चितवन, माघ २२
माओवादी लडाकुले २०६० सालमा दाङ आक्रमण गरे। नेपालगञ्जस्थित सेनाको पश्चिम पृतनाबाट टोली थप्दै लडे सैनिकहरू। लडाकु पनि रातारात झण्डै एक हजारको बटालियन लिएर उत्रे जिल्ला कब्जा गर्न।
रातभर युद्ध भो। अर्कोपल्ट फेरि आक्रमण गरे लडाकुले, अनि कब्जा गरे प्रहरी र प्रशासनका कार्यालय। पृतनाका डिभिजन कमाण्डर र सैनिक अधिकृतहरूले रातदिन सैनिकलाई हौस्याए जीतका लागि।
कैलाली र अछामको सिमाना पाण्डोनमा भएको लडार्इंमा तीन सय लडाकुलाई सेनाले सखाप पारे। कुसुम आक्रमणमा पनि लडाकुले डेढ सय सहकर्मीको क्षति बहोरे। त्यसकै आक्रोशमा लडाकुले दाङको घोराही र भालुवाङ आक्रमण गरेका थिए।
यी आक्रमण प्रत्याक्रमणमा दुई ध्रुवमा रहेका दुई पात्र अहिले सँगसँगै शान्ति यात्रामा छन्।
'२०५८ भन्दाअघि भेटेको भए यी लडाकुलाई ठाडै गोली हान्थे“,' नेपालगञ्ज पृतनाका तत्कालीन डिभिजन कमान्डर बालानन्द शर्मा सम्झिन्छन्। अहिले लडाकु रेखदेख तथा सेना समायोजन विशेष समिति सचिवालय संयोजक रहेका उनी भन्छन्, 'अहिले लडाकुलाई टाउको दुख्यो भने पनि सिटामोल खोजेर खुवाउँछु।'
शक्तिखोर शिविरका लडाकु कमाण्डर धनबहादुर मास्की मगर पनि 'जनयुद्ध'मा भेटेको भए शर्मालाई 'सफाया' गर्ने बताउ“छन्। 'गोली भए गोली, नभए खुकुरीले छप्काइन्थ्यो,' मास्की भन्छन्, 'अहिले हामी दुई ध्रुवको मिलनबिन्दु बनेका छौं।'
वर्गीकरणपछिका लडाकुको विदाई रकम हस्तान्तरण गर्न दुवै व्यस्त छन्। दुवैजना पुराना लडाईंका दिन सम्भि्क“दा यसरी ठट्टा गर्न चुक्दैनन्। लमजुङमा जन्मेर पोखरामा पढीवरी सेनामा भर्ती भएका शर्मा पहिल्यैदेखि जोसिला थिए। १९ वर्षे पठ्ठो उमेरमै सेनामा भर्ना भएका उनले ४० वर्ष सेवा गरे। 'जनयुद्ध' चरमोत्कर्षमा रह“दा शर्मा पश्चिम पृतनाको डिभिजन कमाण्डर बन्न पुगे।
२०५९ देखि डेढ वर्षको अवधिमा पश्चिम क्षेत्रमा भएका आधादर्जन युद्धको उनले कमाण्डिङ गरे। सुदुरका युद्धमा उनले सफलता हात पारे भने मध्यपश्चिममा भने हार भयो। 'अहिले पनि पाण्डोनको लडाईं झल्झली सम्भि्कन्छु,' शर्मा भन्छन्, 'मेरो सेनाको कप्तानले नै पहिले गोली खाएछन्।'
गोली लागेपछि सिङ्गै बटालियन त्रसित भए। एकजना सैनिकले फोन गरेर शर्मालाई भन्यो– 'सर, कप्तानसाबलाई गोली लाग्यो, लड्न नसक्ने भयौं।'
'त्यसो भए उसलाई फोन देऊ,' शर्माले भने। फोन घाइते कप्तानले समाते।
'सर, मर्ने भए“, सहयोग पाउ“,' कप्तानले रुञ्चे स्वरमा भने।
'गोली कहा“ लाग्यो?'
'तिघ्रामा सर,'
'त्यसो भए कपडाले बाँध अनि रातभरि लड, नभए घाइते छौ, मारिन्छौ,' शर्माले अर्डर गरे।
आत्तिएका सैनिकमा जोस आयो अनि रातभर उनकै कप्तानीमा सैनिक लडे। विहान शर्मा पाण्डोन पुग्दा जताततै लाशको डङ्गुर थियो। भोकै रहेका सैनिकलाई खाना लिएर गएका उनले त्यतिखेर ठूलो 'सफलता' मिलेको देखे।
'रक्षा, सन्तुलन र प्रत्याक्रमणको तीन चरणमा युद्ध गरेका थियौं,' लडाकु कमाण्डर मास्की मगर सम्झिन्छन्। उनका अनुसार त्यतिखेर अन्तिम लडाईं प्रत्याक्रमणको थियो।
'कसुम युद्धमा साथीहरूले अनेक उपाय गरे सेना थर्काउन। मुढा र गाईलाई ढाल बनाएनन् कि छापामारको गीत पो गाएनन्,' मास्की भन्छन्, 'बढी क्षति भए पनि दाङमा हामीले जित्यौं। खाली गरेका स्थानमा जनसत्ता पनि चलायौं, कि मृत्यु कि मुक्ति भनेर लागेका थियौं।'
शर्मा भने नेपालगञ्जपछि शान्ति सेनाको फोर्स कमाण्डर बनेर मध्यपूर्वको गोलान हाईट्स पुगे। इजरायल, सिरिया र लेवनानको युद्ध विराम र शान्ति स्थापनामा तीन वर्षको अनुभव बटुले।
राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नान तथा युद्धग्रस्त देशका राष्ट्राध्यक्षसँग निकट सम्बन्ध बनाएका उनको नेतृत्वमा विभिन्न देशका शान्ति सेना थिए। युद्ध विरामपछिका विषयमा पनि आयोग अध्यक्ष भएर उनले समस्या समाधानमा सक्रिय भए। शान्ति सेनाबाट फर्केलगत्तै उपरथीबाट रथी भए।
त्यही अनुभवको आधारमा सचिवालय संयोजक बनेका शर्मासँग लडाकु कमाण्डर मास्की सन्तुष्ट छन्। 'हाम्रो व्यक्तिगत दुश्मनी थिएन, राज्य सत्ताप्रतिमात्र आक्रमण थियो,' उनी भन्छन्, 'शान्ति र संविधान बन्ने प्रकृयाको यो पलमा हामी एकसाथ रहनु ध्रुविय मिलनको आनन्द भएको छ।'
'दुबै नेपाली हौं, नेपाली भएका नाताले पनि हामी एक हौं, पहिले भिन्न पाटा थियौं,' शर्मा भन्छन्, 'अब एउटै हुँदैछौं।'
from Nagarik daily newspaper
No comments:
Post a Comment