ध्रुवराज अधिकारी |
यहाँ 'पार्टी बिगि्रयो' भन्नुको अर्थ पक्कै पनि एमाओवादी सर्वहारावादी संस्कृति, आचरण र आदर्शबाट विचलित भयो भन्ने नै हो । सातौं विस्तारित बैठकसम्म आउँदा पार्टीभित्रको आर्थिक पारदर्शिताको विषयलाई लिएर भृकुटीमण्डपमा नाराजुलुस नै भए । शान्ति प्रक्रियामा आएको सात वर्ष बित्न नपाउँदै पार्टीभित्रै स्पष्ट रुपमा बहुवर्ग देखिए । गणेशले महादेव-पार्वतीलाई परिक्रमा गरेझैं रातदिन शक्तिकेन्द्रका वरिपरि घुम्ने नेता तथा कार्यकर्ता रातारात अर्बपति भए भने युद्धमा त्याग र समर्पण गरेका ठूलो पंक्ति बेवारिसे बनेर सडकछाप हुनपुग्यो । वितरणको न्यायको लागि लडेको पार्टीभित्रै असमानताका पहाडहरू खडा भए । एउटाले गरेको अपराधको लागि अर्को जेल बस्नुपर्ने, अपराधै नगरेका व्यक्ति हत्यारा भनी फरार हुनुपर्ने स्थिति आयो । सामन्ती राजा र ठूलाठालुका दरबारभित्र हुने अपराधलाई नाघ्ने काण्डहरू न्यायको लागि दसौं हजारले रगत बगाएको पार्टीभित्रै भए । छोटकरीमा भन्नुपर्दा एमाओवादी नेपाली सर्वहारा वर्गको अग्रदस्ता रह्यो कि रहेन भन्ने विषयमा धेरैका मनमा शंका पैदा भएको छ । कारण के हुन् त ? यसका अनेक कारण हुनसक्छन् ।
बलशाली बजार
माओवादी सेनाका लडाकाको पुनः वर्गीकरणको क्रममा चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन लगायत लडकुका शिविरबाट त्यतिबेला आएका खबर माओवादी क्रान्तिप्रति सहानुभूति राख्ने जोसुकैका लागि हृदयविदारक र दुःखान्त शोकगीत जस्तै थिए । सदस्यहरूबाट एक हजार/दुई हजारका दरले संकलन गरिएको कोषबाट उपल्ला तहका कमाण्डरहरूले ३ देखि ५० लाखसम्मका दरले बाँडेर खाए भन्ने सुनियो । उता सदस्यहरू पनि आफै बसेका क्यान्टोनमेन्टका टहराका फल्याकसित दिनदहाडै 'च्याप्टे' -चेप्टो सिसामा हालिएको ह्विस्की) र बियर साटिरहेका थिए । यो पंक्तिकारलाई पनि त्यसक्रममा शक्तिखोरको शिविरमा एक हप्ता रहने संयोग मिलेको थियो । त्यहाँ देखेका सबै दृश्य यी अखबारका पानामा पोतिदियो भने मान्छेहरूले मलाई माओवादी विरोधी भनिठान्लान् र क्रान्तिका ठेकेदारहरूले क्रान्ति विरोधी भनी भत्र्सना गर्लान् भन्ने डर छ । मैले त्यहाँ 'मास हिस्टेरिया अफ गि्रड' -लोभको अनियन्त्रित आम उत्तेजना) देखें । समकालीन इतिहासमा क्रान्ति रक्सीमा डुबिरहेको साक्षी बसें । र हामी क्रान्तिकारीको विचारको जलप कति पातलो रहेछ र बजार कति बलशाली रहेछ भन्ने अनुभूतिले मोर्चामा हारेको सिपाहीजस्तो मेरो मन हुँडलियो ।
