Thursday, July 28, 2016

लोटनकुमारीको आँखाका ढकनीमा छन् हराएका पति

नवीन विभास, साउन १३
संघसंस्था आउँदा गर्दिन्छन् कि भनी आश गर्छौं। लेखेर लग्छन्। कुन कुनामा थन्काउँछन्? थाहै हुन्न,’ उनले भन्दैगइन्, ‘संघसंस्थाका आउँदा पत्ता लाग्छ कि आशा गर्छम्। केही नहुँदा दुख लाग्छ।
टिनले छाएको पुरानो एकतले घरमा सिलाई मेसिनमा कपडा सिलाउँदासिलाउँदै उनका आँखा भने नबनेको घरमा ठोक्किइरहन्थे। , श्रीमान् पतिरामलाई कसरी लगेका थिए रातमा अनचिनार मान्छेले भन्दै झस्किन्थिन्।
छोराले जागिर खाएपछि बन्ला कि। कहिले बन्छ? थाहा छैन,’ उनी निर्निमेष टोल्हाईन् बोलिन्।
उनलाई यो पनि थाहा कि छोराले पढेर मात्र घर बन्दैन। जागिर पनि पाउनु पर्यो। जागिर दिलाउने पहुँच छैन। जागिर नै पाए पनि घर बनाउनेगरी कमाइ हुनुपर्यो। त्यसैले कहिले कमाउने कहिले घर ठड्याउने? सब कुरा पति पतिराम बेपत्ता भएपछि अलमल छ। तैपनि पर्खनुबाहेक उनीसित अर्को उपाय पनि छैन।
गाह्रो छ। तैपनि दिन जसोतसो धकेलिरहेकी छिन् उनले। खान नपुगे पनि पुगेको बहाना गर्न बानी परिसकेको छ। काखमा छोरा लिएर थालेको उनको एक्लो यात्रा जोरजुलुममै चलेको छ।
रिनसिन लिएर यताउता गरी चलाउँदैछु,’ उनले भनिन्।
पतिरामले सिएम पढेका थिए। गाउँमै औषधी पसल थापेका थिए। दुखजिलो जिन्दगी चलिरहेको थियो।
कति बर्षका थिए उनका पति? उनलाई थाहा छैन। पतिरामलाई सेनाले किन पक्रे? कहाँ छन् पति? सत्यतथ्य पत्ता नलागेकोमा हैरान छिन्। कहिलेकसो उनले हार खान्छिन्। भन्छिन्, ‘बाँचेका भए चिठी लेख्थे होलान्। सिएमए पढेका थिए।
उनका पतिसँगै लगिएका गाउँका तीनजना अहिलेसम्म फर्किएका छैनन्। श्रीलंकावासी लोटन अझै पनि श्रीमान् कसो नफर्केलान् भनी कुरिरहेकी छिन्। बर्दियाबासीले उनको गाउँलाई श्रीलंका भन्छन्। एक नगरपालिका पाँच गाविस रहेको राजापुर दुई भङ्गलामा बाँडिएपछि राजापुर श्रीलंकाजस्तै टापु बनेको छ।

००     ००
संकटकालीन एक रात यस्तो भयो।
कमरेड ढोका खोलभने।
चार बर्षीय छोरासहित पतिपत्नी गहिरो निद्रामा थिए।
कमरेड भनी बोलाउने को होला भनी आशंकाका डिलमा उभिएर उनले ढोका खोलिन्। त्यसैबेला हो उनलेकमरेडशव्द सुनेको पनि। कसलाई भन्छन्? कस्ता मान्छेलाई भन्छन् कमरेड? यति साधारण कुरा पनि उनलाई थाहा थिएन।
उनले ढोका खोल्नेबित्तिकै तीनजना भित्र पसे।एकछिन उठ्नुस् पतिरामभने। त्यसपछि एकजनाले हत्तपत्त फोन लगाए। फोनमैपतिरामलाई भेट्यौँभने। त्यसपछि पतिरामका दुबै हात पछिल्तिर बाँधे।
त्यसैबेला छोरा उठे। रुन थाले।
कहाँ लान लागेकोभनी सोधिन्।
केही हुन्न, सोधपुछका लागि होभने।
घरभित्र पसेका तीनमध्ये दुईजना कम्ब्याट ड्रेसमा थिए।
पतिरामलाई लिएर गए। त्यसपछि पतिराम कहाँ छन्? आजसम्म उनी बेखबर छिन्।
त्यसबेला अर्थात् २०५८ चैत २९। देशमा संकटकाल थियो। रातको तीन बज्दैथियो।

बाँकी रात उनको आँखामै ढल्यो। मान्छे देखिने उज्यालो हुनेबित्तिकै हान्निएर राजापुर गइन्।
सेनालेल्याछैनम्भने।
रित्तै फर्किइन्।
एक साता नबित्दै टीकापुर गइन्। सेनाले सशस्त्रको क्याम्पमा पठायो।ल्याछैनम्, आफ्नै जिल्ला (बर्दिया)मा नगई किन यहाँभन्दै सेना पुलिसले उल्टै उनको सातो खाए। उनी धुरुधुरु रुँदै फर्किइन्।

