– यादव देवकोटा
काठमाडौं । ‘हुन्छ भिनाजु, म ल्याइहाल्छु नि’– कोठा बढारिरहेको उसले ११ सय रूपैया“ समात्दै भन्यो, ‘बाकी रूपैया मसग छ ।’ बलियो–बांगो सालोले ग्यास ल्याउला भन्ने विश्वास गरेर भएको पैसा थमाई अस्पताल भर्ना गरिएका आफन्त भेट्न हिडेका उनलाई फोन आयो, तपाइंको सालोले प्रचण्डलाई कुट्यो, तपाइं तुरुन्त प्रहरी कार्यालय आउनुहोस् ।’ उनले भने, ‘म अस्पतालमा छु । मसग रेला नगर्नुस् ।’
त्यसपछि मोबाइल यति बज्यो कि सातो गयो । छेउमा बजिरहेको रेडियोले फुक्यो, ‘बाग्लुङ, कुटनेटाका पदम कु“वरद्वारा एमाओवादी अध्यक्षको गालामा चड्कन ।’
अघिल्लो दिन बेलुकी नै कोठामा ग्यास सकिएको थियो । त्यसैले उनी भोकै थिए । बिहान साथी गोविन्द कार्कीस“ग केही रकम मागेर आफूस“ग भएको पैसासमेत थपी सालोलाई दि“दै अस्पताल हि“डेका थिए । भोक र समाचारको झड्काले फनफनी संसार घुमेझै“ लागेका बेला फोनमा आवाज आयो, ‘म महाराजगन्ज प्रहरी वृत्तबाट डिएसपी जीवनकुमार श्रेष्ठ बोलेको । तपाईं काठमाडौंमा उपलब्ध सबैभन्दा नजिकको मान्छे । प्रहरी कार्यालयमा आएर राज्यलाई सहयोग गर्नु सचेत नागरिक भएको नाताले तपार्इंको कर्तव्य हो । तपार्इं खुरुक्क आउने कि हामीले आफ्नो तरिका अपनाउनुप¥यो ?’ मंसिरको पहिलो हप्तामै निकै बढिसकेको जाडोमा हाफ बाहुले सर्ट लगाएर आएका भीम भारतीले सोमबार सा“झ जनआस्थास“ग भने, ‘पदम क“ुवरको भिनाजु हुनुको अपराधमा तीन दिन कस्टडीमा बिताउनुप¥यो ।
तारेख धाइरहेको छु ।’ सल्यान रागेचौरका भीम ०५६ सालदेखि पूर्णकालीन तवरबाट माओवादी जनयुद्धमा लागे । उनी बाग्लुङमा एरिया सेक्रेटरी थिए । त्यसअघि विद्यार्थी संगठनमा काम गरे । ०६० माघ २३ गते तित्याङ र भकुण्डे गाविसको बीचमा पर्ने साङ्खोलाको चौतारोनेर बुटोमा अल्झिरहेको मान्छेलाई देखाउ“दै अगाडि हि“डिरहेको साथीले भन्यो, ‘कमरेड साधना ।’ भीम भोलिपल्टका लागि आयोजना गर्न लागिएको अन्य तीनजनाको श्रद्धाञ्जलीसभामा भाग लिन जा“दै थिए । उनीहरू मारिएको तीन दिन भइसकेको थियो । जनयुद्धमा हि“डेका भीमले भूत–प्रेतमा विश्वास गर्ने कुरै भएन । त्यसैले आफ्नो सदाबहार शैलीमा भने, ‘रेला नगर्नुस् ।’ मनमा चिसो बोकेर साथीहरूले देखाएको ठाउ“ हेर्न गए । नभन्दै सहिद घोषणा गर्न लागिएकी साधना अचेत अवस्थामा लडिरहेकी थिइन् र उनको पेट विस्तारै तल–माथि गरिरहेको थियो । साधनाको दाया हात र छातीमा गोली लागेको थियो । त्यसपछि साधनालाई बाग्लुङकै रिजालचोकमा लगेर उपचार गरियो ।