लडाकु शिविरमा जे भयो, त्यो पक्कै पनि कुनै आकस्मिक र पृथक परिघटना थिएन । सगरमाथाको काखमा नयाँ र छुट्टै दुनियाँ जन्माउला भनी संसारभरका क्रान्तिकारीले आशाको नजरले हेरेको महान् पार्टीका रगत र नसा-नसामा भ्रष्टाचार र कमिसन घोलिएको अभिशप्त सत्य थियो त्यो । र त्यो खासमा शान्ति प्रक्रियामा आइसकेपछि एक्काइसौं शताब्दीको क्रान्तिकारी पार्टीभित्र बजारको 'अदृश्य सिकञ्जा'ले बलियो गरी जकडेकोे संकेत थियो । एमाओवादीमा दसौं वर्षदेखि शून्यप्रायः वैचारिक-सैद्धान्तिक स्कुलिङको परिणति थियो । नेतृत्वबाटै निःसृत उपभोक्तावाद र पाखण्डको चरमसीमा थियो । र नैतिकतालाई उपेक्षा गरेपछि कसरी राजनीति विष्णुमतीको ढलजस्तो गन्हाउने हुनसक्छ भनी इतिहासले सिकाएको पाठ थियो ।
आलोचनाको कमजोर आत्मा
एमाओवादीको संगठन धेरै हदसम्म व्यक्तिगत वफादारीमा अडेको लामो भैसक्यो । फरक यतिमात्रै हो, हिजो यो पार्टी एउटा व्यक्तिप्रतिको वफादारीमा अडेको थियो, आज नेतात्रयप्रतिको वफादारीमा अडेको छ । लेनिनले जहिले पनि माक्र्सवादीहरू क्रान्तिकारी र आलोचनात्मक हुनुपर्छ भन्नेमा जोड दिने गर्नुहुन्थ्यो । तर नेपालका कम्युनिस्ट पार्टीमा मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनमै आलोचना-आत्मालोचना भनेको कर्मकाण्डमात्रै बनेको छ । अझ कतिपय अवस्थामा त 'अभिव्यक्तिमा स्वतन्त्रता' भन्दै अरुलाई खुल्न लगाएर आफ्ना विरोधी पहिल्याउने र अर्को चरणमा तिनको सफाया गर्ने काम पनि भएको छ । कमिटी प्रणालीलाई पक्षाघात गराउने र हुक्के, चम्चे, 'एस म्यान' र 'साइड किक'हरूमार्फत पार्टी र कहिलेकाहीँ त देशै हाँक्ने काम भएको छ । आलोचकहरूलाई जहिले पनि सामन्ती समाजमा रजस्वला भएका महिलालाई झैं पर सार्ने, सताउने र लखेट्ने काम हुँदा पार्टीको आलोचनात्मक आत्मा नै मृतप्रायः हुनपुगेको छ । एक्काइसौं शताब्दीको जनवाद भन्दै जनतासमेतको आलोचनात्मक निगरानीको ढोल बजाउने तर आलोचनाभन्दा प्रशंसामात्रै सुन्न मनपराउने एक्काइसौं शताब्दीका विश्व क्रान्तिका नायकहरूको मनोरोग नै भएको छ । 'माक्र्सवाद विज्ञान हो' भनेर हाम्रो एमाओवादीका नेतादेखि कार्यकर्ताले रटान दिएको सुन्दा धेरैका कानै टट्टाए होलान् । तर विज्ञान भनेको के हो भन्नेमै उनीहरू अस्पष्ट रहेको भान हुन्छ । अमूक व्यक्तिप्रतिको अन्धभक्ति र निरन्तर वफादारीसित विज्ञानको बाह्र हातको पनि साइनु छैन । वास्तवमा कुरै गर्ने हो भने व्यक्तिप्रति नभई तथ्य र सत्यप्रति वफादार हुनु नै विज्ञान हो । वस्तुगत् जगत्को अध्ययन गर्दा आत्मगत आग्रह, पूर्वाग्रह र जडसूत्र एवं रुढीवाद र एक हदसम्म भन्दा कुनै पनि प्रकारको अन्धवफादारीबाट आफूलाई अलग-थलग राख्न सक्नु नै वैज्ञानिक पद्धति हो । तर आफ्ना हरेक वाक्य विज्ञानका वाणी हुन् भनेर फलाक्दै हिँड्ने हामी माओवादी क्रान्तिकारीहरूले नै कुनै व्यक्ति भएन भने पृथ्वी नै घुम्दैन भनेझैं ठान्नु निकै विडम्बनाको विषय बनेको छ । यसरी कार्यकर्ताले नेतृत्वमाथि र जनताले कार्यकर्तामाथि आलोचनात्मक निगरानी गर्ने भन्ने 'एक्काइसौं शताब्दीको जनवाद'को मूल मर्मअनुरुप काम हुन नसक्दा एमाओवादी बिगि्रएको हो ।
एकल नेतृत्व प्रणाली भृकुटीमण्डपमा सम्पन्न एमाओवादी सातौं विस्तारित बैठकका निर्णय सुनेपछि धेरैमा एउटा नयाँ आशा र उत्साहको रक्तसञ्चार भएको
