२८ माघ, काठमाडौं । एक दिनका लागि भगवानले सबै भ्रष्टाचारीलाई नाँगै बनादिने हो भने काठमाण्डौं शहर कस्तो देखिएला ? सिंहदरबार छिरिसाध्ये हुन्थ्यो कि हुँदैनथियो होला ? यो प्रश्न अरुको होइन, सभामुख सुवासचन्द्र नेम्वाङको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार आफ्नै कार्यालय काठमाडौंमा गरेको कार्यक्रममा सभामुख नेम्वाङले मसक्क मसक्ँदै यसो भनिरहँदा उपस्थित सबै गललल्ल हाँसे । सबैले साँच्चै यस्तै हुने हो भने देखिने त्यो दृश्यको कल्पना गरे । सबैका आँखा अगाडि नाँगाहरुको हूल देखियो । मन्त्री नाँगा, सचिव नाँगा, कर्मचारी नाँगा, जताततै नाँगैनाँगा ।
सबै भ्रष्टाचारीलाई साँच्चै भगवानले नाँगो बनाइदिने हो भने शहरको दृश्य के होला ? केही ठाउँमा त लुगा लगएका मान्छे देखिएलान्, किनकी सडकमा हिंड्ने सबै भ्रष्टाचारी छैनन् । तर सिंहदबारभित्र कसको शरीर लुगाले ढाकेको भेटिन्थ्यो होला ? सरकारी कार्यालयका उच्च पदस्थ कर्मचारी प्रायः सबै नाँगा हुन्थे होला । पियन र तल्लो दर्जाका केही कर्मचारीको आङमा मात्रै यसो लुगाको टालो झुण्डिएको देखिन्थ्यो होला । सबै नाँगो भएपछि लाज हुने त कुरा भएन । उल्टै लुगा लगाकाले चाहिं मुख छोपेर एउटा कुनामा गुडुल्को लागेर बस्नुपर्ने अवस्था आउँथ्यो होला । अनि स्वयं सभामुख नेम्वाङको हालत चाहिं कस्तो हुन्थ्यो होला ? पछिल्ला दिनहरुमा धेरै सभासदहरु कुनै न कुनै काण्डमा मुछिएका प्रमाण भेटिँदै गएका छन् । यो त बाहिरी दुनियाँले देखेको मात्र कुरा । भित्रभित्रै भ्रष्टाचारको जालो सिंहदरबारदेखि बानेश्वरको हलभित्र कतिसम्म फैलिएको होला ? साँच्चै नेम्वाङले भनेजस्तै भगवानले यसैगरी नाँगो बनाउँदै जाने हो भने पत्याउँदै नपत्याएका मान्छेहरुको आङबाट समेत लुगा खस्न के बेर ?
यो त सभामुख नेम्वाङले कोट्याउनुभएको प्रसँगलाई यसो तन्काउँदा उठेको प्रसँग मात्रै हो । जतिसुकै राम्रो काम र सुशासन कायम गर्छु भन्नेहरुबाट पनि अनियमितता हुने गरेको कुरा बेलाबखत उठ्ने गरेकै छ । प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै मितव्ययिता र सुशासनको थिती बसाल्न खोजेका डा. बाबुराम भट्टराईले चियापानमा लाखौं खर्च गरेको, आवश्यकता भन्दा बढी मन्त्री नियुक्त गरेको, चाहिने भन्दा धेरै सहयोगी नियुक्त गरेको लगायतका कुरा बाहिर आएकै छन् । यि पनि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिने कुरा हुन् । तर जे भएपनि अख्तियारको कार्यक्रममा उपस्थित प्रधानमन्त्री भट्टराई र सभामुख नेम्वाङले देशमा भ्रष्टाचार बढेको चिन्ता व्यक्त गरे । अनि अख्तियारको भूमिकालाई प्रशंसा गरे ।
सभासद ढकालको पछुतो हट्यो
सरकारमा आउनुअघि डाक्टर बाबुराम भट्टराईबाट धेरैले धेरैथरीको अपेक्षा गरेका थिए । माओवादीका केहीलाई भट्टराई प्रधानमन्त्री नभैदिए हुन्थ्यो जस्तो लागेको थियो । तर अरु पार्टीका धेरै नेता कार्यकर्ता र आममानिसमा चाहिं एकपटक भट्टराई प्रधानमन्त्री भैदिए हुन्थ्यो भन्ने चाहना र कामना थियो । अन्ततः माओवादीले बाध्य भएर भट्टराईलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउन करै लाग्यो । ऊबेला भट्टराईलाई भोट दिन पाए हुन्थ्यो भन्ने कांग्रेस र माओवादीका धेरै सभासदहरुलाई पनि थियो । तर पार्टीले रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेका कारण उनीहरुको चाहना पूरा भएन । यस्तो चाहना गर्नेमा एमाले सभासद तथा संसदको राज्य व्यवस्था समितिका सभापति रामनाथ ढकाल पनि हुनुहुन्थ्यो । भट्टराईलाई प्रधानमन्त्रीमा मत दिन पाइन भन्ने उहाँलाई ठूलो पछुतो थियो । तर अहिले उहाँको यो पछुतो हटेको छ । अख्तियारकै कार्यक्रममा उहाँले भन्नुभयो -’पहिले भोट हाल्न नपाउँदा पछुतो थियो, तर अहिले सरकारको गतिबिधि देख्दा पछुतो छैन ।’
from onlinekhabar
Bhuwan KC
ReplyDeletehaha
Govinda Adhikari
ReplyDeleteसंसारका सबै नेता, कर्मचारी र मौका पाउने जति नांगै हुनेछन् ।
Anurag Adhikary
ReplyDeleteसडकमा जताततै नांगाहरु भेटिनेछन्, हाम्रो देश नांगाहरुले भरिनेछ, तपाईं हाम्रो अस्तित्व समाप्त हुनेछ
Aruna Rayamajhi
ReplyDeletehihihihihihihih