१६ वर्र्षको हुँदा
पहिलो पल्ट पुग्यो ऊ सदरमुकाम
र थर्र्थरी काँप्दै लियो नागरिकता
२० वर्षको उमेरमा
आफूलाई अनागरिक घोषणा गर्यो
र युद्धमा सहभागी भयो
युद्धमा
उसको स्वप्न सदरमुकाम कब्जा पनि थियो
आज ३० वर्षको उमेरमा
फेरि ऊ आइपुगेको छ सदरमुकाम
युद्धमा जलेको नागरिकता फेरि बनाउनु छ
अयोग्य भनेर शिबिरबाट निकालिएको उसको योग्यताले
पेट भरिँदैन
राहदानी बनाएर अरबतिर उँट चराउन जानु छ
सदरमुकामको सस्तो गेस्ट हाउसमा पल्टेको छ ऊ
उसको छापामार मस्तिष्कमा लगातार विस्फोट भइरहेछ बम
कि कमाण्डरले युद्ध रोकिएपछि खोलेको 'मेनपावर'मा
तुरुन्तै राहदानी बुझाउनु पर्र्ने
सिडिओ सरुवाबढुवाको लागि
राजधानी गएको छ
एक हप्ता भइसक्यो राजमार्र्ग आगोले अवरुद्ध छ
उड्दापक्षी खैनीले विझाइरहेछ उसको गिजा
जुरुक्क उठेर झ्याल बाहिर थुक्दछ -थुक्क !
फिदिम, २०६८।३।१
Giriraj Banskota
ReplyDeleteसत् कविता ,फिदिमको बसाईमा र काममा दाईको कविताको शक्ति यर्थात चुमेर राज्यलाई खनिएकाएको छ सुन्दर कविता
Desh Subba
ReplyDeletebado ramro kabita hai kabi jyu
Bimal Rai
ReplyDeleteयो समय र उडतापँछी समान रहेछ, घरी घरी असामानजस्यमा पार्ने । थुकेर फ्याकिहाल्न पनि नमिल्ने , आउछ घरिघरी रस यो मनलाइ सदरमुकामको दोसाँध पारेर । भाइको कवि मनलाई साधुबाद छ, रसिक कविताको लागि ।
Gagan Rana Asfalyatri
ReplyDeleteWa.....!.wa.....!! Kati ajib6 history...marmik6 pheri dukhad pni.....zindgi aasare musam ho khile gham,pani ta kahile badl......!
Tika Bhai
ReplyDeleteनेपालको वर्तमान परिप्रेक्ष्यमा खाप खाने , व्यंग्य लाग्ने तर कतिका निम्ति भने मार्मिक सच्चाई बोकेको कविता |........
Dipa Limbu Rai
ReplyDeleteसरल..विशिष्ट कविता !
The poem beautifully depicts the essence of people's war...
ReplyDelete