भीम आफै“ले हेरचाह गरे । लामो उपचारपछि साधना विस्तारै तंग्रि“्रदै गइन् । घेरा तोडेर भाग्दै गर्दा उनलाई गोली लागेको रहेछ । ‘मलाई नया“ जीवन दिनुभो’ भन्दै साधना नजिकिन थालिन् । प्रेम भयो । कुटनेटाकी प्रतिमा क“ुवर अर्थात् साधनास“ग ०६१ कात्तिक २० गते निसी गाविसमा जनवादी विवाह भयो । तिनै प्रतिमाका भाइ पदम क“ुवरले प्रचण्डलाई कुटेपछि भीम भारती तनावमा परेका छन् । ‘हाम्रो बिहेमा नेत्रविक्रम चन्द विप्लव र पम्फा भुसाल उपस्थित हुनुहुन्थ्यो,’ हाल सल्यान एमाओवादीको जिल्ला सचिवालय सदस्य रहेका भीमले भने, ‘साधना ०५६ मा माओवादीमा लागिन् । ०५९ मा बाग्लुङको डिसिएम भइन् । अहिलेचाहि“ विप्लव सचिव रहेको नेकपा–माओवादीमा छिन् । पार्टी एउटै हु“दा राज्य समिति सदस्य थिइन्, अहिले के हो थाहा छैन ।’
पार्टीमा आएको फुट उनको डेरामा समेत भित्रिएको छ र एउटै डेराका उनको जोइपोइ भिन्न–भिन्न पार्टीको कार्यालयमा आ–आफ्नो गणना गराइरहेका छन् । कुरा गर्दागर्दै भीम फिस्फिसाए र निकैबेर रोकिएपछि भने, ‘सर, जीवन चलाउने मेसो नभेटेपछि कुहिरेको भारी बोक्ने पोर्टरको पेसा थालेको छु । दसै“को टीकाको पर्सिपल्ट लुक्लाबाट काठमाडौं उत्रिएको ।’ तिहारका बेला पदम भीमको डेरा बसुन्धरा गएका थिए । पदमले केही समय वाइसिएल गाउ“ कमिटीमा काम गरे । पार्टी फुटेपछि कतै लागेनन् र काठमाडौं आए । याक एन्ड यती होटलमा तालिम लिइसकेपछि एयरपोर्टतिरको होटलमा काम थालेका थिए । बाग्लुङमा पदमको घटना थाहा पाएदेखि बेहोस भएकी आमालाई सम्हालेर बसेकी श्रीमती साधनास“ग भीमले टेलिफोनमा भने, ‘कोठामा ग्यासको रित्तो सिलिन्डर छाडेर नेता कुट्न हि“डेछ तोर्मे । म भ्याउन्न भनेको भए पनि हुन्थ्यो नि π’
प्रचण्डलाई सालोले पिटेकोमा पुलिसले तारन्तार फोन गरेपछि एक्लै जान डराएर साथी गोविन्द कार्कीसहित भीम महानगरीय प्रहरी वृत्त महाराजगन्ज पुगे राति आठ बजे । गोविन्दलाई प्रहरीले १२ बजे छाडिदियो भनेचाहि“ रातभरि भ्यानमा हालेर डुलायो । तीन दिनसम्म छाड्ने कुनै संकेत नदेखेपछि प्रहरीलाई भने, ‘मेरो डिएनए, इको के–के जा“च गर्नुपर्ने हो गर्नुस् । उसको भिनाजु भएको अपराधमा गोली हान्नुपर्ने हो भने हान्नुस् । होइन भने छाड्नुस् । तेहोरो बिहे गर्ने प्रकाश दाहालका बाबुलाई पनि गिरफ्तार गरेर अनुसन्धान गर्नोस् ।’ डिएसपी जीवनले छानबिनका लागि धेरै दिन राख्नुपरेकोमा सरी भन्दै दैनिक १० बजे तारेखमा आउने गरी छाडिदिए । त्यसपछि पुलिसले डेरामा खानतलासी गरिरहेको छ र डराएर घरबेटीले भनेका छन्, ‘तुरुन्त डेरा छाड्नू ।’ ‘डेरा सर्न पैसा छैन,’ भीमले भने, ‘समस्या एकैचोटि ओइरेर आउ“दा रहेछन् ।’ कुराकानीको बीचमा पदमका बाबु प्रेमबहादुरले घन्टी बजाए । जनआस्थाका पत्रकारले कुरा गर्ने रे तपार्इंस“ग भन्दै भीमले मोबाइल थमाए । ‘सब बर्बाद भयो हजुर,’ कुइनेटामा रहेका प्रेमबहादुरले भने, ‘जेठो छोरो लडाइ“मा घाइते भएर टाउको र शरीरमा छर्रा बोकेर बा“चेको छ ।
