Wednesday, April 17, 2019

छाउगोठ छाडी छापामार


छाउगोठ छाडी छापामार
author-image
नवीन विभास
फुर्सद
 ०५ माघ २०७५ ११:१९:००
  • change font
  • change font
  • change font

कुइनेटो

 ‘महाभारत’का विभिन्न ‘भर्सन’हरूमा सुन्दरी र प्रतिभाशाली कुन्तीलाई ‘स्मार्ट’ र ‘क्याल्कुलेटिभ’ पनि भनिएको छ। डँडेलधुरे कुन्ती भने कमरेड रेखा भएर ‘जनयुद्ध’ नाउँको ‘महाभारत’मा कमान्डर भएर लडाइँ लडिन्।

त्यस रात डँडेलधुरे बाहिरी सइन जेठको गर्मीले असिनपसिन थियो। र, त्यस रात पनि सालघारीका साल आफ्नै तालमा सुसाउँदै थिए।
रातको १२ बज्न लागेपछि उनी घरबाट निक्लिइन्।
ख्वाक्क खोकेको आवाज आयो।

'खतरा फाइटर' का आत्मस्वीकृति


'खतरा फाइटर' का आत्मस्वीकृति
author-image
नवीन विभास
फुर्सद
 १४ पुष २०७५ ११:५०:००
  • change font
  • change font
  • change font

द्वन्द्वकथा १

हिजो त्याग गर्ने र गरिखाने वर्गप्रति इमानदार मान्छे हेर्दाहेर्दै निरीह भए। यस्तो देखेर ग्लानि हुन्छ। यसो भनेर हतोत्साही भएकी होइनँ। मनमा अझै आगो छ।

‘एट्टी–वन’ले फालेका ‘प्यारा–बम’ उनीहरुका ठीकमाथि आकाशमा पड्कन्थे। लगत्तै बम बिस्फोटपछि निक्लेको उज्यालो पछ्याउँदै गोली र बमगोला बर्षन्थे ।। कानका जाली फुटाउने आवाजसहित ओर्लेका ती बमगोलालाई चुनौती दिँदै रातमा एउटा युवा आवाज झरिरह्यो। आवाज सुनेर उनलाई लागिरह्यो, ‘ठीकठाक चल्दैछ।’

सिलुक सुर्ता बोकेर गाउँमा


सिलुक सुर्ता बोकेर गाउँमा
author-image
नवीन विभास
फुर्सद
 २९ मङि्सर २०७५ ११:३८:००
  • change font
  • change font
  • change font

कुइनेटो


सास फेर्नसमेत मुस्किल हुने गरी मैरा घोगाले छर्लक्क भरिएको थियो। आधा पुरिएको मैराभित्ताको खोपामा चेलपार्क मसी सकिएपछि खाली डिब्बालाई बनाएको टुकी जाँगर नलाई पिलपिल पिलपिल गरिरहेको थियो। पिलपिले उज्यालोमा घोगा अटेसमेटस गरी कतै बसेका त कतै लडेका देखिन्थे।

घरमायामा तालिवानी बम


घरमायामा तालिवानी बम
author-image
नवीन विभास
फुर्सद
 १५ मङि्सर २०७५ १४:५९:००
  • change font
  • change font
  • change font

कुइनेटो

ढुम्मम ककक आवाज आएसँगै झागड झाँक्री भयो। खुबै ‘थुम चलेको रोल्पाली झाँक्री’लाई ठाउँको ठाउँ टक्कर दियो। त्यसपछि बंकर कसरी हल्लियो भने ड्युटीरत एक सेक्सन सिपाही गल्र्यामगुर्लुम्म ढले। र, बंकर मुखका तीन सिपाही त सधैँका लागि।

मुसहरलाई माटो


मुसहरलाई माटो
author-image
नवीन विभास
फुर्सद
 ०१ मङि्सर २०७५ १३:४४:००
  • change font
  • change font
  • change font

कुइनेटो

सिरहा गोलबजारबाट ६ किलोमिटर उत्तर लागे पुगिन्छ, मुसहर्निया। जुन गाउँ सिरहाको अन्तिम गाउँ हो। मुसहर्नियाको पुराण्डी टोल काटेर चुरे उक्ले त उदयपुर टेकिन्छ।

Tuesday, April 9, 2019

पाटन गल्लीमा खिन्से रिम्पोछे


पाटन गल्लीमा खिन्से रिम्पोछे
author-image
नवीन विभास
फुर्सद
 १० कार्तिक २०७५ ११:३४:००
  • change font
  • change font
  • change font

कुइनेटो

भिक्षुजस्ता मान्छे र फिल्मी क्यामेराबीच के थियो साइनो ? र, पाटनका साँघुरा गल्लीमा हूलले के खोज्दैथियो ? त्यसैमा जब्बर जायज जिज्ञासा जरुर थियो– राजतन्त्र र बौद्ध मूल्यले तिनको फिल्मकारिता ‘मनखुसी’ फुल्न दिएको छ त ?

गहुँभन्दा गोरो मंगोल अनुहारका पौने ६ फिटे लाग्ने मान्छेको जिउमा टी–सर्ट, इस्टकोट र गोडामा लामो लुगा थियो। ती सब लुगा ‘एकवर्णे’ गाढा रातो अनुहारका थिए। कसक्क पारी टाउको छोपिएको कपडा चाहिँ हल्का नीलो थियो भने गोडामा खैरो जुत्ता। कम्मरमा सानो काँटीको झोला र वाकीटाकी राता पहरमा चमेरा जसरी तुर्लुंगिएका थिए। झट्ट हेर्दा तिनले ‘कुनै गुम्बाबाट पाटन घुम्न झरेका बौद्ध भिक्षु’ सम्झाउँथे।

घोडासँग दोस्ती

घोडासँग दोस्ती
author-image
नवीन विभास
फुर्सद
 २० असोज २०७५ ०८:४२:००
  • change font
  • change font
  • change font

मैले हिँडेको बाटो

जमानामा जोसँग धेरै घोडा, उही शक्तिशाली। घोडाले नै राज्य जित्थे। घोडाले पनि लडाइँमा बलिदान गर्थे। युद्ध, शक्ति र खेलकुदमा पनि घोडा नै प्रयोग। शक्ति नाप्न घोडा शक्तिसँग तुलना, हर्स पावर ! यस्तो जीव हो घोडा, जो दौडेर कहिल्यै थाक्दैन।

कुर्कुरे बैंसवाल राजधानीका एक ‘ठकुरी ठिटो’ बागलुङ पुगे। आलाकाँचा थिए, घोडचढीमा पनि र उमेरमा पनि। तैपनि घोडा चढे।