेम । बजारमा भारी बोक्थे । भारीले बोकेको पैसाले खाना खान्थे । रक्सी पनि खान्थे ।
पृथ्वीनारायणले काठमाडौंमा किन बसाले मगरबस्ती ?
2.3kShares
२०७६ पौष २६ शनिबार ०८:५०:००

कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व रगतबाट सिंहासित जंगबहादुर राणा बेलायत पुग्छन् । एकछत्र राजवाला जंगबहादुरलाई संसारै राज गर्ने अंग्रेजी आफ्ना शाखासन्तानलाई पढाउने तिर्खा लाग्छ । कुइरे मास्टर साथ लिई जंगबहादुर फर्कन्छन् । ‘सिओडब्लु काउ’ पढाउँछन् । तर, ‘काउ’ माने ‘गाई’ भन्ने बेलायती मास्टरलाई ‘थाहा मरु’ । जंगबहादुर राणा रन्थनिन्छन् ।
Friday, December 20, 2019
भिक्सासिक्सा : ‘गोर्खे बाँदर’को अरब किस्सा
नवीन विभास

घरक्क !
घ्वार्र ! !
घोराही घाम तुइदाङबाट डुबेलगत्तै घोराही घरका ढोका चुकुलिन्छन् । शाही सेना ब्यारेक र जिल्ला प्रहरी कार्यालयबाट झन्डै मध्य भागमा उभिएको मस्जिदछेवैको एउटा कच्ची घरको कोठामा कालापारे र नयाँ कालापारे सुतेको स्वाङ पार्छन् ।
घ्वार्र ! !
घोराही घाम तुइदाङबाट डुबेलगत्तै घोराही घरका ढोका चुकुलिन्छन् । शाही सेना ब्यारेक र जिल्ला प्रहरी कार्यालयबाट झन्डै मध्य भागमा उभिएको मस्जिदछेवैको एउटा कच्ची घरको कोठामा कालापारे र नयाँ कालापारे सुतेको स्वाङ पार्छन् ।
Subscribe to:
Posts (Atom)