छोरी लडाइ“मै घाइते भएकी छे † म कम्युनिस्ट आन्दोलनमा लागेकाले पञ्चायतकालमा पञ्चेहरूले घर जलाइदिए । छोराछारी माओवादी भएकाले संकटकालमा सेनाले घर भत्काइदियो । पदम समातिएपछि आमा अचेत छे † घरको हालत अत्यासलाग्दो छ । राजनीतिमा लागेर मेरो परिवार बर्बाद भयो ।’ प्रेमले लामो समय चित्रबहादुर केसीको जनमोर्चाबाट राजनीति गरे । ०६३ सालपछि छोराछारीकै कारण माओवादीमा लागे । अहिले नेकपा–माओवादी बाग्लुङको सचिवालय सदस्य छन् । बुर्तिवाङ–ढोरपाटन क्षेत्रकै पुराना कम्युनिस्ट कार्यकर्ता प्रेमका दाजु जितबहादुर कु“वर तत्कालीन राजसभा स्थायी समितिको सदस्य थिए । हाल राप्रपा नेपालको केन्द्रीय सदस्य छन् । तर, प्रेम र जितबहादुरको परिवारमा राजनीतिकै कारण पानी बाराबारको अवस्था छ ।
पदमका दाजु, प्रेमका जेठा छोरा टेकबहादुर कु“वर ‘सुन्दर’ ०५७ सालमा माआवादी जनमुक्ति सेनामा लागे । लडाइ“का क्रममा बेनी हमलामा घाइते भए । कम्पनी कमान्डर थिए । गण्डक अभियानको बेला पाल्पाको तीनगिरे भीडन्तमा गम्भीर घाइते भए । टाउकोमा छर्रा पसेकाले मानसिक रूपमा समस्यामा परे । डाक्टरहरूले नेपालमा उनको उपचार सम्भव नरहेको बताएका छन् । देशमा लडाइ“को खाल रोकिएपछि आफ्नो काम सकिएको ठानेर सुन्दर घर फर्किए । घरपरिवारले सम्झाइ–बुझाई गरेपछि घर आएर बसेको आठ महिनामा शिविर फर्किए । माओवादी सेनाको सैनामैनास्थित कृष्ण सेन इच्छुक स्मृति ब्रिगेडमा सामेल भए ।
लडाइ“कालमा उनको कमान्डर मदन र कमिसार उमा भुजेल शिलु थिइन् । शिविरमा आएपछि उनको कमान्डर कमला नहर्की सपना भइन् । अहिले माओवादीले उनी शान्तिप्रक्रियापछि माओवादीमा लागेको बताइरहेको छ । स्वैच्छिक अवकाश रोजेका उनी ५ लाख रकम बुझी श्रीमतीसहित गाउ“मा सामान्य पसल चलाएर बसिरहेका छन् । पार्टी विभाजनपछि कतै लागेका छैनन् । कुटनेटामा रहेका सुन्दरस“ग जनआस्थाले गरेको कुराकानीमा उनी प्रचण्डप्रति निकै आस्थावान भएर प्रस्तुत भए । ‘त्यसले अध्यक्ष कमरेडलाई त्यस्तो घटिया व्यवहार गर्न नहुने । पढाउन सकिएन । पढेको भए के गर्ने, के नगर्ने बुझ्दो हो । राजनीतिमा लागेर परिवार घरको न घाटको अवस्थामा छ । प्रचण्डले सुरु गरेको जनयुद्धमा लागेर हाम्रो परिवार बर्बाद भयो । त्यसैको निराशाले ग्रस्त भएर पदमले त्यस्तो काम ग¥यो होला । तर, अध्यक्ष देशको ठूलो नेता हुनुहुन्छ । उह“ाले केटोलाई माफी दिनुहोला ।
