Wednesday, August 21, 2013

एमाओवादीद्वारा उमेद्वारको नाम संकलन

पेरिसडाँडामा २४० वटा ढड्डा जम्मा गरिँदै

५ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले २ सय ४० वटै क्षेत्रबाट उमेद्वारहरुको नामसहित निर्वाचनसम्बन्धी विवरण संकलन गरेको छ । प्रत्येक क्षेत्रको प्रतिवेदन ४२ पृष्ठभन्दा लामो हुनेछ । सबै क्षेत्रको विवरण बेग्लाबेग्लै ब्याण्डिङ गरेर केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने भएपछि पेरिसडाँडा २४० वटा ढड्डा जम्मा हुने भएका छन् । यी ढड्डामाथि आगामी मंगलबारदेखि केन्द्रीय समितिले छलफल गर्नेछ ।

एमाओवादीले आगामी संविधानसभा चुनावका लागि उमेद्वारहरुको नामसमेत सिपfmरिस गरेको छ । अभियानका क्रममा भर्न लगाइएको ४२ पृष्ठ लामो फारममा पार्टीका सम्भावित उमेद्वारहरुको नाम सिफारिस गरिएको छ । चुनावमा आवश्यक पर्ने व्यक्तिहरुको विवरणसमेत फारममा उल्लेख छ ।
माओवादीले कार्यक्षेत्रमा पुगेर भरेको फारममा प्रत्येक निर्वाचन क्षेत्रमा सम्भावित पाँच प्रतिश्पर्धीहरु विवरण समेत संकलन गरिएको छ । त्यसैगरी सम्बिन्धत चुनाव क्षेत्रमा पार्टीको ऋण, धनको स्थिति, चुनावका लागि त्यस क्षेत्रको सम्भावित आर्थिक स्रोत, विगतमा पार्टीले जित्नु या हार्नुको कारण एवं प्रतिश्पर्धी दलको सबल र दुर्बल पक्ष पनि एमाओवादीले फारममा समेटेको छ । विपक्षीको रणनीति समेत फारममा उल्लेख गरिएको छ ।
त्यसैगरी चुनाव क्षेत्रभित्रका गाविसको मतसंख्याका साथै पूर्वलडाकूहरुको समेत विवरण एमाओवादीले टिपेको छ । लडाकू दस्ता विघटन भैसके पनि फारममा ‘पीएलएसम्बन्धी विवरण’ पदावली उल्लेख गरिएको छ ।
भदौ १० सम्म फारम भरेर केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने प्रचण्डको सर्कुलर छ । त्यसैगरी भदौ दोस्रो साता राजधानीमा हुने वाइसिएलको राष्ट्रिय सम्मेलनलाई सहयोग गर्न देशैभरिका पार्टी कमिटीलाई प्रचण्डले लिखित निर्देशन दिनुभएको छ ।
from onlinekhabar

No comments:

Post a Comment