थियो । अध्यक्ष प्रण्डले विस्तारित बैठकमा गरेका प्रतिबद्धता उहाँको दिलदेखि नै आएको हुनुपर्छ भन्ने यो पंक्तिकारलाई अझै पनि लाग्छ । तर विस्तारित बैठकका निर्णयको स्पिरिटमा अध्यक्ष प्रचण्डकै शब्दमा एमाओवादीको 'शल्यक्रिया' सफल हुन असम्भवै त छैन, तर निकै गाह्रो छ भन्ने पछिल्लो दिनका घटनाक्रमले देखाएका छन् । कुनै पनि संगठनको नेतृत्वको वरिपरि नै त्यसको विचार, संस्कृति र आचरणको निर्माण भएको हुन्छ । भ्रष्ट संस्कृतिको पनि आफ्नै 'इम्युन सिस्टम' हुन्छ । भ्रष्ट संस्कृति जेलाई केन्द्रविन्दु बनाएर मौलायो, त्यो केन्द्रविन्दुमा ठूलै आगलागी वा भूकम्पबिना त्यो छुमन्तर हुने विषय होइन । नयाँ नेतृत्वले मात्रै आफ्नो वरिपरि नयाँ संस्कृतिको निर्माण गर्नसक्ने हो, तर एमाओवादीभित्र यो विषयमा अहिले कल्पनै गर्न सकिन्न ।
एमाओवादीमा पछिल्लो समयमा सामूहिक नेतृत्व प्रणाली अन्तर्गत नेतृत्व र विचारलाई सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिको रुपमा लिइनु सकारात्मक संकेत हो । जनवादी अभ्यासलाई बढावा दिइनु पनि प्रशंसनीय विषय हो । तर एमाओवादीभित्र जनवादी अभ्यास अझै पनि कम भएकोे छ । जनवादलाई अझ बढावा दिएर मात्रै पार्टीलाई सच्याउन सकिन्छ । माओले भनेझैं मानिसहरूलाई बोल्न दिइनुपर्छ । मान्छेहरू बोलेर पृथ्वी भासिने र आकाश खस्ने कहिल्यै हुँदैन ।
अमेरिकी अर्थशास्त्री स्वर्गीय सम्पिटरका शब्दलाई सापटी लिने हो भने यतिबेला एमाओवादी 'सिर्जनात्मक ध्वंस' -क्रिएटिभ डिस्ट्रक्सन) को प्रक्रियाबाट गुजि्ररहेको छ । यो सिर्जनात्मक ध्वंसको लपेटाबाट आफूलाई जोगाउने हो भने अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई लगायतको एमाओवादी नेतृत्वले आफ्नो टाउकोमा आफैले आगो लगाउनुपर्छ । आफूलाई रुपान्तरण गर्नुपर्छ । सिङ्गो पार्टी रुपान्तरण हुनुपर्छ । यसमै देश, जनता, नेता, पार्टी, क्रान्ति सबैको कल्याण छ ।
दीर्घकालीन रुपमा भने यतिले पुग्दैन । यो त अध्यक्ष प्रचण्डको शब्दमा सिटामोल खाएजस्तो मात्रै हो । एमाओवादीलाई शल्यक्रिया नै चाहिएको छ । यसको लागि अबको महाधिवेशनमा एमाओवादीले एउटै व्यक्ति आजीवन पार्टीको अध्यक्ष हुन नपाउने भन्ने विषयलाई विधानमै उल्लेख गर्नुपर्छ । र नेतृत्व प्रणालीलाई एकल होइन, चक्रिय वा अरु कुनै उपयुक्त र जनवादी प्रकारको बनानुपर्छ । भनिन्छ- सत्ताले मानिसलाई भ्रष्ट बनाउँछ, अन्ततः सत्ताले उसलाई निरन्तर भ्रष्ट बनाउँछ । जब कुनै संस्थाका सांगठनिक, आर्थिक र राजनीतिक कामकारवाहीहरू अमूक व्यक्तिको कुनै पदको आजीवन सुरक्षाका लागि केन्दि्रत हुन्छन्, त्यहाँ नयाँ राजतन्त्रको उदयबाहेक अरु केही हुनसक्दैन ।
लेखक एमाओवादी कार्यकर्ता हुन् ।
from Kantipur
This comment has been removed by the author.