मेरो भाइलाई कारबाहीको माग गर्दै अध्यक्षले जाहेरी दिनुभयो भने मैले पनि मेरो जिन्दगी बर्बाद बनाउने अध्यक्षलाई कारबाहीको माग गर्दै जाहेरी दिन पाउ“छु होला नि सर π देशभरिका मजस्ता पीडितले न्यायका लागि कहा“ गएर जाहेरी दिन पाइन्छ, तपाईंलाई थाहा छ सर ?’ त्यसपछि फोनैमा उनले हिक्का छाडे । पसल खोलेर बा“की रहेको रकम सेयरमा हाल्ने भन्दै देवेन्द्र पौडेल सुनीलले लगेको पारिवारिक स्रोतले पुष्टि गरेको छ । ‘पदम पढ्नमा तेज थिए,’ शिक्षक गोविन्द कार्कीले भने, ‘मान्छे पनि इमानदार नै थियो ।’ टेलिफोनमा पदमका बाबु प्रेमले भने, ‘गरिबीका कारण राम्ररी पढाउन सकिन“ । दाइ–दिदी माओवादीमा लागेका कारण सेना–प्रहरीले रात–बिरात धरपकड गरेपछि आमाचाहि“ अहिले पनि बर्दी लगाएको मान्छे देख्नासाथ तर्सिन्छे । पदमचाहि“ टेस्ट पास गरेपछि पढ्न नसकेर इन्डिया गयो । सात–आठ महिना काम गरेपछि फर्किएर ०५९ मा कतार गयो । हामी तल्लो तहका गरिब मान्छे हौ“ । खेतीपातीले वर्षदिन पनि खान पुग्दैन । हामीजस्ता राजनीतिले जिन्दगी बर्बाद पारेका मान्छेहरू देशैभरि छन् । प्रचण्ड यो देशको ठूलो नेता हुनुहुन्छ । पदमले राम्रो काम गरेन । घरपरिवारको बेहाल देखेर आवेशमा त्यस्तो ग¥योजस्तो ठान्छु । माफी दिनुहोला कि † हामीलाई हेरिदिनुप¥यो ।’
हात मिलाएर पदमले झापड हानेपछि प्रचण्डले लगाइरहेको चस्मा फुट्यो र झ¥यो । प्रचण्डले तत्काल पदमलाई समाते र पुलिससहितको सहयोगमा मञ्चबाट तल झारे । प्रचण्डले तल नझारी प्रहरीलाई समातेर लैजान निर्देशन दिएको भए नाक भा“चिनेगरी माओवादी कार्यकर्ताको कुटाइ खाने थिएनन् । उरन्ठेउला र कानुनभन्दा माथि मानिएका माओवादी कार्यकर्ताको कुटाइले पदमको ओठसमेत फुटेको छ । गैरकानुनी काम गरेका पदमले कानुनबमोजिम कारबाही भोग्नुपर्छ तर पदमलाई कुटेर रगताम्य बनाउने माओवादी कार्यकर्तालाई कानुन कार्यान्वयन गर्ने प्रहरी निकायले खोजेको बुझिएको छैन । लडाइ“कालमा मारिएका १६ हजार मान्छेका कुरा गर्दा शान्तिप्रक्रिया बिथोल्न लागेको आरोप लगाउनेलाई थप्पड लगाउने पदम कु“वरलाई प्रचण्डले किटानी जाहेरी नदिईकन प्रहरीले कति वर्ष थुनाको माग गर्दै सिडिओ कार्यालय लैजान्छ हेर्नै बा“की छ ।
प्रचण्डलाई पिटेपछि पक्राउ परेका पदमस“ग माओवादी नेताहरूले समेत बयान लिएका थिए । प्रहरी अस्पतालमा उपचार गराइरहेका पदमस“ग माओवादीले बयान लिएको पुष्टि भएको छ । माओवादीलाई पदमले दिएको बयान उद्धृत गर्दै टोलीका एक सदस्यले जनआस्थास“ग भने, ‘उसले आफू रत्नपार्कमा टोपी किन्न आएको र चियापानको कार्यक्रम थाहा पाएपछि भृकुटीमण्डप गएको बतायो । अरूले अध्यक्षस“ग हात मिलाइरहेको देखेपछि आफू पनि हात मिलाउने लाइनमा बसेको र हात मिलाउने बेला आफ्नो घरपरिवारको बिजोग बनाउने यही हो भनेर रिस उठी झापड हानिदिएको बयान दियो ।
