Sunday, September 30, 2012

'लडाकुको पक्षबाट हेर्दा त विघटन जस्तै भो'

शान्ति प्रक्रियाको महत्त्वपूर्ण कडीको रूपमा रहेको माओवादी सेनाका लडाकु र हतियारको व्यवस्थापन लगभग टुंगोमा पुगेको छ ।

अधिकृत मुनिकै सबै परीक्षा उत्तीर्ण गरेका १ हजार ३ सय ८४ लडाकुले नेपाली सेनाको चलानीपत्र बुझिसकेका छन्, जो आगामी मंसिरदेखि सेनाले तोकेका विभिन्न ७ वटा तालिम केन्द्रमा उपस्थित हुनेछन् ।

अधिकृत तहको परीक्षामा सहभागी ७५ जनाको अन्तिम नतिजा सार्वजनिक हुने क्रममा छ । करिव ५ वर्ष लामो संख्या विवादपछि २०६८ कात्तिक १५ गते शान्ति प्रक्रिया लगायत विभिन्न विषयमा प्रमुख दलहरूबीच साँतबुदे सहमति भएको थियो ।

Saturday, September 29, 2012

एक मिनेट मौनधारण

स्व.स्वप्निल स्मृति
संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदहरुप्रति 
एक मिनेट मौन धारण गर्नु हो
सभा, सेमिनार या पोलिट्ब्युरोहरुमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु 
सहिदहरुको श्रद्धाञ्जलीमा मौनधारण गरिरहेछन् ।

समायोजन प्रक्रियाका आधा दशक

Saroj Raj Adhikari -शान्ति प्रक्रियाको महत्त्वपूर्ण कडीको रूपमा रहेको माओवादी सेनाका लडाकु र हतियारको व्यवस्थापन लगभग टुंगोमा पुगेको छ । अधिकृत मुनिकै सबै परीक्षा उत्तीर्ण गरेका १ हजार ३ सय ८४ लडाकुले नेपाली सेनाको चलानीपत्र बुझिसकेका छन्, जो आगामी मंसिरदेखि सेनाले तोकेका विभिन्न ७ वटा तालिम केन्द्रमा उपस्थित हुनेछन् । अधिकृत तहको परीक्षामा सहभागी ७५ जनाको अन्तिम नतिजा सार्वजनिक हुने क्रममा छ । करिव ५ वर्ष लामो संख्या विवादपछि २०६८ कात्तिक १५ गते शान्ति प्रक्रिया लगायत विभिन्न विषयमा प्रमुख दलहरूबीच साँतबुदे सहमति भएको थियो । सहमति अनुसार बढीमा ६ हजार ५ सय लडाकुलाई नेपाली सेना मातहत बेग्लै महानिर्देशनालय बनाएर समायोजन गर्ने र बाँकीलाई स्वेच्छिक अवकाश वा पुनस्र्थापनाको विकल्प दिएर बिदा गर्ने निर्णय भयो । तत्कालीन राष्ट्रसंघीय मिसन 'अनमिन'को प्रमाणीकरणमा उपस्थित करिब ३२ हजार लडाकुमध्ये १९ हजार ६ सय २ मात्र वास्तविक लडाकु ठहरिएका थिए । अन्तिम प्रक्रियामा आइपुग्दासम्म प्रमाणित लडाकुको १० प्रतिशत पनि समायोजनमा इच्छुक देखिएनन् ।

करिमा बेगमसँग रमाइलो संवाद

करिमा बेगमको अन्तर्वार्ता लिन जाँदै छु भन्दा कतिपय  साथीले हो र भन्दै जिब्रो टोके । कतिपय रमाइलो मानेर हाँसे । आखिर यो देशको मन्त्री भइसकेको महिला, तपाईंको नाम सुनेर कोही डराउँछन्, कोही हाँस्छन् । किन यस्तो इमेज छ तपाईंको ?
हिन्दीमा एउटा भनाइ छ- राम तेरी गंगा मैली हो गई पापीओँके पाप धोतेधोते । समाजमा पुरुषहरू अत्याचारी छन्, तिनीहरूको पाप धुँदाधुँदा हामीजस्ता महिला आफैँ मैला भएका छौँ । पुरुषप्रधान समाजमा कि चुप लागेर बस्नुपर्‍यो, बोल्दा 'चलित्रहीन' भइन्छ । तर, म खुलस्त बोल्छु । काम पनि सीधा गर्छु ।

Tuesday, September 25, 2012

पत्रकार र नेता साथी हुनै सक्दैनन्

विनोद मेहता भारतका चर्चित पत्रकार हुन् । डेबोनेयर पत्रिकाबाट सम्पादन सुरु गरेका मेहताले आधा दर्जनभन्दा धेरै पत्रिकामा सम्पादकको रूपमा काम गरे । पछिल्लो समय उनले सम्पादन गरेको आउटलुक पनि सफल पत्रिका मानिन्छ । विशेषगरी पत्रिकाको लेआउट, फरक विषय र विवादास्पद लेख छापेर उनले भारतीय पत्रिकारिताकोे इतिहासमा नयाँ आयाम ल्याइदिए । त्यस्तै, विभिन्न पत्रिकामा स्कुपका कारण उनी जति चर्चामा रहे, त्यति नै विभिन्न मिडियाबाट हटाइएका कारण पनि । लखनउमा हुर्केका विनोदको पछिल्लो आत्मकथा लखनउ ब्वाई पनि चर्चामा छ ।

1388 PLA combatants to join army

CHANDNI HAMAL
CHITWAN, Sept 24: Altogether 1,388 former Maoist combatants are set to join the Nepal Army (NA) as soldiers by passing all exams and tests.
The selected combatants will take part in a months-long training to be held by the NA from November 21. The actual duration and venue of the training have not yet been confirmed, according to NA spokesperson Ramindra Chhetri. “We will sort out these issues later,” he said.
Only four of the total 1,392 combatants who appeared in an oral test, which was the last step toward integration of former Maoist rebels into the NA, had failed. The secretariat of the special committee formed to oversee integration and rehabilitation of former Maoist combatants had compiled the final results of oral tests from all seven cantonments by late Sunday.

Monday, September 24, 2012

एमाओवादी बिग्रनुका कारण

ध्रुवराज अधिकारी 
आगामी महाधिवेशनको तयारीको सुरुआतका क्रममा एकीकृत नेकपा -माओवादी) मा यतिबेला बैठक र प्रशिक्षणहरूको चटारो छ । यसअघि पार्टी बिगि्रयो भन्नेलाई पार्टीबाटै खेद्लान् कि भनेजस्तो गर्नेहरू पनि यी बैठक-प्रशिक्षणहरूमा 'पार्टी बिगि्रएकै छ' भन्न थालेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले पार्टी बिरामी परेकोले यतिबेला सिटामोलमात्रै खाएका छौं, महाधिवेशनसम्म जाँदा पार्टीको शल्यक्रिया नै गर्छौं भन्न थाल्नुभएको छ । एमाओवादीभित्र 'पार्टी बिगि्रएको छ' एउटा थेगो नै बनेको छ । तर पार्टी किन 'बिगि्रयो' र यसलाई कसरी सच्याउने भन्ने विषयमा सार्थक र इमानदार बहस भने हुनसकेको पाइँदैन ।