ReplyDeleteयिनले पनि सत्ताकै लागि ज्यान फ्याँकेका हुन् । खोजेको आफ्नै सरकार हो । आफ्नै बलियो सत्ता हो । जनताको नाम अगाडि सार्नु त बाध्यता हो । सत्तामा पुग्ने बाध्यता । यि सत्तामा आएभनेपनि यिनले भन्ने गरेको जनताको मुक्ति गर्दैनन् । संभव छैन । त्यो चाहेकै होइनन् ।’
ReplyDeleteयिनको सरकार आएपनि जनतालाई हुने केहि होइन । मार्क्स, माओ, लेलिनका फोटा झुण्ड्याएर जनतालाई लोभ्याउने होन् । बिकाउनकालागि हो । हरेक कम्युनिष्टका लागि ति पुरुषहरु गतिलो माध्यम बन्ने गरेका छन् भित्तामा झुण्डिएर । सत्ता प्राप्तिकालागि हतियार ।
केहि गर्दैनौं । तिमी गरिब दुखिका दिन ल्याउँदैनौं । जमिन बाँड्दैनौं नभनि त कसको समर्थनमा सत्तामा पुग्ने ? त्यसैले जनतालाई हतकण्डा बनाएका हुन् । यिनले केहि गर्दैनन् । आफु सरकार र सत्तामा पुग्छन् त्यत्ति हो । माओवादीहरुले किन लिए होलान् मार्क्स, लेलिन र माओको नाम ? किन झुण्ड्याउँदा हुन् तिनका फोटा ? किन भन्दा हुन् जनताको मुक्ति ? ...... जनताको, मजदूरको, श्रमिकको मुक्ति गर्न हिँडेका अन्तर्राष्ट्रिय स्तरका नेतालाई देखाएर लोकप्रिय बन्ने । अर्को भाषामा भन्दा तिनलाई भुट्ने । लोभ्याउने । तर बास्तबिक मुक्तिका लागि केहि नगर्ने । आफु सरकारमा पुग्ने । बलियो हुने । मोजमस्ति, सम्पत्ति कमाउने ।
कम्युनिष्ट शासनको चर्को नारा उराल्नु त जनतालाई आशा देखाउन । आन्दोलित बनाउन हो । त्यो त एउटा सिद्दान्त थियो । जनता भुट्ने सिद्दान्त । मार्सिजम र लेनिनिजम एउटा सिद्दान्त हो । उनीहरुले शक्ति जित्ने एउटा तरिकाको रुपमा प्रयोग गरे त्यसलाई । जनताको बास्तबिक मुक्ति गर्नैकालागि भनेर होइन । चिन, रस्सा लगायतका देशमा शक्ति लिन एक तरिकाका रुपमा निकै सफल भयो । त्यहि जनताको मुक्तिको नारा दिएर । तर राज्य चलाउनका लागि भने नाटकिय रुपमा असफल ।
माओवादीले जनयुद्दका बेला जनतालाई आशा दिनलाइ प्रयोग गरे त्यो आदर्श ?.... टाउको हलाउँथे मात्रै । जावाफ केहि हुँदैनथ्यो । “राजनितिको मुख्य धारमा आउने र बलियो राजनितिक उपस्थिति जनाउनकालागि उनीहरुले जनयुद्द प्रयोग गरेका थिए भन्ने मलाई लाग्छ । सैन्य तरिकाले कब्जा जमाउने, शासन गर्ने कुरामा उनीहरु विश्वास गर्थे भन्ने मलाई लाग्दैन । त्यस्तो शासन भारत र चिनले पचाउन सक्ने छैनन् भन्नेमा उनीहरु विश्वस्त थिए । चिन, रुस, युक्रेन, भियतनाम सबैतिर त्यसले काम गरेन भन्ने उनीहरुलाई थाह थियो ।
तर उनीहरु शसन सत्तामा पुग्न जमिन दिन्छौं, तलब बढाउंछौं । जोत्नेकै हुन्छ जमिन । गास, बास र कपास ग्यारेन्टि हुन्छ । सुकुम्बसीलाई जग्गा दिईन्छ । यस्ता कुरा नभनि तिनका पछाडि लाग्ने मान्छे हुँदैनथे भन्ने तिनलाई थाह थियो । त्यसैले माओवादीले गरिब दुखि जनतालाई गुलिया कुरा देखाए । तर तिनलाई थाह थियो, उनीहरु सत्य बोलिरहेका छैनन् । जे आश्वाशन दिईरहेका छन् त्यो संभवै छैन । अफ्रिकाका अनेकौं देश, कम्बोडिया, भियतनाम, भारत, चिन, सोभियत संघ लगायतका देशमा कम्युनिष्ट आन्दोलनबारे गहिरो रुचि राखेका ‘माओवादी जब बलियो हुन्छ, सत्तामा पुग्छन् । तब तिनले आश्वासन भुल्छन् ।’ नभन्दै त्यस्तै भयो ।
मैले भेटेका अन्य कूटनितिज्ञहरुपनि त्यसै भन्थे । माओवादीहरुले दिएका आश्वासन पुरा गर्नै सक्दैनन् भन्थे । त्यो बेला लाग्थ्यो, माओवादीले केहि गर्छ, पुरा गर्छ । तर माओवादीहरु जनयुद्द गरेकै बेला जे मूल्यांकन गरे अहिले त्यो भन्दा अझ बढिनै स्वार्थ केन्द्रित र पंगु बनिरहेका छन् ||जयराम अधिकारि मिजुरे ७ गोर्जे छापा