उता, अस्पतालमा कहिलेकाही“ नर्सहरूस“ग कुरा गर्दै पदमले भनेका रहेछन्, ‘चियापानको कार्यक्रम थाहा पाएर गए“, भाषण सुने“, हात मिलाउने लाइनमा बस्दाबस्दै १० मिनेट अगाडि परिवार सम्झेर प्रचण्डलाई पिट्ने निक्र्याेल गर“े । उनलाई पिटेकोमा कुनै पश्चात्ताप छैन । मनको आदेश मानेकाले मेरो आत्मा खुसी छ ।’ समस्या र पीडा त सरकारसमक्ष पेस गर्ने हो नि, किन प्रचण्डलाई पिटेको भन्दा पदमले भनेका छन्, ‘उहा“ त हाम्रो सुप्रिम कमान्डर हो नि † यो सब भएको उहा“कै कारणले हो, त्यसैले मैले उहा“लाई पिटे“ ।’ पदमको बयान लिएर फर्किएको माओवादी टोलीस“ग प्रचण्डले सुनियोजित रूपमा पदमले घटना घटाएको नदेखिए छाडिदिने बताए पनि टोलीले झलनाथको पालादेखि नै संलग्न पात्रहरूले छुट पाएको कारण घटना बढिरहेको भन्दै छाड्न नहुने सुझाव प्रचण्डलाई दिएको छ । शान्तिप्रक्रियापछि हरेक कार्यक्रमको भित्री सुरक्षा वाइसिएलले हेर्ने गरेकोमा झापडकाण्डको दिन बुद्धिजीवीको ४० जनाले गरेको थियो । २ सय जनाको टिम लिएर गएका वाइसिएल उपत्यकाका नेता दीपशिखालाई बुद्धिजीवीकी नेत्री बलावती शर्माले मञ्चको सुरक्षा बुद्धिजीवीले गर्ने भन्दै फर्काएकी थिइन् । १५ जनाको १५ समूह बनाएर दीपशिखाको टोली मञ्चमा उक्लने ठाउ“सम्मको सुरक्षामा खटिएको थियो । पहिले–पहिले नेता उभिने र कार्यकर्ता उभिने ठाउ“बीच दुई फिट उचाइ फरक पार्ने गरिएको थियो । तर, यसपटक त्यस्तो गरिएन ।
मञ्चको दूरीको विषयलाई लिएर दीपशिखाको टोलीले प्रश्न गर्दा बलावतीले यस्तै भयो भनेर टारेकी थिइन् । कार्यक्रम बलावतीका श्रीमान् देवेन्द्र पौडेलले सञ्चालन गरेका थिए । प्रचण्डको भाषण सकिएपछि पनि मुख्य नेतृत्वले हात मिलाउने काम जारी राख्नु सुरक्षा दृष्टिले कमजोरी रहेको माओवादीले आन्तरिक समीक्षा गरेको छ । पदमका भिनाजु भीम भारतीलाई बाग्लुङ्गे नेता देवेन्द्र पौडेलले नै ठमेलस्थित रहेको स्याङ्जाली व्यवसायी महेन्द्र लम्सालको मकालु एड्भेन्चरमा भरियाको काम गर्न लगिदिएका थिए । लम्साल टानका महासचिव छन् भने उनले कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामास“ग मिलेर ठमेल इको रिसोर्टसमेत चलाइरहेका छन् ।
देश÷विदेशमा बसेर नेताहरूलाई गाली गर्ने र पदमले प्रचण्ड कुटेर ठीक ग¥यो भन्नेहरूले पदम कु“वरको नाममा फेसबुक अकाउन्ट खोलेका छन् र पेजसमेत बनाएका छन् । तीन हजार हाराहारीले लाइक गरेको पेजमा पदमको रगताम्य अवस्थाको फोटो राखिएको छ । केही मान्छेले फोन गरेर पदमलाई सहयोग गर्न बैंकमा खाता खोलिएको बताएका छन् भीमलाई । ‘हिजो हामीलाई प्रयोग गरेर एकथरी मान्छे मोटाए, आज अर्काथरी मान्छे फेरि हाम्रै नाममा धन्दा चलाउन तम्सिएका छन् । हामीचाहि“ पैसा नभएकै कारण तीन दिनदेखि बेहोस भइरहेकी पदमकी आमालाई उपचार गराउन अस्पतालसमेत लैजान सकिरहेका छैनौ“,’ कुराकानी सकेर निस्क“दै गर्दा भीम भारतीले भने ।
From Jana Astha
thik vo prachande lai
ReplyDelete