Saturday, February 4, 2012

लक्ष्य राजनीति

दीपेन्द्र बडुवाल
शक्तिखोर -चितवन, माघ २० -
'अब गाउंँ फर्किनुपर्छ र राजनीति गर्नुपर्छ,' सधैं सैनिक पोसाकमा ठाँटिने यहाँस्थित तेस्रो डिभिजनका सहकमान्डर उदयबहादुर चलाउनेले शुक्रबार भने, 'मनोवैज्ञानिक रूपमा गाउँ र्फकन तयार थिएँ ।' उनले गाउँ फर्केर माओवादी राजनीति गर्नुको विकल्प नभएको बताए ।

'सम्पूर्ण रूपमा राजनीति गर्नुबाहेक बाँकी नै के छ ?,' शुक्रबार पहिलो किस्ताको चेक बुझ्ने क्रममा उनले भने, 'युद्धलाई पैसामा रूपान्तरण गरियो ।' सँगै घर र्फकन लागेकी उनकी पत्नी शिवा बस्नेतले भने अब के गर्ने हो यसै भन्न सकिनन् । 'अहिलेसम्म राजनीति गरियो,' उनले भनिन्, 'अब बच्चाबच्ची हुर्काएर बस्ने हो ।' यी दम्पतीका सात वर्षकी छोरी र १५ महिनाका छोरा छन् ।


शुक्रबार चेक बुझ्न आएका अधिकांश लडाकुले १० वर्षे युद्धको परिणामबाटै मुलुक गणतन्त्र बनेको भन्दै चित्त बुझाए । युद्ध थाल्दा बोकेका सपना अधुरो बनेको भन्दै पछुतोसमेत व्यक्त गरे । 'पञ्चायतभन्दा गम्भीर मोडमा मुलुक पुग्यो,' अवकाश रोजेका प्लाटुन कमान्डर विष्णु परियारले भने, 'सर्वसाधारणको मुक्ति भनेका थियौं, पुँजीपतिको होइन ।' उनले पार्टीका नेता प्रध्ाानमन्त्री बनेपछि ५ लाख बोकेर घर र्फकन लडाइँ नलडेको बताए । 'बिहान/बेलुका छाक नटर्ने अवस्था छ,' उनले भने, 'के खाऊ, के लाऊ हुनेलाई राहत खै ?' पार्टीले दुर्गम क्षेत्रको विकास नगरेको, बेरोजगारी बढेको, महिला र दलित मुक्तिको नारा बिर्सिएको आरोप लगाए । 'अहिले पनि पार्टीभित्र असमानता छ,' उनले भने, 'सर्वहाराको मुक्तिका लागि लड्न गएको मान्छे, पैसा बोकेर फक्र्यों भनेर गाउँलेले सोध्दा के जवाफ दिने ?'

रुकुमको घेतमा-४ का नवीन बिसी भूमिगत हुँंदा पार्टीले गाँस, बास र कपासको नारा चर्काएको थियो । 'जनताले त्यही पाऊन् भनेर रगत बगाएको हो,' उनले भने, 'तर सपना पूरा भएन ।' पार्टीका नेता नै पुँजीपति बनेकामा यहाँका अधिकांश लडाकु निराश छन् । 'हामीलाई बिक्री गरियो,' उनले भने, 'यो पैसाले केही गरौंला झैं लाग्दैन ।' राज्य समिति सदस्यसमेत रहेका उनी अब गाउँ फर्केर राजनीतिक जीवन बिताउने तयारीमा छन् ।

 जनमुक्तिको सपना अधुरै देखेपछि उनले युद्ध लडेकामा पछुतो व्यक्त गरे । 'पछुतो लाग्नु स्वाभाविक हो,' भने, 'घर आसपास कसैका बुहारी त कसैका छोरा युद्धमा गुमेका छन् ।' हिजो सहिदका सपना पूरा गर्छु भनेर युद्धमा लागेको मान्छे अहिले पैसा बोकेर आइस् भन्दै छिमेकले धिकार्ने उनको चिन्ता छ । उनकी श्रीमती दिलरुचिले भने समायोजन रोजेकी छन् । 'श्रीमती छनोटमा सफल नहुने देखिन्छ,' उनले भने, 'स्वास्थ्य कमजोर छ ।' उनका ६ वर्ष र १६ महिनाका २ छोरा छन् ।

चेक पाएपछि रुकुमकी पवित्रा खड्काले चाहिँ बन्दुक बोक्नुअघि गाउँमा निर्माण गरिएका संगठन सुदृढ पार्ने बताइन् । 'संगठित दाजुभाइ र दिदीबहिनीसित मिलेर काम गर्नुपर्ला,' उनले भनिन्, 'रगत बगाउनेले बगाइसक्यो, मोज गर्नेले गरेकै छन् ।' कैलालीको पण्डोन भिडन्तमा उनको दाहिने खुट्टामा गोली लागेको थियो ।

'अहिले प्राप्त हुने रकम उपचार खर्च हुन्छ,' उनले भनिन्, 'अवकाशमा जानेलाई कसैले हेर्दैन भन्छन् ।' उनीसँगै घर र्फकन लागेका पति होमबहादुरको कुममा चोट छ । दुवैलाई नियमित दबाई सेवन गर्नुपर्छ । चिसो मौसममा चोट बल्भिmने गरेको छ । अवकाशबापत पाएको रकम उपचारमा खर्च गर्नुपर्ने भएकाले ठूला सपना नदेखेको उनीहरूले एकसाथ बताए ।

'शिविर छाड्नुपर्दा धेरै साथीको मन रोएको छ,' डिभिजन कमान्डर धनबहादुर मास्केले भने, 'मुलुक गणतन्त्र बनाउन लगानी गरेका हिसाबले त्यागको अर्थमा बिदाइमा जाँदैछौं ।' निकट भविष्यमै शान्ति प्रक्रिया र संविधान निर्माण पूरा भए कम्तीमा आफ्नो पीडा केही हलुका हुने उनले जनाए । लडाकुका लािग सरकारले सम्मानपत्र दिनुपर्ने पनि उनले बताए ।
from Kantipur

No comments:

Post a Comment