Tuesday, January 14, 2020

कात्रो किन्न चन्दा, किरिया बस्न छिमेकी घर

नवीन विभास | 
पुस १५, २०७६ मंगलबार | 
प्रेमको प्राण पर्यो ।  प्रेमकी एकल भाउजू मीराका हातगोडा गले । उपचार गर्न नसकेपछि मरेका देवरलाई घाट त लानु प¥यो । तर, लाने कसरी ? देवर बिरामी भएपछि ज्यालादारी छुट्यो । ज्यालादारी छुटेपछि खानेकुरा र पैसा छुटे । पैसा छुटेपछि केले किन्नु कात्रो ?  
बैतडी सदरमुकाम शाहीलेक बजारमा घाट लान ‘चन्दा’ उठ्यो । जम्मा भयो, दुईहजार पाँचसय २५ रुपैयाँ ।  चन्दाले कात्रो किने । प्रेमलाई महाकाली किनारनजिक शेरामा सेलाए । र, दुनियाँबाट प्रेम विदा भए ।  सदरमुकामको बाडीलेक हलिया बस्तीको हलिया परिवारका अविवाहित ३९ वर्षीय प्रेम । बजारमा भारी बोक्थे । भारीले बोकेको पैसाले खाना खान्थे । रक्सी पनि खान्थे ।  

पृथ्वीनारायणले काठमाडौंमा किन बसाले मगरबस्ती ?

२०७६ पौष २६ शनिबार ०८:५०:००
कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व रगतबाट सिंहासित जंगबहादुर राणा बेलायत पुग्छन् । एकछत्र राजवाला जंगबहादुरलाई संसारै राज गर्ने अंग्रेजी आफ्ना शाखासन्तानलाई पढाउने तिर्खा लाग्छ । कुइरे मास्टर साथ लिई जंगबहादुर फर्कन्छन् । ‘सिओडब्लु काउ’ पढाउँछन् । तर, ‘काउ’ माने ‘गाई’ भन्ने बेलायती मास्टरलाई ‘थाहा मरु’ । जंगबहादुर राणा रन्थनिन्छन् । 

Friday, December 20, 2019

भिक्सासिक्सा : ‘गोर्खे बाँदर’को अरब किस्सा

नवीन विभास

२०७६ पौष ५ शनिबार ०९:१७:००
घरक्क ! 
घ्वार्र ! !

घोराही घाम तुइदाङबाट डुबेलगत्तै घोराही घरका ढोका चुकुलिन्छन् । शाही सेना ब्यारेक र जिल्ला प्रहरी कार्यालयबाट झन्डै मध्य भागमा उभिएको मस्जिदछेवैको एउटा कच्ची घरको कोठामा कालापारे र नयाँ कालापारे सुतेको स्वाङ पार्छन् ।

Friday, December 6, 2019

कमरेड ‘मष्ट’राम

२०७६ मङ्सिर २१ शनिबार १२:५६:०० | काठमाडाैं
वैशाख प्रथम सप्ताह । बिहानी प्रहर । प्लाटुनका प्लाटुन पर्यटक पक्षी । सिङारु तालमा स्यार्पु दहको कुन अंगमा नृत्यमस्त छन् ! कुन्नि । मेलोमेसो छैन । तर, वारिपारि ठिंगिएका पहाडी हृदयबाट गुन्जने न्याउलीको ‘न्याहु न्याहु’ले पत्थरिलो जलतरंग फैलँदै स्यार्पुचरण स्पर्श गर्न पुग्छन् । 

Monday, December 2, 2019

‘चौपारीको ठकान थियो, बिर्स्यौ कि मायाले’

dainikonline

 
नवीन विभास | मंसिर १५, २०७६ आइतबार | 0
  •  
  •  
  •  
धान बालो पियालो भैगो पिपलु छाँयाले 
चौपारीको ठगान थियो बिस्र्यौ कि मायाले 
ठकान राखम्, महिनाको १५ गते । ठकान बसेर मन मन्थन गरम्ला । मायाले मन माझम्ला । 
समय मिले, नबिर्सी आउनुस् है ! 
...

Wednesday, November 27, 2019

कहाँ जाने ? देश जाने


२०७६ मङ्सिर ७ शनिबार १२:१३:०० | काठमाडाैं
दूधधारा तिलौरी गाईको, तेलधारा बत्तीको 
न्याउली बास्दा रुन्चेऊ जिजेई(आमा), देश गर्दा कत्तिको ! 
चुच्चीमाथि चारो ल्यायो, चरीको चल्लाले 
हीँ बसौँ कि देश गइजाऊँ, संगीका सल्लाले । 
यी गीत गेडा कुनै जमानामा रोल्पा÷रुकुमका गाउँघर र वनपाखामा गुन्जने ठारी भाकाका हुन् । ‘देश जाने’ धागोले उनेका यी गीतले भिरपाटे भेनाको कम्दमा सिरुरु फलेका घिउ सिमीमा अल्झिएका आँखासम्म तानेर लगे । तिनले तान्दै–तान्दै रपापातालमा पुर्‍याए । कारण थियो, कुनै वेला जेई, सान्जी, नाना र काकुहरूले सिमीवाल कम्दसँगै जोडिएको रपापाताल नै गाएर गुन्जाउँथे । सिम्रुतुमा मास्टररत रुकुमे लेखक मनलाल ओलीले तिनै गीतलाई गला दिएर मेसेन्जरमा पठाएपछि रोल्पा/रुकुमका उनै वनपाखामै पुगेँ ।

Saturday, November 9, 2019

नयाँ घर पढेपछि सपना देख्न सिकें



नयाँ घर पढेपछि सपना देख्न सिकें
 नवीन विभासको मूल परिचय कथाकार हो । यसबाहेक अखबारी लेखन र पत्रकारिता उनको दोस्रो परिचय हो । ‘रोल्पा सुइना’ उनको पछिल्लो कथासंग्रह हो । अंग्रेजी साहित्य र पत्रकारितामा स्नात्तकोत्तर गरेका विभास समाजविज्ञान र द्वन्द्वको अध्ययनमा दख्खल राख्छन् । यसबाहेक साहित्य पढ्नु पनि उनको रुचिको विषय हो । उनै कथाकार विभासले आफूलाई जीवनका विभिन्न चरणमा मन परेका पाँच आख्यान/गैराख्यानबारे शिलापत्रसँग कुरा गरेका छन् ।
१. नयाँ घर
हाम्रो घर (रोल्पा, राङ्कोट, जैपा) माओवादी ‘सेल्टर’ थियो ।
पाहाबाङे भुरे माष्टर, नरजीत दमाई, थमे सुनार, हर्कबहादुर रोका मगर (कमरेड आकर्षण, ब्रिगेड कमाण्डर), पोष्टबहादुर बुढामगर (रणदीप, ब्रिगेड सहकमाण्डर), ओयाल झाँक्री (कमरेड लखन्ते, जो जनयुद्धकालमा मारिए) र पाछाबाङे भेना (नन्दबहादुर बुढामगर, कमरेड बेहोसी, अहिले विप्लव माओवादी नेता), भागमल पुन (कमरेड रक्तिम) का रासोबासो नै थियो । पाहुनाजसरी कहिलेकाहीँ पुग्थे रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन पासाङ, वर्षमान पुन, जयपुरी घर्तीमगर, सन्तोष बुढामगरहरू पनि ।