००    ००
त्यसरातदेखि उनका आँखा ओभाएका छैनन्। पतिको पर्खाइमा बिछ्याइएका उनका आँखा अझै उठाएकी छैनन्। टुप्लुक्क आइपुगिहाल्छन् कि भनी उनका आँखा हरपल तिर्खाउँछन्। एकबार तिर्खा कसो नमेटिएला भन्ने लागिरहन्छ। सपनामा पनि बिपनामा पनि पतिलाई पछ्याएरै उनका रात ढल्छन्। दिन ढल्छन्। उमेरले नमाने पनि पीरले भने उनी पाकेर पाको देखिन्छिन्।
त्यस रातपछि उनको जीवनशैली फेरिएको छ। रातारात घरमूलीकै जिम्मेवारी काँधमा थोपरिएपछि तनमनमा पीरको भारी बोकेरै हिँड्न बानी परेकी छन्।
पतिराम बेपत्ता पारिँदा उनको छोरा सागर चार बर्षका थिए। अहिले १७ पुगे। नेपालगन्जमा एचए पढ्छन्। दुई बर्षपछि पढाइ सकिने छ। रिन काढेर छोरा पढाइरहेकी उनलाई छोराले पढेपछि जागिर खाला रिन तिर्ला भन्ने आश बाँकी नै छ।
हाम्रो समूह छ। ५० हजार समूहबाट लिएकी छु। २९ हजार बहिनीबाट रिन लिएको छु,’ उनले भनिन्।
तीन महिना सिलाइ तालिम लिएकी थिइन्। टिनले छाएको एकतले घरमा आफूजस्तै दिदीबहिनी मिलेर लुगा सिलाउँछन्। पुग्दो छैन। तैपनि खेतीबाट आउने धानलाई सिलाइ मेसिनले सघाउँछ। उनको १५ कट्ठा खेत छ। माइतीले जोतखन गरिदिन्छन्।
युएनओएचसिएचआरले २००८ मा दिएको रिपोर्टअनुसार बर्दियामा १५६ बेपत्ता छन्। १४ बाहेक बाँकी राज्यले बेपत्ता पारेको छ। द्वन्दमा सबैभन्दा बढी बेपत्ता बर्दियाबाट भएका थिए। त्यसमा पनि टापु जिन्दगी जिइरहेको थारू बाहुल्य राजापुरबाट सबैभन्दा धेरै बेपत्ता छन्। त्यसैले बेलाबेलामा गम्छिन्, ‘किन थारू नै बेपत्ता पारिए मारिए?’ थारु सोझो भएकाले पक्षमा बोलिदिने कोही नभएकाले सबै सास्ती भोग्नुपरेको उनको ठहर छ।
उनका पति माओवादी थिएनन्। तर राज्यको आँखामा त्यस्तो थिएन।राज्यको कुरै बुझिन्न। मनै पर्दैन राज्यलाई। आजकालको नेतालई पनि मन पर्दैन,’ उनले भनिन्।
पतिराम बेपत्ता पारिँदा उनी २१ बर्षकी थिइन्।
उनले सम्झिइन् उनीजस्तै गाउँका दिदीबहिनी। जो उनले जस्तै कुरेर बसेका छन् कोही पतिलाई कोही बाबालाई कोहीले छोरा वा छोरी पर्खेर। बेपत्ता पारिएका उनीजस्तै भेट हुँदा सुखदुख पोख्छन्। रुन्छन्। तिनका मनमा बेतालले बतास चल्छ।
किन हाम्रालाई मात्र लगे? किन हामी हाम्रा मात्र बेपत्ता पारिए?
००    ००
उनको मनमा अझै आक्रोशको ताप भने सकिएको छैन। १४ बर्षयता उनका आँखा चिसै छन्। तर, गह अझै सुकेको छैन। रुँदै उनले भनिन्, ‘सत्यतथ्य पत्ता लाउन परो। मेरो श्रीमान् कहाँ लगे? कहाँ गारे कि कहाँ मारे कि? मारेको भए हडी देखाउन परो। बाँचेको भए जिउदो लिनु परो।
घाउ कोट्याउन बिभिन्न संघसंस्थाका मान्छे पुग्छन् उनीकहाँ। पुराना घाउ कोट्याउँछन्। तर उनलाई केही गर्दिएका छैनन्। इन्सेक रेडक्रसजस्ता संस्थाकाले पत्ता लगाउने आश्वासनसमेत दिएका थिए। अहिले पनि बिभिन्न संघसंस्था उनको घरमा उनीमा एकखालको आशा जाग्छ। भरेभोलि नै पति फर्किहाल्छन्जसरी मन पनि फुल्छ।
संघसंस्था आउँदा गर्दिन्छन् कि भनी आश गर्छौं। लेखेर लग्छन्। कुन कुनामा थन्काउँछन्? थाहै हुन्न,’ उनले भन्दैगइन्, ‘संघसंस्थाका आउँदा पत्ता लाग्छ कि आशा गर्छम्। केही नहुँदा दुख लाग्छ।
बेलाबेलामा उनलाई बिभिन्न संघसंस्थाले बोलाउँछन् पनि। केही संघसंस्थाले बाख्रा पालन बंगुर पालन गर पनि भन्छन्।
शान्तिप्रक्रियापछि उनलाई भेट्न माओवादी नेता पुगेका छन् सरकारी अधिकारी कोही। जान्छन् उनीजस्तै बेपत्ता परिवार केही नेता केही बिकासे संघसंस्था।
उनले बेपत्ता आयोगमा उजुरी हालेकी छन्।
आयोगले सिफारिस गर्ला सरकारले न्याय देला भन्ने कुरामा उनलाई शंका छ। तैपनि उनले पर्खनु न्याय पाउन। , बेकसुर बेपत्ता पारिएका पतिलाई। तर कहिलेसम्म यसरी चुपचाप पर्खेलान्, बर्दीया, राजापुरस्थित खैरीचन्दनपुर, मंगलपुरकी लोटनकुमारी चौधरी (३३) हरुले?
from nepalkhabar

No comments:

Post a Comment