Sunday, June 30, 2019

छोरी छाडी छापामार

२०७६ असार १४ शनिबार ०६:५९:००
यो एउटी ‘अभागी’ आमा–आलाप हो,  जो मातृत्व खन्याउँदै छोरीसँग लुकामारी खेल्नेयाममा अरूको काखमा छोरी (तीसमहिने छोरी) छोडी ‘वर्ग दुस्मन’सँग लुकामारी खेलिन् । १० वर्ष लामो ‘जनयुद्ध’मा छापामाररत दम्पतीमध्ये पति घाइते पनि भए । रगतको नाता नलाग्ने एउटी गृहिणीलाई जिम्मा छोडेकी छोरीले पछि आमा नस्विकारेपछि काखमा छोरी फर्काउन अर्को ‘जनयुद्ध’ पनि लडिन् । लोकतन्त्र र गणतन्त्र तिनै सयौँ पुष्पाहरूका त्याग–जगमा त उभिएको छ । भलै, तिनीहरू अचेल कि खाडीमा छन् कि कालापार (भारत), कि गाउँ/सहरमा हातमुख भेटको मेसो मिलाउन संघर्षरत ।

Thursday, June 20, 2019

नाम झिम

२०७६ जेठ ३२ शनिबार १०:५५:०० | काठमाडाैं


प्रिय स्वयंवर हाङ, माओवादी मक्का थवाङ पस्ने मूल ढोकामा तिम्रा ‘कलर–कुरुस’ले कुँदेका पाँचटाउके (माक्र्स, एंगेल्स, लेनिन, स्टालिन र माओ) बड्डाहरूले स्वागत गरे । र, गाउँभित्र पस्नेबित्तिकै कमरेड चे ग्वेभाराले । आश्चर्य ! पुँजीवादी मौसममा पनि ती सबका अनुहारमा चमक थाँती थियो । बिस्मतकी बातजस्तो के थियो भने खरानी रङे कागतको खाली पाना फिँजेजस्तो लाग्ने थवाङ (हरियो–नीलो जस्तापाताका छाना र कंक्रिट घर थपिएपछि) डन्डीफोरले बिगारेको अनुहार हो कि उही थवाङ हो ? ठम्याउन नसकी अलमलमा परेँ । भन त हाङ, सरकारी समृद्धि किरिम अनुहारमा नदली के थवाङ पनि समृद्ध (?!) र सभ्य (?!) नहुने नै भयो हो ? अलमलले टुसाएको कलमल मेट्न तिमीलाई ‘इ–पत्राचार’ गर्दै छु । इ–हुलाकबाट पत्र प्राप्त हुनासाथ फौरन ‘निजो सनिस इ–डाँक’ गरे है, बड्डा !

Sunday, June 2, 2019

तुलू बितालु कि भुल ?

नवीन विभास

२०७६ जेठ १८ शनिबार ०८:४४:०० | काठमाडौं
गोतामकोटस्थित ‘कोत’छेउछाउका बारीमा झुलेका गहुँ÷जौ कति घरको आँगनमा पुगेका थिए भने कति पुग्नलाई बारीमा हतार देखिन्थे । कोत उत्तरपूर्व भित्तामा भित्ते सुर्के बारीको ठीक माथि एक्लै उभिएको थियो, बार्दलीविनाको एउटा सानो खरछाने घर । त्यसको छेवैमा मुस्किलले उभिएको थियो, त्योभन्दा पनि सानो घर । त्यहाँबाट जंगलैजंगल उकालिएको बाटो उकालिए चित्रेपाटन पुगिन्थ्यो ।

Sunday, May 26, 2019

तिलसरी आमाका तिलदाने सपना

२०७६ बैशाख २१ शनिबार ०७:४७:०० | काठमाडाैं


घरअगाडि नचिरेको बाँसलाई तेर्सो पारेर बारेको बार । सुकुटी सुकाएजसरी ससाना मुठा पारिएका डाँठसहितको गहुँ बार बाँसमा झुन्डिएका थिए । खाली भागमा भर्र्भर (नव)का युवा बसेका थिए भने बाँस बारमा अडिसिएका थिए, एक बूढो । 

थबाङमा थरीथरी नाम

२०७६ जेठ ४ शनिबार ०८:००:०० | काठमाडाैं
गाउँमा खुबै नाउँ चलेका साहु थिए । नाउँ थियो, दुब्ले । ‘साहु कता जानुभयो’ भनी सोध्दा साहु परिवार ‘गज्ज’ पर्दै ‘फलानो ठाउँ’ भन्थे । साहुका काउबाउले भने ‘दुब्ले साहु कता गयो हँ’ भन्थे । यसरी ‘दुब्ले’ थपेर सोध्दा भने परिवार सदस्यलाई पर्नु पिर पथ्र्यो । एक दिन त्यस्तो पिरमुक्तिको ‘आखिरी उपाय’ निक्ल्यो । त्यो उपाय थियो– नाउँ बदल्न दुब्ले कासी जाने । 

शोकगीतको शोकमा

२०७६ बैशाख ७ शनिबार ०९:१०:०० | काठमाडाैं

लाहुरे भेना गए । तर, गीतविनै गए । 

रोल्पाको सुदूर गाउँ जैपाबाट मलामी पाछाबाङ खोला र चुनबाङ खोला दोभानछेउको घाट झरे । बिप्पे दमाहा तालमा (मान्छे मरेको जनाउ दिएर मलामी बोलाउन र घाट लैजाँदा बजाउने दमाहाको ताल) चोयाको एक छेउमा आधाजति चिरेको कापमा बाटो(कात्रो) च्यापेर हातमा उठाएका मलामी थिए । लगत्तै लाहुरे शव । शव पछि–पछि रुँदै हिँडिरहेका लाहुरेनी र आफन्त । 
लाहुरे परिवारजन र आफन्तका आँसु र तिनका गोडा सँगसँगै ओरालो ओर्ले, आँसुले निथ्रुक्क भिजेको अह्राउने (घाट लाने शोकगीत) गीतविनै । लाहुरे भेना गए । तर, गीतविनै । के जैपामा शोकगीत गाउने सकिएकै हुन्?

Wednesday, April 17, 2019

माओवादीमा एउटी यौनकर्मीको उजुरीपछि...

आठ बर्षपछि प्रचण्ड बालुवाटार फर्कन संसदमा चुनावी भाषण गर्दैथिए। आफ्ना सुप्रिम कमाण्डर देशको सबैभन्दा शक्तिशाली कुर्सीमा आसिन हुँदै गर्दा उनी भने देश छोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्ने जहाज कुर्दैथिए। न्याय दिलाउँदै रोल्पाली वादी युवतीलाई जिल्ला निकाला गरेको १७ बर्षपछि कमरेड आफैँ नेपाल निकाला भएर जापान उड्दैथिए।
–––
ठीक त्यसैबेला मैले उनको फेसबुक रिफ्रेस गरेँ। फेसबुक वालमा लेखिएको थियो–
भत्किएको सपनाको खण्डहरमा टेकेर तुच्छ ठानिएको तर जिन्दगीले नयाँ स्विकारेको बाटो बढ्नेक्रममा सदा सहयोग गर्ने सहृदयी साढुदाइ नन्दबहादुर घर्तीमगर, दिदीसासू विश्व, प्यारो भतिज सागर र भतिजी शर्मिलाप्रति म साह्रै ऋणी छु। हृदयदेखि नै आभार प्रकट गर्छु।